काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले संध्याकालीन काउण्टर संचालनमा ल्याएको छ । यस संध्याकालीन काउण्टर मार्फत सेवाग्राहीहरुले दैनिक कार्यालय समभन्दा अतिरिक्त समय सेवा प्राप्त गर्न सक्ने छ्न्।
एनआईसी एशिया क्यापिटलको बबरमहल कार्यालयमा आईतबारदेखि बिहीबारसम्म बिहान १० बजेदेखि दिउसो ३ बजेसम्म तथा संध्याकालिन काउण्टर दिउसो ४ बजेदेखि बेलुका ६ बजेसम्म खुल्ने छ । त्यस्तै, शुक्रवार बिहान १० बजेदेखि दिउसो १ बजेसम्म तथा संध्याकालिन काउटर दिउसो २ः०० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने क्यापिटलले जनाएकाे छ ।
बैंकले सेवाग्राहीहरुको व्यस्ततालाई मध्येनजर राख्दै यो सेवा सञ्चालनमा ल्याएको हो । यो सेवाले कामकाजी सेवाग्राहीहरु तथा व्यस्त समयमा सेवा लिन असुविधा हुने सेवाग्राहीहरुलाई विषेश उपयोगी हुनेछ ।