विकास समितिमा ठेकेदार एकता, सभापति भन्छिन-‘हामी दृढ छौं’
विकास समितिमा रहेका तीन जना ठेकेदार सांसद क्रमशः जिपछिरिङ लामा, हरिनारायण रौनियार र बहादुरसिंह लामा काठमाडौं । संसदको विकास समितिमा ठेकेदार सांसदहरुको अभूतपूर्व एकता देख्न पाइन्छ । विकास समितिमा क वर्गका ठेकेदार हरिनारायण रौनियार, बहादुरसिंह लामा र जिपछिरिङ लामा सदस्य छन् । समितिमा उनीहरुले एक अर्कालाई भरपुर साथ दिईरहेको दृष्य देख्न सकिन्छ । गत मंगलबार बसेको समिति बैठकमा राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले हरिनारायण रौनियार लगायतका ठेकेदार सांसदहरु विकास समिति बैठक सदस्य बन्न नहुने बताएकी थिइन् । सांसद टोप बहादुर रायमाझी र यज्ञराज सुनुवारले पनि पप्पु कन्स्ट्रक्सनलाई कारवाही गर्नुपर्ने धारणा राखेका थिए । पप्पु र ठेकेदारहरु प्रति सांसदहरुदे कडा अभिव्यक्ति दिएको बैठकमा रौनियार भने उपस्थित थिएनन् । सांसद जिप छिरिङ लामा सुरु देखि नै सहभागी थिए भने बहादुर सिंह लामा अन्तिम तिर आईपुगेका थिए । बैठक लगत्तै विकास समितिका कर्मचारीहरुको कोठामा पुगेका बहादुर सिंहले ठेकेदारहरुलाई गाली गर्नेहरुको उछितो काढ्न भ्याए । उनले अन्य सांसदहरुले देश बिगारेको तर ठेकेदारहरुले आफ्नो सम्पति खर्चेर विकास निर्माणका काम गरेको दावी पेश गरे । बुधबारको समिति बैठकमा ठेकेदारहरुमाथी अन्याय भएको भन्दै सांसद जिपछिरिङले कुरा राख्न चोहका थिए तर सभापति कल्याणी खड्काले त्यसबारेमा छुट्टै बैठक राखेर विस्तृत छलफल गर्ने बताइन् । बैठकमा जब रौनियारले बोल्ने अवसर पाए उनले आफुलाई गाली गर्नेहरु साम्प्रदायीक भएको आरोप लगाए । रौनियारले अघिल्ला सांसदहरुका कारण ठेकेदारहरुले तोकिएको समयमा काम गर्न नसकेको दावी पनि गरे । चाडबाडमा यातायात व्यवस्थापन सम्बन्धमा छलफल गर्न आयोजीत बैठकमा रौनियारले पप्पु कन्स्ट्रक्सन विरुद्ध आवाज उठाउने सांसदहरुको अभिव्यक्ति विरुद्ध आपक्ति जनाएपछि अर्का सांसद गणेश पहाडीले रुलिङ गर्न सभापति खड्कालाई आग्रह गरे । सभापति खड्काले बिषय वस्तुमा आफ्ना धारणा राख्न रौनियारलाई रुलिङ गरिन् । त्यसको केहिपछि आफ्ना धारण राखेका ठेकेदार सांसद बहादुर सिंह लामाले रुलिङ गर्ने अधिकार सभापतिलाई मात्रै भएको भन्दै पहाडीको अभिव्यक्ति प्रति आपक्ति जनाए । उनले पनि विकास निर्माणमा ठेकेदारहरुको मात्रै गल्ती देख्न नहुने धारणा राखे । विकास निर्माणमा एकिकृत रणनीति नल्याएसम्म ठेकेदारले मात्रै केहि गर्न नसक्ने दावी गरे । त्यसपछि बोलेको जिपछिरिङले पनि ठेकेदारहरुलाई मात्रै गाली गर्न नहुने धारणा राखे । सरकारको नीतिगत कमजोरीका कारण ठेकेदारहरुले राम्रोसँग काम गर्न नसकेको उनीहरुको सामुहिक धारणा थियो । यसो भनिन् सभापतिले सभापति कल्याणी खड्काले भने समितिका काम कारवाहीलाई म्याण्डेट अनुसार नै अघि बढाउने बताइरहेकी छिन् । ‘समितिमा को को सदस्य छन भन्ने कुराले समितिका काम कारवाहीमा कुनै प्रभाव पार्दैन, क्षेत्राधिकार भित्र रहेर विकास निर्माणका कामको प्रभावकारीता अभिवृद्धि र अनियमितता रोक्न समिति दृढ छ’, खड्काले भनिन् ।
पाहुनाका लागि खुला देश नेपाल : पर्यटनमन्त्री अधिकारी
काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पाहुनाका लागि सधैं नेपाल खुला देशका रूपमा रहेको बताएका छन् । नेपाल पर्यटन पत्रकार महासङ्घले सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रायलयमा बुधबार आयोजना गरेको ‘अतिथि देवो भवः पर्यटन वर्ष २०२०’ शुभारम्भका क्रममा उनले भने, “सधैँ खुशी रहेर अतिथिप्रति प्रेमभाव प्रकट गर्ने हाम्रो संस्कार हो तर पछिल्लो समयमा हामीले यो संस्कार भुल्दै गएका छौँ ।” उक्त महासङ्घलाई सरकारको सहयोगी भएर काम गर्न, पर्यटन प्रवद्र्धनमा ध्यान दिएर यसलाई समृद्धि र विकाससँग जोड्नुपर्ने आवश्यकता औल्याउँदै मन्त्री अधिकारीले महासङ्घले थालेको अभियानमा सरकारले पनि साथ दिने प्रतिबद्धता व्यक्त गरे । युएनडिपीका देशीय निर्देशक आइस्यानी लाबेले सरकारले लिएको ‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारालाई सार्थक तुल्याउन र नेपालको अर्थतन्त्र बलियो बनाउन पर्यटन एक मूल आधार भएको बताए । “नेपालमा पर्यटन प्रवद्र्धनका क्षेत्रमा धेरै काम भइरहे पनि यस क्षेत्रको थप विकासका लागि शान्तिको स्थायित्व, आकर्षक वातावरण, मनोरञ्जन र सहज पहुँच हुन आवश्यक छ”, उनले भने । नेपाल पर्यटन बोर्डका प्रबन्धक केबी शाहले मुलुकको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने खालका कार्यक्रममा महासङ्घको विशेष भूमिका हुनेुपर्नेमा जोड दिए। महासङ्घका अध्यक्ष धनीराम शर्माले सामाजिक र पेशागत दायित्व बोकेर मुलुकभर यो अभियान अघि बढाइने बताए। होटल एशोसियसन नेपाल (हान) का कार्यकारी प्रमुख टेकबहादुर महतले नेपाललाई कृषि, संस्कृति, स्वास्थ्य, जल, योग र आयुर्वेद पर्यटनका रूपमा विकास गर्न सकिने बताए। कार्यक्रममा देशभरिका डेडसय भन्दा बढी पर्यटन पत्रकारको सहभागिता थियो । –––
आफ्ना भावनाहरु कोकसंग साट्ने याेजना सार्वजनिक
काठमाडौं । ‘सयौँ सम्बन्धको कयौँ भावना’ भन्ने नयाँ शीर्षक दिएर कोकाकोलाले नयाँ योजना ‘मन खोलौ कोकसँग’ सार्वजनिक गरेको छ । योजनाले मुख्यत १६ विभिन्न मानवीय भावनाहरुलाई समेटेको छ । जसमा माया, साथ, खुसी, रमाइलो, मित्रता, हौसला, श्रद्धा, मिलन, सहयोग, जमघट र हाँसो रहेको कोकले जनाएको छ । यो अभियानकोे मुख्य उदेश्य हरेक व्यक्तिको जीवन र भावनालाई प्रभाव पार्ने अनन्य सम्बन्धहरुको याद राख्ने हो । कोकको बोतलमा हुने लेबललाई यो दसैँको समयमा मानवीय भावनाहरुलाई पारिवारिक सम्बन्धको नियमितताको रुपमा अंकित गरिएको छ । यी सुनौला लेबलहरुले पर्वको झल्को दिने बिषयबस्तुलाई समेटेका छन् । गतवर्ष कोकाकोलाले ‘शेयर अ कोक’ क्याम्पेनको नेपाली भर्सन मन खोल्लौ कोकसँग जुन सम्बन्धमा केन्द्रित रहेको थियो, जसको भाव परिवारका सदस्यहरुलाई नजिक र सँगै लिएर आउने रहेको थियो । यो वर्ष अझ एक कदम अगाडि बढेर कोकाकोलाले आफ्ना ग्राहकहरुलाई आफ्नो मनपरेको व्यक्तिसँग भावना बाड्न प्रोत्साहन गर्नेछ । मानवीय भावनासँग केन्द्रित रहेर यसको ट्यागलाईनलाई सयौं सम्बन्धका कयौं भावना बनाइएको छ । यस क्याम्पेनको बारेमा बोल्दै कोकाकोलाका कन्ट्रि डाइरेक्टर अम्बुज सिंहले भने, ‘नेपालभरिका कोकाकोलाका ग्राहकहरुलाई चाडपर्वको समयमा अझ बढी स्पेशल बनाउनको लागि कोकाकोलाले विनम्र तरिकाले गतवर्ष मन खोलौ कोकसँग ल्याएको छौं ।” कोकाकोलाको बोतलमा ग्राहकहरुले विषेश भावनाहरु जस्तो माया, साथ, मित्रता, मिलन, सहयोग, श्रद्धा आदि पाउनेछन् जुन आफ्नो परिवार र साथीहरुसँग भावनाहरु साटासाट गर्न सघाउने उनको भनाई छ ।’ बोट्लर्स नेपालका प्रबन्ध निर्देशक प्रदिप पाण्डेले भने ‘म यो विषेश दसैं क्याम्पियन घोषणा गर्न पाउदा ज्यादै खुसि भएको छु । म यस्तो संस्थाको हिस्सा हुन पाउँदा सम्मानित र गौरवान्वित भएको छु, जसले आफ्ना कर्मचारी र ग्राहकहरुको विषेश हेरचाह गर्छ ।” क्याम्पेनमा प्रियन्का कार्कीले आफ्नो डाइभरलाई ‘सधैँ सहयोगी हात बढाएकोमा’ लेबल भएको कोकको बोतल दिन्छिन् त्यसैगरी स्वास्तिमा खड्काले आफ्नो श्रीमान निश्चललाई कोकको ‘निश्चल मायाकालागि’ भन्ने कोक दिन्छिन भने निश्चल बस्नेतले स्वस्तिमालाई ‘सुख दुखको साथको लागि’ लेवल भएको कोक दिन्छन् ।
२१ औं एआईआरडिसी सम्मेलमा सम्पन्न, बीमाको पहुँच र लागत घटाउँन प्रविधिको प्रयोग आवश्यक
काठमाडौं । नेपालमा सञ्चालन भएको २१ औं विकासशिल राष्ट्रहरुको बीमा तथा पुर्नबिमा कम्पनीहरुको सम्मेलन सम्पन्न भएको छ । आगामी २२ औ सम्मेलन सन् २०२० मा अफ्रिकाको घानामा गरिने निर्णय सहित सम्मेलन समाप्त भएको हो । सम्मेलनको दोस्रो दिन बीमा कम्पनीहरुको वित्तीय पहुँचको बिषयमा छलफल भएको थियो । त्यस्तै बीमामा प्रविधिको प्रयोग र लघुबीमाको बिषयमा छलफल भएको थियो । बीमा कम्पनीहरुको वित्तिय पहुँचको बिषयमा कार्यपत्र प्रस्तुत गर्दै एम वेस्टका कार्यकारी अधिकृत डा.रोगर शेल्लीजले एशियन मुलकमा नेपाल लगायत अन्य पाँच वटा मुलुकका कम्पनीहरु जोखिम अवस्थामा रहेको बताए । त्यस्तै, अष्टे«लियाका कम्पनीहरु जोखिमरहित रहेको उनले जानकारी दिए । “जापान र कोरियामा सञ्चालित कम्पनीहरुको जोखिमको अवस्था न्यून रहेको छ । भुटान र भारतका कम्पनीहरु भने ग्रे जोनमा रहेका छन्,” उनले भने । पहुँच बढाउन र लागत घटाउँन प्रविधिको प्रयोग अपरिहार्य भएको बीमाविज्ञ जिम्मी मोलिनियरले बताए । सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै बीमा विज्ञ मोलिनियरले प्रविधिले बीमा योजना जारी गर्न, समयमा दाबी भुक्तानी गर्न, बिमाशुल्क संकलन गर्न सहज, सरल र छरितो हुने बताए । मोलिनियरले कम विकसित राष्ट्रहरुमा प्रविधिको प्रयोग गर्दा अवरोधहरु पनि कम हुने बताए । त्यसैले आगामी दिनमा यस्ता राष्ट्रहरुले प्रविधिको प्रयोगमा फोकस गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चन्की क्षेत्रीले कार्यपत्र प्रस्तुत गर्दै नेपालमा लघुबीमाको सम्भावना अधिक रहेको बताए । तर, यसका चुनौती पनि उत्तिकै रहेको उनले जानकारी दिए । “यो बीमालेखबाट कम आम्दानी हुन्छ भने सञ्चालन खर्च अधिक हुन्छ, तर पनि हामी सम्भावना खोजीमा लघुबीमा जारी गरि रहेका छौ,” उनले भने । नेपालमा सञ्चालन भएको एआईआरडिसी सम्मेलनमा १८ वटा मुलुकमा ४०० भन्दा बढी प्रतिनिधिहरुको सहभागीता रहेको थियो । मंगलबार संगठनको सम्पन्न २१ औ साधारण सभाले नेपाल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत बिजयबहादुर शाहलाई अध्यक्षमा चयन गरेको छ ।
७० करोडकाे जाली काराेबार उल्टियाे, किर्ते काम गर्ने ८ जना जेलमा, ६ जना कर्मचारी धराैटीमा रिहा
काठमाडौं । भारतीय व्यापारी राम निरन्जन जटहियाले नेपालमा न्याय पाएका छन् । जटहियाको कम्पनी शंकर इलेक्ट्रोनिकको नाममा रहेको ७० करोड रुपैयाँ भन्दा बढीको जथाजेथा किर्ते गरी बिक्री हुनबाट जोगिएको छ । मुद्दामा संग्लग्न १४ जनामाथि काठमाडौं जिल्ला अदालतले ६ जनालाई धरौटीमा रिहा र ८ जनालाई थुनामा राख्न आदेश दिएको छ । कम्पनी रजिष्ट्रार कार्यालयका उपसचिवद्धय धर्मराज रोकाय र गंगाधर पौडेल सहित ६ जना कर्मचारीलाई ४ लाख ५० हजार धरौटीमा थुना मुक्त गरेको छ । अदालतले ८ जनालाई ५० हजार धरौटी सहित थुनामै राख्न आदेश दिएको हो । अदालतका न्यायधीश रमेश शर्माको एकल इजालासले सो आदेश दिएको हो । भारतीय व्यवसायी जटहियाको तर्फबाट सरकारी वकिल ठाकुर बस्ताकोटीले मुद्दा लडेका थिए । उनका अनुसार अब ८ जनामाथि ठगी तथा अपराध मुद्दा अनुसार प्रक्रिया अघि बढ्नेछ । यसैगरी घरौटीमा रिहा भएका ६ जना कर्मचारी विरुद्ध पनि अदालतले मुद्दा अघि बढाउने छ । जटहियाले केन्द्रिय अनुसन्धान ब्युरोमा गोप्य रुपमा उजुरी गरेका थिए । गत भदौ १७ गते कम्पनी रजिष्ट्रार कार्यालयमा सीआईबीले छापा मारेको थियो । सोहि दिन ४ जना कर्मचारीलाई पक्राउ गरेको थियो भने २ जना उपसचिव फरार रहेका थिए । दुई जना उपसचिवले फैसला हुन भन्दा १ दिन अघि आत्मासर्मपण गरेको वकिल बस्ताकोटीले बताए । यस्तो थियो घटनाको श्रृङखला कम्पनी रजिष्ट्रारको कार्यालयमा सीआईबीको छापा किर्ते गरेर ७० करोडको सम्पत्ति खाने १२ जना पक्राउ, यस्तो आयो सीआर्इबीको रिपोर्ट (पूर्णपाठ) ७० करोड घोटाला काण्ड: १२ लाखको लोभमा यसरी फसे २ उपसचिव, २ अधिकृतसहित ६ कर्मचारी बालुवाटार र सतुंङगलको १८ रोपनी घडेरी १० लाख आनामै बेच्ने १४ जना विरुद्ध मुद्दा दायर
यो वर्ष आर्थिक वृद्धि खुम्चिने एडीबीको प्रक्षेपण, ५.५ प्रतिशत मात्र हुने
काठमाडौं । चालु आर्थिक वर्षमा सरकारले आर्थिक विस्तार हुने बताइ रहेका बेला एसियाली विकास बैंक (एडीबी) ले अझै खुम्चिने प्रक्षेपण गरेको छ । एडीबीले बुधबार नेपालको वृहत आर्थिक परिदृष्य सार्वजनिक गर्दै आर्थिक वृद्धि अघिल्लो वर्षको भन्दा घट्ने अनुमान गरेको हो ।सरकारले यो वर्ष ८ प्रतिशत आर्थिक विस्तार हुने अनुमान गरेको छ । आर्थिक वर्ष २०७५/०७६ मा आर्थिक वृद्धि ५.५ प्रतिशतमा सीमिति हुने एडीबीको प्रक्षेपण छ । यो वृद्धि विगत १० वर्षको वार्षिक औसत ४.३ प्रतिशत भन्दा उल्लेख्य रुपमा बढी हो । यस वृद्धिलाई २०७४ मा भएका निर्वाचन पछिको अपेक्षित राजनीतिक स्थिरता, राम्रो मनसुन र ठुला आयोजनाहरुको तीब्र कार्यान्वयनका लागि प्रयासहरूले भरथेग गर्नेछ । सामान्यतःजेठदेखि भदौसम्म रहने मनसुन यस आर्थिक वर्षमा सामान्य रहेको छ । समयमानै र सबैतिर समान रूपमा भएको वर्षाका कारण ९५ प्रतिशत खेतीयोग्य जमिनमा धान रोपाइँ हुने तथ्य सार्वजनिक भएको छ । सरकारले विकास आयोजनाहरुको नजिकबाट अनुगमन गर्ने र कार्यान्वयनमा तीव्रता दिने प्रयास गरिरहेको छ । ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना यसै आर्थिक वर्षभित्र पुरा हुने अनुमान गरिएको छ । राष्ट्रिय प्रसारणलाइनमा यसबाट थप हुने यो विद्युत्ले नेपाललाई वर्षा याममा भारतबाट विद्युत् आयातको निर्भरता कम गर्न सहयोग गर्नेछ । विद्युत् आपूर्तिको उपलब्धतामा वृद्धि र उत्पादनमूलक र निर्माणका गतिविधिमा सम्भाव्य विस्तारका कारण आव २०७५/०७६ मा औद्योगिक क्षेत्रमा ७.२ प्रतिशतको वृद्धि हुने अनुमान एडीबीको छ । जुन अघिल्लो वर्षको ८.८ प्रतिशत भन्दा कम हो । २०७५ जेठ १५ देखि लोडसेडिङको अन्त्य भएसँगै उत्पादनमूलक उपक्षेत्रले राम्रो गर्ने अपेक्षा गरिएको छ । सेवा क्षेत्र आव २०७४÷७५ को ६.६ प्रतिशत वृद्धिको तुलनामा आव २०७५/७६ मा ६.१ प्रतिशत मात्र हुनेछ । आव २०७४÷७५ मा जस्तै आव २०७५/७६ माथोक तथा खुद्रा व्यापार, वित्तीय मध्यस्थता र यात्रा तथा पर्यटन उपक्षेत्रहरुले गतिलिने अनुमान गरिएको छ । आव २०७४/७५ मा सरदर वार्षिक मुद्रास्फीति अघिल्लो वर्षको ४.५ प्रतिशतबाट ४.२ मा झरेको छ । गत आर्थिक वर्ष ०७४/०७५ मा नेपालको अर्थतन्त्र ५.९ प्रतिशतले विस्तार भएको थियो । एडीबीले नेपालको आर्थिक परिदृष्य सार्वजनिक गर्दै गत वर्ष ५.९ प्रतिशत आर्थिक वृद्धि भएको जानकारी दिएको हो । गत वर्ष सरकारले ७.२ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य तय गरेको थियो । अघिल्लो वर्ष कृषि क्षेत्रको उच्च योगदान सहित ७.४ प्रतिशतको वृद्धि रहेकोमा २०७४ साउन/भदौमाआएको बाढीका कारण कृषि क्षेत्रको वृद्धि घट्दा आर्थिक वृद्धिमा कमी आएको एडीबीको ठहर छ । अघिल्लो वर्ष कृषि क्षेत्रको विस्तार ५.२ प्रतिशत रहेकोमा आव २०७४/७५ मा २.८ प्रतिशतले मात्र वृद्धि भएको छ । औद्योगिक क्षेत्रको वृद्धि पनि अघिल्लो वर्षको १२.४ प्रतिशतबाट झरेर आव २०७४/०७५ मा ८.८ प्रतिशतमात्रले विस्तार भएको छ । उत्पादनमूलक, निर्माण र खनिज तथा उत्खनन उपक्षेत्रमा भएको विस्तारले यस क्षेत्रमा वृद्धि भएको हो । विद्युत् आपूर्तिको राम्रो व्यवस्थापनका कारण आव २०७४÷७५ मा उत्पादन मूलक उपक्षेत्र ८.० प्रतिशतले वृद्धि भयो । तर यो पनि अघिल्लो वर्षको ९.७ प्रतिशतको वृद्धिभन्दा कम हो । भूकम्पपछिको पुनःनिर्माणमा आएको तीव्रता तथा प्रदेश एवम् स्थानीय तहहरूमा भएका अन्य निर्माणका गतिविधिका सहयोगमा निर्माण उपक्षेत्र विस्तार भएको छ । अघिल्लो वर्ष ७.४ प्रतिशतले वृद्धि भएको सेवा क्षेत्र पनि आव २०७४/०७५ मा ६.६ प्रतिशतले मात्र विस्तार भएको छ ।
अमेरिकाले व्यापार युद्ध हार्ने युरोपेली बैंककाे घाेषणा, अमेरिकनको जीवनस्तर घट्ने र रोजगारी गुम्ने
फ्रान्कफर्ट । संयुक्तराज्य अमेरिकाले व्यापार युद्धलाई व्यापक बनाउँदै लगेमा एक वर्षभित्रै अमेरिकी आर्थिक कृयाकलापहरु दुई प्रतिशतभन्दा बढीले घट्ने युरोपेली केन्द्रीय बैंक (इसीबी)का अनुसन्धाताहरुले बताएका छन् । इसीबीका अध्यक्ष मारिओ ड्रागी र विश्व व्यापार संगठनका प्रमुख रोबर्टो आज्भेडोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको “अमेरिका प्रथम” नीतिले विश्व अर्थतन्त्रमा संरक्षणवादको विजारोपण गरेको चेतावनी दिएपछि इसीबीको यस्तो प्रक्षेपण सार्वजनिक भएको हो । अमेरिका बाहेक सबैलाई समान रुपमा व्यापार युद्धमा राखिएको अवस्थामा सिर्जना हुने आर्थिक ढाँचाका बारेमा फ्रान्कफर्टस्थित इसीबीका विज्ञहरुले अध्ययन गरेका छन् । उनीहरुले वासिङ्टनले सबै आयातमा १० प्रतिशत करवृद्धि गर्ने र त्यसको जवाफमा अमेरिकासँगका व्यापारिक साझेदारले पनि त्यही शैली पछ्याउने हो भने अर्थ व्यवस्थामा नकारात्मक असर पर्ने बताएका छन् । कर वृद्धिको प्रत्यक्ष असर व्यापारमा पर्ने अवस्थामा ती अर्थशास्त्रीले सार्वजनिक तथा वित्तीय बजारको आत्मविश्वासमा देखिने प्रभावको अध्ययन गर्ने कोशिस गरेका थिए । यो विषम परिस्थितिमा विश्वको सेयर बजारमा कमी आउने र अमेरिकी बजारमा १६ प्रतिशतसम्मले गिरावट आउने छ । उनीहरुले तीन वर्षपछि कूल गार्हस्थ्य उत्पादनमा पनि एक प्रतिशतले कमी आउने प्रक्षेपण गरेका छन् । एउटा अर्थतन्त्रले करवृद्धि गर्दछ र अर्कोले प्रतिशोध राखेर करवृद्धि गर्दछ भने त्यहाँ परिस्थिति नाजुक हुनुबाहेक अर्को विकल्प छैन, अर्थशास्त्रीहरुको निचोड छ – “अमेरिकी मानिसको जीवनस्तर घट्छ र रोजगारी पनि गुम्छ ।” व्यापारमा, अमेरिकी उपभोक्ता र फर्महरुले महङ्गोमा पाइने विदेशी सामानको साटो अमेरिकी सामान नै किन्नेतर्फ लाग्छन् भएकाले अमेरिकी सामानको पनि निर्यातमा स्वाभाविक रुपमै कमी आउँछ । अमेरिकी व्यापारिक साझेदार मुलुकहरुले खरिद पनि कटौती गर्नेछन् । कम्पनीहरुले पनि लगानीमा कमी ल्याउनेछन् र कम कामदारलाई रोजगारी दिनेछन् । यहीबीच यस व्यापार युद्धमा पहिलो चरणमा चीनले जित्ने सम्भावना पनि देखिन्छ । अमेरिकासँगको व्यापारमा असर पर्ने अवस्थामा अरु मुलुकले अमेरिकी सामानको साटो चिनीया सामान खरिद गर्न सक्ने सम्भावना रहन्छ । “व्यापार युद्धको पछिल्लो परिदृश्यले नाटकीय असर अवश्य पर्नेछ,” विश्व व्यापार संगठनका प्रमुख आज्भेडोले बर्लिनमा आयोजित कार्यक्रममा भने । उनले अन्तर्राष्ट्रिय व्यापारका आधारभूत सिद्धान्तमाथि नै अमेरिकाले चुनौती निम्त्याइरहेको बताए । रासस
मंगलमद्वारा सिपिभिसि प्लस पाईपको लन्च
काठमाडौं । पाईप तथा फिटिङ्ग उत्पादन क्षेत्रमा नेपालकै अग्रणी कम्पनी मंगलम प्रा.लि. ले पहिलो पटक सिपिभिसि प्लस पाईपलाई नेपाली बजारमा ल्याएको छ । हयात रिजेन्सी होटेल, बौद्धमा यही असोज १० गतेका दिन आयोजित एक भव्य समारोह मार्फत यस पाईपको लन्च गरिएको थियो । अन्तर्राष्ट्रिय गुणस्तरको पाईप तथा फिटिङ्ग उत्पादन गर्दै आएको मंगलमका उत्पादनहरुले विगतका कयौं वर्षहरुदेखि नेपाली उपभोक्ताहरुको मन जित्दै आएको छ । समय सापेक्ष रुपमा उपभोक्ताहरुलाई नवीन उत्पादन पस्किदैं आएको मंगलमले नेपाली परिवेशमा सिपिभिसिको उपयोगितालाई मध्यनजर गर्दै प्रमाणित सिपिभिसि प्लसपाईपलाई नेपाली बजारमा भित्राएको हो । आईयासो ९००१ २००० द्वारा प्रमाणित यस सिपिभिसिप्लस पाईप तातो तथा चिसो पानी दुवैको लागि उपयुक्त रहेको छ । दरिलो तथा नबाङ्गिने कच्चा पदार्थ प्रयोग गरी उत्पादित यस सिपिभिसि प्लसपाईपलाई क्लोरिन पानीले कुनै पनि असर पु¥याउने छैन । आगो र खिया प्रतिरोधक यस पाईप किफायती समेत रहेको छ ।