काठमाडौं । नेपाल इन्टरनेशनल एजुकेसनल कन्सल्टेन्सी (एनआईइसी)ले अगामी साउन २१ गते अर्थात अगष्ट ६ मा ’अष्ट्रेलिया-न्यूजिल्याण्ड एजुकेशन फेयर’ आयोजना गर्न लागेको छ । एनआइईसीले विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि लक्षित गरी उक्त मेला सञ्चालन गर्न लागेको हो ।

सपना राजभण्डारी, प्रवन्ध निर्देशक, एनआईइसी
उक्त मेला एनआइईसीको केन्द्रिय कार्यालय पुतलीसडकस्थित सेयर मार्केट कम्प्लेक्स भवनको चौथो तलामा हुने भएको छ । उक्त एकदिने मेलामा डकुमेन्टेसन र भिजाका सम्बन्धमा पनि परामर्श लिन सकिनेछ । परामर्श लिन चाहने विद्यार्थी तथा अभिभावकहरुले निःशुल्क प्रवेश पाउने कन्सल्टेन्सीले जनाएको छ ।
एनआईइसीका प्रवन्ध निर्देशक सपना राजभण्डारीले मेलामा सहभागी विद्यार्थी तथा अभिभावकहरुले सम्बन्धित विश्वविद्यालयका प्रतिनिधिहरुसँग प्रत्यक्ष रुपमा भेट गरी अन्तरक्रिया गर्ने अवसर पाउने बताएकी छिन् । साथै, उनले मेलामा सम्बन्धित देशको जीवनशैली, कानुनी प्रावधान, विश्वविद्यालयको शैक्षिक तथा भौतिकपूर्वाधार, फि स्ट्रक्चर, छात्रवृत्ति, विश्वविद्यालयमा उपलब्ध विषयको छनौट, शैक्षिक नीति, रहनसहन आदि लगायतका महत्वपूर्ण जानकारीहरुएकै स्थानमा सहजै प्राप्त हुने जानकारी दिएका छन् ।
यस शैक्षिक मेलामा अस्ट्रेलिया र न्युजिल्यान्डका २० भन्दा बढी विश्वविद्यालय, कलेज तथा इन्स्टिच्युटहरुको सहभागिता हुने छन् । विद्यार्थीले प्रत्यक्ष रुपमा त्यहाँबाट आउने प्रतिनिधिहरुबाट आफ्ना जिज्ञासाहरु मेटाउन सक्नेछन् । विगत १८ वर्षदेखि वैदेशिक उच्च शिक्षाका लागि परामर्श सेवा प्रदान गर्दै आएको एनआईसीले विशेषगरी अष्ट्रेलिया र न्युजिल्यान्ड, युएस युके , आयरल्यान्ड, क्यानडा लगायतका लागि सेवा प्रवाह गर्दै आइरहेको छ ।
साथै, मेलामा विद्यार्थी आफूले चाहेको देशमा विभिन्न आफ्नो डकुमेन्ट विषयप्रतिको ज्ञान उद्देश्य अनुरुप आइटी, नर्सिङ, म्यानेजमेन्ट, पब्लिक हेल्थ, इन्जिनियरिङलगायतका विषयबारे पनि जानकारी लिन सकिने छ । मेलामा आईएलटिएसबारे बुझ्न व्रिटिश काउन्सिलरको उपस्थिती हुनेछन्, त्यस्तै बैंक पार्टनर सिभिल बैंक, एनएल आईसिसि लगायतको पनि सहभागिता हुने कन्सल्टेन्सीले जनाएको छ ।