विकासन्युज

१० बर्षमा २५ हजार किलोमिटर उच्च गतिको रेल, नेपालमा कहिले आईपुग्ला ?

एजेन्सी । गुडिरहेको सी २०२२ रेलमा यात्रुको हाजिरी सुपरभाइजर सु यीङ रेलका डब्बामा झोलाहरुको सुरक्षा र सरसफाईको अवस्थाबारे बुझ्न हिडिरहेका छन् । उच्च गतिको रेल प्रति घण्टा ३०० किलोमिटरका दरले दौडिरहेको छ र ३५ मिनेटमा तियानजिन र बेईजिङलाई जोडिरहेको छ । बेईजिङ तियानजिन जोड्ने रेलवे स्टेशन यात्रुहरु गन्तव्यको पर्खाईमा म्यागजिन पढिरहेका छन्, कोहि आईफोनमा रमाईरहेको दृष्य देख्न सकिन्छ । ‘आजकल मानिसहरु उच्च गतिको रेल प्रयोग गरिरहेका छन् । तर १० बर्ष अघिको दृष्य फरक थियो’, हुले भने,‘अधिकांश यात्रुले आफ्नो सिट छाडेर दायँबायाँ हेरे, रेलका बाथरुमहरु नै रिसोर्ट बनेका छन ।’ सन २००८ को अगष्ट १ तारिखका दिन चीनमा पहिलो पटक उच्च गतिको रेलले बेईजिङ–तियानजिन शहरलाई जोड्ने काम गरेको थियो । दुर्लभदेखि नियमितसम्म बेईजिङ ओलम्पिकमा सहभागी चिनियाँ तथा अन्य विदेशी नागरिकहरुले उच्च गतिको रेलमा यात्रा गरेको अनभुवन बटुल्ने चाहाना प्रकट गरेको देखिन्थ्यो । ‘उनीहरुले उच्च गतिको रेलमा चढेर बाहिरको दृष्य हेर्दै रमाईलो गरेको देख्न सकिन्थ्यो ।’, हुले भने । केहि यात्रुहरुले हुसँग फोटो समेत खिचाएका थिए । वेइजिङ विश्वविद्यालयमा अध्यापन गराउने स्वीजरल्याण्डका प्राध्यापक डेभिड फेङले लेखेका छन–उच्च गतिको रेलले ३४८ किलोमिटर दुरी ३० मिनेटमा पार गरायो, जुन त्यस दिन अघिसम्म असम्भव जस्तै लाग्थ्यो । सन २०१७ मा बेइजिङ–तियानजिन अन्तर शहर रेल आवागमन ९४ पटक पुगेको थियो जसले पछिल्लो दशक २५ कराेड यात्रु बोक्यो । तिब्रगतिको यात्रा चीनको स्वायत्त क्षेत्र मंगोलियासम्म जाने उच्च गतिको रेल ३१ जुलाईमा निर्माण सम्पन्न भएको थियो । २८७ किलोमिटर लामो रेलले क्षेत्रिय राजधानी होहोट र छिमकी हेबेई प्रदेशको झाञ्जियाकोउलाई जोड्छ । यो रेल सन २०१९ मै सञ्चालनमा आउनेछ । सांघाई र कुनमिङ जोड्ने उच्च गतिको रेल वे यी दुई रेल लाइनले बेइजिङ– झाञ्जियाकोउको यात्रालाई ९ घण्टाबाट ३ घण्टामा झार्नेछ । त्यसपछि तिब्बत स्वायत्त क्षेत्र बाहेक चीनका सबै प्रदेशहरु उच्च गतिको रेलले जाडिनेछन् । चीनले पछिल्लो १० बर्षमा शुन्यबाट २५ हजार किलोमिटर उच्च गतिको रेलवे सञ्जाल विस्तार गरिसकेको छ । सन २०१७ सालमा विश्वमा उच्च गतिको रेलको ६६ प्रतिशत हिस्सा चीनले मात्रै ओगट्न सफल भएको छ । चिनियाँ रेलवे कर्पाेरेशनका अनुसार चीनमा दैनिक ४ हजार बुलेट रेल कुद्छन र ४० लाख यात्रुलाई दैनिक सेवा दिईरहेका छन् । बेईजिङ र ग्वाञ्जाउको २ हजार ३०० किलोमिटर दुरीको यात्रालाई ८ घण्टामा छोट्याईदिएको छ । नयाँ फुक्सिङ बुलेट रेलले प्रतिघण्टा ३५० किलोमिटरको स्पीडमा बेईजिङ र सांघाईलाई ४ घण्टा १८ मिनेटमा जोड्छ । सन २०२० मा चीनले ८० प्रतिशत प्रमुख शहर जोड्ने गरि ३० हजार किलोमिटर उच्च गतिका रेल सञ्जाल विस्तार गरिसकने उदेश्य लिएको छ । चीनको रेल विकास योजना अनुसार उत्तर दक्षिण जोड्ने गरि ८ वटा उच्च गतिका रेल वे लाइन र पुर्व पश्चिम पनि ८ वटै लाइन उच्च गतिको रेलवे बनाइनेछ । अर्थतन्त्र द्रुतगतिमा उच्च गतिका रेल सञ्जालहरुले चीनियाँ अर्थतन्त्रलाई पनि द्रुतगतिमा विकास गर्न सघाईरहेको छ । रेल सञ्जालहरुले एकिकृत क्षेत्रिय विकासमा पनि सघाईरहेकै छन् । सन २०१६ देखि २०१७ को अवधीमा चीनका उच्च गतिका रेलहरुले ५०० शहरका ७ अर्ब यात्रुलाई सेवा दिएका थिए । चीनको उच्चगतिको रेल संसारभर विस्तारको क्रममा रहेको छ । चीनले सन २०१४ मा पहिलो पटक समुन्द्र पार गर्दै टर्कीसम्म रेल सेवा विस्तार गरेको थियो । सन २०१५ को जुनमा चीन र रसियाले ७७० किलोमिटर लामो मस्को र कजान जोड्ने रेल निर्माणको सहमति गरेका थिए । त्यसकै अक्टोबरमा चीन र इण्डोनेसियाले बन्डुङ र जकार्ता जोड्ने रेल निर्माणका लागि सम्झौता गरेका थिए ।(सिन्ह्वा न्युजको सहयोगमा)

कन्काई विकास बैंकको कम्पनी सचिवमा प्रकाशमान बज्रचार्य

काठमाडौं । कन्काई विकास बैंकको कम्पनी सचिवमा प्रकाशमान बज्रचार्य नियुक्त भएका छन् । कम्पनीको संचालक समितिको बैठकले बैंकको सीईओ बज्रचार्यलाई कम्पनी सचिवको पदमा नियुक्त गरेको हो । यस नियुक्तीसँगै बज्रचार्यले अब सीईओको साथसाथै कम्पनी सचिवको जिम्मेवारी सम्हाल्ने छन् । यसअघि बैंककोे कम्पनी सचिव पदमा बैजुनाथ ठाकुर थिए । कम्पनीको २७२औं संचालक समितिको बैठक साउन १६ गते बसेको थियो ।

क्यान्सर रोगको उपचार गर्न बिदेश जानु पर्दैन : डा. प्रकाशराज न्यौपाने

नेपालमा वर्षेनी क्यान्सर रोगीको संख्या बढ्दै गएको छ । क्यान्सर रोग बढ्नुमा बदलिँदो जीवनशैली नै प्रमुख कारण भएको विशेषज्ञ बताउँछन् । क्यान्सरको उपचारमा केही प्रगति भएपनि निर्मूल पार्ने गरी औषधिको विकास भने हुन सकेको छैन् । विश्वमा नै क्यान्सरलाई जटिल प्रकृतिको रोग मानिन्छ । क्यान्सर रोग आफैमा जटिल हुनुका साथै बढी खर्चिलो पनि छ । लामो समयदेखि क्यान्सर रोगको उपचारमा संलग्न बरिष्ठ सर्जन डा. प्रकाशराज न्यौपानेले वीपी कोइराला मेमोरियल अस्पताल अध्यक्षको रुपमा र बीएनबी अस्पतालमा पनि कार्यरत छन्। डा. न्यौपाने यस्तै भक्तपुर क्यान्सर असपतालको निर्देशक समेत भइसकेका छन् । हाल उनी भक्तपुरमा कार्यरत छन् । नेपालमा क्यान्सर रोग बढ्नुको कारण र यसको उपचारका विषयम केन्द्रीत रहेर डा. न्यौपानेसंग विकास न्यूजका लागि डोमी शेर्पाले गरेको कुराकानी । क्यान्सर कस्तो रोग हो ? क्यान्सर शरीरको कोष वा कोषिका समूहको अस्वाभाविक वृद्धिका कारण निम्तिने रोग हो । हाम्रो शरीरमा हुने बिभिन्न कोषिकाहरु नयाँ बन्ने र मर्ने प्रकृया हुन्छ । जब बिभिन्न कारणहरुले यस प्रकृयामा अवरोध आउँछ, नयाँ बन्ने कोशीकाहरुमा अनियमित वृद्धि हुन्छ। यसरी बृद्धि भएको कोषिका मासुको डल्लो बन्छ र यसले आफ्नो नजिकको रहेको अंगलाई काम गर्न अवरोध गर्छ । त्यतिमात्रै होईन त्यहाँबाट बढेर यो अरु ठाउँमा पनि सर्ने गर्दछ । पेटमा भएको क्यान्सर टाउको, फोक्सो, कालेजो जहाँ पनि जान सक्छ । यसरी कोषिका बृदि हुने र एक ठाउँबाट अर्को ठाउँ सर्ने टिउमरलाई क्यान्सर भनिन्छ । यदि यस्तो हानिकारक कोष या कोषिकालाई समयमै नहटाएमा पुरै शरीरमा क्यान्सरको कोष फैलन्छ र अन्ततः मानिसको ज्यान नै लिन्छ । बदलिदो जीवनशैलीले गर्दा नेपालमा पनि वर्षेनी क्यान्सर रोगीको संख्या बढ्दै गएको छ । क्यान्सर रोगको उपचार अवस्था कस्तो छ ? विश्वमा हेरेर नेपालमा हेर्ने हो भने क्यान्सरको बिरामीको संख्या नेपालमा कम छ । यो कम हुनुको कारण हामीहरुको केही राम्रो भएर भन्दा पनि हामीहरुको औसत आयु कम भएर हो । बिदेशीको औसत आयु ८० बर्ष छ भने हाम्रो भर्खर ७० बर्ष पुग्न आटेको छ। क्यान्सर प्राय उमेर बढी भएकोलाई हुने गर्छ । त्यसैले उमेर जति बढ्दै जान्छ, क्यान्सर पनि त्यती बढ्दै जाने गर्छ । अझै पनि ग्रामीण क्षेत्रमा २ तिहाइ क्यान्सरका बिरामीहरु अस्पताल आउन पाएका छैनन् ।त्यसमाथि पनि हामीहरुको डाटा कमजोर छ । हिजोआज बिरामीहरु क्यान्सर लाग्नु भन्दै पहिले नै परीक्षण गर्न आएको देखिन्छ । करिब ३० बर्ष अगाडिको अवस्था हेर्ने हो भने मानिसहरु अन्तिम समयमा मात्र अस्पतालमा आउने गर्थे । त्यस्तै करिब १० बर्ष अगाडि हेर्ने हो भने बिरामीहरु  दोस्रो, तेस्रो स्टेजमा रोग पुगेपछि आउने गरेका छन् । अहिले आएर मानिसहरु यसप्रति एकदमै सचेत भएको पाईएको छ । भरतपुरस्थित वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालको सहयोगबाट मुख्य ७ वटा अस्पतालहरुमा क्यान्सरको निदान र उपचार सुविधा छ । जसअन्तर्गत काठमाडौंको वीर, शिक्षण, कान्ति वाल, भक्तपुर क्यान्सर अस्पताल, धरानको वीपी कोईराला इन्स्टिच्युट अफ हेल्थ साइन्स र पोखराको मणिपाल मेडिकल कलेज रहेका छन् । अस्पताल आधारित क्यान्सर रजिस्ट्री अनुसार नेपालमा क्यान्सर बढी देखिएको जिल्लामा काठमाडौ पहिलो स्थानमा र सुनसरी दोस्रो स्थानमा रहेको छ । फोक्सो, स्तन र पेटको क्यान्सर बढी देखिएको छ । क्यान्सर रोग लाग्नुको कारण के हुन ? क्यान्सर रोग लाग्नुको ८० प्रतिशत मध्यपान, धूमपान र सुर्तीजन्य पदार्थको अधिक प्रयोग र अव्यवस्थित खानापान तथा जीवनशैली हो । अत्यधिक चिल्लो पदार्थ, नुन, धुवाँमा सेकाएको मासु, ढुसी परेको खानेकुरा, बासी खानेकुराको प्रयोग पनि क्यान्सरका कारक हुन् । १० प्रतिशतलाई वंशाणुगत कारणले पनि यो रोग लाग्छ । अत्यधिक घाम, परमाणुको प्रभाव, नियमित उपचारमा प्रयोग हुने रेडियो विकिरणले पनि क्यान्सर बनाउन सक्छ । त्यसैले एक्सरे, सिटी स्क्यान, रेडियोथेरापी, मोमोग्राम आदिको अत्यधिक प्रयोग गर्नुहुँदैन । वातावरण, औद्योगिक प्रदूषण, मिसावटयुक्त खानाको सेवन, विभिन्न विषाक्त रसायन पदार्थको प्रभावले मानिसमा क्यान्सर देखिन सक्छ । बाँकी १० प्रतिशत कुनै कारण छैन । जस्तै भर्खर जन्मेको बच्चालाई क्यान्सर हुनुको कुनै कारणनै देखिदैन । किनभने न त उसले जाँड रक्सी खान्छ न त चुरोट नै । ग्रामिण र शहरी क्षेत्रमा लाग्ने क्यान्सर रोग लाग्नमा फरक के रहेको छ ? शहर र गाउँमा हुने क्यान्सरमा केही समानता अनि असमानता पनि छन् । गाउँमा बातावरण सफा हुन्छ तर गाउँघरमा दाउरामा खान पकाउने हुनाले त्यसबाट आउने धुवाले स्वास्थ्यलाई शहरको बाटोको धुलोधुवाँले जत्तिकै असार गर्दछ । चुरोट खाने मानिसहरुको संख्या गाउँमा पनि उत्तिकै पाईन्छ । त्यसैले धुलोधुँवा र चुरोटको कारणले हुने गरेको क्यान्सर शहर र गाउँमा उस्तै उस्तै रहेको छ। गाउँमा सुर्ती खाने मानिसहरुको संख्या बढी हुने कारणले गाउँमा मुखको क्यान्सर हुनेको संख्या बढी देखिएको छ । शहरमा भने फोक्सोको क्यान्सरको संख्या बढी पाईन्छ । गाउँघरमा संक्रमणका कारण हुने क्यान्सरको पनि संख्या बढी छ । किनभने गाउँघरमा महिलाहरुले आफ्नो भित्री अंगलाई सफा राख्दैनन, धेरै बच्चा जन्माउँछन् त्यसैल पाठेघरको समस्या ग्रामिण क्षेत्रका महिलामा बढी पाईन्छ । शहरका महिलाहरु बढी मदिरा सेवन गर्ने, व्यायम नगर्ने र धेरै मोटो हुनाले शहरमा स्तन क्यान्सर, प्याँक्रियाज क्यान्सर बढी देखिएको छ । कुन बर्ग र उमेर समुहमा बढी क्यान्सर देखिएको छ ? तथ्याँक अनुसार नेपालको सन्दर्भमा भने क्यान्सर पुरुषलाई भन्दा महिलालाई बढी छ । जबकी विश्वमा हेर्दा पुरुषलाई बढी क्यान्सर लागेको पाईन्छ । १०० जना मानिसमा ५५ जना महिला र ४५ प्रतिशत पुरुषलाई क्यान्सर भएको पाईएको छ। नेपालमा महिलामा बढी क्यान्सर देखिनुको कारण महिलाहरुले धेरै बच्चा पाउने र पाठेघरको सरसफामा कमजोरी देखिएको छ । अस्पताल आधारित क्यान्सर रजिस्ट्री अनुसार पुरुषमा ५५ देखि ६५ बर्षमा क्यान्सर बढी पाईएको छ । महिलामा ४५ देखि ५५ बर्षमा क्यान्सर बढी पाईएको छ । क्यान्सर बच्चादेखी बुढो सबै उमेर समुहलाई हुने गर्दछ । नेपालमा क्यान्सरको उपचार पद्दती कस्तो छ ? क्यान्सरको उपचार पद्दती अरु पद्दती भन्दा धेरै फरक छ । किनभने यो टाउकोदेखी खुट्टा सबै अंगमा लाग्छ । त्यसैले सबै अस्पतालमा सबै कुराहरु नहुन सक्छ तर मोटामोटी रुपमा बिपी कोईराला क्यान्सर अस्पतालमा उपचारका लागि सबैकुरा छ । नेपालमा सबै उपचारहरु हुन थालेको छ तर अझै पनि अनुभबको कमी रहेको छ । तर यदी क्यान्सर भईहाल्यो भने त्यसका लागि बिदेश जानुपर्ने स्थिती भने छैन । क्यान्सरलाई बेलैमा पत्ता लगाएर उपचार गरे १ तिहाई क्यान्सर निको पार्न सकिन्छ । स्तन क्यान्सर, सर्भिकल क्यान्सर जस्ता क्यान्सरको उपचार पछि निको हुने ठुलो सम्भावना हुन्छ । बाँकी एक तिहाइ क्यान्सर भने राम्रो ठाउँमा उपचार गरे निको हुन सक्छ । उपचार संम्भब नभएको खण्डमा बिरामीको आयु लम्ब्याउने, दुख नदिन  प्यालिटिभ केयरहरु गर्न सकिन्छ । क्यान्सर रोगलाई न्युनिकरण कसरी गर्ने ? क्यान्सरलाई न्युनिकरण गर्न सबैभन्दा पहिले क्यान्सर लाग्न सक्ने कारक तत्वहरुलाई हटाउन जरुरी छ । यसको लागि जनचेतनाको सबैभन्दा बढी आवश्यक छ । रक्सी, चुरोट खानुहुँदैन, व्ययाम गर्नुपर्छ, भित्री अंगहरुलाई सफाइ राख्नुपर्छ , सागसब्जी खानुपर्छ , रातो मासु कम खानुपर्छ, घाममा कम निस्कने, हरेक बर्ष एकपटक आफ्नो शरीरको पुरा परिक्षण गराउने, ५० बर्ष पुगेका हरेक पुरुषले  क्यान्सरको परिक्षण गर्ने, २०  बर्ष पुगेपछि हरेक महिलाले स्तन क्यान्सर,पाठेघरको क्यान्सरको परिक्षण गर्नुपर्छ भनेर सबैले सचेत हुन जरुरी छ । यसो गर्दा सबैभन्दा पहिला क्यान्सर हुनबाट बच्न सकिन्छ वा क्यान्सरलाई लाग्नु भन्दा अगाडी नै पत्ता लगाउन सकिन्छ । यो रोग न्युनीकरण र सस्तो र सहज रुपमा उपचार दिन सरकारले के गर्न जरुरी छ ? क्यान्सर अस्पताललाई सातै प्रदेशमा खोल्न जरुरी छ । यसको लागि हाम्रो पहल जारी छ । यस बिषयमा हामीले सरकारलाई पनि जानकारी पनि गराईसकेका छौ । यसलाई चाहिने मेसिनहरु र केमोथेरापीमा प्रयोग हुने महंगो औषधीहरु पनि सरकारले सस्तोमा दिनुपर्छ । सरकारले अहिले १ लाख रुपैयाँ बराबरको औषधी दिएको छ । यो एकदमै राम्रो कुरा हो । सकिन्छ भने यसलाई अझै बढाउनुपर्छ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय सोमबारदेखि नियमित सञ्चालनमा

काठमाडौं। कृषि तथा वन विज्ञान विश्वविद्यालय सोमबारदेखि नियमित सञ्चालनमा आएको छ । विश्वविद्यालयले आठवटा निजी क्याम्पसलाई सम्बन्धन दिएपछि विद्यार्थी र प्राध्यापकले विश्वविद्यालयको पठनपाठन बन्द गराएका थिए । विश्वविद्यालयको उक्त निर्णय सरकारले खारेज गरेपछि विद्यार्थी र प्राध्यापकले आन्दोलन फिर्ता लिएसँगै पठनपाठन नियमित सञ्चालन भएको हो । विश्वविद्यालयका रजिष्ट्रार मनराज कोलाक्षपतिले प्रशासन र पठनपाठन नियमित सञ्चालनमा आएको बताउनुभयो । विश्वविद्यालयको कार्यकारी परिषद्ले गत असार २० गते निजी आठ क्याम्पसलाई सम्बन्धन दिने निर्णय गरेको थियो । यससँगै प्राध्यापक र विद्यार्थीले गत असार २६ गतेदेखि विश्वविद्यालयको प्रशासन र पठनपाठन अवरुद्ध पारेका थिए । विश्वविद्यालयले कृषि स्नातकतर्फ पूर्वाञ्चल कृषि क्याम्पस झापा, जीविका कृषि विज्ञान कलेज इटहरी, भ्याली कृषि क्याम्पस ललितपुर, हिमछायाँ कलेज गैँडाकोट, रामनगर टेक्निकल एण्ड म्यानेजमेन्ट कलेज भूमही नवलपरासी, गोर्खा युनाइटेड पब्लिक स्कूल कोहलपुर र ब्राइट मध्यपश्चिम कृषि तथा वन विज्ञान क्याम्पस सुर्खेतलाई तथा वन स्नातकतर्फ सिद्धान्त क्याम्पस गैँडाकोटलाई सम्बन्धन दिएको थियो । मन्त्रिपरिषद्को बैठकले ती सबै क्याम्पसको अस्थायी सम्बन्धन दिने निर्णय रद्द गरेको पत्र विश्वविद्यालयलाई पठाएको छ । रासस

अब कोरियामा आफन्त पनि जान पाउने

काठमाडौं। रोजगार अनुमति प्रणाली(इपिएस) मार्फत रोजगारीका क्रममा दक्षिण कोरियामा रहेका नेपाली कामदारसँग आफ्ना परिवारका सदस्यले भेटघाट गर्न सक्ने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क योङसिकबीच आज मन्त्रालयमा भएको शिष्टाचार भेटमा राजदूत पार्कले कोरियामा काम गर्ने नेपाली कामदारका आफन्तलाई भेटघाट गर्न जाने अवसर मिलाइसकिएको र केही कामदारका आफन्तले भेटघाट गरेर आइसकेको जानकारी दिनुभयो । कोरियाले केही समयभित्रै यसको औपचारिक घोषणा गर्नेछ । भेटका अवसरमा मन्त्री विष्टले नेपाली युवाका लागि दक्षिण कोरिया आकर्षक रोजगारीको क्षेत्र रहेको बताउँदै इपिएसमार्फत कोरिया लैजाने कामदारको संख्या थपका लागि कोरिया सरकारसँग पहल गर्न आग्रह गर्नुभयो । नेपाली कामदारलाई त्यहाँको आवश्यकतानुसार भाषा र सीपको विकास गर्न सरोकार भएका मन्त्रालयका बीच समन्वय गरेर जाने प्रतिबद्धता व्यक्त गर्दै उहाँले संघीय सरकारको मातहत रहने गरी स्थापना हुन लागेका तीन प्रतिष्ठानस्तरका सीप विकास केन्द्रको पूर्वाधार निर्माणमा कोरिया सरकारको सहयोगको अपेक्षा गर्नुभयो । मन्त्री विष्टले नेपालमा रहने कोरियालीलाई नेपाल बसाइका क्रममा कुनै पनि असुविधा हुन नदिइने प्रतिबद्धता व्यक्त गर्नुभएको मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले जानकारी दिनुभयो । भेटका क्रममा राजदूत पार्कले नेपाली कामदार इमान्दार र मेहनती भएकाले कामदारको संख्या थप गर्नाका साथै सेवा क्षेत्रमा समेत कामदार लैजाने प्रक्रियामा सहयोग गर्ने वचनबद्धता व्यक्त गर्नुभयो । प्रतिष्ठानस्तरका सीप विकास केन्द्रको पूर्वाधार निर्माणमा कोरिया सरकारबाट आवश्यक सहयोग हुने प्रतिबद्धता व्यक्त गर्दै उहाँले श्रम सम्बन्ध, वैदेशिक रोजगारी र आन्तरिक रोजगारीका क्षेत्रमा मन्त्रालयले चालेका कदमको प्रशंसा गर्नुभएको थियो । नेपाल सरकारले दक्षिण कोरियामा रहेका नेपाली कामदारमा देखा परेका निराशा र आत्महत्याको समस्या न्यूनीकरण गर्न कामदारका आफन्तलाई भेटघाटको अवसर प्रदान गर्न आग्रह गर्दै आएको थियो । इपिएसमार्फत कोरिया गएका नेपाली कामदार चार वर्ष १० महीना नपुगी स्वदेश फर्कन पाउँदैनन् । इपिएसमार्फत कोरिया जाने नेपालीको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । खाडी मुलुकमा जस्तो कामदारले अनावश्यक झन्झट व्यहोर्नु नपर्ने र आकर्षक तलब सुविधाका कारण कोरिया नेपाली कामदारको रोजाइमा पर्दै आएको छ । अहिले नेपाली कामदारले कोरियामा मासिक रु एक लाख ५० हजारदेखि दुई लाखसम्म पारिश्रमिक पाउँदै आएका छन् । त्यस्तै सुरक्षित गन्तव्य, कामको सुनिश्चितता तथा कामदार र रोजगादरदाताको कार्यसम्झौता, वैधानिकता र अधिकार स्थापित हुने, काम गर्ने अवधिको निश्चितता, पुनः कोरिया जान सकिने, तेस्रो पक्ष र दलालको गुञ्जायस नहुने लगायत कारणबाट कोरिया जान इच्छुक नेपालीको संख्या बढ्दै गएको छ । सन् २००८ देखि गत जेठ मसान्तसम्म इपिएसमार्फत ५४ हजार ३६३ नेपाली कामदार दक्षिण कोरिया गएका छन् जसमा महिला तीन हजार ३३८ र पुरुष ५१ हजार ०२५ छन् । सन् २०१८ को भाषा परीक्षाबाट सात हजार ९९८ कामदार कोरिया जाँदै छन् । रासस

बाहिरी चक्रपथको अलाइनमेन्ट परिवर्तन हुने, भाइकाजीलाई स्पष्टीकरण

काठमाडौं । बहुप्रतिक्षित बाहिरी चक्रपथको पाइलट प्रोजेक्टको अलाइनमेन्ट परिवर्तन हुने भएको छ । प्रस्तावित पाइलट प्रोजेक्टको चोभार सतुंगल खण्डमा भू माफियाहरुले चलखेल गरेपछि शहरी विकास मन्त्रालयले अलाइनमेन्ट नै बदल्न लागेको हो । ‘बाहिरी चक्रपथ अत्यावश्यक परियोजना हो, तर चोभार सतुंगल खण्डमा भू माफियाहरुले चलखेल गरेर साना साना टुक्रामा जमिन कित्ता काट गरेका छन, अध्ययन गर्दा अलाइनमेन्ट बदल्नुपर्ने निष्कर्षमा पुगेका छौं’, शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले भने । मन्त्री राईले अहिले निर्माण गर्ने तय गरिएको खण्डबाट केहि सय मिटर दायाँ वा बायाँ सारेर बाहिरी चक्रपथको काम अघि बढाउन लागिएको स्पष्ट पारे । बाहिरी चक्रपथ आयोजनाले पाइलट प्रोजेक्टका रुपमा चोभारदेखि सतुंगलसम्मको ६.६१८ किलोमिटर खण्डमा काम अघि बढाउन लागेको छ । तर सो खण्डमा भू माफियाहरुले ३ आनामा व्यापक जमिनको कित्ता काट गराएका छन् । जहाँ ७६ वटा घरहरु पर्छन् । ७ हजार ८ सय रोपनी जमिन अधिग्रहण गर्नुपर्ने पाइलट प्रोजेक्टमा भू माफियाहरुले स साना कित्तामा जग्गा विभाजन गरेर आयोजनाको भविष्य नै अन्यौलमा पारिदिएका हुन् । २ हजार ९५३ कित्ता जमिन ३ आना भन्दा सानो आकारमा कित्ताकाट गरिएका छन् । चोभार–सतुंगल खण्डको लागत ६ अर्ब ५० करोड रूपैयाँ अनुमान गरिएको छ । सोमध्ये १ अर्ब रुपैंयाँ भने ७६ वटा घरहरुलाई क्षतिपुर्तिका लागि उपलब्ध गराउनुपर्ने अवस्था छ । २०७४ गत बैशाख १३ गते सो खण्डको डिपिआर स्वीकृत भएको थियो । बाहिरी चक्रपथ सडकको दाँया बायाँ २५०/२५० मिटर जमिन अधिग्रहण गरेर ५० मिटरको आधुनिक सडक निर्माण तथा व्यवस्थित वस्ती विकास गर्नेछ । भाइकाजीलाई स्पष्टीकरण मन्त्रालयले समयमै जग्गा कित्ताकाट रोक नगरेर भू माफियाहरुलाई चलखेलको वातावरण बनाईदिएको भन्दै काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीसँग स्पष्टीकरण सोधेको छ । तर आयुक्त तिवारीले भने आफुसँग स्पष्टीकरण नसोधिएको बताए । उनले जग्गा कित्ताकाट गर्न किन ढिलाई भएको भनेर मात्रै सोधिएको बताए । ‘जग्गा कित्ता काट रोक्का गर्न किन ढिलाई भएको भन्ने कारण मागिएको हो, स्पष्टीकरण सोधिएको होइन’, तिवारीले भने ।

नविल बैंकले ११.५ प्रतिशत ब्याजमा ३ करोडसम्म कर्जा दिने, ५ दिनमै पाइने

काठमाडौं । नविल बैंकले ११.५ प्रतिशत ब्याजमै कर्जा दिने भएको छ । मुद्धति निक्षेपमा १०.५ प्रतिशत ब्याज दिइरहेको नविलले ११.५ प्रतिशत ब्याजमै कर्जा दिने योजना ल्याएको हो । प्रक्रिया सुरु गरेको ५ दिनमै कर्जा दिने बैंकले जनाएको छ । नविलको आधार दर ७.३८ प्रतिशत छ । राष्ट्रिय वाणिज्य बैंकपछिको यो सस्तो कर्जा हो । बैंकले ल्याएको नविल एसएमई फास्ट ट्रयाक लोन योजना अन्र्तगत एक वर्षसम्म ब्याजदर नबढ्ने, सरल प्रक्रिया, न्युनतम ५ लाखदेखि ३ करोड रुपैयाँसम्म कर्जा पाइने बैंकले जानकारी दिएको छ । बैंकले ट्रेकिङ, उद्योग र सेवा क्षेत्रमा कर्जा प्रवाह गर्ने भएको छ ।

मंसिरभित्र सार्वजनिक यातायातहरु कम्पनीमा दर्ता नगरे रुट खारेज

काठमाडौँ । सरकारले आउदो मंसिरसम्म यातायात व्यवसायीलाई कम्पनीमा दर्ता गर्न भनेको छ । यातायात व्यवस्था विभागले आउदो मंसिरसम्म यातायात सेवाको नाम पञ्जीकृत गर्न व्यवसायीलाई जानकारी गराएको छ । मंसिरसम्म कम्पनीको रुपमा दर्ता नहुने सवारीसाधनको रुट इजाजत खारेज हुने विभागले स्पष्टपारेको छ । हाल यातायात सेवाको इजाजत नलिइ रुट अनुमति मात्र लिएर सवारीसाधन सञ्चालन गर्न नपाइने जानकारी गराउदै दर्ता हुनुपर्ने विभागको भनाई छ । सवारी तथा यातायात व्यवस्था ऐन मा सेवाको पञ्जीकृत नगरी सञ्चालन गर्न नपाइने व्यवस्था गरिएको विभागले जानकारी गराएको छ । यसअघि समितिमा दर्ता हुदै आएका सवारीसाधन अब विभागमा दर्ता हुनु पर्ने छ । यातायात व्यवसाय कम्पनीमा परिणत हुनुपर्ने व्यवस्था गरिएको छ । सिण्डिकेट हटेको ५ महिनाको अवधिमा २८२ वटा नयाँ यातयात कम्पनी थपिएका छन् । यो समेत गरी यातायात व्यवसाय गर्ने कम्पनीको संख्या ९२२ पुगेको कम्पनी रजिष्टारको कार्यालयले जनाएको छ । गत चैतसम्म ६४० वटा मात्रै यातायात कम्पनी रजिष्ट्रार कार्यलयमा दर्ता भएका थिए । सरकारले यातायात समिति खारेज गरेर दर्ता गर्न र नयाँलाई धमाधम गाडी सञ्चालनका लागि रुट इजाजत दिन थालेपछि संगठित रुपमा व्यवसायी दर्ता हुने क्रम बढेको रजिष्टार कार्यालयले जानकारी दिएको छ । पछिल्लो समयमा मयुर यातायात, अन्नपुर्ण यातायात, महानगर यातायात, सुर्यौदय, ऋणद्धिसिद्धी, हरिसिद्धी र सिटीलगायत यातायात दर्जनौं कम्पनीले काठमाडौं उपत्यका र बाहिर बस सञ्चालन गरिरहेका छन् । वस सञ्चालन गर्न नयाँ कम्पनी आउने क्रम जारी रहेको कार्यालयले जनाएको छ । यसैगरी अन्य व्यवसाय सञ्चालनका गर्नका लागि दर्ता गर्न आउने कम्पनीको संख्या बढेको छ ।