३ करोडको लगानीमा ३ वटा आकाशे पुल बन्दै
काठमाडौं । गण्डकी प्रदेशका तीन जिल्लामा रु तीन करोडको लागतमा तीन आकाशे पुल निर्माण शुरु गरिएको छ । मानिसको बढी आवातजावत हुने बागलुङ, म्याग्दी र मुस्ताङ जिल्लाका ठूला खोंच र नदीमाथि आकाशे पुल निर्माणको काम शुरु गरिएको हो । सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले ठेक्का प्रक्रियामार्फत तीनवटै पुल निर्माणका लागि हिमशिर निर्माण कम्पनीलाई जिम्मा दिएको छ । २०७६ वैशाखभित्र तीनवटै पुल सक्ने गरी काम शुरु गरेको निर्माण कम्पनीका नरहरि खड्काले जानकारी दिनुभयो । रु तीन करोडमा पुलको ठेक्का सम्झौता भएको छ । बागलुङ नगरपालिका–५ मालिकादेखि म्याग्दीको बेनी नगरपालिका–२ को बीचमा रहेको ठूलो खोंचमाथि २६० मिटर, म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरस्थित कालीगण्डकी नदीमाथि १२१ मिटर र मुस्ताङको बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिका–३ को छुसाङस्थित कालीगण्डकी नदीमा १६५ मिटर लम्बाइको आकाशे पुल निर्माण हुनेछ । तीन ठाउँमा निर्माण हुन लागेका तीनवटै पुल फरक प्रविधिबाट निर्माण गर्न लागिएको निर्माण कम्पनीका खड्काले जानकारी दिनुभयो । उनका अनुसार बागलुङ र म्याग्दी जोड्ने पुल ओपन प्रविधि, म्याग्दीको गलेश्वरमा निर्माण हुने एन टाइप प्रविधि र मुस्ताङको छुसाङमा निर्माण हुने पुल डी टाइप प्रविधिमा निर्माण हुनेछ । नेपाल सरकारले मानिसको बढी आवातजावात हुने खोंच तथा नदीमाथि आकाशे पुल निर्माण गर्ने नीतिअनुसार निर्माणको काम शुरु गरिएको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले जनाएको छ । पुल निर्माण भए धेरै जनतालाई आवातजावतमा सहजता आउने बागलुङ नगरपालिका –५ का वडाध्यक्ष शिव सापकोटाले जानकारी दिए । रासस
मंगलमको पीभीसी पाइप नेपाली बजारमा
काठमाडौं । मंगलमको पीभीसी पाइप नेपाली बजारमा आएको छ । राजधानीमा एक कार्यक्रम आयोजना गरी मंगलमले पीभीसी पाइपकोे उद्घाटन गरेको हो । देशभर ४ सय डिलहरुबाट बिक्री हुने पाइप आइएसओ ९००१ र २००० चिन्ह प्राप्त गरेको छ । कम्पनीले ४ सय डिलरलाई दशैं धमाका योजना समेत ल्याएको छ । डिलरहरुका लागि कम्पनीले २ लाख सम्मको सामाग्रीमा ६ प्रतिशत, ४.५ लाखको सामाग्रीमा १० प्रतिशत र ८ लाख सम्मको सामाग्रीमा १२ प्रतिशतसम्म क्रृण सुविधा दिने भएको छ । पीभीसी पाइप उत्कृष्ट क्वालीटी र नेपाली बजारमा लोकप्रिय हुने कम्पनीले जनाएको छ ।
१५ करोडमा रानीपोखरी निर्माण गर्न २ कम्पनीबीच प्रतिस्पर्धा, आगामी असारभित्रै काम सम्पन्न हुने
काठमाडौं । लामो समयको विवादपछि रानीपोखरीको पुर्ननिर्माण कार्य सुरु हुने भएको छ । पुन:निर्माणका लागि २ कम्पनीबीच प्रतिस्पर्धा हुने भएको हाे । अनलाइन मार्फत आब्हान गएिको आवेदनमा २ कम्पनीले रानीपोखरी बनाउन इच्छा देखाएका हुन् । पुर्ननिर्माणको लागि रविना कन्स्ट्रक्सन र वल्र्ड वाइड सुनकोसी कडेलले आवेदन दिएका छन् । दुई कम्पनीको हाल मूल्याङकन भैरहेको काठमाडौं महानगरका सह-प्रवक्ता नवराज ढकालले बताए । उनका अनुसार हाल दुई कम्पनीको मूल्याङकनको काम भैरहेको र केहि हप्तामै दुई मध्ये एक कम्पनीले पुर्ननिर्माणको जिम्मा पाउनेछ । छनोट भएको कम्पनीले मन्दिर बाहेक पोखरी र ग्रीनरीको काम गर्नेछ । १५ करोड लागत छुट्याइएको पुननिर्माण आगामी असारभित्रै निर्माण सम्पन्न हुने सह प्रवक्ता ढकालले बताए । उनका अनुसार पोखरीमा ताल निर्माण गरी दाँया-बाँया हरियाली बनाइनेछ । ताल निर्माण सम्पन्न भएपछि पोखरीमा पुन माछा समेत राखिनेछ । यसअघि ताल पुननिर्माण सुरु भएपछि माछा कमल पोखरी लगायत तालहरुमा लगेर राखिएको थियो । पोखरीको बिच भागमा मन्दिर भने पुरातत्व विभागले नै निर्माण गर्नेछ । पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीले कामपा प्रमुख विद्यासुन्दर शाक्यलाई बुझाएको प्रतिवेदनमा यसअघि रानीपोखरी मल्लकालीन शैलीमा निर्माण गरिएकाले सोहीअनुरुप नै निर्माण गर्न सुझाव दिइएको छ । रानीपोखरी निर्माणका क्रममा विवाद उत्पन्न भएपछि समाधान गर्न यही पुस १३ गते कार्कीको संयोजकत्वमा ११ सदस्यीय विज्ञ समूह गठन गरिएको थियो । विसं २०७२ को भूकम्पले विसं १७२७ मा बनेको न्हु पुखु भनिएको रानीपोखरी र बालगोपालेश्वर मन्दिर क्षतिग्रस्त भएको थियो ।देशविदेशका धेरै पवित्र नदीका जल प्रयोग गरिएको ‘विष्णुतीर्थ’ को नामले परिचित सो पोखरीको मन्दिर पुनःनिर्माणका क्रममा कङ्क्रिट प्रयोग भएपछि विवाद उत्पन्न भएको थियो ।
स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले गर्यो ३६.८४ प्रतिशत लाभांश दिने प्रस्ताव
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई ३६.८४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । संस्थाको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ११.८४ प्रतिशत अर्थात ५ करोड ९५ लाख रुपैयाँ बराबर नगद लाभांश दिने प्रस्ताव गरेको छ । यस्तै २५ प्रतिशत अर्थात १२ करोड ५७ लाख रुपैयाँ बराबरको बोनस सेयर दिने भएको छ । लाभांश स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने र त्यसपछि साधारणसभाबाट पारित गरी वितरण गर्ने संस्थाले जनाएको छ ।
मेगा बैंकको थप ३ वटा ठाउँमा एटीम सेवा विस्तार
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले थप ३ वटा ठाउँमा एटीम सेवा विस्तार गरेको छ । काठमाडौँको कमलपोखरीस्थित सिटी सेन्टर र टेकु अस्पताल तथा सुर्खेतको वीरेन्द्रनगरस्थित आर्मी ब्यारेक अगाडि एटीम सेवा विस्तार गरिएको हो । योसँगै ७९ स्थानमा मेगा बैंकको एटीम सेवा विस्तार भएको छ । स्थापनाको नवौँ बर्षमा आइपुग्दा मेगा बैंकले १०१ वटा शाखा विस्तार गरेको छ । यसैगरी, देशभर १४ वटा एक्टेनशन काउन्टर, ११९ वटा शाखारहित बैंकिङ सेवा, २ हजार भन्दा बढी मेगा रेमीट सञ्जाल छन् ।
कैलाश विकास बैंकले गर्यो १७ प्रतिशत नगद लाभांश प्रस्ताव
काठमाडौं । कैलाश विकास बैंकले सेयरधनीलाई १७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ४२ करोड ८५ लाख रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको हो । न्युनतम चुत्तापुँजी पुगेपछि बैंकले सेयरधनीलाई नगद लाभांश दिने प्रस्ताव भएको छ । बैंकको चुत्तापुँजी २ अर्ब ५२ करोड रुपैयाँ छ । नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृति र वार्षिक साधारणसभाबाट पारित भएपछि नगद लाभांश वितरण गर्ने बैंकले जनाएको छ ।
पोखरा फाईनान्सलाई बेस्ट म्यानेज्ड फाईनान्स कम्पनीको अवार्ड
काठमाडौं। पोखरा फाइनान्स लिमिटेड नेपालको उत्कृष्ठ फाईनान्स घोषित भएको छ । प्रतिष्ठत बिजनेश अवार्ड कार्यक्रम न्यू विज बिजनेश कन्क्लेभ तथा अवार्ड २०१८ को वेष्ट म्यानेज फाइनान्स कम्पनीबाट सम्मानित भएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले बताए। देशभर रहेका व्यवसाहिक संस्था मध्येबाट विभिन्न विधामा उनीहरुको कार्य मुल्याड्ढनका आधारमा विज्ञ समुह छनोट गरेको उत्कृष्ट कम्पनीहरुलाई कार्यक्रममा अवार्ड प्रदना गरिएको थियो । पोखरा फाइनान्स २१ बर्ष पुरानो संस्था हो । जसकोे अधिकृत पूँजी ९४ करोड तथा चुक्ता पूँजी ८१ करोड ६४ लाख ५० हजार रुपैयाँ छ । संस्था हालसम्म ४ अर्ब ६० करोड निक्षेप परिचालन गरी ४ अर्ब २५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । संस्थाले हाल सम्म १४ शाखाबाट सेवा दिईरहेको छ भने निकट भविष्यमा बाँझापाटन पोखरा, पालुङटार गोरखा, शारदानगर चितवन, र वुटवल रुपन्देहीमा थप चार शाखा सञ्चालनमा आउने गुरुङले जानकारी गराए । ।
बैंक अफ काठमाण्डूले कार्ड धनी ग्राहकहरुका लागि ल्यायो दशैं तिहारको अफर
काठमाडौ। यस दशैं तथा तिहारको शुभ अवसरमा बैंक अफ काठमाण्डूले आफ्ना सबै कार्ड धनी ग्राहक वर्गहरुलाई विशेष छुटको व्यवस्था गरेको छ । यस छुट अन्तर्गत बैंक अफ काठमाण्डूका ग्राहकवर्गहरुले आफ्नो कार्ड मार्फत ग्राण्डी हस्पिटलको सेवा लिए बापट ७.५% , एल.जि. लाइफस्टाईल प्रा. लि. को कुनै पनि स्वरुमबाट सामान खरिद गर्दा १५% , सि.जि. डिजिटल प्रा.लि. को कुनै पनि सोरुमबाट सामान खरिद गर्दा १५% , दरबारमार्ग स्थित सुलक्स सेन्टरमा १०% , सुलक्स एण्ड कम्पनीमा १०% , फलानो लुगाको कुनै पनि स्वरुमबाट सामान खरिद गर्दा १५% र अर्गानिक चुलो बत्तिसपुतलीमा १५% छुटको लाभ उठाउन सक्नेछन्। बैंकद्वारा यो सुविधा सिमित अवधिका लागि मात्र लागु गरिएको छ।