आशा लघुवित्तको ५ स्थानमा शाखा विस्तार

<p>काठमाडौं। आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले एकैदिन थप पाँच वटा शाखा विस्तार गरेको छ । थप गरिएका शाखा कार्यालयहरु सुर्खेतको गुर्भाकोट नगरपालिका, कैलालीको गौरीगंगा नगरपालिका, बाराको आदर्श कोटवाल गाउँपालिका, पर्साको पटेर्वा सुगौली गाउँपालिका तथा रौतहटको मौलापुर नगरपालिकामा स्थापना गरिएका छन् । वित्तीय संस्थाको शाखाहरुको संख्या ४१ पुगेको छ । साथै वित्तीय संस्थाले सातैवटा प्रदेशहरुमा शाखाहरु [&hellip;]</p>

काठमाडौं। आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले एकैदिन थप पाँच वटा शाखा विस्तार गरेको छ । थप गरिएका शाखा कार्यालयहरु सुर्खेतको गुर्भाकोट नगरपालिका, कैलालीको गौरीगंगा नगरपालिका, बाराको आदर्श कोटवाल गाउँपालिका, पर्साको पटेर्वा सुगौली गाउँपालिका तथा रौतहटको मौलापुर नगरपालिकामा स्थापना गरिएका छन् । वित्तीय संस्थाको शाखाहरुको संख्या ४१ पुगेको छ । साथै वित्तीय संस्थाले सातैवटा प्रदेशहरुमा शाखाहरु विस्तार गरेको छ ।

स्थानीय जनप्रतिनिधिहरुको सहभागीतामा शाखाहरुको उद्घाटन गरिएको छ । गुर्भाकोट नगरपालिकामा नगर प्रमुख  हस्तबहादुर पुन, गौरिगंगा नगरपालिकामा वडा नं ९ का वडा अध्यक्ष  हरिप्रसाद तिवारी, आदर्श कोटवाल गाउँपालिकाका प्रमुख मुस्तफा अन्सारी, पटेर्वा सुगौली गाउँपालिकामा प्रमुख हरिनारायण चौधरी थारु तथा मौलापुर नगरपालिकामा नगर उपप्रमुख गौरीशंकर प्रसाद जयसवालले शाखा कार्यालयहरु उद्घाटन गरे।

Share News