
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई ३६.८४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । संस्थाको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ११.८४ प्रतिशत अर्थात ५ करोड ९५ लाख रुपैयाँ बराबर नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यस्तै २५ प्रतिशत अर्थात १२ करोड ५७ लाख रुपैयाँ बराबरको बोनस सेयर दिने भएको छ । लाभांश स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने र त्यसपछि साधारणसभाबाट पारित गरी वितरण गर्ने संस्थाले जनाएको छ ।