विकासन्युज

वेस्टर्न युनियनले ल्यायो ‘खुसीको पर्व’ योजना

काठमाडौं, भुक्तानी सेवा कम्पनी वेस्टर्न युनियन मनी ट्रान्सफरले आउँदै गरेको बिजया दशमी, दीपावली तथा छठका अवसरमा ग्राहकहरु माझ ‘खुसीको पर्व’ योजना ल्याएको छ । खुसीको पर्व योजना अन्तर्गत आम नेपालीका आफन्तले बिदेशबाट पठाएको रकम प्राप्त गर्दा उपहार स्वरुप रकम नै प्राप्त गर्नेछन् । यस खुसीको पर्व योजनामा सहभागी हुनको लागी वेस्टर्न युनियन सात वटा मुख्य एजेन्टहरु अन्नपूर्ण ट्राभल, सीजी फिन्को, हुलास रेमीट, माया रेमिट, नबिल बैक, डिजीटेक रेमिट्यान्स, सूर्य रेमिट र तिनका नेपालभरका सब एजेन्ट मार्फत रकम प्राप्त गर्नु पर्नेछ । यस योजनामा लक्कि ड्र मार्फत हरेक दिन १ जना भाग्यशाली विजेताले दैनिक १५ हजार रुपैयाँ जित्नेछन् । अन्तमा एक जना भाग्यशाली बिजेताले बम्पर उपहार स्वरुप ५ लाख रुपैयाँ  जित्नेछन् । खुसीको पर्व योजना यहि असोज ७ गतेदेखि कात्तिक मसान्तसम्म लागु गरिएको कम्पनीले जनाएको छ ।                

सिद्धार्थ बैंक र ओम हस्पिटलबीच सम्झौता

काठमाडौं। सिद्धार्थ बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर, चाबहिलबीच स्वास्थ्य सेवा छुट सम्बन्धि सम्झौता भएको छ । बैंकका कर्मचारी तथा कर्मचारीका परिवार, सिद्धार्थ क्रेडिट कार्डवाहक तथा कार्डवाहकका परिवार र बैंकका सम्पूर्ण ग्राहकले अस्पतालमा विभिन्न स्वास्थ्य सेवा लिंदा छुट प्राप्त गर्न सक्ने छन् । सम्झौतापत्रमा सिद्धार्थका तर्फबाट पेमेन्ट सलुसन्सका प्रमुख सुरेसराज मर्हजन र ओमका तर्फबाट प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले हस्ताक्षर गरेका छन्। यसअन्तर्गत बैंकका ग्राहकहरुले डेविट कार्ड, प्रिपेड कार्ड र सिद्धार्थ क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा विशेष छुट उपभोग गर्न सक्नेछन्।

माछापुच्छ्रे बैंकको थप २ शाखा रहित बैंकिङ सेवा संचालनमा

काठमाडौं। माछापुच्छ्रे बैंकले इलाम र म्याग्दीमा शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले इलामको साँखेजुङ् र म्याग्दीको रघुगंगा गाँउपालिकास्थित राखु भगवतीमा थप शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको हो । यो सहित बैंकको हालसम्म २९ शाखा रहित बैंकिङ सेवा सुचारु भईसकेको बैंकले जनाएको छ । ग्राहक सेवा केन्दको रुपमा संचालित उक्त शाखा रहित सेवा केन्दहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूत्तानीका साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ । बैंकले पुर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २९ शाखारहित समेत गरी जम्मा ११७ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेका छन ।

माधवकुमार नेपालको आरोप, सरकार भ्रष्टाचार कम गर्न असफल भयो

काठमाडौ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकार भ्रष्टाचार न्यूनीकरण गर्न चुकेको बताएका छन्। सत्ता पक्ष दलको प्रमुखको हैसियतले बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले जनता भ्रष्टाचारमुक्त प्रशासन चाहन्थे तर ७ महिनामा जनतालाई सुशासनको अनुभूति हुन नसकेको जिकिर गरे। उनले विकास निर्माणमा ठेकेदारले गुणस्तरहीन काम गरेको तथा जनताको जनजीविकासँग जोडिएको गाँस, बास कपास, शिक्षा, स्वास्थ्य र सुरक्षामा सन्तोषजनक उपलब्धि प्राप्त हुन नसकेको बताए। चालू दोस्रो अधिवेशनको ७९ औँ बैठकलाई सम्बोधन गर्दै नेता नेपालले ‘विकास निर्माणमा आबद्ध ठेकेदार बेपत्ता हुनु, कालोसूचीमा परेका भ्रष्टहरु पुरस्कृत हुनु र महिला हिंसा बढ्दै जानु’ सरकारप्रतिको जनविश्वास गुम्दै गएको उनको दावी थियो । संसद्का बैठकमा सांसदहरुले सरकारको काम कारवाहीप्रति गरेका ध्यानाकर्षणका विषय सफलतापूर्वक कार्यान्वयन हुन नसक्नुले पनि सरकारप्रति जनताको नकारात्मक प्रभाव बढ्दै गएको उनको गुनासो थियो । उहाँले केही विकास विरोधीले विमानस्थल, जलविद्युत् परियोजना र सडक निर्माण गर्न अवरोध पु¥याएको आरोप लगाए। रासस

जनता बैंकको नयाँ सेवा, अनलाइनबाट खाता खोल्ने सकिने

काठमाडौं। जनता बैंकले अनलाइनबाट खाता खोल्ने सुविधा संचालनमा ल्याएको छ । जनता बैंकको बेभ साइटमा लगअन गरी स्वदेश तथा बिदेशको कुनै पनि स्थानबाट बैंकको देश भरी रहेका १२३ ओटै शाखामा खाता खोल्न सकिने छ । यस सुविधाबाट देशको कुनै पनि भौगोलिक दुरीमा अथवा विदेशमा रहेका नेपालीहरुले सजिलै जनता बैंकको सेवा प्राप्त गर्न सक्ने विश्वास लिइएको छ । यो सेवा हाल व्यक्तिगत खाता खोल्नको लागि मात्र प्रयोग गर्न सकिने छ । अनलाइनबाट खाता खोलेपछि ग्राहकको खाता नम्बर र आवश्यक जानकारी ब्यक्तिगत इमेलमा पठाइने बैंकले जनाएको छ । यस विधिबाट खोलिएको खातामा प्रचलित कानुन बमोजिम तुरुन्तै कारोबार संचालन गर्न सकिने छ । चेक प्राप्त गर्न तथा खाताबाट रकम ट्रान्सफर गर्नको लागि एक पटक ग्राहकले सम्बन्धित शाखामा सम्पर्क गरी फाराममा हस्ताक्षर गर्नुपर्नेछ ।

आशा लघुवित्तको ५ स्थानमा शाखा विस्तार

काठमाडौं। आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले एकैदिन थप पाँच वटा शाखा विस्तार गरेको छ । थप गरिएका शाखा कार्यालयहरु सुर्खेतको गुर्भाकोट नगरपालिका, कैलालीको गौरीगंगा नगरपालिका, बाराको आदर्श कोटवाल गाउँपालिका, पर्साको पटेर्वा सुगौली गाउँपालिका तथा रौतहटको मौलापुर नगरपालिकामा स्थापना गरिएका छन् । वित्तीय संस्थाको शाखाहरुको संख्या ४१ पुगेको छ । साथै वित्तीय संस्थाले सातैवटा प्रदेशहरुमा शाखाहरु विस्तार गरेको छ । स्थानीय जनप्रतिनिधिहरुको सहभागीतामा शाखाहरुको उद्घाटन गरिएको छ । गुर्भाकोट नगरपालिकामा नगर प्रमुख  हस्तबहादुर पुन, गौरिगंगा नगरपालिकामा वडा नं ९ का वडा अध्यक्ष  हरिप्रसाद तिवारी, आदर्श कोटवाल गाउँपालिकाका प्रमुख मुस्तफा अन्सारी, पटेर्वा सुगौली गाउँपालिकामा प्रमुख हरिनारायण चौधरी थारु तथा मौलापुर नगरपालिकामा नगर उपप्रमुख गौरीशंकर प्रसाद जयसवालले शाखा कार्यालयहरु उद्घाटन गरे।

काठमाडौ जिल्ला अदालतबाट धरौटीमा छुट्ने बित्तिकै २ उपसचिवलाई फेरी अख्तियारले पक्रियो

काठमाडौं । काठमाडौं जिल्ला अदालबाट धरौटीमा छुटेका २ उपसचिव फेरी पक्राउ परेका छन् । बुधबार धरौटीमा छुट्ने बित्तिकै अख्तियार दुरुपयोग अनुसन्धान अायाेगले उनीहरूलाइ पुनः पक्राउ गरेको हो । भारतीय व्यवसायी रामनिरञ्जन जटहियाको शंकर इलेक्ट्रोनिक्स कम्पनीको सेयर ट्रान्फरमा मिलेमतो गरेको भन्दै अख्तियारले उप- सचिवद्धय धर्मराज रोकाय र गंगाधर पौडेललाई पक्राउ गरको हो । यसअघि सरकारी वकिलको कार्यालयले कम्पनी रजिष्ट्रारको ६ जना कर्मचारीमाथि कारबाहि प्रक्रिया अघि बढाउन अख्तियारलाई पत्र काटेको थियो । रोकाय र पौडेललाई बुधबार नै पक्राउ गरेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताए । उनका अनुसार अब उनीहरु विरुद्ध भ्रष्ट्राचार ऐन अनुसार कारबाही प्रक्रिया अघि बढ्नेछ । ७० करोड रूपैयाँ घोटला काण्डका दोषीहरुमाथी मंगलबार नै अदालतले ६ जना कर्मचारीलाई ४ लाख ५० हजार धरौटी लिई रिहा गरेको थियो भने ८ जनालाई थुनामा राख्न आदेश दिएको थियो । गत भदौ १७ गते कम्पनी रजिष्ट्रार कार्यालयमा सीआईबीले छापा मारेको थियो । सोहि दिन ४ जना कर्मचारीलाई पक्राउ गरेको थियो भने २ जना उपसचिव फरार रहेका थिए । दुई जना उपसचिवले फैसला हुन भन्दा १ दिन आफैं अदालतमा उपस्थित भएका थिए ।

सेयर बजारमा दोहोरो अंकको गिरावट, प्रभु बैंकको सबैभन्दा बढी कारोबार

काठमाडौं । साताको अन्तिम दिन सेयर बजार सम्हालिन नसक्दा दुई अंकले गिरावट आएको छ । बिहीबार बजार १०.५६ अंकले घटेको छ । बुधबार पनि बजार सामान्य गिरावट आएको थियो । बिहीबार बजार १ हजार २६७ अंकमा झरेको छ । होटल र उत्पादनमुलक क्षेत्रको सेयर मूल्य केही बढेपनि बैंक, वित्त, जलविद्युत, बीमा क्षेत्रको घटेको छ । बजार घटेपछि कारोबार रकम पनि घटेर ५७ करोड २६ लाख रुपैयाँमा झरेको छ । बुधबार ९१ करोड रुपैयाँको कारोबार भएको थियो । बजार घटे पनि प्रभु बैंकको सबैभन्दा बढी सेयर किनबेच भएको छ । प्रभुको प्रतिकित्ता २३९ रुपैयाँमा ४ करोड ६९ लाख १५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।