सांग्रिला डेभलपमेन्ट बैैंकको शाखा मोरङ्ग, ३ लाख रुपैयाँसम्मको बीमा गरिदिने

<p>काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नयाँ शाखा मोरङ्ग जिल्लाको टँकी सिनुुवारीमा विस्तार गरेको छ । उक्त विस्तारित शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुुटी गर्भनर चिन्तामणी शिवाकोटी तथा बैंकका अध्यक्ष प्रा.डा. रबीन्द्रप्रसाद श्रेष्ठले संयुक्त रुपमा गरेका छन् । कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुुटी गर्भनर शिवाकोटीले बैंकमा पैसा राख्दा ३ लाख रुपैयाँसम्मको बीमा गरिदिने र सुुरक्षा [&hellip;]</p>

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नयाँ शाखा मोरङ्ग जिल्लाको टँकी सिनुुवारीमा विस्तार गरेको छ । उक्त विस्तारित शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुुटी गर्भनर चिन्तामणी शिवाकोटी तथा बैंकका अध्यक्ष प्रा.डा. रबीन्द्रप्रसाद श्रेष्ठले संयुक्त रुपमा गरेका छन् ।


कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुुटी गर्भनर शिवाकोटीले बैंकमा पैसा राख्दा ३ लाख रुपैयाँसम्मको बीमा गरिदिने र सुुरक्षा समेत हुुने बताएका छन् । साथै, उनले यस बैंक मार्फत कारोवार गर्न स्थानीय बासिन्दालाई आग्रह गरेका छन् ।

यस शाखा सहित वकास बैंकको कुल शाखा संख्या ५४ पुगेको छ । साथै, अन्य ३३ वटा शाखाहरु संचालनमा आउने प्रक्रियामा रहेको बैंकले जनाएको छ ।

Share News