ज्योति विकास बैंकको नयाँ शाखा विर्तामोडमा, अझै ३० वटा थप्ने तयारी

<p>काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले झापाको विर्तामोडमा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटी तथा बैंकका संचालक धुव्र कोईरालाले संयुक्त रुपमा उद्घाटन गरेका छन् । राष्ट्र बैंकका डेपुटी गर्भनर शिवाकोटीले यस स्थानमा खुलेको यस विकास बैंकले सरल र सुलभ बैकिङ्ग सेवा प्रदान गर्नेमा आफु विश्वस्त [&hellip;]</p>

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले झापाको विर्तामोडमा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटी तथा बैंकका संचालक धुव्र कोईरालाले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

राष्ट्र बैंकका डेपुटी गर्भनर शिवाकोटीले यस स्थानमा खुलेको यस विकास बैंकले सरल र सुलभ बैकिङ्ग सेवा प्रदान गर्नेमा आफु विश्वस्त रहेको बताउँदै बैंकको प्रगतिको कामना गरेका छन् ।

बैंकले विपन्न परिवारका लागि लघु कर्जादेखि ठुला औद्मोगिक कर्जा दिन सक्षम रहेको र सम्पूर्ण शाखा कार्यालयहरु मार्पmत आधुनिक बैकिङ्ग सेवा प्रदान गर्न प्रतिवद्ध रहेको बताएका छन् । साथै यस बैकलै आफ्नो टोखा र पोखरा शाखा कार्यालयबाट समेत नयाँ एटीएम सेवा सुरुवात गरेको छ ।

हाल बैंकले ६० वटा शाखा कार्यालय तथा २० वटा एटीएम मार्पmत सेवा उपलव्ध गराउँदै आईरहेको छ । यसै आर्थिक वर्ष भित्र थप ३० वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटीएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । हालसम्म बैंकले १९ अर्ब ५४ करोड रुपैयाँ निक्षेप संकलन गरी १६ अर्ब १० करोड ऋण लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्ता पूँजी २ अर्ब ५९ करोड रुपैयाँ कायम रहेको छ ।

Share News