विकासन्युज

मिस नेपालको स्वास्थ चौकीमा गोर्खा इको प्यानलको सहयोग

काठमाडौं । मिस नेपाल वल्र्ड २०१८, श्रृखला खतिवडाको अगुवाईमा मकवानपुरको चेपाग वस्तीमा स्वास्थ चौकी भबन बन्न लागेको छ । स्वास्थ्य चौकी भबन बनाउन गोर्खा इको प्यानलले १२ लाख बराबरको इको प्यानल (स्थायी तथा अस्थायी भबन निर्माणमा वालको रुपमा प्रयोग गरिने) प्रदान गरी सहयोग गर्ने भएको छ । सामाजिक उतरदायित्वको कार्यक्रमम अन्तर्गत मकवानपुरको कैलाश गाउँंपालिका वडा नं ७ मा बन्ने स्वास्थ्य चौकी भबन बनाउन प्यानल प्रदान गरी सहयोग गर्न लागेको हो । गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले चेपाङहरु आर्थिक रुपमा मात्रै होइन, स्वास्थ्य पहुँंचका हिसावले पनि पिछडिएको समुदाय भएकाले पनि उनीहरुका लागि बनाइने स्वास्थ्य चौकी भबन निर्माणमा सहयोग गर्न लागेको जनाए । गोर्खा इको प्यानलका ब्राण्ड एम्वेसडर आर्किटेक्ट इन्जिनियर मिस नेपाल वल्र्ड २०१८, श्रृखलाको डिजाइन तथा अगुवाइमा स्वास्थ्य चौकी भबन बन्न लागेको हो । अन्दाजीे ४० लाख बराबरको लागत इष्टमेटमा निर्माण हुने स्वास्थ्य चौकी भबन बनाउन श्रृखलाले अन्य विभिन्न संघ संस्थाहरुको पनि सहयोग लिने छिन् । चीनको सान्यामा आगामी डिसेम्वर ८ मा हुने मिस वल्र्ड प्रतियोगितामा प्रतिस्पर्धी मिस नेपाल वल्र्ड २०१८ की सुन्दरी श्रृंखलाले स्वाथ्य चौकीको भबन निर्माण पूरा गरी त्यसको बृतचित्र त्यहाँं देखाउने छिन् । व्युटी विथ पर्पाेज (उद्देश्यसहितको सौदर्यता) भन्ने नाराका साथ हरेक वर्ष हुने प्रतियोगितामा आफूले पृथक उद्देश्यका साथ पिछडिएको चेपाग समुदायलाई स्वास्थ्य चौकी बनाई सहयोग गर्ने भएकोले मिस वल्र्डमा सफलता मिल्ने विश्वास व्यक्त गरिन् ।

माथिल्लो तामाकोसी आयोजनाको ९६.४ प्रतिशत काम सकियो, बैशाखदेखि बिजुली उत्पादन हुने

काठमाडौं । निर्माणधिन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको काम ९६.४ प्रतिशत सकिएको छ । आयोजनाको काम ३.६ प्रतिशत मात्र बाँकी छ ।हाल आयोजनामा पेनस्टक पाइप राख्ने, सुरुङमा क्रंक्रेटिङका साथै सर्ज र भेन्टिलेटर सुरुङको काम भइरहेको छ । आयोजनाको लामावगरस्थित बाँध बाँधको काम पनि अन्तिम चरणमा पुगेको छ । प्रसारणलाइन अन्र्तगत ४ वटा टावरको संरचना निर्माणको काम बाँकी छ । आयोजनाको विद्युतगृह दोलखाको गाेंगरदेखि खिम्तीसम्म ४७ किलोमिटर लामो २२० केभी प्रसारणलाइन मध्ये २५ किलोमिटर तार तान्ने काम सकिएको आयोजनाका प्रवत्ता गणेश न्यौपानेले बताए । यस्तै १०८ वटा टावर खडा गरिसकेको छ । आयोजनाको काम अब अन्तिम चरणमा पुगेको न्यौपानेले जानकारी दिए । आगामी बैशाखभित्र आयोजनाबाट बिजुली उत्पादन हुने उनले बताए । वर्षादले गर्दा सडक अवरुद्ध हुदा ठुला पाइप आपूर्ति गर्न समस्या भएको छ । आयोजनाबाट वार्षिक २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुने छ । आयोजनाको लागत बढेपछि थप ऋण लिने भएको छ । प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले अपुग ७ अर्ब ६६ करोड थप कर्जा लिन ऋणदाता कर्मचारी संचय कोषसंग छलफल अघि बढाएको छ । निर्माण अवधिको ब्याज (आईडीसी) बाहेक ३५ अर्ब २९ करोड अनुमानित लागत तय भएको थियो । कम्पनीले ४१ अर्ब ६७ करोड रुपैयाँ वित्तीय व्यवस्थापन गरेको थियो । जसअनुसार सेयर पुँजी १० अर्ब ५९ करोड, सरकारको ११ अर्ब ८ करोड, संचय कोष, टेलिकम, बीमा संस्था र लगानी कोषको २० अर्ब लगानी भएको थियो । भूकम्प, नाकावन्दी, मूल्यवृद्धि, डलरको भाउ बढेको र सुरुङको डिजाइन परिवर्तनले गर्दा लागत बढेर निर्माण अवधिको ब्याजबाहेक ४९ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । नपुग ७ अर्ब ६६ करोड रुपैयाँ ऋण लिनका लागि पक्रिया अघि बढेको आयोजनाको समय र लागत बढेपनि ब्याज खर्च मात्रै १७ अर्ब रुपयाँ पुग्ने अनुमान गरिएको छ । डलरको मूल्य बढ्दा ७ अर्ब रुपैयाँ दायित्व बढेको आव्हानपत्रमा उल्लेख गरिएको छ । बिजुली बिक्रीबाट कम्पनीले साढे १० अर्ब रुपैयाँ हारहारीमा आम्दानी गर्ने छ । नेपाल विद्युत प्राधिकरणको ४१, नेपाल टेलिकमको ६, राष्ट्रिय बीमा संस्थानको २ र नागरिक लगानी कोषको २ प्रतिशत स्वामित्व छ । यस्तै सर्वसाधारणको ४९ प्रतिशत लगानी रहेको छ । हालसम्म आयोजनामा ३८ अर्ब रुपैयाँ खर्च भइसकेको छ ।

चीनको ९० करोड सहयोगमा दरवार हाई स्कुलको पुननिर्माण सुरु, २० महिनामा सकिने

काठमाडौं । नेपालको जेठो दरबार हाई स्कुलको पुननिर्माण २० महिनामा सम्पन्न हुने भएको छ । विद्यालयको पुननिर्माणका लागि शुक्रबार एक समारोहकाबीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल र नेपालस्थित चिनीयाँ राजदुत यु होङले संयुक्त रुपमा शिलन्यास गरेका गरेका छन् । चीन सरकारको अनुदान सहयोगमा स्कुल निर्माण हुन लागेको हो । विद्यालयको भवन निर्माणमा ९० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । विद्यालयको भवन ४ तल्ल र ४० कोठा निर्माण हुने छ । विद्यालयको भवन हेर्दा पुरानै शैलीको तर निर्माण सामाग्री आधुनिक प्रयोग हुने भएको छ । विद्यालय पुर्निनर्माण कार्यको शिलन्यास समारोहमा बोल्दै मन्त्री पोखरेलले तोकिएकै मिति र डिजाईन अनुसार संरचनाको निर्माण हुने जानकारी दिए । ०७२ वैशाख १२ गते गएको भूकम्पले क्षतिग्रस्त भएको हो । तीन वर्ष बिते पछि बन्ने पक्का भएको छ भूकम्प पछिको भौतिक संरचना पुर्निनर्माणका लागि २३ जुलाई २०१५ मा २५ वटा पुननिर्माण आयोजनामा नेपाल र चीन सरकारको बाणिज्य मन्त्रालयबीच भएको सम्झौता अनुसार विद्यालयको पुनर्निर्माण काम सुरु भएको हो । विद्यालयका प्रधानध्यापक हेमचन्द्र महत विद्यालयको अस्थाई सिकाई केन्दमा राखेर अध्ययन सुरु गरेपछि विद्याथी घटेको बताउछन् । उनका अनुसार पहिले १६० जना विद्यार्थी थिए । हाल आएर १३२ जनामा सीमित भएका छन् । “विद्यार्थीको संख्या यसरी नै घट्दै जाने हो भने स्कुल इतिहासमा मात्रै सिमित नरहला भन्न सकिदैन” उनले भने ।

अब मेगा बैैंकबाटै सानिमा लाईफको इन्स्योरेन्स सेवा पाइने

काठमाडौं । अब मेगा बैंक लिमिटेडबाट सानिमा लाईफको इन्स्योरेन्सको बीमा सेवा पाइने भएको छ । शुक्रबार दुई कम्पनीबीच भएको बैंक्यास्योरेन्स सम्झौता अनुसार ग्राहकहरुले मेगा बैकका सम्पुर्ण शाखाहरुबाट सानिमा लाईफ इन्स्योरेन्सको जीवन बीमा सेवा उपभोग गर्न सक्ने छन् । उक्त सम्झौतापत्रमा कम्पनीका तर्फबाट नायव महाप्रबन्धक केशवराज के.सी. तथा बैंकका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

तीन मन्त्री थपिए, कानूनमा भानुभक्त ढकाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार(आज) मात्रै तीन मन्त्री नियुक्त गरेका छन् । ओलीले कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा भानुभक्त ढकाललाई नियुक्त गरेका छन्। प्रतिनिधिसभा सदस्य ढकाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट विजयी सांसद हुन् । उनी प्रतिनिधिसभा निर्वाचन २०७४ मा मोरङ जिल्ला क्षेत्र नं ३ बाट निर्वाचित भएका हुन् । यसअघि साउन ८ गते शेरबहादुर तामाङले राजीनामा दिएपछि सो मन्त्रालय मन्त्रीबिहीन भएको थियो । त्यसैगरी, प्रधानमन्त्री ओलीले भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्ममा अर्याललाई र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा डा. सुरेन्द्र यादवलाई नियुक्त गरेका छन् । नवनियुक्त तीन मन्त्रीलाई आजै राष्ट्रपति विद्यादेवी भण्डारीले शपथग्रहण गराउने छिन् ।

बीमा समितिमा जिम्मेवारी हेरफेर, अार्इतबारदेखि विभागीय प्रमुखहरू फरक जिम्मेवारीमा

काठमाडौं । बीमा समितिमा कर्मचारीहरुको जिम्मेवारीमा व्यापक हेरफेर गरिएको छ । समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले उप निर्देशक सहितका कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरेका हुन् । नयाँ जिम्मेवारी आइतबारदेखि लागु हुनेछ । समिति श्रोतका अनुसार वित्त विभागका प्रमुख दिनेश कुमार लाललाई निरिक्षण विभागको जिम्मेवारी दिईएको छ । यस अघि निरिक्षण विभागको प्रमुख रहेका सुशिल सुवेदी भने नियमन विभागमा पुगेका छन् । नियमन विभागमा रहेका साम्भराज लामिछानेलाई कानुन तथा सम्पति सुद्धिकरण विभागको जिम्मेवारी दिइएको छ । वित्त विभागमा चाटर्ड एकाउन्टेन्ट सन्तोष कार्की आएका छन् । समितिका अध्यक्ष चापागाईँले तल्लो तहका पनि थुप्रै कर्मचारीहरुको जिम्मेवारी व्यापक हेरफेर गरेका छन् । ती सबैले आइतबारदेखि नयाँ जिम्मेवारी सम्हाल्नेछन् ।

सांग्रिला डेभलपमेन्ट बैैंकको शाखा मोरङ्ग, ३ लाख रुपैयाँसम्मको बीमा गरिदिने

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नयाँ शाखा मोरङ्ग जिल्लाको टँकी सिनुुवारीमा विस्तार गरेको छ । उक्त विस्तारित शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुुटी गर्भनर चिन्तामणी शिवाकोटी तथा बैंकका अध्यक्ष प्रा.डा. रबीन्द्रप्रसाद श्रेष्ठले संयुक्त रुपमा गरेका छन् । कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुुटी गर्भनर शिवाकोटीले बैंकमा पैसा राख्दा ३ लाख रुपैयाँसम्मको बीमा गरिदिने र सुुरक्षा समेत हुुने बताएका छन् । साथै, उनले यस बैंक मार्फत कारोवार गर्न स्थानीय बासिन्दालाई आग्रह गरेका छन् । यस शाखा सहित वकास बैंकको कुल शाखा संख्या ५४ पुगेको छ । साथै, अन्य ३३ वटा शाखाहरु संचालनमा आउने प्रक्रियामा रहेको बैंकले जनाएको छ ।

एनआइइसीले साउन २१ गते ’अष्ट्रेलिया-न्यूजिल्याण्ड एजुकेशन फेयर’ गर्दै

काठमाडौं । नेपाल इन्टरनेशनल एजुकेसनल कन्सल्टेन्सी (एनआईइसी)ले अगामी साउन २१ गते अर्थात अगष्ट ६ मा ’अष्ट्रेलिया-न्यूजिल्याण्ड एजुकेशन फेयर’ आयोजना गर्न लागेको छ । एनआइईसीले विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि लक्षित गरी उक्त मेला सञ्चालन गर्न लागेको हो । सपना राजभण्डारी, प्रवन्ध निर्देशक, एनआईइसी उक्त मेला एनआइईसीको केन्द्रिय कार्यालय पुतलीसडकस्थित सेयर मार्केट कम्प्लेक्स भवनको चौथो तलामा हुने भएको छ । उक्त एकदिने मेलामा डकुमेन्टेसन र भिजाका सम्बन्धमा पनि परामर्श लिन सकिनेछ । परामर्श लिन चाहने विद्यार्थी तथा अभिभावकहरुले निःशुल्क प्रवेश पाउने कन्सल्टेन्सीले जनाएको छ । एनआईइसीका प्रवन्ध निर्देशक सपना राजभण्डारीले मेलामा सहभागी विद्यार्थी तथा अभिभावकहरुले सम्बन्धित विश्वविद्यालयका प्रतिनिधिहरुसँग प्रत्यक्ष रुपमा भेट गरी अन्तरक्रिया गर्ने अवसर पाउने बताएकी छिन् । साथै, उनले मेलामा सम्बन्धित देशको जीवनशैली, कानुनी प्रावधान, विश्वविद्यालयको शैक्षिक तथा भौतिकपूर्वाधार, फि स्ट्रक्चर, छात्रवृत्ति, विश्वविद्यालयमा उपलब्ध विषयको छनौट, शैक्षिक नीति, रहनसहन आदि लगायतका महत्वपूर्ण जानकारीहरुएकै स्थानमा सहजै प्राप्त हुने जानकारी दिएका छन् । यस शैक्षिक मेलामा अस्ट्रेलिया र न्युजिल्यान्डका २० भन्दा बढी विश्वविद्यालय, कलेज तथा इन्स्टिच्युटहरुको सहभागिता हुने छन् । विद्यार्थीले प्रत्यक्ष रुपमा त्यहाँबाट आउने प्रतिनिधिहरुबाट आफ्ना जिज्ञासाहरु मेटाउन सक्नेछन् । विगत १८ वर्षदेखि वैदेशिक उच्च शिक्षाका लागि परामर्श सेवा प्रदान गर्दै आएको एनआईसीले विशेषगरी अष्ट्रेलिया र न्युजिल्यान्ड, युएस युके , आयरल्यान्ड, क्यानडा लगायतका लागि सेवा प्रवाह गर्दै आइरहेको छ । साथै, मेलामा विद्यार्थी आफूले चाहेको देशमा विभिन्न आफ्नो डकुमेन्ट विषयप्रतिको ज्ञान उद्देश्य अनुरुप आइटी, नर्सिङ, म्यानेजमेन्ट, पब्लिक हेल्थ, इन्जिनियरिङलगायतका विषयबारे पनि जानकारी लिन सकिने छ । मेलामा आईएलटिएसबारे बुझ्न व्रिटिश काउन्सिलरको उपस्थिती हुनेछन्, त्यस्तै बैंक पार्टनर सिभिल बैंक, एनएल आईसिसि लगायतको पनि सहभागिता हुने कन्सल्टेन्सीले जनाएको छ ।