काठमाडौं । आइतबार सुनको मूल्य तोलाको सात सय रुपैयाँले घटेको छ । हिजो तोलाको ९५ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज घटेर तोलको ९५ हजार १०० रुपैयाँ कायम भएको छ ।
यस्तै तेजाबी सुनको मूल्य पनि घटेर तोलाको ९४ हजार ६०० रुपैयाँ कायम भएको छ । हिजो तेजाबी सुन तोलाको ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाली सुनचाँदी व्यवसायी महांसघको अनुसार चाँदीको मूल्य पनि घटेर तोलाको १ हजार १६० रुपैयाँ कायम भएको छ ।