काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडका ग्राहकले काठमाडौंको भिवान्त डेन्टल अस्पतालमा उपचार गराउँदा १० प्रतिशत छुट पाउने भएका छन् । बिहीबार दुई संस्थाबीच नेपाल बङ्गलादेश बैंकद्धारा जारी भएका डेविट/क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुलाई अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा सो मात्राको छुट दिने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापत्रमा नेपाल बङ्गलादेश बैंकका प्रमुख सञ्चालन अधिकृत सुरेश देवकोटा र भिवान्त डेन्टल अस्पतालमा कार्यरत डा. बन्दना थापा शाहले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौंताले दुवै संस्थाका ग्राहकहरुलाई सुविधा पुग्ने बैंकले जनाएको छ ।