काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिकाको शाखा स्थानान्तरण गरेको छ । बैंकले उक्त शाखा स्थानान्तरण गरी सूर्यपुरामा आफ्नो सेवा सञ्चालनमा ल्याएकोे छ ।
बैंकको यस शाखाले स्थानीय स्तरमा उत्कृष्ट सेवा प्रदान गर्ने बैंकको प्रतिबद्धता रहेको छ ।
बैंकले हाल ७३ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको छ । साथै, बैंकको ग्राहक संख्या ४ लाख ६० हजार भन्दा बढि रहेको छ । बैंकले गत असार मसान्तसम्म २७ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरी २१ अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।