
काठमाडौं। जनता बैंकले अनलाइनबाट खाता खोल्ने सुविधा संचालनमा ल्याएको छ । जनता बैंकको बेभ साइटमा लगअन गरी स्वदेश तथा बिदेशको कुनै पनि स्थानबाट बैंकको देश भरी रहेका १२३ ओटै शाखामा खाता खोल्न सकिने छ ।
यस सुविधाबाट देशको कुनै पनि भौगोलिक दुरीमा अथवा विदेशमा रहेका नेपालीहरुले सजिलै जनता बैंकको सेवा प्राप्त गर्न सक्ने विश्वास लिइएको छ । यो सेवा हाल व्यक्तिगत खाता खोल्नको लागि मात्र प्रयोग गर्न सकिने छ । अनलाइनबाट खाता खोलेपछि ग्राहकको खाता नम्बर र आवश्यक जानकारी ब्यक्तिगत इमेलमा पठाइने बैंकले जनाएको छ । यस विधिबाट खोलिएको खातामा प्रचलित कानुन बमोजिम तुरुन्तै कारोबार संचालन गर्न सकिने छ । चेक प्राप्त गर्न तथा खाताबाट रकम ट्रान्सफर गर्नको लागि एक पटक ग्राहकले सम्बन्धित शाखामा सम्पर्क गरी फाराममा हस्ताक्षर गर्नुपर्नेछ ।