आगामी वर्ष भारतमै बिजुली छ्यालव्याल हुँदै, नेपालबाट नकिन्ने सम्भावना बढ्यो
काठमाडौं । आगामी वर्षदेखि वर्षादमा बढी भएको बिजुली बेच्ने नेपालले तयारी गरिरहेका बेला भारतमा माग भन्दा आपूर्ति धेरै हुने भएको छ । भारतको केन्द्रीय विद्युत प्राधिकरण (सीईए) ले आगामी वर्ष सन् २०१८/०१९ मा बिजुली माग भन्दा बढी आपूर्ति हुने देखाएको हो । प्राधिकरणका अनुसार न्युनतम २.५ देखि अधिकतम ४.६ प्रतिशत बढी बिजुली आपूर्ति हुनेछ । प्राधिकरणले आगामी वर्ष बिजुली बढी आपूर्ति हुने संकेत देखाएको फाइनान्सियल एक्सप्रेसले जनाएको छ । यता नेपालमा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी आयोजना सञ्चालनमा आएपछि वर्षादमा बिजुली बढी हुने र सुख्खामा कम हुने प्रक्षेपण नेपाल विद्युत प्राधिकरणले गरेको छ । वर्षादमा बढी भएको बिजुली भारतलाई बेचेर सुख्खामा आयात गर्नका लागि ऊर्जा बैंक अवधारणा कार्यान्वयनका लागि दुई देशबीच हाल छलफल चलिरहेका छ । छलफल चलिरहेका बेला भारतमै बिजुली बढी हुने प्रतिवेदन सार्वजनिक भएपछि नेपालको बिजुली बेच्ने योजना असफल हुने संकेत देखिएको हो । गत आर्थिक वर्षको सुख्खायाममा विद्युत प्राधिकरणले भारतबाट ५०० मेगावाटसम्म बिजुली आयात गरिसकेको छ । यो वर्ष माथिल्लो तामाकोसीलगायत साना ठुला गरी एक दर्जन आयोजना सम्पन्न भई प्रणालीमा ७५४ मेगावाट बिजुली थप हुने अनुमान गरिएको छ । भारतको केन्द्रीय प्राधिकरणले गत वर्ष नै बिजुली बचत हुने प्रक्षेपण गरेको थियो । तर यो वर्ष बिजुली पिक पावर २.१ र समग्रमा ०.७ प्रतिशत कम हुने भएको छ । तर आगामी वर्ष बढी हुने प्राधिकरणको माग र आपूर्ति सन्तुलन प्रतिवेदनले देखाएको हो । भारतमा जडित क्षमता बढेर ३ लाख ४४ हजार मेगावाट अर्थात ३४४ गिगावाट पुग्ने अनुमान त्यहाँको केन्द्रीय विद्युत प्राधिकरणको छ । यस्तै माग भने १ लाख ७० हजार मेगावाट मात्र अर्थात १७० गिगावाट मात्र हुने प्राधिकरणले जानकारी दिएको छ । प्रतिवेदनका अनुसार भारतको पश्चिममा १.९, उत्तरमा १४.८, उत्तरपूर्वि क्षेत्रमा २२.९ प्रतिशत बिजुली बढी हुनेछ । यद्यपी दक्षिणी र पुर्वी क्षेत्रमा ऊर्जाको अभाव क्रमशः ४.२ र ०.७ प्रतिशत हुने छ । यी दुई क्षेत्रमा कम भएपनि अन्य क्षेत्रमा बढी हुने देखिएको हो । २०१८/०१९ मा भारतमा बिजुली १३ खर्ब ९८ अर्ब ७० करोड युनिट बिजुली आपूर्ति हुने छ । यो आपूर्ति जलविद्युत, खनिज इन्धन, कोइला र आणविक ऊर्जाबाट पूर्ति हुने छ । कोइलाबाट मात्रै १० खर्ब ४ अर्ब ४२ करोड युनिट बिजुली उत्पादन हुने छ ।
दुई वर्षदेखि ढुवानी नगर्दा पेट्रोलमा कालोबजारी, उपभोक्ता चर्को मूल्य तिर्न बाध्य
काठमाडौं । बैतडी जिल्लामा पेट्रोलमा कालोबजारी बढेको छ । जिल्लाको सतबाँझस्थित एक मात्र ‘भण्डारी आयल स्टोर’ले दुई वर्षदेखि पेट्रोल ढुवानी नगरेका कारण कलोबजारी बढेको हो । उपभोक्ता पेट्रोलको चर्को मूल्य तिर्न बाध्य छन् । प्रतिलिटर रु १०४ पर्ने पेट्रोल जिल्लाका उपभोक्ताले १३५ रुपैयाँ देखि १५० रुपैयाँ सम्ममा खरिद गर्दै आएका छन् । “चर्को मूल्य तिरेर पेट्रोल किन्न बाध्य छौँ,” जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य सहायक सन्तोष पाण्डेले भने । सीमावर्ती भारतीय बजार झुलाघाट तथा छिमेकी जिल्ला डडेल्धुराबाट पेट्रोल खरिद गर्नुपरिरहेको उनले बताए । अभाव हुँदा उपभोक्ता महँगो र मिसावट गरिएको पेट्रोल किन्न बाध्य छन् । दुई वर्षयता उपभोक्ताले चर्को मूल्यमा पेट्रोल किन्नु परिरहेको दशरथचन्द नगरपालिका–१ का अमरबहादुर टेर बताउँछन् । उनले भने, “सधैँ महँगोमा पेट्रोल किन्न बाध्य छौँ, सम्बन्धित निकाय मौन छ ।” सतबाँझ तथा गोठलापानी बजारका विभिन्न पसलबाट पेट्रोलको कालोबजारी भइरहेको छ । घाटा भएपछि पेट्रोल ढुवानी गर्न बन्द गरेको भण्डारी आयल स्टोरका सञ्चालक लालबहादुर भण्डारीले बताए । पेट्रोलमा भइरहेको कालोबजारीका बारेमा सम्बन्धित पक्षसँग छलफल गरिने प्रमुख जिल्ला अधिकारी चन्द्रप्रकाश गैरेले बताए । यसैबीच पेट्रोलमा भइरहेको कालोबजारीविरुद्ध आइतबार(आज) सतबाँझदेखि गोठलापानीसम्म मोटरसाइकल ¥याली निकालिएको छ । रासस
आगामी वर्ष माउन्टेन हाइड्रोको नाफा ८२.८८ प्रतिशत बढ्ने, लगानीकर्ताले कति पाउने छन् लाभांश ?
काठमाडौं । निजी लगानीमा प्रवद्र्धित माउन्टेन हाइड्रो नेपाल लिमिटेडले आउँदो आर्थिक वर्षमा नाफा ८२.८८ प्रतिशत बढ्ने प्रक्षेपण गरेको छ । कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन प्रयोजनका लागि सार्वजनिक गरेको वित्तीय विवरणमा आगामी आर्थिक वर्ष ०७६/०७७ मा नाफा बढेर ६ करोड २२ लाख रुपैयाँ पुग्ने अनुमान गरेको छ । गत आर्थिक वर्षमा २ करोड ३ लाख रुपैयाँ नोक्सानमा गएको कम्पनी चालु आर्थिक वर्षमा ३ करोड ४० लाख रुपैयाँ खुदनाफा गर्ने लक्ष्य लिएको छ । नाफामा भएको वृद्धिसंगै कम्पनीको प्रतिसेयर नेटवर्थ बढेर १०४ रुपैयाँ र प्रतिसेयर आम्दानी (ईपीएस) ५ रुपैयाँ पुग्ने अनुमान गरिएको छ । आगामी वर्ष कम्पनीले बिजुली बिक्रीबाट ५८ करोड १७ लाख रुपैयाँ आम्दानी गर्ने छ । चालु आर्थिक वर्षमा ५६ करोड ४९ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ । २१.६ मेगावाटको तल्लो हेवाखोला आयोजना बनाउन ३ अर्ब ९५ करोड २९ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । यसको लागत प्रतिमेगावाट १८ करोड ३० लाख रुपैयाँ पुग्ने अनुमान गरिएको छ । यो सस्तो लागत हो । आयोजना सञ्चालनमा आएको ८ वर्षमा लगानी फिर्ता हुने अनुमान गरिएको छ । आयोजना बाट प्राप्त हुने आयमा पहिलो १० वर्ष आयकर छुट प्राप्त भएको हुँदा लाभांशको दर बढी रहेको कम्पनीले जानकारी दिएको छ । अायाेजनाबाट असाेजदेखि बिजुली उत्पादन थाल्ने छ , सेञ्चुरी कमर्शियल बैंकको अगुवाइमा एक दर्जन बैंकले आयोजनामा २ अर्ब ६३ करोड ७५ लाख रुपैयाँ ऋण लगानी गरेका छन् । माउन्टेनले असार २२ गतेदेखि १२ करोड ५० लाख रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको छ । आयोजना प्रभावितलाई छुट्टाइएको मध्ये ७ करोड ५० लाख रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाका लागि छुट्टाइएको छ । यस्तै ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता आईपीओ पाँचथरका अन्य क्षेत्रका स्थानीयबासिन्दालाई निष्कासन गरिएको निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । आयोजनामा ८० प्रतिशत संस्थापक र २० प्रतिशत सर्वसाधारणको लगानी हुने छ । १० प्रतिशत आयोजना प्रभावित स्थानीयबासिन्दा र १० प्रतिशत सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने कम्पनीले जनाएको छ ।
एनसेलले ल्यायो ‘फुच्चे प्याक’, २५ एमबि डेटाको मजा लिन सकिने
काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले डेटा सेवा अन्तर्गत आफ्ना ग्राहकका लगि ‘फुच्चे प्याक’ ल्याएको छ । ग्राहकले यो प्याक अन्तर्गत कर बाहेक मात्र ५ रूपैयाँमा (कर सहित रु ६.३८) मा २५ एमबि डेटा भोलुमको मजा लिन सक्नेछन् । फुच्चे डेटा प्याक यहि आइतबार (श्रावण २०) देखि लागु हुनेछ । यस डेटा प्याक अन्तर्गतको २५ एमबि डेटा ग्राहकले एनसेलको कुनै पनि नेटर्वक टुजि, थ्रिजि तथा फोरजिमा बिहान ५ देखि बेलुका ५ बजे सम्म प्रयोग गर्न सक्नेछन् । ग्राहकले आफ्नो म्यासेज बक्समा ५ (अंग्रेजी अंक पाँच) टाइप गरि १७१२३ मा एसएमएस पठाइ फुच्चे प्याक सुचारु गर्न सक्नेछन् । यो डेटा प्याक सुचारु भएको दिन देखि ९० दिनको लागि मान्य रहनेछ । मात्र रु ५ (कर सहित रु ६.३८) पर्ने सबै भन्दा सुलभ डेटा प्याक ल्याउन पाउँदा निकै हर्षित भएको एनसेलले जनाएको छ । यस डेटा प्याकले ग्राहकलाई विषेश मुल्य प्रदान गर्दै उनीहरुलाई डिजिटलरुपमा सम्पर्कमा रहन मद्दत पुर्याउने विश्वास लिईएको छ । एनसेलले ग्राहकको माग अनुरुप सही, दामी तथा राम्रो डेटा प्याक अन्तर्गत विभिन्न भोलुमको डेटा प्याकहरु उपलब्ध गराउँदै आएको छ । ग्राहकले एस्ट्रिक्स१७१२३ह्यास डायल गरि आफ्नो आवश्यकता अनुरुप एक दिने, तिन दिने, साप्ताहिक तथा मासिक कुनै पनि डेटा प्याक सुचारु गर्न सक्दछन् ।
माछापुच्छ्रे बैंकद्धारा सेवा समाजलाई एम्बुलेन्स हस्तान्तरण
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भोजपुर कोट सेवा समाजलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । आइतबार एक समारोहबीच बैंकका तर्फबाट सञ्चालक जयमुकुन्द खनाल र राममान श्रेष्ठले भोजपुर कोट सेवा समाजका अध्यक्ष राजबहादुर राई र टेम्केमैयुङ गाउँँपालिकाका वडाध्यक्ष उद्धवकुमार राईलाई एम्बुलेन्सको चाँबी हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा बैंकका तर्फबाट सञ्चालक जयमुकुन्द खनाल र राममान श्रेष्ठले भोजपुर कोट सेवा समाजका अध्यक्ष राजबहादुर राई र टेम्केमैयुङ गाउँँपालिकाका वडाध्यक्ष उद्धवकुमार राईलाई एम्बुलेन्सको चाँबी हस्तान्तरण गरेका छन् । उक्त कार्यक्रमा एम्बुलेन्स खरिद गर्न आर्थिक सहायता गर्ने स्थानीयहरुलाई समेत कदरपत्र तथा खादाद्वारा सम्मान गरिएको थियो । बैकले हाल ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १०९ स्थानवाट सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैैको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।
ज्योति विकास बैंकको नयाँ शाखा विर्तामोडमा, अझै ३० वटा थप्ने तयारी
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले झापाको विर्तामोडमा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटी तथा बैंकका संचालक धुव्र कोईरालाले संयुक्त रुपमा उद्घाटन गरेका छन् । राष्ट्र बैंकका डेपुटी गर्भनर शिवाकोटीले यस स्थानमा खुलेको यस विकास बैंकले सरल र सुलभ बैकिङ्ग सेवा प्रदान गर्नेमा आफु विश्वस्त रहेको बताउँदै बैंकको प्रगतिको कामना गरेका छन् । बैंकले विपन्न परिवारका लागि लघु कर्जादेखि ठुला औद्मोगिक कर्जा दिन सक्षम रहेको र सम्पूर्ण शाखा कार्यालयहरु मार्पmत आधुनिक बैकिङ्ग सेवा प्रदान गर्न प्रतिवद्ध रहेको बताएका छन् । साथै यस बैकलै आफ्नो टोखा र पोखरा शाखा कार्यालयबाट समेत नयाँ एटीएम सेवा सुरुवात गरेको छ । हाल बैंकले ६० वटा शाखा कार्यालय तथा २० वटा एटीएम मार्पmत सेवा उपलव्ध गराउँदै आईरहेको छ । यसै आर्थिक वर्ष भित्र थप ३० वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटीएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । हालसम्म बैंकले १९ अर्ब ५४ करोड रुपैयाँ निक्षेप संकलन गरी १६ अर्ब १० करोड ऋण लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्ता पूँजी २ अर्ब ५९ करोड रुपैयाँ कायम रहेको छ ।
विशाल बजार कम्पनीमा विवाद चर्किदा ४ वर्षदेखि साधारणसभा हुन सकेन, सेयरधनी लाभांश पाउन बञ्चित
काठमाडौं । सरकारले विशाल बजार कम्पनी लिमिटेडको ९८ प्रतिशत स्वामित्व कायम गरेपछि विवाद बढेको छ । विवाद अहिले सर्वोच्च अदालतमा पुगेको छ । सर्वोच्चले आउँदो भदौ ५ गते यस विषयमा फैसला गर्दैैछ । फैसला आएपछि मात्र वार्षिक साधारणसभा हुने छ । गत ०७४ असोज १० गते सर्वोच्च अदालतले ३ अर्ब ९६ करोड रुपैयाँ बराबरको ३ करोड ९६ लाख कित्ता सेयर अर्थ मन्त्रालय र महालेखा नियन्त्रकको नाममा हस्तान्तरण गर्न आदेश दिएको थियो । सर्वोच्चको आदेश बमोजिम स्वामित्व कायम भइसकेको छ । अर्थले आफनो स्वामित्व लिएको जानकारी गराएको छ । सर्वोच्चको आदेशको विरुद्धमा सेयरधनी पुर्णलाल महर्जनले साधारणसभाबाट पारित नगरी कम्पनीको सेयर स्वामित्व हस्तान्तरण गर्न लागेको भन्दै यसलाई रोक्न गत माघमा सर्वोच्चमा रिट दायर गरेका थिए । महर्जनले रिट दायर गरेपछि अहिले वार्षिक साधारणसभा हुन सकेको छैन । अदालतको फैसलाअनुसार ९८ प्रतिशत सरकारको र २ प्रतिशत मात्र सर्वसाधारणको लगानी हुने देखिएको छ । जग्गालागयत अन्य स्वामित्वलाई जोडेर सरकारको नाममा सेयर स्वामित्व बढाइएको हो । यसअघि सर्वसाधारणको ६५ र सर्वसाधारणको ३५ प्रतिशत स्वामित्व थियो । कम्पनीको ३ करोड ९६ लाख किता सेयर थप भएपछि अब अधिकृत पुँजी ४ अर्ब १ करोड रुपैयाँ पुग्नेछ । विशाल बजारले झण्डै दुई वर्षदेखि लगानीकर्ताको सेयर बन्धक बनाएको र ३ वर्षसम्म पनि नियमित वार्षिक साधारणसभा गरेको छैन । सेयर स्वामित्व विवादले गत आर्थिक वर्षको समेत गरी ४ वर्षदेखि लगानीकर्ताले लाभांश पाउन सकेका छैनन । कानुन बमोजिम साधारणसभा नै नबोलाएपछि अघिल्लो वर्ष ०७४ असार ७ गते पाटन उच्च अदालतले विशाल बजारलाई साउन मसान्तसम्म वार्षिक साधारणसभा गर्न आदेश दिएको थियो । साधारणसभा साउन ३१ गते बिहान ११ बजे मेहन्द्र पुलिस क्लबको सभाहलमा राखिए पनि सेयरधनीबीच हातहाला हालको अवस्था आएपछि सभा भाँडिएको थियो । गत माघमा सरकारको स्वामित्वको विरुद्धमा मुद्धा परेपछि साधारणसभा हुन सकेको छैन । सभामा कम्पनीको आर्थिक वर्ष २०७०/७१, २०७१/७२, ०७२/०७३ र ०७४/०७५ सम्म ४ वर्षको साधारणसभा हुन बाँकी छ । हाल कम्पनीको पुँजी ३ करोड ९१ लाख रुपैयाँ छ । हाल कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार ६६५ रुपैयाँ छ ।
भिबोर क्यापिटलमा नयाँ लगानीकर्ताको प्रवेश, अध्यक्षमा तुलसी उप्रेती
काठमाडौं । भिबोर क्यापिटल लिमिटेडमा नयाँ लगानीकर्ताको प्रवेश भएको छ । लुम्बिनी विकास बैंकको पूर्ण स्वामित्वमा रहेको भिवोरमा बहुसंख्यक सेयर नयाँ लगानीकर्ता समुहको हुने भएको हो । भिबोर विकास बैंकको सहायक कम्पनीको रुपमा ८ वर्ष पहिला स्थापना भएको यस क्यापिटल बिगत ३ वर्षदेखि संचालन नाफामा रहेको छ । अगामी वर्षदेखि राम्रो व्यवसाय गरी खुदनाफामा जान सक्ने प्रक्षेपण गरिएको छ । निजि क्षेत्रबाट थप भएका शेयरधनीका तर्फबाट समेत गरी २०७५ साउन १४ गतेबाट लागुहुने गरि नयाँ संचालक समिति गठन गरिएको छ । नयाँ लगानीकर्ताबाट प्रतिनिधित्व गरी तुलसीप्रसाद उप्रेती अध्यक्षमा चयन भएका छन् । क्यापिटलका अरु संचालकमा आदर्शराज पाण्डे, लुम्बिनी बिकास बैंक तर्फबाट दिपक खड्का र हरिकृष्ण सुबेदी कायमै रहेका छन् । अध्यक्ष उप्रेतीले नेपाल राष्ट्र बैंकमा ३० वर्ष सेवा पुरा गरी कार्यकारी निर्देशक पदबाट अवकाश ग्रहण गरेका हुन् । राष्ट्रिय वाणिज्य बैंक, राष्ट्रिय बीमा संस्था र नेपाल बंगलादेश बैंकमा संचालक तथा पश्चिमाञ्चल ग्रामीण विकास बैंकमा अध्यक्ष समेत भइसकेका छन् । कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सौरभ तिमिल्सिना नियुक्त भएका छन् ।