मिस नेपालको स्वास्थ चौकीमा गोर्खा इको प्यानलको सहयोग

<p>काठमाडौं । मिस नेपाल वल्र्ड २०१८, श्रृखला खतिवडाको अगुवाईमा मकवानपुरको चेपाग वस्तीमा स्वास्थ चौकी भबन बन्न लागेको छ । स्वास्थ्य चौकी भबन बनाउन गोर्खा इको प्यानलले १२ लाख बराबरको इको प्यानल (स्थायी तथा अस्थायी भबन निर्माणमा वालको रुपमा प्रयोग गरिने) प्रदान गरी सहयोग गर्ने भएको छ । सामाजिक उतरदायित्वको कार्यक्रमम अन्तर्गत मकवानपुरको कैलाश गाउँंपालिका वडा [&hellip;]</p>

काठमाडौं । मिस नेपाल वल्र्ड २०१८, श्रृखला खतिवडाको अगुवाईमा मकवानपुरको चेपाग वस्तीमा स्वास्थ चौकी भबन बन्न लागेको छ । स्वास्थ्य चौकी भबन बनाउन गोर्खा इको प्यानलले १२ लाख बराबरको इको प्यानल (स्थायी तथा अस्थायी भबन निर्माणमा वालको रुपमा प्रयोग गरिने) प्रदान गरी सहयोग गर्ने भएको छ । सामाजिक उतरदायित्वको कार्यक्रमम अन्तर्गत मकवानपुरको कैलाश गाउँंपालिका वडा नं ७ मा बन्ने स्वास्थ्य चौकी भबन बनाउन प्यानल प्रदान गरी सहयोग गर्न लागेको हो ।

गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले चेपाङहरु आर्थिक रुपमा मात्रै होइन, स्वास्थ्य पहुँंचका हिसावले पनि पिछडिएको समुदाय भएकाले पनि उनीहरुका लागि बनाइने स्वास्थ्य चौकी भबन निर्माणमा सहयोग गर्न लागेको जनाए ।

गोर्खा इको प्यानलका ब्राण्ड एम्वेसडर आर्किटेक्ट इन्जिनियर मिस नेपाल वल्र्ड २०१८, श्रृखलाको डिजाइन तथा अगुवाइमा स्वास्थ्य चौकी भबन बन्न लागेको हो । अन्दाजीे ४० लाख बराबरको लागत इष्टमेटमा निर्माण हुने स्वास्थ्य चौकी भबन बनाउन श्रृखलाले अन्य विभिन्न संघ संस्थाहरुको पनि सहयोग लिने छिन् ।

चीनको सान्यामा आगामी डिसेम्वर ८ मा हुने मिस वल्र्ड प्रतियोगितामा प्रतिस्पर्धी मिस नेपाल वल्र्ड २०१८ की सुन्दरी श्रृंखलाले स्वाथ्य चौकीको भबन निर्माण पूरा गरी त्यसको बृतचित्र त्यहाँं देखाउने छिन् । व्युटी विथ पर्पाेज (उद्देश्यसहितको सौदर्यता) भन्ने नाराका साथ हरेक वर्ष हुने प्रतियोगितामा आफूले पृथक उद्देश्यका साथ पिछडिएको चेपाग समुदायलाई स्वास्थ्य चौकी बनाई सहयोग गर्ने भएकोले मिस वल्र्डमा सफलता मिल्ने विश्वास व्यक्त गरिन् ।

Share News