२० करोड लगानीमा नेपालमै पहिलो द्वारकाधाम बन्ने
काठमाडौं । भक्तपुर–सूर्यविनायक नगरपालिका–७ गुन्डुस्थित पाथिभरा मन्दिर परिसरमा नेपालकै पहिलो द्वारकाधाम निर्माण हुने भएको छ । भारतको चारधाम ( उतराखण्डस्थित बद्रिनाथ, तामिलनाडुस्थित रामेश्वरम, गुजरातस्थित द्वारकाधाम र उडिसास्थित जगनाथपुरीलाई भनिन्छ । गुजरातस्थित द्वारकाधाम स्वरुपको धाम बुधबार शिलान्यास गरिने पाथिभरा मन्दिरका मूल पूजारी गुरु अरविन्द शास्त्रीले जानकारी दिए । हिन्दू धर्मावलम्बीले मान्दै आएको चार धाममध्येको एक धाम हो द्वारकाधाम । नेपालका नागरिक द्वारकाधामको दर्शन गर्न गुजरात जाने गर्छन् । नेपालमा मुक्तिनाथ, पाशुपत, रुरु, र बरहा क्षेत्रलाई चारधाम भनिन्छ । नेपालमा निर्माण हुन लागेको द्वारकाधामका लागि करिब आठ रोपनी जग्गा अर्जुन बस्नेतलगायतले उपलब्ध गराएकाे र यसका लागि २० करोड खर्च लाग्ने अनुमान गरिएको छ । मन्दिर स्थानीय, प्रदेश र सङ्घीय, सरकार तथा विभिन्न दाताको सहयोगमा गरिने नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले जानकारी दिए ।
शिवम् सिमेन्ट र षट्कोण आर्टसले सहकार्य गर्ने
काठमाडाैं । शिवम् सिमेन्ट र षट्कोण आर्टसबीचमा नेपाली कथानक चलचित्र महापुरुषका लागि आर्थिक तथा प्रर्वद्धनात्मक क्षेत्रमा सहकार्य गर्न सम्झाैता भएकाे छ । उक्त हस्ताक्षर कार्यक्रममा शिवम् सिमेन्टका तर्फबाट सेल्स एण्ड मार्केटिङका भाईस प्रेसिडेन्ट, केपि रिजाल, कन्ट्रीहेड निखिल अग्रवाल र डि.जि.एम. मार्केटिङका केशव अर्याल उपस्थिति रहेको थियो । यस्तै षट्कोण आर्टसकाे तर्फबाट निर्देशक प्रदिप भट्टराई, निर्माता रविन्द्र सिंह बाँनिया, कलाकार राजाराम पौडेल, गौरी मल्ल, अरुण क्षेत्री लगाएत अन्य कलाकारहरुको उपस्थिती रहेको थियो । कात्तिक ११ मा रिलिज हुन गइरहेको उक्त चलचित्रमा मुख्य कलाकारको रुपमा मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल लगायतका कलाकारहरु रहेका छन् र चलचित्रको लेखन तथा निर्देशन प्रदिप भट्टराईले गरेका छन् । शिवम् सिमेन्टले आफुप्रतिको भरोसालाई मजबुत पार्दै विभिन्न क्षेत्रहरमा जस्तै, शिक्षा, स्वास्थ्य, खेलकुद, यातायात, वातावरण व्यवस्थापन एवम् वृक्षारोपण, सरसफाई, मनोरञ्जन जस्तो क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
सूचना नदिने ३३ कार्यालय प्रमुखमाथि कारबाही, त्रिविका सबैभन्दा बढी
काठमाडौं । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को दफा ३२ बमोजिम सूचना नदिने, आंशिक सूचना दिने तथा सूचनाको हकको कार्यान्वयन नगर्ने कार्यालय प्रमुखलाई कारबाही गरेको हो । विसं २०६५ सालमा स्थापना भएको आयोगले हालसम्म ३३ कार्यालय प्रमुखमाथि कारबाही गरिसकेको सूचना आयुक्त रत्नप्रसाद मैनालीले बताए । सूचना नदिएर कारबाहीमा पर्नेमा सबैभन्दा बढी त्रिभुवन विश्वविद्यालयका विभिन्न विभागमा कार्यरत कार्यालय प्रमुख छन् । हालसम्म सूचना नदिने तथा आंशिक सूचना दिने त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक सात, त्रिवि शिक्षा सेवा आयोगका अध्यक्ष चार, त्रिविका शिक्षाध्यक्ष एक, स्थानीय तहका कार्यालय प्रमुख चार, स्कुल तथा क्याम्पसका प्रमुख छ तथा अन्य ११ जना गरी जम्मा ३३ कार्यालय प्रमुखलाई आयोगले कारबाही गरिएकोे हो । सूचना नदिएको भन्दै यहीँ साउन ४ गते आयोगले बल्खुस्थित त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई २० हजार जरिवाना गर्ने निर्णय गरेको थियो । प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ, आयुक्तद्वय कमला ओली थापा र रत्नप्रसाद मैनालीसहित बसेको आयोगको इजलासले सूचना नदिएको भन्दै सूचनाको हकसम्बन्धी ऐन २०६४ को दफा ३२ को उपदफा १ बमोजिम जरिवाना हुने निर्णय गरिएकोे छ। रौतहट मलोहिया–५ का राजीव दासले गर्नुभएको उजुरीमा आयोगले उक्त जरिवाना गर्ने निर्णय आदेश दिएको हो । दासले परीक्षा नियन्त्रण कार्यालय बल्खुसँग चिकित्सा शास्त्रको अध्ययन कति वर्षसम्म पूरा गर्नुपर्ने हो, यससम्बन्धी व्यवस्था कस्तो छलगायत सूचनाको प्रमाणित प्रतिलिपि माग गरेका थिए । त्यस्तै आयोगले गत असार १३ गते सूचना नदिने रौतहटको राजपुर नगरपालिकाको कार्यालय प्रमुख बैंजु ठाकुरलाई १० हजार जरिवाना थियो । राजपुर नगरपालिका–१ का एकामुल हकले गर्नुभएको उजुरीमा आयोगले उक्त उक्त आदेश गरेको थियो । हकले राजपुर नगरपालिकासँग कोरोना महामारीको समयमा नगरपालिकाको क्वारेन्टिनमा रहेका नागरिकको सङ्ख्या र प्रतिव्यक्ति कति खर्च भयो ? क्वारेन्टिनमा बस्ने व्यक्तिले ओढ्नका लागि खरिद गरेको कम्बलको मूल्यबारे प्रमाणित प्रतिलिपि माग गरेका थिए । आयोगले पटक–पटक सूचना उपलब्ध गराउनु भन्दै दिएको आदेशको उपेक्षा गर्ने तथा सूचना उपलब्ध नगराउने कार्यालय प्रमुखमाथि कारबाही गर्ने गरेको छ । सूचना मागकर्ताले मागेको सूचना उपलब्ध नगराए प्रक्रियाअनुसार सो निकायलाई आयोगले सूचना नदिनुपर्नाको कारणलेखी पठाउन भन्दै आदेश जारी गर्छ । सो आदेश पछिको जवाफमा सूचनाको हकसम्बन्धी ऐन, २०६५ को दफा ३ ले भने बमोजिमको सूचना उपलब्ध गराउनुपर्ने कानुनमै उल्लेख रहेको आयुक्त मैनालीले बताए । कतिपय सार्वजनिक कार्यालयका प्रमुखले सो विषय जान्दा जान्दै पनि सूचना नै दिन मान्दैनन् । आयोगले पटक–पटक ध्यानाकर्षण गर्दा पनि सूचना नदिने कार्यालय प्रमुखलाई सूचनाको हकसम्बन्धी ऐन २०६४ को दफा ३२ को उपदफा १ बमोजिम कारबाही गर्ने गरेको आयोगले जानकारी दिएको छ । रासस
बढ्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौ । मंगलबार सुनको मूल्य तोलाको ६ सय रुपैयाँले बढेको छ । हिजो तोलाको ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । यस्तै, तेजाबी सुनको मूल्य पनि बढेर तोलाको ९६ हजार ४०० रुपैयाँ कायम भएको छ । जुन अघिल्लो दिन तोलाको ९५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । नेपाली सुनचाँदी व्यवसायी महासंघको अनुसार चाँदीको मूल्य पनि बढेर तोलाको १ हजार २४० रुपैयाँमा कायम भएको थियो ।
७ दिनमा शिवम् सिमेन्टको साढे १ अर्ब बढीको कारोबार
काठमाडौं । शिवम् सिमेन्टको सेयरमा लगानीकर्ताको आकर्षण बढ्दो छ । लगानीकर्ताको आकर्षण बढेसँगै कम्पनीको सेयर कारोबार पनि बढेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शिवम् सिमेन्टको सेयर कारोबार केही दिनदेखि बढ्दो छ । कम्पनीको एक हप्तामा साढे २० लाख कित्ता सेयर कारोबार हुँदा साढे १ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ । नेप्सेका अनुसार साउन १६ गते सोमबादेखि २३ गते सोमबारसम्म २० लाख ६८ हजार २९ कित्ता सेयर १५ हजार ३८२ पटक किनबेच हुँदा १ अर्ब ६८ करोड ४७ लाख ६१ हजार १७६ रुपैयाँ बराबरको कारोबार भएको छ । यस तथ्याङ्कले कम्पनीमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ । पछिल्लो केही दिनयता कम्पनीको सेयर कारोबार प्रत्येक दिन टप फइभमा पर्ने गरेको छ । कुनै दिन कम्पनीको सेयर कारोबार अग्रस्थानमा पुग्छ । सोमबार मात्रै कम्पनीको सेयर कारोबार टपमा थियो । नेप्सेमा कम्पनीको हालसम्म उच्च सेयर मूल्य १९१० रुपैयाँ पुगेको छ भने लगातार घटेर सेयर प्रतिकित्ता ६५४ रुपैयाँमा झरेको थियो । कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ छ । सोमबारको कारोबार अनुसार कम्पनीको बजार पुँजीकरण ३३ अर्ब ६१ करोड रुपैयाँ रहेको छ । सन् २०१९ मा नेप्सेमा सूचीकृत भएको कम्पनीको सेयर कित्ता ४ करोड ४० लाख छ । कम्पनीमा संस्थापक लगानीकर्ताको स्वामित्व ८८ प्रतिशत अर्थात् ३ करोड ८७ लाख २० हजार कित्ता र सर्वसाधारण लगानीकर्ताको स्वामित्व १२ प्रतिशत अर्थात् ५२ लाख ८० हजार कित्ता छ । कम्पनीले हालसम्म बोनस सेयर वितरण गरेको छैन् । शिवम् सिमेन्टले पछिल्लो पटक आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट २९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
पोखरा र बेनीको तीर्थस्थलमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा, दशनार्थीलाई सहज हुने
काठमाडौं । माछापुच्छ्रे बैंकले पोखरास्थित विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास र बेनीको गलेश्वर शिवालय क्षेत्र विकासमा क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ । बैंकले हरेक वर्ग र तहका ग्राहक माझ डिजिटल सेवाको पहुँच पुर्याउने उद्देश्यका साथ उक्त सेवा सञ्चालनमा ल्याएको हो । बैंकले कास्की र म्याग्दीको पवित्र तीर्थ स्थल विन्ध्यवासिनी र गलेश्वर धाममा छुट्टाछुट्टै दिनमा क्युआर कोड हस्तान्तरण गरेको छ । पोखरामा रहेको विन्ध्यवासिनी मन्दिरमा आइतबार भएको एक कार्यक्रममा नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा.रामशरण खरेल, विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका कार्यवाहक अध्यक्ष सूर्यप्रसाद सुवेदी तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले संयुक्त रुपमा उक्त क्युआर सेवाको शुभारम्भ गरेका थिए । साथै म्याग्दीको बेनीस्थित गलेश्वर शिवालय क्षेत्रमा आज भएको एक कार्यक्रममा नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा.राम शरण खरेल, गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधव रेग्मी, बेनी नगरपालिकाका मेयर सुरत के.सी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले संयुक्त रुपमा उक्त क्युआर सेवाको शुभारम्भ गरेका छन् । यो सेवा संचालनमा आएपछि मन्दिरमा आउने दशनार्थीहरुले क्युआर कोडबाटै भेटी चढाउन सक्नेछन् । दशनार्थीहरुले क्युआर कोड सेवा निःशुल्क प्रयोग गर्न सक्नेछन् ।
सयपत्री हाइड्रोको आईपीओ बाँडफाँट सम्पन्न, ६ जनालाई ११ कित्ता, यसरी हेर्नुहोस् नतिजा
काठमाडौं । सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकक एनआईबिएल एस क्यापिटलको कार्यालयमा सेयर बाँडफाँट सम्पन्न भएको हो । कम्पनीको आईपीओमा १४ लाख १३ हजार ५७२ जना लगानीकर्ताले आवेदन दिएका थिए । जसमध्ये १ हजार १०४ जना लगानीकर्ताको आवेदन विभिन्न कारणले रद्द भएको छ भने १४ लाख १२ हजार ४६८ जनाको आवेदन सदर भएको छ । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट बाँडफाँट गर्दा ६७ हजार ५८ जनाले १० कित्ता सेयर पाएका छन् । १० कित्ताका दरले वितरण गर्दा ६ जनाले ११ कित्ता सेयर पाएका छन् । कम्पनीको आईपीओमा आवेदन दिएकामध्ये १३ लाख ४६ हजार ५१४ जनाको हात रित्तो भएको छ । कम्पनीले साउन १३ गतेदेखि साउन १७ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुलाई ७ लाख २१ हजार ६० कित्ता सेयर निष्काशन गरेको थियो । जसमध्ये ३६ हजार ५३ कित्ता सामुहिक लगानी कोषका लागि, १४ लाख ४२१ कित्ता सेयर कम्पनीको कर्मचारीको लागि र ६ लाख ७० हजार ५८६ कित्ता सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको थियो । यसरि हेर्न सकिन्छ नतिजा कम्पनीको आईपीओ विभिन्न तरिकाबाट हेर्न सकिन्छ । जसमध्ये बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको वेवसाइट https://www.niblcapital.com, सिडिएससीको मेरो सेयरको वेवसाइट https://meroshare.cdsc.com.np/#/login, सिडिएस एण्ड क्लियरिङ्गले आईपीओ हेर्न संचालनमा ल्याएको वेवसाइट https://iporesult.cdsc.com.np/ र सयपत्री हाइड्रोको वेवसाइट http://sayapatrihydropower.com/ बाट हेर्न सकिने छ ।
आज देशभरका नासु बिदामा बस्दै
काठमाडौं । आज (मंगलबार) देशभरका नासु बिदामा बस्ने भएका छन् । सरकारले असमान रुपमा तलबमान बढाएको भन्दै उनीहरु सोमबार बिरोधमा उत्रिएका हुन् र मंगलबार बिदामा बस्ने निर्णय गरेका हुन् । अर्थ मन्त्रालयले बजेट घोषणाविपरीत उच्च तहको कर्मचारीहरूको तलब धेरै वृद्धि गरेको भन्दै तल्लो तहका कर्मचारी आन्दोलित भएका हुन् । । बजेटमा घोषणा गरिएअनुसार सबैको तलब बढ्नुपर्ने उनीहरुको माग छ ।