रोग लागेको प्रमाण पेश गर्ने बित्तिकै हामी दाबी भुक्तानी दिन्छौं-प्रकाशविक्रम खत्री
कम्प्युटर साईन्समा स्नातकोत्तर गरेका प्रकाशविक्रम खत्रीले संसारकै ठूलो मानिने बाराक्लेज बैंकमा ५ बर्ष काम गरे । बेलायतको केन्द्रिय कार्यालयमा काम गरेका उनी नेपाल फर्किएर लक्ष्मी बैंकको मेनेजरका रुपमा ४ बर्ष थप जिम्मेवारीमा रहे । नेपाल लाइफ र एनआईसी एसिया बैंकको सञ्चालक समेत बनेका उनी अहिले ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको डेपुटी सिइओको जिम्मेवारीमा छन् । कम्प्युटर इञ्जिनियरको शैक्षिक पृष्ठभूमि, बाराक्लेज बैंक हुँदै लक्ष्मी बैंकको जागिर, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी र एनआईसी एसिया बैंकको सञ्चालक हुँदै ज्योति लाइफको जिम्मेवारीमा पुगेका खत्रीसँग विकास न्युजले गरेको कुराकानी : प्रकाश विक्रम खत्री, नायव प्रमुख कार्यकारी अधिकृत- ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड असार मसान्तको रिपोर्ट कस्तो रह्यो ? निर्धारित लक्ष्य भेटियो ? हामीले असार मसान्त सम्ममा ३० करोेडको प्रिमियम संकलन गर्ने लक्ष्य राखेका थियौं । साढे २८ करोड प्रिमियम संकलन गरियो । हामीले कन्भेन्सनल पोलिसी मात्रै बेचेका हौं । म्यादी बीमा तर्फ हामी गएनौं । म्यादी बीमा पोलिसी बेच्नेहरुसँग प्रतिस्पर्धा गर्न कठिन हुन्छ । नयाँ कम्पनीमा हामी तेश्रो नम्बरमा रह्यौं । पहिलो युनियन, दोश्रो आईएमई र तेश्रो ज्योति लाइफ भएको हो । म बीमा क्षेत्रको मान्छे होइन, तै पनि राम्रो काम गरियो । हामीले ६० वटा शाखा उपशाखा खोलिसकेका छौं । तीमध्ये धेरै शाखाहरु आर्थिक बर्ष सकिनै लाग्दा खोलिएका हुन् । ती शाखाहरुको बिजनेश त अब मात्रै आउने हो । गएको बर्षको व्यवसायबाट सन्तुष्ट भएका छौं । नाफा चाँही कति कमाउनुभयो ? जीवन बीमा कम्पनीमा आर्थिक बर्ष सकिने वित्तिकै तुरुन्तै नाफा यति भनेर देखाउन मिल्दैन् । एक्चुरी गर्नु पर्छ । तै पनि तेश्रो त्रैमासिकमा साढे ६ करोड नाफा कटेको थियो । चौथो त्रैमासिकको रिपोर्टमा १० करोड भन्दा बढी नाफा हुनेछ । यद्यपी त्यो एक्चुरी गर्नु भन्दा पहिलेको हुनेछ । एक्चुरी गरेपछि फेरी त्यो केहि तलमाथी हुन सक्छ । कति वटा पोलिसी बजारमा पुगेका छन् ? अहिलेसम्म हामीले ६ वटा पोलिसी बजारमा पुर्याईसकेका छौं । टर्म लाइफ छ, त्यसमा रिटर्न छैन कभरेज मात्रै छ । इन्डोमेन्ट प्लन छ, मासिक वा बार्षिक प्रिमियम तिर्नु पर्छ । त्यसमा अन्तिममा बीमांक र बोनस दिन्छौं । अर्काे होल लाइफ छ, त्यसमा पनि प्रिमियम लिएर समय सकिएपछि बीमांक बराबरको रकम र बोनस पाइन्छ । यसमा मृत्युपछि परिवारले पैसा पाउँछन् । अर्काे बाल बीमा पनि छ । त्यसमा बालबालिकाका अविभावकको मृत्यु भएमा पनि पढ्न पाउने अवसर प्राप्त होस भनेर त्यो ल्याएका हौं । सिंगल प्लान पनि छ, त्यसमा एकल भुक्तानी हुन्छ । १५ बर्षका लागि १० लाखको बीमा गर्दा एकै पटक साढे सात वा ८ लाख तिरे पुग्छ । ज्योति लाइफ बजारका अन्य कम्पनी भन्दा के अर्थमा फरक छ ? हामीले क्रिटिकल इलनेश(जटिल प्रकारका रोग)हरुको प्रडक्ट ल्याएका छौं । यसले हामीलाई अहिलेको बजारमा सबै भन्दा फरक कम्पनीका रुपमा स्थापीत गराएको छ । यो प्रडक्ट अन्य प्रडक्टमा जोडेर लिन सकिन्छ । यो अतिरिक्त सुबिधा हो । यसमा ११ वटा रोगहरु समावेश गरेका छौं । तीमध्ये कुनै पनि रोग लागेको मेडिकलले प्रमाणित गर्यो भने हामीले १० लाखसम्म तिर्छाै । १० लाखको प्रिमियम लिनेले थप १० लाख पाउँछ । मेडिकलले रोग लागेको छ भनेर प्रमाणित गरेपछि नै हामी पैसा दिन्छौं । अरु कम्पनीले खर्चको विल बुझाएपछि मात्रै पैसा दिन्छन् । तर हामी रोग लागेको प्रमाण पेश गर्ने वित्तिकै पैसा दिन्छौं । विमितले जहाँ सुकै गएर उपचार गरेपनि हुन्छ । रोग प्रमाणित हुने वित्तिकै १० लाख दिन्छौं । यो पोलिसी बजारमा सबै भन्दा रुचाईएको छ । हामीले पुराना कम्पनीहरुले जसरी कुनै पनि बेला मरिन्छ, परिवारलाई कसले हेर्छ भनेर त्रसित वातावरण बनाएर पोलिसी बेच्दैनौं । हामीले नारा नै सधै तपाईको साथ भनेर राखेका छौं । विमितलाई कुनै पनि रोग लागेको छ भने बचाउँछौं भनेर अघि बढिरहेका छौं । बाल बीमामा अविभावकलाई केहि भयो भने बीमांकको १ प्रतिशत मासिक दिने भन्ने छ । १० लाखको बीमा गर्नेहरुले मासिक १० हजार पाउँथे । १६ वा १८ बर्षसम्म मात्रै त्यस्तो पैसा दिने व्यवस्था थियो । हामीले चाँही त्यो भन्दा फरक योजना ल्याएका छौं । अहिले एसईई वा प्लस टु पास गरेर जागिर पाइन्न । त्यसकारण हामीले १६ बर्षसम्म मात्रै होइन २५ बर्षसम्म पैसा दिन्छौं । त्यसो भयो भने बालबालिकाले स्नातकोत्तरसम्म पढ्न पाउँछ । त्यसपछि उसले जागिर वा व्यवसाय सञ्चालन गर्न सक्छ । जीवन बीमा कम्पनीमा सेवा भनेकै जोखिम ग्रहण गर्नु हो । हामी त्यहि गरिरहेका छौं । अरु कम्पनीले बीमा गराएका बालबालिकाको अविभावकलाई केहि भयो भने १६ बर्षसम्म पैसा तिरे पुग्ने थियो तर हामी त २५ बर्षसम्म सहयोग गर्छौ । क्रिटिकल इलनेशमा हामीले रोगबाट बचाएर पनि बीमा र बोनस पनि दिईरहेका छौं । यहि सेवाले हामीलाई बजारमा अरु भन्दा फरक देखाएको छ । नेपालको जीवन बीमा कम्पनीहरुमा जटिल प्रकारका रोगहरुको पोलिसी ल्याउने ज्योति लाइफ नै हो । नयाँ पोसिली बनाउँदा के केलाई आधार बनाउनु हुन्छ ? छिमेकको अभ्यास हेर्ने वा आफ्नो बजार ? हामीले कुनै पनि प्रोडक्ट बनाउँदा कपि पेष्ट गर्दैनौं । अहिले बीमितहरु धेरै बाठा भैसकेका छन् । हामीले जोड्ने भनेको प्रडक्ट र आवश्यकतालाई हो । नेपालमा शिक्षामा केहि समस्या छ, मेडिकल उपचारमा केहि समस्या छ । यी दुईलाई हामीले जोड्ने प्रयास गरेका हौं । जीवन बीमा भनेको बीमा गर्नैका लागि मात्रै गर्ने होइन् । बजारको आवश्यकतालाई हेरेर नै पोलिसी बनाउने हो । नयाँ जीवन बीमा कम्पनीहरुको आगमनले बजारमा नयाँ प्रडक्टहरु कत्तिको ल्याएका छन् ? नयाँ कम्पनीहरुको आगमनले नयाँ प्रडक्ट ल्याउन मदत गरेको छ । युनियन लाइफको पनि इन्डोमेन्ट होल लाइफ राम्रो छ रे । इन्स्योरेन्स कम्पनीमा जति नै राम्रो गर्न खोजे पनि केहि सिमाहरु हुन्छन् । सिमा भन्दा बाहिर जान पाइँदैन् । हामीले सिमा भित्र रहेर नयाँ पोलिसी बनाउने प्रयास गर्ने हो । नयाँ जीवन बीमा कम्पनीहरुले नयाँ प्रडक्ट ल्याएका छन् नै । नयाँ जीवन बीमा कम्पनी आएपछि देशले के पायो ? नागरिकले के पाए ? ९ वटा जीवन बीमा कम्पनीहरु सञ्चालनमा आएका छन् । हामीले बजार विस्तारका लागि ९ महिनाको समय पायौं । यो बर्ष जीवन बीमा कम्पनीहरुको प्रथम प्रिमियम साढे १६ अर्ब पुग्यो । त्यसमा साढे ३ अर्ब नयाँ जीवन बीमा कम्पनीले आर्जन गरेका छन् । ज्योति लाइफले नै साढे २८ करोड संकलन गरेको छ । यति प्रिमियम संकलन गर्न नेपाल लाइफलाई ८ बर्ष लागेको रहेछ । नयाँ जीवन बीमा कम्पनीले जुन आकारमा प्रिमियम संकलन गरेका छन्, त्यसले लाइसेन्सको पुष्टि गरेको छ । साढे १६ अर्बमा साढे ३ अर्ब प्रिमियम संकलन गर्नु भनेको चानचुने कुरा होइन् । त्यसमा ८८ करोड म्यादी बीमाको हिस्सा छ । बाँकी २१२ करोडमा ज्योतिको हिस्सा साढे २८ करोड छ । जुन नयाँ कम्पनीको बजार हिस्सामा १४ प्रतिशत हुन आउँछ । यो त बजारको कुरा भयो, नागरिकको बीमाप्रतिको दृष्टिकोण र चेतनामा चाँही कति परिवर्तन आयो ? आजको दिनमा बीमा पोलिसीको आकार औसत ५ लाख पुगेको छ । केहि समय अघि एक/ढेड लाखको पोलिसी हुन्थ्यो । पाँच लाखको पोलिसी बेच्दा बार्षिक प्रिमियम ३५ देखि ४० हजारको हाराहारीमा पुगेको छ । त्यो पनि परिवर्तनको प्रमाण हो । हाम्रो जस्तो नयाँ कम्पनीले यति छोटो समयमा एक करोड भन्दा ठूलो पोलिसी १२ वटा भन्दा बढी बेचिकसेको छ । ९ वटा नयाँ कम्पनी आउँदा नै बीमा क्षेत्रमा नयाँ तरंग आएको थियो जुन विस्तारै पुष्ठि हुँदै गएको छ । लाइफ र नन लाइफबिचीको भिन्नता बुझाउन पनि कठिन थियो, अहिले त्यस्तो अवस्था नि हट्दै गएको छ । अहिले घर घरमा गएर बीमा बारेमै भन्नुपर्ने अवस्था हट्दै गएको छ । अहिले नागरिकले फोन गरेर बीमाबारे सोध्ने अवस्था बन्दै गएको छ । चालु आवमा कति वटा शाखा उपशाखा थपिँदैछन् ? आजको दिनमा ९ महिनामा ६६ वटा शाखा उपशाखा खोल्ने कम्पनी अरु छैनन् । चालु आवमा यो संख्यालाई बढाएर १०० वटा पुर्याउने उदेश्य हो । अहिलेसम्म शहरमा शाखा खोलियो अब गाउँ गाउँमा जाने योजना छ । गाउँमा ठूला पोलिसी नबिक्लान तर स साना प्रडक्ट राम्रोसँग बेच्न सकिन्छ । ग्रामिण क्षेत्रका न्युन आय भएका नागरिकहरुका लागि केहि नयाँ प्रडक्ट ल्याउने योजना छ की ? न्युन आय भएका ग्रामिण क्षेत्रका नागरिकहरुका लागि पनि केहि प्रडक्ट चाँही बनाईरहेका छौं । आजका दिनमा पाँच लाखको पोलिसी भनेको खासै ठुलो होइन रहेछ । नागरिकहरुको क्रयशक्ति बढेकै देखियो । बाराको बहुअरी भन्ने ग्रामिण क्षेत्रमा एउटा दावी भुक्तानी गरेका छौं भर्खरै, त्यहाँ पनि पाँच लाखको बीमा गरिएको थियो । नागरिकहरुको क्रयशक्ति बढेकै देखेका छौं । हामीले दाह संस्कारमा पनि केहि रकम उपलब्ध गराउने गरि केहि सोचिरहेका छौं । शहरमा धुँवा धुलोका कारण जटिल रोग लाग्छ भने गाउँमा कृषि बालीमा हालिने बिषादी वा अन्य कुनै कारणले जटिल रोग लाग्न सक्छन् । त्यसकारण गाउँका नागरिकहरुका लागि जटिल प्रकृतिका रोगका लागि पोलिसी बनाउने योजनामा छौं । गाउँमा पोलिसी बेचेर कमाउने भन्दा पनि सेवा दिने हो । त्यहाँ प्रिमियममा भन्दा पनि सेवामा ध्यान दिन्छौं । बीमितहरुले गलत अभ्यास कत्तिको गर्छन् ? त्यस्तो जोखिम न्युनीकरणको उपाय के हुन सक्छ ? संसार भरको बीमा बजारमा बीमितको गलत अभ्यासका घट्ना आउने गरेका छन् । हामी त नयाँ कम्पनी हौं । भर्खरै एउटा दावी मात्रै भुक्तानी गरेका छौं । दावी भुक्तानीको संख्या बढेसँगै यस्ता समस्या आउँछन् । बीमा कम्पनीले सिधै बीमितसँग कुरा नगर्ने भएकाले अभिकर्ता मार्फत बीमा पोलिसी बिक्रि हुन्छन् । बीमा कम्पनीले जोखिम लिने हो । यो जोखिमको व्यवसाय हो । जोखिम नलिने हो भने बीमा नै हुन्न । हामीले अण्डरराईटिङ मार्फत बीमितहरुको खराब नियतको अध्ययन गर्छाै । ठूला इन्स्योरेन्समा मेडिकल पनि गराउँछौं । बीमा गराउँदा उमेर अनुसार प्रिमियम बढ्दै जान्छ । आजका दिनमा १२ वटा भन्दा बढी एक करोड भन्दा ठूला बिमित छन् । हामीले जर्मनीको ह्याण्डोभर रिमा पुनर्बिमा गरेका छौं । त्यहाँ जोखिम हस्तान्तरण गरेका हुन्छौं । हामीले लिने जोखिम भनेको थोरै हुन्छ । हामी सुरक्षित हुन्छौं । पुनर्बीमा कम्पनीका लागि एक दुई करोडको दावी भुक्तानी ठुलो कुरा हुन्न । यद्यपी हामीले गुणस्तरिय बीमा गराउनु पर्छ । धेरै दावी आउने कुरा पनि राम्रो मानिन्न । अण्डर राइटिङले स्वास्थ्य रिपोर्ट, सम्पतिको श्रोत लगायतका सबै कुरा हेर्ने गरेका छौं । आईपीओ कहिले आउँछ ? चालु आर्थिक बर्षमै आइपीओ आउँछ । वित्तिय विवरण पास गरेपछि हाम्रो आइपीओका प्रक्रिया सुरु हुन्छ । आईपीओका लागि आवश्यक धेरै आधार तयार भैसकेका छन् । चुक्ता पुँजीका आधारमा हामी चौथो ठुलो कम्पनी हौं । अहिले एक अर्ब ५४ करोड पुँजी छ । ६६ करोडको आइपीओ ल्याउँदा २ अर्ब २० करोड चक्ता पुँजी पुग्ने रहेछ । ज्योति लाइफले सीइओ कहिले पाउँछ ? सुरु देखि नै कम्पनीको प्रमुखको जिम्मेवारीमा मै छु । डेपुटी सिइओका रुपमा काम गरिरहेको छु । अब कम्पनीले चाँडै सिइओ पाउँछ । सिईओ छनौटको प्रक्रिया अघि बढिसकेको छ । विश्वास गरौं, अब चाँडै ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले सिइओ पाउनेछ ।
जग्गाको कित्ताकाट फुकुवा गर्ने सरकारको तयारी
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले जग्गा कित्ताकाट खोल्ने तयारी भैरहेको बताएकी छिन् । सोमबार राजधानीमा आयोजीत एक कार्यक्रममा मन्त्री अर्यालले जग्गाको कित्ताकाट सम्बन्धी मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले फुकुवा गर्न आदेश दिएकोले खुल्ला गर्ने तयारी अघि बढेको बताएकी हुन् । उनले भनिन, ‘मन्त्रालयको निर्णय र अदालतको आदेशबारेमा म अध्ययन गर्दैछु । छिट्टै निर्णय गर्छु ।’ उनले भूमि व्यवस्थापन सम्बन्धी समस्याहरु पहिचान गरि ऐन बनाउने र सोही ऐनले मार्गनिर्देश गरे बमोजिम सकुम्वासी समस्या, सार्वजनिक जग्गा अतिक्रमणको समस्या, अव्यवस्थित बसोबास र गुठी संस्थान सम्बन्धीको समस्या हल गर्ने पनि बताइन् । ‘हामी अब भूमि व्यवस्थापनसम्बन्धी समस्याहरु पहिचान गर्छौं । ती सबै समस्याहरुलाई नयाँ ऐन बनाएर सोही बमोजिम हल गर्छौं ।’, मन्त्री अर्यालले भनिन् । उनले सहकारीप्रति नेपाली जनतामा व्यापक आकर्षण रहेको बताईन् । उनले थपिन्,‘सहकारीका माध्यमबाट गाउँदेखि शहरसम्मका जनताको जीवनस्तर उकासिएको छ । अब सहकारीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्दै हरेक युवायुवतीहरुलाई व्यवसायी गर्ने वातावरण बनाउनुपर्छ ।’ त्यस्तै उनले सहकारी ऐन अहिले बाधकको रुपमा रहेको बताउँदै यसलाई पनि साधक हुनेगरि संशोधन गर्ने जनाईन् । उनले गरिवी निवारणको लागि अब गरिव पहिचान गर्न परिचयपत्र वितरण गर्ने पनि बताईन् । गरिबलाई माथि उकास्ने गरि ‘स्पेशल–प्याकेज’ घोषणा गर्ने उनको प्रतिबद्धता छ । उनले थपिन्,‘विकसित मुलुकमा पनि गरिबी उन्मुलन नभई न्यूनिकरण भएको छ । केही प्रतिशत गरिबी बाँकी नै छ । हाम्रो देशमा पनि गरिबी न्यूनिकरण हुन्छ । यसको लागि नयाँ प्याकेज ल्याउँछौं । वर्तमान सरकार र म स्वयम्पनि संवेदनशील छु ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले भनेजस्तो सुखी नेपाली र समृद्ध नेपालको लागि सरकारले द्रुत गतिमा काम गर्ने उनको भनाई छ ।
भारतीय टम्बो मोबाइल सेट नेपालमा, ३६५ दिनको फिर्ता वारेन्टी
काठमाडौं । भारतमा बनेको टम्बो ब्राण्डको नयाँ मोवाइल सेट नेपाली बजारमा आएको छ । टम्बो ब्राण्डको मोवाइल सेट भारतको अगस्टन र चीनको ओईएम कम्पनीको संयुक्त लगानीमा तयार पारिएको हो । शंकराचार्य मोवाइल प्राइभेट लिमिटेडले टम्बो ब्राण्डको मोवाइल नेपालमा भित्राएको हो । सन् २०१८ को अप्रिलदेखि भारतमा टम्बो ब्राण्डका विभिन्न मोवाइल सेट सार्वजनिक गरेको थियो । कम्पनीले पहिलो चरणमा सीमित मोडलका सुपर र फीचर मोवाइल सेट बजारमा ल्याएको छ । कम्पनीले हाल ६ मोडलका बार फोनहरु र २ मोडलका सुपरफोनहरु सार्वजनिक गरेको छ । टम्बो सुपरफोन टिए ३ नामका फोन सार्वजनिक गरेको छ, जुन सस्तो मुल्यमा आउने कम्पनीले बताएको छ । टम्बो ब्राण्डका फीचर फोनहरु १ हजार रुपैयाँबाट बजारमा उपलब्ध हुनेछ । टम्बो मोबाइलको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको सबै मोडलका फोनहरुमा २०० दिनसम्मको रिप्लेसमेन्ट वारेन्टी र ३६५ दिनको स्क्रीन रिप्लेसमेन्ट दिईने कम्पनीले बताएको छ । टम्बोका नेपालमा उपलब्ध हुने सबै सुपरफोनहरुमा प्रिमियम स्मार्टफोनहरुमा हुने फेस रिकोग्निसन, फिंगरप्रिन्ट सेन्सरलगायतका फीचरहरु राखिएका छन् । यी फोनहरुमा फोरजी भिओएलटिई सपोर्ट हुनसका साथै वाईफाई, ब्लूटूथ, जीपीएस, हेडफोन ज्याकलगायतका फीचर छन् । कम्पनीले भारतमा रहेको ग्रेटर नोइडाको कारखाना छ ।
तामाकोशीको लागत संसदमा प्रवेश, छानविनको माग
काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको लागतले संसदमा प्रवेश पाएको छ । आयोजनाको लागत शतप्रतिशत भन्दा बढि वृद्धि भएकोमा सांसदले आपक्ति जनाएका हुन् । सांसद शान्तिमाया तामाङ पाख्रिनले माथिल्लो तामाकोशी आयोजनाको लागत बृद्धि भएको भन्दै संसद बैठकमा चिन्ता व्यक्त गरिन् सोमबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद तामाङले लगातार लागत रकम बढेकोबारे छानबिन गर्नुपर्ने धारणा राखेकी हुन् । २०६६ सालमा ३५ अर्ब २९ करोड अनुमान गरिएको आयोजनाको लागत ६५ अर्ब पुग्ने अनुमान गरिएको छ । निरन्तर लागत बढ्दा शेयरधनीको टाउकोमा पर्ने भएकाले छानबिन गर्नुपर्ने उनले माग गरिन् ।
एनसीसी बैंक र लाईफ इन्स्योरेन्स कर्पोरेशनबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंक लिमिटेड र लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतामा एनसीसी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र लाईफ इन्स्योरेन्स कर्पोरेशनका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अभिजितघोष दस्तिदारले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयहरुबाट लाईफ इन्स्योरेन्स कर्पोरेशनको पोलिसी बिक्री गरिनेछ ।
भूकम्प पीडितलाई २ प्रतिशत ब्याजकाे ऋण १० वर्षसम्म दिने तयारी, राष्ट्र बैंक एेन संशाेधन हुँदै
काठमाडौं । नेपाल राष्ट्र बैंकले २ प्रतिशत ब्याजमै १० वर्षसम्म भूकम्प पीडितलाई कर्जा दिने प्रक्रिया अघि बढाएको छ । केन्द्रीय बैंकले भूकम्प पीडितका अतिरित्त बाढी पीडित र अग्नी पीडितलाई दिने समेत सहुलियत व्याजदरकाे आवास कर्जाको अवधि पनि १० वर्ष पुर्याउन पहल गरेकाे छ । नेपाल राष्ट्र बैंक एेन २०७३ मा अावश्यक संशाेधन गरी विपत्मा परेका नागरिकलार्इ अावास निमार्ण गर्न दिन पुर्नकर्जाकाे अवधि १० वर्षसम्म गर्न लागिएकाे डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले बताए । हालकाे व्यवस्थामा सहुलियत व्याजकाे पुर्नकर्जा १ वर्षका लागि दिन मिल्छ । यस्ताे कर्जामा राष्ट्र बैंकले थप एक वर्षकाे लागि मात्र व्याज छुट दिन सक्छ । भूकम्क पीडितले दुर्इ वर्षअघि लिएकाे कर्जामा राष्ट्र बैंकले पुर्नकर्जा दिन सकेकाे थिएन । यस्ताे अवस्थामा बैंक तथा वित्तीय संस्थाहरूले भूकम्प पीडितसँग १२ देखि १४ प्रतिशन व्याज लिन थालेका थिए । व्याज बढेपछि भूकम्प पीडितहरूकाे गुनासाे राष्ट्र बैंकमा अाएकाे, याे विषयमा संसद्मा पनि अावाज उठेकाेले एेन संशाेधन गरी एउटा बुँदा थप गर्न राष्ट्र बैंकले अर्थ मन्त्रालयमा सिफारिस गरेकाे उनले जानकारी दिए ।
एनआईसी एशिया बैंकको २ नयाँ शाखा धादिङ्को गजूरी र गल्छीमा
काठमाडौं । एनआईसी एशिया बैंकले धादिङ्मा २ नयाँ शाखा कार्यालयहरु विस्तार गरेको छ । बैंकले धादिङ्को गजूरी र गल्छीमा थप शाखा विस्तार गरी कारोबार शुरु गरेको छ । उक्त गजूरी शाखाको उद्घाटन सोही गाँउपालिकाका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले गरेका छन् । त्यस्तै, गल्छी शाखाको उद्घाटन सोही गल्छी गाँउपालिकाका अध्यक्ष कृष्णहरी श्रेष्ठले गरेका छन् । यी शाखा सहित बैंकको शाखा संख्या २३४ पुगेको छ । त्यस्तै, बैंकले २२४ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १६ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
सन नेपाल लाईफ इन्स्योरेन्स र संग्रिला डेभलपमेन्ट बैंकबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । सन नेपाल लाईफ इन्स्योरेन्स र संग्रिला डेभलपमेन्ट बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामासन नेपाल लाईफ इन्स्योरेन्सकातर्फबाट विभागीय प्रमुख बिनोदशर्मा पौडेल र संग्रिला डेभलपमेन्ट बैंकको तर्फबाट बिभागीय प्रमुख तेजबहादुर थकुल्लाले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात संग्रिलाका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमा लेख लिन तथा बीमा दाबी भुक्तानी अब सन नेपाल लाइफबाट सजिलै पाउन सक्नेछन् । साथै, सन नेपाल लाईफ ईन्स्योरेन्स कम्पनीका विभिन्न बीमा लेखहरु संग्रिला डेभलपमेन्ट बैंकका सम्पूर्ण शाखामा पाइने कम्पनीले जनाएको छ ।