एजेन्सी । गुडिरहेको सी २०२२ रेलमा यात्रुको हाजिरी सुपरभाइजर सु यीङ रेलका डब्बामा झोलाहरुको सुरक्षा र सरसफाईको अवस्थाबारे बुझ्न हिडिरहेका छन् । उच्च गतिको रेल प्रति घण्टा ३०० किलोमिटरका दरले दौडिरहेको छ र ३५ मिनेटमा तियानजिन र बेईजिङलाई जोडिरहेको छ ।

बेईजिङ तियानजिन जोड्ने रेलवे स्टेशन
यात्रुहरु गन्तव्यको पर्खाईमा म्यागजिन पढिरहेका छन्, कोहि आईफोनमा रमाईरहेको दृष्य देख्न सकिन्छ । ‘आजकल मानिसहरु उच्च गतिको रेल प्रयोग गरिरहेका छन् । तर १० बर्ष अघिको दृष्य फरक थियो’, हुले भने,‘अधिकांश यात्रुले आफ्नो सिट छाडेर दायँबायाँ हेरे, रेलका बाथरुमहरु नै रिसोर्ट बनेका छन ।’ सन २००८ को अगष्ट १ तारिखका दिन चीनमा पहिलो पटक उच्च गतिको रेलले बेईजिङ–तियानजिन शहरलाई जोड्ने काम गरेको थियो ।
दुर्लभदेखि नियमितसम्म
बेईजिङ ओलम्पिकमा सहभागी चिनियाँ तथा अन्य विदेशी नागरिकहरुले उच्च गतिको रेलमा यात्रा गरेको अनभुवन बटुल्ने चाहाना प्रकट गरेको देखिन्थ्यो । ‘उनीहरुले उच्च गतिको रेलमा चढेर बाहिरको दृष्य हेर्दै रमाईलो गरेको देख्न सकिन्थ्यो ।’, हुले भने ।
केहि यात्रुहरुले हुसँग फोटो समेत खिचाएका थिए ।
वेइजिङ विश्वविद्यालयमा अध्यापन गराउने स्वीजरल्याण्डका प्राध्यापक डेभिड फेङले लेखेका छन–उच्च गतिको रेलले ३४८ किलोमिटर दुरी ३० मिनेटमा पार गरायो, जुन त्यस दिन अघिसम्म असम्भव जस्तै लाग्थ्यो । सन २०१७ मा बेइजिङ–तियानजिन अन्तर शहर रेल आवागमन ९४ पटक पुगेको थियो जसले पछिल्लो दशक २५ कराेड यात्रु बोक्यो ।
तिब्रगतिको यात्रा
चीनको स्वायत्त क्षेत्र मंगोलियासम्म जाने उच्च गतिको रेल ३१ जुलाईमा निर्माण सम्पन्न भएको थियो । २८७ किलोमिटर लामो रेलले क्षेत्रिय राजधानी होहोट र छिमकी हेबेई प्रदेशको झाञ्जियाकोउलाई जोड्छ । यो रेल सन २०१९ मै सञ्चालनमा आउनेछ ।

सांघाई र कुनमिङ जोड्ने उच्च गतिको रेल वे
यी दुई रेल लाइनले बेइजिङ– झाञ्जियाकोउको यात्रालाई ९ घण्टाबाट ३ घण्टामा झार्नेछ । त्यसपछि तिब्बत स्वायत्त क्षेत्र बाहेक चीनका सबै प्रदेशहरु उच्च गतिको रेलले जाडिनेछन् । चीनले पछिल्लो १० बर्षमा शुन्यबाट २५ हजार किलोमिटर उच्च गतिको रेलवे सञ्जाल विस्तार गरिसकेको छ । सन २०१७ सालमा विश्वमा उच्च गतिको रेलको ६६ प्रतिशत हिस्सा चीनले मात्रै ओगट्न सफल भएको छ ।
चिनियाँ रेलवे कर्पाेरेशनका अनुसार चीनमा दैनिक ४ हजार बुलेट रेल कुद्छन र ४० लाख यात्रुलाई दैनिक सेवा दिईरहेका छन् । बेईजिङ र ग्वाञ्जाउको २ हजार ३०० किलोमिटर दुरीको यात्रालाई ८ घण्टामा छोट्याईदिएको छ । नयाँ फुक्सिङ बुलेट रेलले प्रतिघण्टा ३५० किलोमिटरको स्पीडमा बेईजिङ र सांघाईलाई ४ घण्टा १८ मिनेटमा जोड्छ ।
सन २०२० मा चीनले ८० प्रतिशत प्रमुख शहर जोड्ने गरि ३० हजार किलोमिटर उच्च गतिका रेल सञ्जाल विस्तार गरिसकने उदेश्य लिएको छ । चीनको रेल विकास योजना अनुसार उत्तर दक्षिण जोड्ने गरि ८ वटा उच्च गतिका रेल वे लाइन र पुर्व पश्चिम पनि ८ वटै लाइन उच्च गतिको रेलवे बनाइनेछ ।
अर्थतन्त्र द्रुतगतिमा
उच्च गतिका रेल सञ्जालहरुले चीनियाँ अर्थतन्त्रलाई पनि द्रुतगतिमा विकास गर्न सघाईरहेको छ । रेल सञ्जालहरुले एकिकृत क्षेत्रिय विकासमा पनि सघाईरहेकै छन् । सन २०१६ देखि २०१७ को अवधीमा चीनका उच्च गतिका रेलहरुले ५०० शहरका ७ अर्ब यात्रुलाई सेवा दिएका थिए ।
चीनको उच्चगतिको रेल संसारभर विस्तारको क्रममा रहेको छ । चीनले सन २०१४ मा पहिलो पटक समुन्द्र पार गर्दै टर्कीसम्म रेल सेवा विस्तार गरेको थियो । सन २०१५ को जुनमा चीन र रसियाले ७७० किलोमिटर लामो मस्को र कजान जोड्ने रेल निर्माणको सहमति गरेका थिए । त्यसकै अक्टोबरमा चीन र इण्डोनेसियाले बन्डुङ र जकार्ता जोड्ने रेल निर्माणका लागि सम्झौता गरेका थिए ।(सिन्ह्वा न्युजको सहयोगमा)