विकासन्युज

सूर्या लाइफ इन्स्योरेन्सले ७० प्रतिशत हकप्रद निष्कासन गर्ने

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ७० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको असार ३२ गते बसेको साधारणसभाले १० बराबर ७ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । ४० प्रतिशत हकप्रद र १२ प्रतिशत बोनस सेयरपछि पुनः हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हकप्रद निष्कासनपछि कम्पनीको चुत्तापुँजी १ अर्ब ९२ करोड ४२ लाख ३० हजार रुपैयाँ पुग्ने छ । जसअनुसार सर्वसाधारणको ५७ करोड ७२ लाख ६९ हजार रुपैयाँ र संस्थापकको १ अर्ब ३४ करोड ६९ लाख रुपैयाँ पुग्ने छ । सभाले अघिल्लो आर्थिक वर्षमा गरेकोन नाफाबाट सेयरधनीलाई चुक्तापूँजीको १२ प्रतिशत १२ करोड १२ लाख रुपैयाँ बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । नियामक बीमा समितिले जीवन बीमा व्यवसाय गर्ने कम्पनीको चुक्तापूँजी न्युनतम २ अर्ब रुपैयाँ तोकेको छ ।

एभरेष्ट बैंकको नाफा २७० करोड, कति देला लाभांश ?

काठमाडौं । एभरेष्ट बैंकले २ अर्ब ७० करोड नाफा कमाएको छ । नयाँ लेखा प्रणाली एनएफआरएस अनुसार सार्वजजनिक गरिएको वित्तिय विवरण अनुसार बैंकले गत आर्थिक बर्ष २०७४।७५ मा २ अर्ब ७० करोड नाफा कमाएको हो । पुरानो वित्तिय प्रणाली अनुसार भने बैंकको नाफा २ अर्ब ५४ करोड मात्रै हुन्थ्यो । नयाँ लेखा प्रणाली अनुसार बैंकको नाफा १६ अर्बले बढि देखिएको हो । आर्थिक बर्ष २०७३।७४ मा २ अर्ब ६ करोड नाफा कमाएको बैंकको एनएफआरएस अनुसार भने २ अर्ब २९ करोड देखिएको छ । नयाँ लेखा प्रणाली अनुसार सार्वजनिक गरिएको वित्तिय विवरणले ३३.३३ प्रतिशत लाभांश वितरण गर्न सकिने छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब १० करोड रहेको छ । ११४ अर्ब निक्षेप संकलन गरेको बैंकले ९२ अर्ब कर्जा लगानी गरेको छ । १० अर्ब ब्याज आम्दानी गर्दा ५ अर्ब ब्याज खर्च गरेको छ । बैंकको खराब कर्जा ०.२० प्रतिशतमा झार्दा प्रति सेयर आम्दानी ३४.३७ रहेको छ ।

राष्ट्रिय बीमा कम्पनीको नाफा ५५ करोड, लगानीकर्ताले कति पाउदैछन लाभांश ?

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले गत आर्थिक वर्ष ०७४/०७५ मा ५५ करोड रुपैयाँ नाफा गरको छ । समीक्षा अवधिमा कम्पनीले ९३ करोड ८८ लाख रुपैयाँ बराबरको निर्जीवन बीमा शुल्क आर्जन गरेको छ । यस्तै लगानी तथा कर्जाबाट ७४ करोड ७३ लाख रुपैयाँ आम्दानी गरेपछि नाफा बढेको कम्पनीले जनाएको छ । गत वर्ष सबैभन्दा बढी बोनस सेयर दिएको कम्पनीको नाफा बढेकाले यो वर्ष पनि लगानीकर्ताले राम्रो प्रतिफल पाउने भएका छन् । गत आर्थिक वर्षमा लगानीकर्तालाई कम्पनीले १५ प्रतिशत बोनस सेयर दिएको छ । गत वर्ष १४ करोड २२ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गरेको थियो । कम्पनी ५ औं वर्षमा प्रवेश गरेको अवसरमा सार्वजनिक गरिएको विवरणमा बीमा व्यवसायमा आम्दानी र नाफा दुबै बढेको छ । गत असारसम्म कम्पनीको वाणिज्य र विकास बैंकमा गरी ३ अर्ब ३५ करोड रुपैयाँ मुद्धति निक्षेपमा लगानी रहेको जानकारी दिएको छ । कम्पनीको नाफा वर्षेनी बढ्दै गएको छ । कम्पनीले नविल बैंकको ७७ लाख ७८ हजार ५१६ कित्ता, नेपाल इन्भेष्टमेन्ट बैंकको १ करोड ३२ लाख २६ हजार १७९ र नेपाल पुर्नबीमा कम्पनी लिमिटेडको १९ लाख ३२ हजार ५२२ कित्ता सेयर खरिद गरेको छ । अन्य बैंक तथा वित्तीय संस्थाको सेयरमा लगानी गरिरहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीमा सरकारको ४१, कर्मचारी संचय कोषको १९.३७, नेपाल बैंकको ९.६० र सर्वसाधारणको ३० प्रतिशत स्वामित्व छ ।

सिटिजन बैंकको एफपीओ माग भन्दा बढी आवेदन, दरखास्त दिने आज अन्तिम दिन

काठमाडौं । सिटिजन बैंक इन्टरनेसनल लिमिटेडले सर्वसाधारणका लागि थप निष्कासन (एफपीओ) शुक्रबारसम्म मात्र भर्न पाइने भएको छ ।माग भन्दा बढी आवेदन परेपछि शुक्रबार बैंकिङ समयपछि आवेदन लिने काम बन्द हुने निष्कासन तथा बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले जनाएको छ । बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १०० रुपैयाँ प्रिमियम थप गरी २०० रुपैयाँमा एफपीओ निष्कासन गरेको हो । बैंकले निष्कासन गर्न लागेको एफपीओ ४ लाख ६३ हजार ८२६ कित्ता रहेको छ । एफपीओबाट बैंकले ९ करोड २७ लाख ६५ हजार २०० रुपैयाँ संकलन गर्ने छ ।एफपीओ निष्कासन बन्द छिटोमा साउन १८ गते शुक्रबार र ढिलोमा भदौ १४ गतेसम्म हुने भनिएकोमा माग भन्दा बढी आवेदन परेपछि पहिलो ४ कार्यदिनमा एफपीओ बन्द हुन लागेको हो । न्युनतम ५० र अधिकतम २ हजार ३०० कित्ता एफपीओ भर्न पाइने छ । एफपीओ बाँडफाँडपछि बैंकमा संस्थापकको ५१ र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व हुने छ । चुत्तापुँजी बढेर ८ अर्ब ७ करोड ९६ लाख रुपैयाा पुग्ने बैंकले जनाएको छ । संस्थापक र सर्वसाधारणको स्वामित्व ५१ः४९ प्रतिशत मिलाउन एफपीओ निष्कासन गरेको बैंकले जानकारी दिएको छ

शनिबारदेखि के एल मोबाइल मेला शुरू, एक्सचेञ्जसँगै शुन्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा मोबाईल

काठमाडौं । चाबहिल स्थित केएल मोबाइल हबले जिरो डाउनपेमेन्टका साथै शुन्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा जुनसुकै ब्राण्डका मोबाईल उपलब्ध गराउने भएको छ । मोबाइल हबले आफ्नो पहिलो बार्षिकत्सवको अवसरमा मेला आयोजना गर्दै यस्तो अफर सञ्चालन गर्न लागेको हो । केएल मोबाइल हबले साउन १९ गते शनिबारदेखि २ साता चावहिल स्थित केएल मोबाइल हबमा मोबाईल मेला संचालन गर्दैछ । मोबाइल हबका अनुसार मोबाइल मेलामा जुनसुकै ब्राण्डका जुनसुकै मोबाइल शुन्य प्रतिशत डाउनपेमेन्टका साथै शुन्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा खरिद गर्न सकिने छ । ग्राहकले मोबाइलको ब्राण्ड र मूल्य अनुसार ६ महिना, १ वर्ष र १८ महिना अवधिको किस्ताबन्दीमा मोबाईल खरिद गर्न सक्ने मोबाइल हबकाबिक्री प्रबन्धक सन्दीप उप्रेतीले जानकारी दिए । उनका अनुसार मेला अवधिमा हबमा पुरानो मोबाइलसँग नयाँ मोबाइल साट्न पनि सकिनेछ । केही ब्राण्डका मोबाइलहरु शुन्य प्रतिशत डाउन पेमेण्टमा समेत किन्न सकिने मेलामा १० देखि ५० प्रतिशतसम्मको डाउन पेमेण्टमा मोबाइल किन्न सकिन्छ । शुन्य प्रतिशत डाउनपेमेण्ट बाहेकका उल्लेखित सबै अफरहरु हरेक मोबाइलको खरिदमा लागू हुने मोबाइल हबले जनाएको छ । अफरहरु केएल मोबाइल हब चाबहिलका साथै एप्पल वल्र्ड मोबाइल, मर्कन्टाइल प्लाजाको पहिलो तल्ला पसल नम्बर एफ ५ दरबारमार्ग, सिटिभि मोबाइल ताम्राकार कम्प्लेक्स, पसल नम्बर ११३ न्युरोड तथा द वल्र्ड भिजन मोबाइल सिटिसी मल चौथो तल्लामा पनि उपलब्ध हुनेछ । ग्राहकले किस्ताबन्दीमा मोबाईल खरिद गर्न आफ्नो नागरिकता, रोजगारीताको प्रमाणपत्र र आम्दानी विवरणको कागजात उपलब्ध गराउनुपर्ने हुन्छ । मोबाइल मेला अवलोकन गर्नेहरुलाई आकर्षक गिफ् ह्याम्परका साथै गोलाप्रथाबाट प्रत्येक दिन एउटा मोबाइल बितरण गरिनेछ । यसका साथै एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैंमापाइने योजना पनि मेला अवधिमा लागू गरिएको छ । यसका अलावा मोबाइलको खरिदमा ५० प्रतिशतसम्म छुटको व्यवस्था समेत रहेको उप्रेतीले जानकारी दिए । ‘मेला अवधिभर विश्व बजारका चर्चित ब्राण्डका मोबाइलहरु अहिलेसम्मकै सस्तो मूल्यमा बिक्री हुनेछ । मोबाइल खरिद गर्न चाहने धेरैभन्दा धेरै सेवाग्राहीले मोबाइल मेलाबाट फाइदा लिनुहुनेछ भन्ने विश्वास मोबाइल हबले लिएको छ ।’ मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले भने । विश्व बजारमा पाइने २५ भन्दा बढी चर्चित ब्राण्डका विभिन्न मोडलका मोबाइलहरु मेबाइल हबमा उपलब्ध छन् ।

भिवान्त डेन्टल अस्पतालमा नेपाल बङ्गलादेश बैंकका ग्राहकलाई १० प्रतिशत छुट

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडका ग्राहकले काठमाडौंको भिवान्त डेन्टल अस्पतालमा उपचार गराउँदा १० प्रतिशत छुट पाउने भएका छन् । बिहीबार दुई संस्थाबीच नेपाल बङ्गलादेश बैंकद्धारा जारी भएका डेविट/क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुलाई अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा सो मात्राको छुट दिने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल बङ्गलादेश बैंकका प्रमुख सञ्चालन अधिकृत सुरेश देवकोटा र भिवान्त डेन्टल अस्पतालमा कार्यरत डा. बन्दना थापा शाहले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौंताले दुवै संस्थाका ग्राहकहरुलाई सुविधा पुग्ने बैंकले जनाएको छ ।

देश विकासमा अन्तराष्ट्रिय समुदायको भूमिका अपरिहार्यः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले देशको विकासमा अन्तराष्ट्रिय समुदायको भूमिका अपरिहार्य हुने बताएका छन् । नेपाल उद्योग परिसंघ प्रवुद्ध परिषद (थिङ्कट्याङ्क) का संयोजक शम्भुराम सिंखडाद्वारा लिखित “नेपाल, भारत, चीनः २१औँ सताब्दीमा सम्बन्ध विस्तार” विषयक पुस्तकको बिमोचन गर्दै मन्त्री खतिवडाले त्यस्तो बताएका हुन् । मुलुकले अङ्गीकार गरेको तीव्र र दिगो विकासको लक्ष्य हाँसिल गर्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सहयोग तथा सद्भाव अपरिहार्य रहेको स्वीकार गरे । समृद्धिको मार्गमा नेपाललाई थप ऊर्जा प्रदान गर्नेमा विश्वस्त रहदै निजी क्षेत्र र अन्तर्राष्ट्रिय व्यापारिक÷औद्योगिक समुदाय बीचमा भएको समझदारीबाट समेत मुलुकमा थप लगानी आउने सन्देश प्रवाह हुनेमा आफू विश्वस्त रहेको बताए । कार्यक्रममा उद्योग परिसंघका अध्यक्ष अध्यक्ष हरिभक्त शर्मा र पीएच्डी चेम्बर अफ कमर्शका अध्यक्ष अनिल खेतानले नेपालमा र भारतमा दुबै चेम्बरमा भारत नेपाल सेन्टरको स्थापना गर्ने सहमति गरेका थिए ।

एनआईसी एशियाका ग्राहकले सिटिजन लाईफ इन्स्योरेन्सको बीमा पोलिसीहरु किन्न पाउने

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकहरुले सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीको जिवन बीमा पोलिसीहरु खरिद गर्न सक्ने भएका छन् । बैंकले बिहीबार इन्स्योरेन्ससँग गरेको बैंकास्योरेन्स सम्झौता पश्चात अब यस बैंकका ग्राहकहरुले कम्पनीको जुनसुकै शाखाहरुबाट उक्त पोलिसीहरु गरिद गर्न पाउने भएका हुन् । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले हस्ताक्षर गरेका छन् । बैंकले हाल २३३ शाखा कार्यालयहरु, २२४ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १५ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।