विकासन्युज

श्रीभद्भागवद्गीता र सरल नेपाली गीता विमोचन

काठमाडौं । नेपालमा गीताप्रेस पुस्तक बिक्री केन्द्र स्थापना भई २ वर्ष पूरा भएको अवसरमा श्रीभद्भागवद्गीता एवं सरल गीता नेपाली भाषामा प्रकाशन गरी  विमाेचन गरेकाे छ । नेपाली भाषामा अनुवाद भएको श्रीभद्भागवद्गीता र सरल नेपाली गीता प्रेस गोरखपुरले सुपथ मूल्यमा प्रकाशन गरेको छ । उक्त उपलक्ष्यमा “प्रत्येक नेपालीको घरमा श्रीभद्भागवद्गीता हाम्रो अभियान” को लक्ष्य लिई गीताप्रेस सेवा केन्द्र नेपाल र गीताप्रेस पुस्तक बिक्री केन्द्र काठमाडौंको पहलमा गत साउन २० गते श्रीभद्भागवद्गीता र सरल नेपाली गीता विमोचन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि सहित लव्ध प्रतिष्ठित विद्वानहरुको उपस्थिति थियो । कार्यक्रममा चौधरी ग्रुपका अध्यक्ष एवं बरिष्ठ उद्योगपति बिनोदकुमार चौधरीले पठाएका शुभकामना संदेश पढेर सुनाइएको थियो । सन्देशमा उनले श्रीभद्भागवद्गीता एवं सरल गीता नेपाली भाषामा अनुवाद एवं प्रकाशन गरेर गीताप्रेस पुस्तक बिक्री केन्द्रले सम्पूर्ण नेपालीहरूलाई अनुगृहित बनाएको उल्लेख गरेका छन् । साथै, उनले यस्ता विशिष्ट कृतीहरू नेपाली भाषामा प्रकाशित गर्न प्रोत्साहित गर्न आग्रह गरेका थिए ।

लक्ष्मी बैंकको १८औं शाखा काठमाडौंको मनमैजुँमा

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो १८औं शाखा काठमाडौंको मनमैजुँमा संचालनमा ल्याएकोे छ । यस शाखामार्फत बैंकले सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु तथा विशेषगरी कृषि व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ । यस नयाँ शाखा सहित बैंकको ९६ शाखा, ३ हस्पिटल सेवा काउन्टर, १०६ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ । यी शाखाहरुका साथ बैंकले आफ्नो सेवा अझ सुदृढ बनाउने विश्वास राखेको छ । यस शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यमअर्थात शाखाकार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने बताएको छ ।

२८१ प्रतिशत हकप्रदले लगानीकर्तालाई लोभ्यायो, प्रोगेसिभ फाइनान्सको सबैभन्दा बढी सेयर कारोबार

काठमाडौं । प्रोग्रेसिभ फाइनान्स लिमिटेडको सबैभन्दा बढी सेयर कारोबार भएको छ । फाइनान्सको साधारण र संस्थापक दुबै सेयर बढी कारोबार भएको हो । संस्थापक सेयर प्रतिकित्ता १०१ र साधारण सेयर प्रतिकित्ता ११७ रुपैयाँमा करोबार भएको छ । २८१ प्रतिशत हकप्रद सेयर पाउने भएपछि लगानीकर्ता लोभिएका हुन् । चुक्तापुँजी बढाउन फाइनान्सले हकप्रद शेयर निष्काशन गर्ने भएपछि लगानीकर्ता लोभिएका हुन् । साउन २२ गतेसम्म अर्थात मंगलबारसम्म सेयर किन्नेले २८१ प्रतिशत हकप्रद सेयर भर्न पाउने भएपछि लगानीकर्ताले बढी सेयर किनेका हुन् । फाइनान्सले भदौ ५ गतेदेखि ५९ करोड रुपैयाँ बराबरको ५९ लाख १ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । हकप्रद निष्कासन असोज ८ गतेसम्म हुने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ । हकप्रद बाँडफाँडपछि फाइनान्सको चुक्ता पूँजी ८० करोड रुपैयाँ पुग्नेछ । संस्थापक शेयरधनीको ५१ प्रतिशत अर्थात ४० करोड ८० लाख रुपैयाँ र सर्वसधारणको ४९ प्रतिशत अर्थात ३९ करोड २० लाख रुपैयाँ पँुजी पुग्नेछ ।

‘स्पोर्टस् सिटी’का लागि तुलसीपुर उपयुक्त, २४ करोडको लगानी

काठमाडौं । प्रदेश नंं ५ मा रहेको दाङको तुलसीपुर उपमहानगरपालिकालाई मुलुककै पहिलो स्पोर्टस् सिटी (खेलकूद नगरी)का रुपमा विकास गरिने भएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)द्धारा गठित कार्यदलले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनअनुसार तुल्सीपुर स्पोर्टस् सिटीका लागि उपयुक्त हुने देखिएको छ । गत पुसमा राखेप सञ्चालक समितिका सदस्य विनोद मैनालीको संयोजकत्वमा गठित पाँच सदस्यीय अध्ययन कार्यदलले सो निष्कर्ष निकालेको हो । सो कार्यदलमा मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष भीम ओली, खेल विज्ञद्वय निलेन्द्रराज श्रेष्ठ र शिवराज भट्ट तथा दाङ जिल्ला खेलकूद विकास समतिका अध्यक्ष डिल्लीबहादुर डाँगी सदस्य थिए । कार्यदलले करीब सात महिना लगाएर तयार पारेको उक्त प्रारम्भिक प्रतिवेदनअनुसार पर्याप्त खेल मैदान, संरचनाको निर्माण थालनी प्रक्रिया, स्थानीयवासीको खेलकूदप्रतिको सकारात्मक सोच, यातायातको सुविधा, खाना तथा बसोवासका लागि आवश्यक पूर्वाधार निर्माण, थप जग्गा उपलब्धताका लागि आवश्यक पहललगायत कारणले तुलसीपुर मुलुककै पहिलो स्पोर्टस् सिटीका लागि उपयुक्त भएको ठहर गरेको थियो । कार्यदलले फुटबल, ब्याडमिन्टन, भलिबल, टेबल टेनिस, पौडी तथा मार्सलआर्टस्सहितको स्पोर्टस् सिटी र एकेडेमीलगायत पूर्वाधार निर्माण तथा विकासका लागि तुलसीपुर उपयुक्त भएको सुझाव दिएको छ । “समथर भू–भाग, प्रदेश नं ५ को आर्थिक हब, बलियो सुरक्षा घेरा, मौसम तथा हावापानी अनुकूल, शिक्षा र स्वास्थ्यको पहुँच, खेलमैत्री परिवेश तथा पर्याप्त मात्रामा जग्गा उपलब्ध हुनुले तुलसीपुर स्पोर्टस् सिटीका लागि उपयुक्त देखिएको हो,” कार्यदलका सदस्य भट्टले भने । विश्व खेलजगतमा स्पोर्टस् सिटीलाई देश विकासको परिसूचकसँग दाँजेर हेर्ने गरिन्छ । देशको आर्थिक, साँस्कृतिक तथा सामाजिक पक्षलाई सबल बनाउन स्पोर्टस् सिटीको उल्लेख्य योगदान रहन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरी राष्ट्रको गरिमा बढाउन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्नका लागि खेल संरचनाको निर्माण तथा विकास, खेल उद्योग र खेल पर्यटनको विकास गर्न ‘स्पोर्टस् सिटी’को अवधारणा अगाडि बढाइएको हो । कार्यदलले स्थलगत अध्ययन तथा अवलोकन, स्थानीय सरोकारवाला व्यक्ति, संस्था तथा निकायसँग छलफल र अन्तक्रिया, सन्दर्भ सामग्रीको अध्ययन एवं विश्लेषण तथा भौगोलिक वस्तुस्थितिको स्थलगत निरीक्षण गरी सो प्रतिवेदन तयार गरेको हो । स्मार्ट सिटीको अवधारणा कार्यान्वयन गर्न तुलसीपुर उपमहानगरपालिकालाई आवश्यक सहयोग गर्न सक्दो सहयोग पर्ने जिल्ला खेलकूद विकास समितिका अध्यक्ष डाँगी बताउँछन् । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले स्पोर्टस् सिटीको अवधारणा कार्यान्वयनका लागि उपमहानगरपालिकामा २४ करोड रूपैयाँको लगानीमा रंगशाला तथा दुई करोड रुपैयाँको लागतमा वडा नंं ६ मा कभर्ड हल निर्माण भइरहेको जानकारी दिए । उनले समग्र खेल क्षेत्रको विकासका लागि तुलसीपुर उपमहानगरपालिकाले काम अगाडि बढाएको र पूर्वाधार निर्माणपछि स्थानीयदेखि अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता तुलसीपुरमा आयोजना गर्न सकिने पाण्डे बताउँछन् । रासस

महालक्ष्मी विकास बैंकको रुपन्देही शाखा स्थानान्तरण

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिकाको शाखा स्थानान्तरण गरेको छ । बैंकले उक्त शाखा स्थानान्तरण गरी सूर्यपुरामा आफ्नो सेवा सञ्चालनमा ल्याएकोे छ । बैंकको यस शाखाले स्थानीय स्तरमा उत्कृष्ट सेवा प्रदान गर्ने बैंकको प्रतिबद्धता रहेको छ । बैंकले हाल ७३ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको छ । साथै, बैंकको ग्राहक संख्या ४ लाख ६० हजार भन्दा बढि रहेको छ । बैंकले गत असार मसान्तसम्म २७ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरी २१ अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

१६७ प्रतिशत हकप्रद पछि सिटी एक्स्प्रेस फाइनान्सको सेयर मूल्य समायोजन

काठमाडौं । सोमबार सिटी एक्स्प्रेस फाइनान्सको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले फाइनान्सको १६७ प्रतिशत हकप्रद सेयर पछिको मूल्य समायोजन गरेको हो । समायोजन पछि संस्थाको सेयर मूल्य प्रतिकित्ता १०८.६१ रुपैयाँ रहेको छ । जसको औसत आधार मूल्य प्रतिकित्ता १५४.३१ रुपैयाँ रहेको थियो ।

काठमाडौं स्टीलले उत्पादन दोब्बर बनाउँदै, ४० करोड लगानी थप्ने तयारी

काठमाडौं । निजी लगानीमा स्थापना भएको काठमाडौं स्टील प्राइभेट लिमिटेडले उत्पादन दोब्बर बढाउने भएको छ । उद्योगले स्टील उत्पादन क्षमता दोब्बर बढाएर वार्षिक १ लाख ५० हजार टन पुर्याउने भएको हो । नवलपरासीको सरावल १ मा रहेको कारखानाको क्षमता विस्तार गरेर आगामी डेढ वर्षभित्र स्टील उत्पादन दोब्बर पार्न लागेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशवराज पोखरेलले बताए । उत्पादन विस्तार गर्न उद्योगले ४० करोड रुपैयाँ थप लगानी गर्ने पोखरेलले जानकारी दिए । केशवराज पोखरेल, सीईओ-काठमाडौं स्टील हाल उद्योगले वार्षिक ६० हजार टन स्टील उत्पादन गरिरहेको छ । स्टीलको माग बढ्दै गएकाले त्यसलाई पुरा गर्न उद्योगले उत्पादन क्षमतामा विस्तार गरेको उनले स्पष्टपारे । उद्योगले उत्पादन बढाउन वातावरणीय प्रभाव मूल्याँकन (ईआएए) को काम शुरु गरेको छ । नेपाल इन्भारोमेन्टल एन्ड साइनटिफिक सर्भिसेजले ईआईएको काम थालेको छ । वातावरण मन्त्रालयबाट ईआईए स्वीकृति हुनसाथ उद्योग विस्तारको काम थालिने उनले जानकारी दिए । उद्योगको क्षेत्रफल ३ विगाह रहेको छ । टीएमटी बार फलामे छठ उद्योगले उत्पादन गर्दै आएको छ । उद्योगको स्थिर पुँजी लगानी ९२ करोड २८ लाख रुपैयाँ छ । २०६८ सालमा स्थापना भएको उद्योगले २०७० सालदेखि स्टील उत्पादन गर्दै आएको छ । उद्योगले ‘रिडवार विथ कपलर सिस्टम’ को स्टील उत्पादन गर्दै आएको छ । यस्तो प्रविधि प्रयोगमा ल्याउने दक्षिण एशियामा काठमाडौं पहिलो स्टील कम्पनी हो । यसका उत्पादनलाई जहाँ काटेर पनि त्यसमा जोड्न सकिन्छ । जीआई पाइपमा सकेट राखेझै काठमाडौं स्टीलका रडहरु जोड्नको लागि सजिलो हुने पोखरेलले जानकारी दिए । यसरी जोडिएको भागको स्ट्रेन्थ तथा बेन्डिङ मोमेन्ट रडको परम्परागत डिजाइनको तुलनामा धेरै राम्रो हुने उद्योगको भनाई छ । परम्परागत स्टीलहरु जोर्तीमा ओभरल्याप (एक रडमाथि अर्को रड) गरिन्छ । निर्माणलाई बलियो बनाउन रडहरु जोर्तीमा नखप्टी हुँदैन । त्यसो गर्दा धेरै रड खपत हुन्छ । निर्माताको खर्च बढी हुन जान्छ । एउटा पुल बनाउन १०० टन रड लाग्छ भने १० टन रड ज्वाइन्टमा मात्र खपत हुन्छ । २० प्रतिशत रड टुक्रा हुने गर्छ । त्यसको पनि ८० प्रतिशत अर्थात १६ टन रड टुक्रिनबाट जोगिने भएकाले काठमाडौं स्टीलको लागत कम हुने उनको भनाई छ । काठमाडौं स्टीलले रड उत्पादनपछि ह्याण्डलिङ एण्ड डिस्प्याचको काम मेसिनले गर्ने प्रविधि विकास गरेको छ । यस्तो प्रविधि पहिलो पटक नेपालमा विकास भएकोले यस प्रविधिमा आधारित मेसिन बनाएर विश्व बजारमा निर्यात गर्ने कम्पनीले जनाएको छ । यस प्रविधिमा आधारित मेसिनको प्रयोगसँगै दैनिक १३० जना मानिसले गर्ने काम ४ जनाले गर्न सक्ने उनले बताए । नेपालको १६ वटा स्टील उद्योगले यो मेसिन प्रयोग गर्दा ५ हजार मजदुर कटौति हुने उनले जानकारी दिए ।

एनआईसी एशिया क्यापिटलद्धारा संध्याकालीन काउण्टर संचालनमा

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले संध्याकालीन काउण्टर संचालनमा ल्याएको छ । यस संध्याकालीन काउण्टर मार्फत सेवाग्राहीहरुले दैनिक कार्यालय समभन्दा अतिरिक्त समय सेवा प्राप्त गर्न सक्ने छ्न्। एनआईसी एशिया क्यापिटलको बबरमहल कार्यालयमा आईतबारदेखि बिहीबारसम्म बिहान १० बजेदेखि दिउसो ३ बजेसम्म तथा संध्याकालिन काउण्टर दिउसो ४ बजेदेखि बेलुका ६ बजेसम्म खुल्ने छ । त्यस्तै, शुक्रवार बिहान १० बजेदेखि दिउसो १ बजेसम्म तथा संध्याकालिन काउटर दिउसो २ः०० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने क्यापिटलले जनाएकाे छ । बैंकले सेवाग्राहीहरुको व्यस्ततालाई मध्येनजर राख्दै यो सेवा सञ्चालनमा ल्याएको हो । यो सेवाले कामकाजी सेवाग्राहीहरु तथा व्यस्त समयमा सेवा लिन असुविधा हुने सेवाग्राहीहरुलाई विषेश उपयोगी हुनेछ ।