विकासन्युज

८५ प्रतिशतसम्म लाभांश दिएको बोटलर्स नेपाल तराईका लगानीकर्ताले ९ वर्षमा कति कमाए ?

काठमाडौं । सन् १९७३ मा विश्व प्रसिद्ध ब्राण्ड कोकाकोला नेपाल भित्रिएको थियो । यसको ६ वर्ष अर्थात् सन् १९७९ मा बोटर्लस नेपाल लिमिटेडको स्थापनासँगै काठमाडौंमा पहिलो र सन् १९८७ मा चितवनको भरतपूरमा दोस्रो उद्योग बोटर्लस नेपाल तराईको स्थापना भएको थियो । बोटलर्स नेपाल (तराई) लिमिटेड बोटलर्स नेपाल लिमिटेडको सहायक कम्पनी हो । यस कम्पनीको कार्यालय भरतपुर चितवनमा छ । बोटलर्स नेपाल (तराई) झण्डै ५ दशकदेखि नेपालमा सञ्चालनमा रहेको पब्लिक कम्पनी हो । बोटलर्स नेपाल (तराई) ले कोकाकोला, स्प्राईट, फ्यान्टा, कोक जीरो तथा किन्ले ब्राण्डमा कार्वोनेट मिश्रित गैर मदिराजन्य हलुका पेय पदार्थ तथा शीलबन्द पिउने पानीको उत्पादन, निर्माण, विक्री, वितरण तथा आपुर्ति गर्ने गर्दछ । बोटलर्स नेपाल (तराई) ले वार्षिक १ करोड ७० हजार इकाई केस उत्पादन बिक्री गरिरहेको छ । बोटलर्स नेपाल (तराई) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ‘हट केक’ सेयरका रुपमा लगानीकर्ताले लिएका छन् । कम्पनीको सेयर मूल्य उच्च भएकाले लगानीकर्ताले लागि हट केकका रुपमा लिइन्छ । कम्पनी नेप्सेमा सन् २००७ जुलाई २९ तारिखका दिन सूचीकृत भएको हो । बोटलर्स नेपाल (तराई) मा प्रमोटर सेयर ७५ प्रतिशत अर्थात् ९ लाख ७ हजार ५ सय कित्ता र पब्लिक सेयर २५ प्रतिशत अर्थात् ३ लाख २ हजार ५ सय कित्ता सेयर गरी कूल १२ लाख १० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत छन् । कम्पनीको शुक्रबारको अन्तिम कारोबार प्रतिकित्ता १३ हजार ३५२ रुपैयाँ रहेको छ । कम्पनीको चुक्ता पूँजी १२ करोड १० लाख रुपैयाँ रहेको छ । शुक्रबारको कारोबारका आधारमा कम्पनीको बजार पूँजीकरण १६ अर्ब १५ करोड ५९ लाख २० हजार रुपैयाँ रहेको छ । कम्पनीले आर्थिक वर्ष २०६७/०६८ मा ५५ प्रतिशत, आर्थिक वर्ष २०६८/०६९ मा ८५ प्रतिशत, आर्थिक वर्ष २०६९/०७० मा २२ प्रतिशत, आर्थिक वर्ष २०७०/०७१ देखि आर्थिक वर्ष २०७३/०७४ सम्म निरन्तर ४ वर्ष २५ प्रतिशत र आर्थिक वर्ष २०७४/०७५ र आर्थिक वर्ष २०७५/०७६ मा ४०/४० प्रतिशत नगद लाभांश वितरण गरेको छ । नेप्सेमा थोरै पूँजी भएका कम्पनीले सेयर मूल्यका आधारमा अन्य कम्पनीलाई चुनौति थपिएको छ । पूजी कम भएपनि राम्रो प्रतिफल वितरण गर्ने भएकाले सेयरधनीको आकर्षणमा यस्ता कम्पनी पर्ने गर्छन् । बोटलर्स नेपाल तराई ९ वर्षको अवधिमा हालसम्म नगद लाभांश मात्रै वितरण गर्दै आएको छ । कम्पनीको सेयरमा ९ वर्ष अघि १ लाख रुपैयाँ लगानी गर्ने लगानीकर्तालाई लखपति बनाएको छ । कम्पनीमा ९ वर्ष अघि १ लाख रुपैयाँमा १ हजार कित्ता सेयर किनेको ब्यक्तिले साढे ३ लाख रुपैयाँ नगद प्रतिफल प्राप्त गरेका छन् । यद्यपि, ९ वर्ष अगाडि १ लाख रुपैयाँमा कम्पनीको १ हजार कित्ता सेयर पाउन असम्भव थियो । तर, ९ वर्ष अगाडि कम्पनीको वास्तविक सेयर मूल्य प्रतिकित्ता ७ सय रुपैयाँदेखि १ हजार रुपैयाँको हाराहारीमा थियो । यदि नेप्सेमा सूचीकृत संस्थापक सेयरधनीसँग १ हजार कित्ता सेयर थियो भने २०६७/६८ पछिको नगद लाभांश मात्रै गणना गर्दा १ लाख लगानी गर्दा ९ वर्ष पछि ३ लाख ४२ हजार रुपैयाँ प्रतिफल आर्जन गरेको छ । यद्यपि, २०६८ मा कम्पनीको सेयर मूल्य ७४५ रुपैयाँ थियो । सो समयमा प्रतिकित्ता ७४५ रुपैयाँमा १ सय कित्ता सेयर खरिद गरेर हालसम्म होल्ड गरेका सेयरधनीको सेयर मूल्य १३ लाख ३५ हजार रुपैयाँ पुगेको छ । जस्तै, कुनै सेयरधनीले २०६८ साल अर्थात् ११ वर्ष अघि प्रतिकित्ता ७४५ रुपैयाँमा १ सय कित्ता खरिद गर्दा ७४ हजार ५ सय रुपैयाँ लगानी गरेका थिए भने हालको सेयर मूल्य अनुसार सो सेयरधनीको सेयर मूल्य १३ लाख ३५ हजार रुपैयाँ पुगेको छ । तर, कम्पनीको सेयर मूल्य साढे १७ हजार भन्दा माथि पुगेको थियो ।

‘सडक भएपछि अझै १० वर्ष बाँचुलाजस्तो लाग्छ’

बागलुङ । तमानखोला गाउँपालिका–६ नर्जाखानीका मीनबहादुर छन्त्यालले आठ दशक पार गरे । जीवनको आठ दशकको अवधिमा छन्त्यालले कयौँ दुःखकष्ट भोगे । अझै पनि उहनी हट्टाकट्टा छन् । गाउँमा सडक आएपछि उनले अझै १० वर्ष बढी बाँच्न सक्ने बताउँछन् । ‘अहिले गाउँमा मोटर आएपछि निकै धेरै सुविस्ता भएको छ, पहिलाको जस्तो दुःख गर्नु पर्दैन, यो ठाउँका मान्छेलाई सबैभन्दा दुःख नुन, तेल र चामलको हो, यी सबै ल्याउन बजारमा जानुपथ्र्यो, बिहान उठेर बजारमा गयो भने मध्यरातमा फर्कनुपथ्र्यो’, छन्त्यालले भने, ‘आजभोलि त बजार जान पनि पर्दैन सकैथोक गाउँमै छ, पहिलाको जस्तो दुःख गर्न नपर्दा अझै १० वर्ष बाँचुलाजस्तो लाग्छ ।’ दशक अगाडि तमानखोलाका गाउँहरूसम्म पुग्ने फराकिला गोरेटो बाटाहरू थिएनन् । स्थानीय बासिन्दा साँघुरै गोरेटोमा उकाली–ओराली गर्थे । त्यही गोरेटोमै पशु चौपाय ओहोरदोहोर गराउँथे । अहिले ती उकाली–ओलारी गर्ने गोरेटोहरू फेरिएका छन् । गोरेटो बाटो फेरिएसँगै स्थानीयको मन फेरिएको छ, तन फरिएको छ र जीवनशैली नै फेरिएको छ । कुनै समय मान्छे ओहोरदोहोर गर्न सकस पर्ने गोरेटोमा अहिले सररर मोटर गुड्छन् । यसरी गाउँमा मोटरबाटो आउला भन्ने स्थानीयवासीले कल्पनासमेत गरेका थिएनन् । तर अहिले गाउँमा दैनिक गाडी गुड्दा दङ्ग छन् । सडकले यहाँको रहनसहन र दैनिकी फेरिँदै छ । कतिपय यसलाई देशमा आएको राजनीतिक प्रतिफल मान्छन् त कोही समयले ल्याएको परिवर्तन । ‘गाउँमा सडक आयो बिरामी भएपछि सहजै अस्पतालसम्म पुग्न सकिन्छ, गाउँलेहरूको धेरैजस्तो समस्या समाधान भएको छ, गाउँमा सडक आउला, यस्तो विकास होला भन्ने मैले कल्पना पनि गरेको थिइनँ’, छन्त्याल भन्छन्, ‘हामी त निकै दुर्गममा छौँ, यस्तो ठाउँमा गाडी आउला, सुविस्ता देला भन्ने लागेको थिएन, तर अहिले यसरी घरै अगाडि सधैँ गाडी गुड्दा अचम्म लाग्छ ।’ उनले बिरामी पर्दा डोकोमा बोकेर अस्पताल पु¥याउने गरेको स्मरण गर्दै सडकले अहिले सामान्य उपचारका लागि टाढा पुग्न नपर्ने बताउँछन् । ‘हाम्रो पालामा कोही मान्छे बिरामी प¥यो भने डोकामा बोकेर अस्पताल पु¥याउनुपथ्र्यो, बाटोघाटो गतिलो थिएन, त्यसरी अस्पताल लैजाँदै गर्दा कतिको बाटैमा मृत्यु भयो, कति निको भएर घर फर्के, अहिले कोही बिरामी पर्दासाथ गाडी बोलायो, गाडीमा हालेर उतिखेरै अस्पताल पु¥याउँछन्, सामान्य उपचार त गाउँमै पनि हुन्छ ।’ तमानखोला गाउँपालिकामा स्थानीय सरकार आएपछि २७ बस्तीमा सडक पु¥याएको छ । यसले स्थानीयवासीलाई खुसी त दिने नै भयो, दैनिकीसमेत फेरिदिएको छ, जीवनशैली फेरिदिएको छ । अब उनीहरूलाई पहिलोको जस्तो कहालीलाग्दो जीवन बिताउनुपर्ने छैन । सडक पुगेपछि अन्य विकासका पूर्वाधार पनि धममाधम निर्माण भइरहेका छन् । तमानखोला गाउँपालिका–४ लाम्मेलाका हर्कबहादुर छन्त्याल ७६ वर्ष भए । उहनी पनि गाउँमा सडक आएपछि निकै खुसी छन् । विसं २०१८ देखि लामो समयसम्म बुटवलबाट खाद्यान्न तथा नुन बोकेर उपभोग गर्दै आएका छन्त्याल अहिले आफ्नै घर अगाडि ती सामान पाउँदा दङ्ग छन् । सडक नहुँदा गाउँलेहरूले कैयन समस्या सामना गर्दै आएको सुनाउँदै छन्त्यालले अब दुःखका दिन गएको बताए । गाउँमा घाँस दाउराको भन्दा औषधोपचार र खाना जोहो गर्नु निकै चुनौतीपूर्ण रहेको भन्दै अहिले सबै सुविधा सहजरूपमा लिन सक्ने छन्त्यालको भनाइ छ । आफूले धेरैपटक बुटवलबाट नुन लिएर उपभोग गरेको सुनाउँदै अहिले घर छेउकै दोकानबाट नुनतेल र चाहिए जति सामान ल्याउने गरेको बताउँछन् । ‘घरमा नुन सकियो भने गाउँका सबैसँग सल्लाह गरेर खसौली बटौली जान्थ्यौँ, बाटोमै खाना पाकाएर खान्थ्यौँ, बाटोमै सुत्थ्यौँ, निकै रमाइलो पनि हुन्थ्यो, कष्ट पनि’, उनले भने, ‘अहिलेका पुस्ताले त्यो दुःख भोग्नु पर्दैन, हाम्रो दुःख सुनाउँदा उनीहरूलाई कथाजस्तो लाग्छ रे, बटौलीबाट नुन बोकेर खाएका हौँ भन्दा पत्याउँदैनन् ।’ आफूले मोटर गाडी बुटवल, पाल्पा पुगेर देखेको भन्दै अहिले गाउँका हरेक कुनाकाप्चामा गुड्ने गरेको छन्त्यालले बताए । आफूहरूले खेतीपाती र पशुपालन गरेर जीविकोपार्जन गर्दै आएको भन्दै छन्त्यालले अब बढी उत्पादन भएको वस्तुलाई बजारसम्म पु¥याउन सहजसमेत बनेको बताउँछन् । ‘मैले बटौली नुन लिन जाँदा १७ वर्षको उमेरमा बटौलीमा मोटर देखेको थिएँ, त्यसपछि पाल्पा, तानसेन, वामीटक्सार, खरबाङ, बुर्तिबाङ हुँदै अहिले गाउँ–गाउँमा मोटर पुग्यो, घरबाट निस्किँदा बित्तिकै देख्न पाइन्छ’, उनले भने, ‘पहिले उत्पादन भएका आलु, सिमीहरूले गाउँभन्दा बाहिर जाँदैनथे, अहिले बढी उत्पादन भयो भने यही गाडी ल्याएर खोज्दै आउँछन्, यसले गर्दा आम्दानी पनि बढेको छ ।’ आलु र सिमी उत्पादनका लागि तमानखोला प्रख्यात मानिन्छ । आधा दशक अगाडिसम्म यहाँ उत्पादित सामग्रीहरू बजार बाहिर जाँदैनथे । सडक थिएन । स्थानीयले बोकेर बजारसम्म पु¥याउन गाह्रो थियो । जब गाउँहरू मोटरबाटोले जोडिए । तब उत्पादित वस्तुले बजार पाउन थाले । कृषकको पनि जीवनशैली सहज बन्दै गयो । मोटरबाटोले गाउँ जोडिएपछि गाउँलेको जनजीवन फेरिएको तमानखोला गाउँपालिका–२ का भीमबहादुर घर्ती मगरले बताए । उनले सडकले गाउँ जोडिनुका साथै तमानखोलामा विकासको ढोका खुलेको बताउँछन् । सडकका कारण गाउँमा विस्तारै साना उद्योगहरू सञ्चालनमा आउन थालेको र रोजगारीको सिर्जनासमेत हुन थालेको घर्तीको भनाइ छ । ‘मोटरबाटोले गाउँ मात्रै जोडिएन, यसले त सिंगो तमानाखोलाको विकासको ढोका खोल्यो, अब यहाँ थुप्रै विकास हुने छन्, कतिपय विकासका काम त सुरु भइ सके, ठाउँ–ठाउँमा पुल बने, सडक बने, खानेपानीका धारा बने, कतिपय ठाउँमा बन्दैछन्, विकास भन्ने यही त होनी, हामीले चाहेको खोजेको पनि यही हो’, घर्तीमगरले भने, ‘अहिले त गाउँगाउँका साना उद्योग पनि सञ्चालन भइरहेका छन्, यहाँ थोरैले भए पनि रोजगार पाएका छन् ।’ अब वर्षौँदेखि सडक नहुँदा भोग्दै आएका समस्याहरू विस्तारै समाधान हुने क्रममा छन् । तमानखोलामा स्थानीय सरकार आउनुपूर्व दुईवटा बस्तीमात्रै मोटरबाटोले जोडिएका थिए । अहिलेसम्म आउँदा छवटै वडाका सबै बस्तीमा मोटरबाटो पुगेको छ । गाउँपालिकाको केन्द्र बोङ्गादोभान र वडा नं ३ को तमान गाउँ स्थानीय सरकार आउनुपूर्वनै मोटरबाटोले जोडिएका थिए । म्याग्दीसँग सीमा जोडिएको तमानखोला धार्मिक पर्यटकीय हिसाबले पनि अत्यन्तै सम्भावना बोकेको छ । चर्चित सोलेडाँडा, बराहताललगायतका पर्यटकीय गन्तव्यसम्म गाउँपालिकाले सडक पु¥याएको छ । सडकका कारण पर्यटकीयस्थलमा समेत आन्तरिक पर्यटक बढ्न थालेका छन् । पालिकाको केन्द्र बोङ्गादोभान बजारदेखि तमान, लाम्मेला, नर्जाखानी, खुङ्खानी, भयरभोङ्गा, स्याउलालगायतका ठाउँमा वर्षात्को समयमा सिधा यातायात सञ्चालन हुनसकेको छैन । यी ठाउँहरूमा सिधा यातायात सञ्चालनका लागि बोङ्गादोभानमा मोटरेवल पुल निर्माण हुँदै छ । यहाँ पुल निर्माणपछि पालिकाको केन्द्रदेखि सबै वडा र बस्तीमा सिधा यातायात हुनेछ । गत वर्षसम्म बुर्तिबाङ बजारबाट पालिकाको केन्द्रसम्म पनि वर्षात्को समयमा सिधा यातायात हुँदैनथ्यो । ढोरपाटन नगरपालिका–३ हुँद्राफेँदी र तमानखोला गाउँपालिका वडा नं १ बालिभाङमा दुईवटा मोटरेवल पुल निर्माण भएपछि अहिले बाह्रै महिना सिधा यातायात सञ्चालन हुन्छ । गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले जिल्लामा सबैभन्दा दुर्गमको पालिका तमानखोला भएको हुँदा विकास निर्माणमा निकै चुनौती भएको बताए । चुनौतीका बाबजुद सबै बस्तीमा सडक पु¥याउन सफल भएको बताए । भौगोलिक विकटता र छरिएर रहेको बस्तीका कारण सडक सञ्जालले जोड्न केही ढिला भए पनि पाँच वर्षमा सबै बस्तीमा मोटरबाटो पुगेको उहनी बताउँछन् । ‘तमानखोला गाउँपालिका दुर्गम पालिका हो, यहाँको भौगोलिक बनावट, छरिएको बस्तीका कारण हामीलाई विकास निर्माण गर्न निकै चुनौती थियो, त्यसका बाबजुत पनि पालिकाको २७ वटै बस्तीमा अहिले गाडी गुड्न सक्छन्’, अध्यक्ष बुढामगरले भने, ‘पाँच वर्षको कार्यकालमा सडक सञ्जालले सबै बस्ती जोड्यौँ, अब ती सडकलाई बाह्रै महिना सञ्चालन गर्ने गरी विकास गर्नुपर्ने छ, हामी त्यसअनुसार लागिपरिरहेका छौँ ।’ अध्यक्ष बुढामगरले सडक नै विकास निर्माणको मुख्य आधार भएको र सडक निर्माणपछि मात्रै अन्य विकास गर्न सकिने बताए । गाउँपालिकाले पहिलो वर्षदेखि नै सडकलाई प्राथमिता दिएर काम गरेको हुँदा अन्य विकास निर्माणका कामहरू गर्न सजिलो भएको अध्यक्ष बुढामगरको भनाइ छ । सडकले पर्यटन, उद्योग, कृषि र पशुपालनमा समेत ठूलो सहयोग पु¥याएको उहाँले बताउनुभयो । ‘पाँच वर्ष अगाडि पालिकाका धेरै गाउँहरू सडकविहीन थिए, अहिले जहाँ पुग्छौँ, त्यहाँ गाडीमै पुग्न सक्छौँ, कहीँकतै साना बस्ती भएको ठाउँमा सडक नपुगेको होला तर सबै ठाउँमा सडक पुगेको छ, हामी निर्वाचित भएर आएको पहिलो वर्षदेखि नै सडकलाई प्राथमिकता दिएर काम गरेका थियौँ, अहिले दोस्रो कार्यकाल पनि सुरु भएको छ, अब सडकलाई बाह्रै महिना सञ्चालन हुने गरी निर्माण गछौँ’, अध्यक्ष बुढामगरले भन्नुभयो, ‘सडक निर्माणपछि अन्य विकासका काम पनि गर्न सहज भएको छ ।’ सडकले कृषकलाई समेत ठूलो राहत पु¥याएको अध्यक्ष बुढामगरको भनाइ छ । उहाँले सडकले नजोडिँदा यस क्षेत्रका कृषकले उत्पादन गरेका वस्तु खेर गएको र अहिले राम्रो बजारसमेत पाउने गरेको बताउँछन् । ‘सडकले कृषकलाई धेरै सहयोग पुगेको छ, हाम्रो पालिका पशुपालन र आलुखेतीमा अब्बल छ, पहिलेदेखि नै यहाँका कृषक खेतीपाती र पशुपालनमा लागेको हुँदा बजार अभाव थियो, बोेकेर लैजाने अवस्था थिएन, अहिले व्यापारी खरिद गर्न गाउँमै आउँछन्’, उनले भने, ‘अझ पर्यटन क्षेत्रको प्रचार–प्रसारमा समेत सहयोग पुगेको छ, सडक नहुँदा सोलेडाँडा, बराह ताललगायतका गन्तव्यमा आन्तरिक पर्यटक आउँदैनथे, अहिले सडकले गर्दा हिउँद–बर्खा जहिले पनि मान्छे आइरहन्छन् ।’ गाउँपालिकाले सडकसँगै स्वास्थ्य र शिक्षा क्षेत्रमा पनि जोड दिएको छ । नागरिकलाई सहज स्वास्थ्य उपचारका लागि एक घण्टाको दूरीमा सामुदायिक स्वास्थ्य एकाइ, स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य उपचार केन्द्र बनाएको छ । शिक्षातर्फ पनि स्थानीय पाठ्यक्रम निर्माण गरी पठनपाठन सुरु गरेको छ । रासस

तोडफोडका साथै पदाधिकारीलाई धम्क्याइएको भन्दै त्रिविले सरकारसँग माग्यो सुरक्षा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सरकारसँग सुरक्षाको माग गरेको छ । त्रिविले विज्ञप्ति जारी गर्दै विश्वविद्यालय जस्तो प्राज्ञिक थलोमा दैनिकजसो पदाधिकारीलाई धम्क्याउने, तालाबन्दी गर्ने र तोडफोडजस्ता क्रियाकलाप हुने गरेको भन्दै सरकारसँग शान्ति सुरक्षाको माग गरेको हो । विज्ञप्तिमा नेपाल विद्यार्थी सङ्घ कीर्तिपुरका विद्यार्थीको समूहले तालाबन्दी गर्ने, घेराउ गर्ने, पदाधिकारी तथा कर्मचारीलाई धम्क्याउने, त्रिविको दैनिक काम–कारबाही गर्दा वारम्बार कार्यालयमा जबर्जस्ती प्रवेश गरी अवरोध सिर्जना गर्ने गरेको आरोप छ । पदाधिकारीको कार्यकक्षमा प्रवेश गर्ने तथा तोडफोड गरिँदा असुरक्षित भएकाले शान्ति सुरक्षाको माग गरेको विज्ञप्तिमा उल्लेख छ । ‘केन्द्रीय कार्यालयको मुख्य प्रशासनिक भवनमा गरिएको तालाबन्दी र काम गर्न गरिएको अवरोधको कारणले विश्वविद्यालयका दैनिक काम–कारबाही रोकिएका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘यसरी विश्वविद्यालयलाई बन्धक बनाउने गरी तालाबन्दी गर्ने समूहको खोजी गरी त्यस्ता व्यक्तिलाई आवश्यक कारबाही गर्नुको अतिरिक्त त्रिवि केन्द्रीय कार्यालयमा शान्ति सुरक्षा गर्न भरपर्दो सुरक्षाकर्मीको व्यवस्था गरिदिन गृह मन्त्रालयसमक्ष विश्वविद्यालय अपिल गर्दछ ।’ प्रत्येक नागरिक तथा व्यक्तिको सम्मानपूर्वक बाँच्ने, पेशा वा रोजगार गर्न पाउने संविधान तथा कानुनले प्रत्याभूत गरेको संवैधानिक तथा कानुनी हकको विपरीत हुने गरी कानुन आफ्नो हातमा लिई पदाधिकारीको कार्यकक्षमा जबर्जस्ती प्रवेश गरी सार्वजनिक सम्पत्ति तोडफोड गर्ने, सो समयमा सुरक्षाकर्मी मुकदर्शक भएर हेरिरहने, पदाधिकारीलाई कार्यकक्षमा प्रवेश गर्न निषेध गर्ने, पदाधिकारी तथा कर्मचारीप्रति दुव्र्यवहार गर्ने कार्यले त्रिविको नियमित काम प्रभावित भएको विज्ञप्तिमा उल्लेख छ ।

एनएमबि बैंकले साढे २ कराेड अमेरिकी डलरको आवधिक कर्जा लगानी भित्र्याउने

काठमाडौं । एनएमबि बैंकले साढे २ करोड अमेरिकी डलरको आवधिक कर्जा लगानी भित्र्याउने भएको छ । बैंकले ब्रिटिश अन्तर्राष्ट्रिय लगानीसँगको सहकार्यमा सो रकम बराबरको कर्जा लगानी भित्र्याउने भएको हो । बैंकले यसको लागि ब्रिटिश अन्तर्राष्ट्रिय लगानीसँग शुक्रबार सम्झौता सम्पन्न गरेको छ । योसँगैं, एनएमबि बैंक दोश्रो आवधिक कर्जा प्राप्त गर्ने नेपालको एकमात्र बैंक भएको छ । आन्तरिक स्रोतले मात्र हाल बजारको मागलाई धान्न नसकिरहेको परिस्थितिमा उक्त कर्जाले जलस्रोत तथा नविकरणीय उर्जा क्षेत्रमा लगानी बढाउन मदत पुग्ने बैंकले जनाएको छ । यसरी विस्तार गरिएको लगानीले जलश्रोत तथा नविकरणीय उर्जा क्षेत्रको विकाशमा महत्वपुर्ण भूमिका खेल्दै समग्र अर्थतन्त्रको विकासमा समेत टेवा पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताए । सीइ‌ओ केसीले उक्त कर्जा लगानीले उर्जा क्षेत्रमा कार्यरत परियोजनाहरु लाभान्वित हुनुको साथै बैंकले लिएको दिगो बैंकिङ्गको अवधारणालाइ एक कदम अगाडी पुर्याउन महत्वपुर्ण भूमिका निर्वाह गर्ने बताए । एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

महानगरको अनधिकृत संरचना हटाउने अभियानमा मेरो समर्थन छ : उपमेयर डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगरपालिकाको अनधिकृत संरचना हटाउने अभियानमा समर्थन रहेको बताएकी छिन् । उनले आइतबार सामाजिक संजालमा स्ट्याटस राख्दै महानगरले चलाएको सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना हटाउने अभियानमा समर्थन रहेको बताएकी हुन् । ‘अनधिकृत संरचना हटाउने अभियान काठमाडौं महानगरपालिकाको हो, म काठमाडौँ महानगरपालिकाको उपमेयरको हैसियतमा छु, त्यसैले कानुन कार्यान्वयन गर्ने सबै कार्यमा मेरो साथ, सहयोग र समर्थन रहेको स्मरण गराउन चाहन्छु,’ उनी लेख्छिन् । उनले काठमाडौं महानगरलाई स्वच्छ, सुन्दर, जीवन्त र व्यवस्थित सांस्कृतिक नगरका रूपमा थप विकास गर्ने आफ्ने एजेण्डा प्रति आफु सजग र सचेत रहेको पनि बताएकी छिन् ।

तोलाको ७०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । आइतबार सुनको मूल्य तोलाको सात सय रुपैयाँले घटेको छ । हिजो तोलाको ९५ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज घटेर तोलको ९५ हजार १०० रुपैयाँ कायम भएको छ । यस्तै तेजाबी सुनको मूल्य पनि घटेर तोलाको ९४ हजार ६०० रुपैयाँ कायम भएको छ । हिजो तेजाबी सुन तोलाको ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । नेपाली सुनचाँदी व्यवसायी महांसघको अनुसार चाँदीको मूल्य पनि घटेर तोलाको १ हजार १६० रुपैयाँ कायम भएको छ ।

मिचाहा वर्गलाई मिची रहन र मोटाइरहन दिँदैनौं : मेयर शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले पहिला अतिक्रमण तथा अनाधिकृत निर्माण कार्य तथा संरचनाको नियन्त्रण गर्ने र त्यसपछि मात्रै दोषीलाई कारवाही गरी न्याय निरुपण गरिने जनाएका छन् । मेयर शाहले आज बिज्ञप्ति जारी गर्दै महानगर कार्यकारिणी निकाय भएकाले कवुलियत उल्लंघन गरेको कार्य तत्काल रोकथाम तथा नियन्त्रण गर्नु महानगरको पहिलो दायित्व भएको बताएका छन् । ‘कुनै पनि सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी भएको अनधिकृत निर्माण कार्यको आधार स्वतः शुन्य हुन्छ । आफ्नै स्वामित्वको वा भोगाधिकार प्राप्त गरेको जग्गामा संरचना निर्माण गर्ने व्यक्ति वा संस्थाले पनि महानगरको स्वीकृति बिना निर्माण कार्य गर्न पाउँदैनन् । साथै, निर्माण सम्पन्नताको प्रमाणपत्र लिने क्रममा अब उप्रान्त थप संरचना निर्माण नगर्ने र त्यसो गरेको खण्डमा महानगरले आदेश दिएको बखत भत्काउनेछु भनी महानगरसँग सम्बन्धित व्यक्ति वा संस्थाले कवुलियत गरेका हुन्छन् । महानगरले आफ्नो नियामक दायित्व पुरा गर्ने क्रममा यस तथ्यलाई विशेष ध्यान दिएको छ’, शाहद्वारा जारी विज्ञप्तिमा भनिएको छ । शाहले विज्ञप्तिमा कवुलियतनामा उल्लंघन गरेको कार्यको नियन्त्रण तथा रोकथाम गर्नु महानगरको दायित्व भएको र कानूनको पालना गर्न निकालेको ३५ दिनको सूचनालाई अटेर गरेपछि गैरकानूनी कार्यको नियन्त्रण गर्न महानगरीय प्रहरी बलको परिचालन गर्नुपर्ने परिस्थिति पैदा भएको बताएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘भूइ तला वा बेसमेन्टमा पार्किङ्ग गर्ने गरी भवनको नक्सा स्वीकृती लिएका व्यक्ति वा संस्थाले सो वापत महानगरबाट तला थप लगायतका विभिन्न सुविधा पनि लिइरहेका छन् । तर कतिपय व्यक्ति वा संस्थाले आफूले महानगरबाट पाउने सवै सुविधा लिने तर कवुलियतनामाका शर्तहरु भने उल्लंघन गर्ने गरेको अवस्था व्यापक छ ।’ शाहले नेपालको संविधान र कानूनले महानगरलाई कानून बनाउने र कार्यान्वयन गर्ने कार्यकारिणी अधिकार दिएको उल्लेख गर्दै कतिपयले अनधिकृत संरचना हटाउनुपूर्व न्यायिक निरुपण खोजेकोमा त्यो सम्भव नभएको बताएका छन् । विज्ञप्तिमार्फत उनले भनेका छन्, ‘कतिपयले अनधिकृत संरचना हटाउनु पूर्व न्यायिक निरुपणको पनि अपेक्षा गर्नु भएको रहेछ । गैरकानूनी कार्यको निरन्तरता कायम रहेको अवस्थामा पहिला त्यस्तो कार्यको रोकथाम तथा नियन्त्रण गर्नु पर्ने हुन्छ, त्यसपछि मात्र दोषीलाई कारवाही गर्न न्याय निरुपण गरिन्छ । कानूनको अनुपालना गराउने क्रममा भएको कार्यकारिणी वा प्रशासकीय अधिकार प्रयोगको औचित्य यसै सन्दर्भमा बुझ्नु उचित हुन्छ । आफूसंग कार्यकारिणी अधिकार हुँदा पनि त्यसको प्रयोग नगरी अकर्मण्यताको अवस्थामा बस्नु उचित हुदैन भन्ने हाम्रो दृढ मान्यता छ । कार्यकारिणीको अकर्मण्यताबाट सृजित दण्डहीनताको अवस्थाले गर्दा आज भयावह समस्याका उपक्रमहरु विकसित भएका हुन् । तसर्थ, न्यायिक निरुपण पछि मात्र अनधिकृत संरचना हटाउनु पर्दथ्यो भन्ने कतिपय भाष्यकारलाई काठमाडौं महानगरबाट कार्यकारिणी अधिकारको प्रयोग कुन चरणमा हुन्छ र न्यायिक अधिकारको प्रयोग कुन चरणमा हुन्छ बुझिदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।’ मिचाहा बर्गलाई मिची रहन र मोटाइरहन नदिने मेयर शाहले विज्ञप्तिमा उल्लेख गरेका छन् । ‘अब मिचाहा बर्गलाई कानून मिची रहन र अझ मोटाई रहन दिने छैनौं । आवश्यकता र औचित्यको आधारमा उचित समयमा नै कार्यकारिणी शक्तिको प्रयोग भएमा विधिको शासन स्थापित हुन्छ भन्नेमा हामी विश्वस्त छौं । सकेसम्म मिचाहा प्रवृतीको रोकथाम गर्ने, रोकथाम नभए नियन्त्रण गर्ने र अन्ततः न्यायिक निरुपण गरी मिचाहालाई दण्डित पनि गर्ने विकल्प हामीसंग खुला छन् । अनधिकृत निर्माण, अतिक्रमण तथा भवनको प्रयोजन परिवर्तन सम्बन्धी गैरकानूनी कार्यको थप निरन्तरता रोक्न अहिले हामी मूलतः रोकथाम तथा नियन्त्रण सम्बन्धी कारवाहीको चरणमा छौं ।’

सिन्धुपाल्चोकमा बाढी : सडक अवरुद्ध, हेलम्बुको फाँट डुबानमा

काठमाडाैं । शनिबारदेखि परिरहेको अविरल वर्षाले जिल्लाको विभिन्न स्थानमा क्षति पुर्याएको छ । भारी वर्षाको कारण नदीले ठाउँ–ठाउँमा धार परिवर्तन गर्दा मेलम्चीमा नदी नियन्त्रण तथा क्षति न्यूनीकरणका लागि गरिएका प्रयास असफल भएका छन् । बाढीले मेलम्ची, हेलम्बु, पाँचपोखरीलगायतका गाउँ–गाउँका सडक अवरुद्ध भएका छन् । अहिले हेलम्बुको खेतका फाँटबाट नदी बगिरहेको छ भने ठाउँ–ठाउँमा सडकैसडक खोला बगिरहेको छ । यसले गर्दा यातायातका साधन बाटोमै अलपत्र परेका छन् । नजिकिएको तिजका कारण माइत हिँडेका चेली र अन्य सर्वसाधारणका कारण भरिभराउ रहेका यातायातका साधन बीच बाटोमै रोकिँदा यात्रुलाई सकस भइरहेको छ । मेलम्चीको सिमखेत, हेलम्बुको विभिन्न स्थान, पाँचपाखेरीको राम्चे, भोताङ र गुन्सालगायतका बाटो अहिले अवरुद्ध भएका छन् । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ सहित पाँचपोखरी थाङ्पाल, हेलम्बु, इन्द्रावती गाउँपालिकाका अध्यक्ष क्रमशःटासी लामा, निमा ग्याल्जेन शेर्पा र झम्क नेपालले संयुक्त रुपमा पहिरो, खहरे खोला, नदी तटीय तथा जोखिमयुक्त स्थानमा नबस्न र सावधानी अपनाउन आग्रह गरेका छन् । गत वर्ष आएको बाढीका कारण हेलम्बु, मेलम्ची, इन्द्रावतीका केही भेग र पाँचपोखरी थाङ्पाल गाउँपालिकाकाको नदीतटीय क्षेत्रमा करोडौँको क्षति गरेको थियो । यसकारण पनि धेरै मानिस विगत दोहोरिएला भन्ने पिरलोमा देखिन्छन् ।