विकासन्युज

भारतद्वारा सीमामा एकतर्फी सडक निर्माण

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव नजिक सीमाक्षेत्रमा भारतीय पक्षले एकतर्फी रुपमा सडक निर्माण गरिरहेको छ । नेपाल–भारत सीमाक्षेत्रमा मुख्य सीमास्तम्भ नं ३ नजिक आफ्नो भूमि दाबी गर्दै भारतले पक्की सडक निर्माण गरिरहेको छ । भारतले टनकपुर ब्यारेजदेखि उत्तरतर्फको ब्रह्मदेव बजार छेउसम्म करीब १ हजार ३०० मिटर सडक निर्माण गर्न थालेपछि ब्रह्मदेवका बासिन्दाले विरोध गरेका छन् । भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष राम नाथले भारतले नेपाली पक्षसित समन्वय नगरी करीब २०० मिटर वरसम्म नेपाली भूभागमा सडक बनाउन थालेको बताए । सीमास्तम्भ नं ३ हराएका कारण लामो समयदेखि त्यहाँ विवाद हुँदै आएको छ । केही समयअघि नेपाल–भारत संयुक्त सीमा सर्भे टिमले सो क्षेत्रको सर्भे गरेको थियो । सर्भेपछि टनकपुर तटबन्धको सिँढी टनकपुरदेखि १ हजार मिटर उत्तरतर्फ विद्युत्गृहमा बनाएको सिँढीलाई नेपाल–भारत सिमाना मानिँदै आएको थियो । उक्त सिमाना मानिएको क्षेत्रमा नै ३ नं सिमास्तम्भ पर्ने सर्भे टिमले निक्र्योल गरेको थियो । भारतले अहिले एकतर्फीरूपमा उक्त क्षेत्रमा सडक निर्माण गर्न थालेपछि विरोधमा उत्रिएको स्थानीयवासी गगनसिंह कार्कीले बताए । “विसं २०४०÷०४२ तिर ३ नं सिमास्तम्भ महाकाली नदीको बीचमा थियो, त्यो सीमास्तम्भ वरपर गाईवस्तु चराएको छु,” उनले भने, “सीमास्तम्भ हराएका कारण लामो समयदेखि भारतले सीमा मिच्दै आएको छ ।” भारतीय पक्षले हाल उक्त क्षेत्रमा पक्की सडक बनाउन थालेको छ । करीब एक हजार १५० मिटर सडक निर्माण गर्ने भारतको योजना छ । यस्तै तटबन्ध छेउमा टनकपुर ब्यारेज क्षेत्रमा करीब १ हजार ३०० मिटर सडक बनाउँदैछ । टनकपुर पुल र बाँध निर्माणका क्रममा महाकाली नदीको बीच भागमा रहेको ३ नं सिमास्तम्भ हराएको हो । “दशगजा र नेपाल–भारत सीमाको वास्ता नगरी भारतले सडक निर्माण गरिरहेकाले हामीले स्थानीय प्रशासन र नगरप्रमुखलाई यसबारे खबर गरेका छौं,” वडाध्यक्ष नाथले भने, “नेपाली पक्षसीत समन्वय गरेर मात्र भारतले सडक निर्माण गर्नुपर्छ ।” उनले सो क्षेत्रमा सीमाक्षेत्र निर्धारण गर्न माग गरे। मंगलबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कासहितको सुरक्षा निकायको टोलीले सडक निर्माणस्थलको अवलोकन गरेको थियो । “सडक निर्माण गर्न भारतीय पक्षले हामीसित समन्वय गरेको छैन,” उनले भने, “उक्त क्षेत्रमा लामो समयदेखि विवाद रहेकाले संयुक्त सर्भे टिमले टुंगो लगाएपछि मात्रै सडक निर्माण गर्न भारतीय पक्षलाई आग्रह गरेका छौँ ।” भारतीय पक्षलाई काम रोक्न भने पनि भारतले सडक निर्माणलाई निरन्तरता दिएको छ । भारतले दुई महिनादेखि उक्त क्षेत्रमा ठेक्का प्रक्रियाबाट पक्की सडक निर्माण गरिरहेको छ । रासस

१२ स्थानीय तहमा शाखा विस्तार गर्न नविल बैंकले माग्यो १०० ट्रेनि सहायक

काठमाडौं । नविल बैंकले १०० जनालाई रोजगारी खुलाएको छ । बैकले विभिन्न स्थानीय तहका लागि १०० जना ट्रेनी सहायक कर्मचारी मागेको हो । बैंकले अगष्ट २२ सम्म आवेदन दिन भनेको छ । बैंकले एक दर्जन स्थानीय तहमा शाखा विस्तार गर्न ट्रेनी सहायक मागेको हो । बैंकले आछामको तर्मखाँड, रामारोशन, वैतडीको पञ्चेश्वर, बझाङको बित्ताचर, डडेलधुराको अलिताल, डोटीको सयाल, जुम्लाको तिला, कालिकोटको पाँचझरना र पलाटा, सुर्खेतको बाराताल, सल्यानको दर्मा र रुपन्देहीको समरीमाई गाँउपालिकामा शाखा विस्तारका लागि ट्रेनि सहयाक मागेको हो ।

तेस्रोपक्ष बीमा रकम ५ लाखबाट बढ्ने, यातायात व्यवस्था विभागले बीमा कम्पनीसंग माग्यो प्रस्ताव

काठमाडौं । सरकारले सवारी साधन दुर्घटना तेस्रो पक्ष बीमा दावी रकम बढाउने भएको छ । यातायात व्यवस्था विभागले तेस्रोपक्ष बीमा रकमको पुनरावलोकनको काम सुरु गरेको छ । प्रचलित बीमा सम्बन्धित व्यवस्थामा प्रमियम र तेस्रो पक्ष बीमा वृद्धि हुने रकम खुलाई १५ दिन भित्र प्रस्ताव पेश गर्न विभागले बीमा कम्पनीलाई भनेको छ । तेस्रो पक्षिय दुर्घटना बीमा रकम कम भएको सबत्र्र गुनासो आएपछि यसलाई पुनरावलोकन गर्न लागिएको विभागका प्रवत्ता तुलसी गौतमले बताए । “बीमा दावी रकम बढाउन प्रिमिय कति चाहिन्छ भनेर बीमा कम्पनीसंग प्रस्ताव मागेका छौ” उनले भने “बीमा कम्पनीको प्रस्ताव आएपछि सोको अध्ययन गरेर दावी भुत्तानी रकम बढाउने विषयमा निर्णय हुनेछ ।” अहिले नै यति हुन्छ भन्न नसकिने उनले स्पष्टपारे । सवारी दुर्घटनामा टाउको र स्पाइनल इन्जुरी भई सरकारी चिकित्सकको शिफारिशमा लामो समयसम्म उपचार गराउनु पर्ने घाइतेको हकमा बढीमा ६ महिनासम्मको उपचारका लागि प्रिमियममा थप बीमा रकम वहन गर्न सकिने रकम समेत प्रस्ताव गर्न बीमा कम्पनीलाई अनुरोध गरिएको गौतमले जानकारी दिए । सवारी दुर्घटनामा तेस्रो पक्षको मृत्यु भएको अवस्थामा पीडित परिवारलाई ५ लाख रुपैयाँ राहत र घाइतको उपचारका लागि ३ लाख रुपैयाँ बीमा कम्पनीबाट वहन हुदै आएको छ । यी दुबै रकममा वृद्धि गर्नका लागि विभागले बीमा कम्पनीबाट प्रस्ताव माग गरेको हो । सिण्डिकेट अन्त्य भइसकेपछि यातायात क्षेत्र सुधारको यो दोस्रो कदम भएको गौतमको भनाई छ । सिण्डिकेट हुदा यातायात समितिले मृत्यु भएको परिवारलाई आफनो तर्फबाट थप राहात दिने व्यवस्था गरेको पाइएको उनले बताए । सिण्डिकेट हटेपछि समिति खारेज भएका र थप दायित्व वहन नहुने भएपछि सरकारले नै दुर्घटनाबाट पीडित परिवारलाई दिने दावी भुत्तानी रकम बढाउने तयारी थालेको हो । सवारी दुर्घटनापछि भीडले लाखौ रुपैयाँ क्षतिपूर्ति मागेर समस्या ल्याएपछि समधान गर्न केही वर्षअघि सरकारले तेस्रो पक्षिय दुर्घटना बीमा योजना लागु गरेको हो । यसअन्तर्गत सवारीसाधन, यात्रु र तेस्रो पक्षको बीमा हुदै आएको छ ।

‘पुँजीको सुरक्षा र नाफामा स्वतन्त्रता’ प्रचण्डको प्रतिवद्धता, देशभरको व्यवसायी भने ‘व्याज र कर’ धान्न सकिएन

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्रिय पुँजीको सुरक्षा र नाफा कमाउने स्वतन्त्रता नभएसम्म मुलक समृद्ध बन्न नसक्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ–जिल्ला नगर उद्योग वाणिज्य संघहरूको राष्ट्रिय भेलालाई मंगलबार वीरगंजमा सम्बोधन गर्दै उनले निजी क्षेत्रलाई प्रोत्साहित गर्नु पर्नेमा जोड दिएका छन् । व्यवसायीहरूको धारणा सुनिसकेपछि समुद्घाटन कार्यक्रमलाई संवोधन गर्नुहुंदै ‘नाफा कमाउने स्वतन्त्रता, र उत्पादन गर्ने स्वतन्त्रता नहुन्जेल समृद्धि हासिल नहुने’ बताएको महासंघले जनाएको छ । ‘राष्ट्रिय पू“जीको सुरक्षा सहित मुलुकको समृद्धिका लागि निजी क्षेत्रस“ग सहकार्य अपरिहार्य रहेको छ । मुलुकमा राम्रो वातावरण भएमा मात्र स्वदेशी विदशी लगानी आउँछ’ प्रचण्डले भनेका छन् । पूर्व प्रधानमन्त्री प्रचण्डले सरल व्याजदरमा ऋण पाउनु पर्ने, नविकरण सरल गरिनुपर्ने, कर प्रणाली सहज बनाउनुपर्ने व्यवसायीहरूको माग जायज रहेको बताउदै यसमा आफ्ना तर्फबाट पनि सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । ६३ वटा जिल्ला नगर उद्योग वाणिज्य संघहरूबाट करिव ३ सय जना उद्यमी व्यवसायीहरूको वृहद सहभागिता रहेको उक्त सम्मेलनमा सहभागी उद्यमी व्यवसायीहरूले प्रचण्ड समक्ष मुलुकभित्र उद्योग व्यवसाय गर्ने वातावारण बनाई दिन आग्रह गरे । स्थानीय, प्रादेशिक तथा संघीय गरी तीनै तहको सरकार क्रियाशिल रहेको अहिलेको अवस्थामा व्यवसाय गर्ने वातावरण सहज हुनुपर्नेमा झनै कठिन बन्दै गएको गुनासो उनीहरूले गरे । स्थायी सरकार हु“दाहु“दै व्यबसाय क्षेत्रमा झनै चुनौतीहरू थपिंदै गएको, व्यबसायिक वातावरण वातावरण बनाउने तर्फ तीनै तहको सरकार क्रियाशिल नदेखिएका, व्यवसायीहरूलाई करको भार थोपर्दै गएको, सहज वातावरणको सट्टा देशैभर व्यवसायीहरू समस्याबाट गुज्रिरहेका, बैंकहरूले मनलाग्दी व्याजर बढाएका, फर्म दर्ता नविकरणमा समस्या झेल्नु परेको गुनासो सहभागी उद्यमी व्यवसायीहरूको थियो । स्थानीय र प्रदेश सरकारबाट उठाउने करबाट उद्योग वाणिज्य क्षेत्रमा ठूलो असर परेकाले स्थानीय, प्रदेश सरकार र स्थानीय उद्योग वाणिज्य संघहरू बीच समन्वय गरी कर निर्धारणमा सहज वातावरण बनाउनु पर्न सुझाव सहभागी उद्यमी व्यवसायीहरुको थियो । उद्योग स्थापना गर्ने प्रक्रिया झंझटिलो रहेको हुंदा बिभिन्न निकायबाट लिनु पर्ने सिफारिश लगायतको कार्य एकै ठाउ“बाट गर्नको लागि छुटृै कार्यालय स्थापना गर्नु पर्ने, संघीय, प्रदेश र स्थानीय सरकारले अनिवार्य रुपमा स्वदेशी उत्पादनहरूको प्रयोग गर्ने व्यबस्था हुनु पर्ने, बजार अनुगमन स्थानीय उद्योग वाणिज्य संघहरूको प्रतिनिधिको रोहवरमा मात्र कार्यविधी बनाई गर्ने व्यबस्था गर्नु पर्ने बताए । एक्जीम कोड सम्बन्धमा साना व्यबसायीहरूलाई भंसार कार्यालयहरूमा भारतबाट सामान आयात गर्दा ३० तीस लाख धरौटी राख्नु पर्ने व्यबस्था भएको हुंदा समस्या सृजना भएकोले सो व्यबस्था हटाउनु पर्ने व्यवसायीको माग छ । स्थानीय उद्योग वाणिज्य संघहरूको सिफारिशमा फर्म दर्ता तथा नविकरण गर्ने व्यवस्था नभएको हुंदा तथ्याङक संकलन गर्न अप्ठेरो परेकोले स्थानीय उद्योग वाणिज्य संघहरूको सिफारिशमा मात्र फर्म दर्ता तथा नविकरण गर्ने व्यबस्था गर्नु पर्ने, देशमा व्याप्त सबै प्रकारको सिण्डिकेटको अन्त्य हुनु पर्ने सुझाव उनीहरूको थियो । कार्यक्रमका अतिथि एवं उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले मुलुकभित्र सुशासन र वेथितिको अन्त्य गर्न वर्तमान सरकार लागीरहेको बताए । फर्म दर्ता नविकरणको लागि थप तीन महिनाको समय दिने सोंच सरकारको रहेको स्पष्ट पार्दै एकद्वार प्रणालीलाई कार्यान्वयनमा लैजाने बताए । महासंघका अध्यक्ष भवानी राणाले इतिहासकै शक्तिशाली सरकार आएको ८ महिनासम्म पनि उद्योगी व्यवसायीले यसको अनुभव गर्न नसकेको गुनासो गरिन् । महासघका निवर्तमान अध्यक्ष पशुपति मुरारका, विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष किशोर कुमार प्रधान, उमेशलाल श्रेष्ठ, चन्द्र प्रसाद ढकालले कर दर वृद्धिको विरोधमा वीरगंजका व्यवसायीहरुले गरेको आन्दोलनको सराहना गर्दै काला बजारी ऐन लगायतका ऐनहरू संशोधन हुनुपर्ने, बैकिङ व्याजदरमा सुधार हुनुपर्ने, बजार अनुगमनलाई थप व्यवस्थितर र मर्यादित बनाउनु पर्ने, करदातालाई सम्मान हुनुपर्नेमा जोड दिए । बीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश शर्माले वीरगंजको मितेरी पुल पुुनरनिर्माण हुनुपर्ने, निर्यातमा सुहलियतको विधि स्पष्ट हुनु पर्ने, औद्योगिक करिडरसम्म भारी बोकेर आउने ४०० मे.ट.सम्मको कन्टेनर अमलेखगंजसम्म आउन सक्ने पूर्वाधार निर्माण तथा स्थानीय निकायहरुले व्यवसाय मैत्री वातावरण बनाउनु पर्ने लगायतका सुझाव दिएका छन् ।

असोजदेखि प्रमाणपत्र धितो राखेर ऋण दिने कार्यबिधि तयारी अन्तिम चरणमा, महिलालाई १५ लाख र दलितलाई १० लाख

काठमाडौं । सरकारले असोज महिनाबाट शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण दिने भएको छ । सरकारले चालु आर्थिक बर्षको बजेटमा शैक्षिक प्रमाणपत्र धितोमा राखेर ५ प्रतिशत ब्याज अनुदानमा ७ लाख रूपैयाँसम्म ऋण दिने व्यवस्था गरेको थियो । त्यस्तै, महिलाहरुको उद्यमशिलता विकासका लागि शिप सिकाएर सामुहिक जमानीमा ६ प्रतिशत ब्याज अनुदान दिएर १५ लाख रूपैयाँसम्म ऋण दिने कार्यक्रम पनि असोज महिनादेखि नै कार्यान्वयनमा आउँदैछ । यस्तै दलितहरूकाे उत्थानका तथा सामुहिक उत्पादन प्रणालीमा सहभागीता गराउन ५ प्रतिशत ब्याज अनुदानमा सामुहिक जमानी मार्फत उपलब्ध गराउने भनिएको १० लाख रूपैयाँ ऋण पनि असोजबाटै कार्यान्वयनमा आउँदैछ । अर्थमन्त्रालयले यी सबै कार्यक्रमहरु सञ्चालनको कार्यबिधि तयारी अन्तिम चरणमा पुर्याएको छ । ‘उद्यमशिलता प्रवद्र्धन मार्फत स्वरोजगार नागरिक निर्माणका लागि ब्याज अनुदान मार्फत अघि सारिएका कार्यक्रमहरु सञ्चालन सम्बन्धी कार्यबिधि अन्तिम चरणमा पुगेका छन्, असोज महिनाबाट कार्यान्वयन हुनेछ’, अर्थ मन्त्रालयकी प्रवक्ता चन्द्रकला पौडेलले विकास न्युजसँग भनिन् । हाल मन्त्रालयका वित्तिय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख उत्तरकुमार खत्रीको नेतृत्वमा यी कार्यक्रमहरु कार्यान्वयनको कार्यबिधि बनिरहेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले असोज महिनादेखि स्वरोजगार प्रवद्र्धनका लागि ब्याज अनुदानमा अघि सारिएका कार्यक्रम कार्यान्वयन गर्ने योजना बनाएका छन् । सरकारले उपलब्ध गराउने ब्याज अनुदानका सबै कार्यक्रम मार्फत दिईने ऋणको अनिवार्य कर्जा सुरक्षण गरिएको हुनेछ । त्यस्तै बीमा कम्पनीहरु मार्फत परियोजनाहरुको बीमा हुनेछ । ‘कर्जाको सुरक्षण र परियोजनाको बीमा गरिनेछ, अनुगमनका लागि पनि बलियो संरचना तयार हुन्छ’, प्रवक्ता पौडेलले भनिन् । कति अध्ययन गरेकाहरुलाई ऋण दिने, कति दिने, अनुगमन कसरी गर्न भन्नेबारे खत्री नेतृत्वको समितिले राष्ट्र बैंक, निक्षेप तथा कर्जा सुरक्षण कोष र बीमा समितिसँग आवश्यक सल्लाह लिईरहेको छ । पहिलो चरणमा कति जनालाई, कहाँ कहाँबाट ऋण दिने भन्नेबारे पनि खत्री नेतृत्वको समितिले कार्यबिधिमा उल्लेख गर्नेछ ।

रेनोकोे एक्सचेन्ज कार्निभल मेला शुरु, ३ लाख रुपैयाँ बोनसका साथै आकर्षक अफरहरू

काठमाडौं । नेपालमा रेनोको आधिकारिक बितरक, एडभान्स अटोमोबाईल प्रा लि (विशाल समूहको सहायक कम्पनी)ले रेनो क्याप्चर कार्निभल मेला शुरु गरेको छ । रेनोले नेपालभरी यही साउन २२ गतेदेखि साउन २९ गतेसम्म उक्त मेलाको आयोजना गरेको हो । यो कार्निभलमा पुरानो कार प्रयोगकर्ताहरुले रेनोको नयाँ कारका साथमा एक्सचेन्ज गर्न सक्नेछन् । उक्त मेलामा रेनोको क्याप्चर, क्विड, डस्टर र लजी मोडलहरुमा एक्सचेन्ज उपलब्ध रहेको छ । यस अभियानले ग्राहकलाई ३ लाख रुपैयाँ बराबरसम्मको एक्स्चेन्ज बोनस अफर, २ बर्षसम्मको लागी फ्री सर्भिसिङ्ग, एक आर्थिक वर्षभरीका लागि सडक कर फ्री, स्पट फाइनान्सको सुबिधा, तुरुन्त मुल्यांकन र एक्सचेन्ज जस्ता आकर्षक सेवा उपलब्ध गराएको छ । ग्राहकहरुले प्रतेक टेस्ट ड्राईभ गरेर आकर्षक उपहार जित्न नि सक्नेछन् । मेलाले ग्राहकहरुलाई एक्सचेन्जको माध्यमबाट नयाँ पुस्ताका कारहरुको बारेमा जानकारी दिनुका साथै उत्कृष्ट ड्राइभिङको आनन्द प्रदान गर्ने बारेमा जानकारी प्रदान गर्नेछ ।

नेपाल एग्रो माइक्रोफाइनान्सको बिक्री प्रवन्धकमा एसबिआई मर्चेण्ट, एक करोड ४४ लाखको आईपीओ जारी गर्दै

काठमाडौं । नेपाल एग्रो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले धितोपत्र निश्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । संस्थाले एक करोड ४४ लाख रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)का लागि आफ्नो बिक्री प्रबन्धकमा एसबिआई मर्चेण्टलाई नियुक्त गरेको हो । बिक्री प्रबन्ध नियुक्ती सम्बन्धी सम्झौता पत्रमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र नेपाल एग्रो माइक्रोफाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तेजेन्द्र शर्मा लम्सालले हस्ताक्षर गरेका छन् । संस्थाले अंकित मूल्य १०० रुपैयाँ दरका १ लाख ४४ हजार कित्ता साधारण सेयरको जारी गर्न लागेको हो ।

सन नेपाल लाइफ इन्स्योरेन्सद्धारा अभिकर्ता कार्यक्रम सम्पन्न

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दाङ शाखाले अभिकर्ताहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा कम्पनीका महाप्रबन्धक कमलराज गौतमले सम्मान पत्र दिएका छन् । कम्पनीले बीमा सम्बन्धी भईरहेका योजना र आगामी दिनमा ल्याउने योजनाको बारेमा जानकारी गराएको छ । साथै, राष्ट्रिय कलाकार तथा यस कम्पनीका ब्राण्ड एम्बेस्डर एवम् सामाजिक अभियन्ता सिताराम कट्टेल (धुर्मुस) ले मानिसको मृत्यू अनिश्चित भएको हुनाले आफ्नो र आफ्नो परिवारको सुरक्षाको लागि हरेक व्यक्तिले बीमा गराउनु पर्ने बताएका छन् ।