विकासन्युज

खानेपानी र सरसफाइमा एडीबीको १३ अर्ब ऋण, २० नगरपालिकामा योजना सुरु हुने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले २० नगरपालिकामा खानेपानी आपूर्ति र सरसफाइका लागि १३ अर्ब रुपैयाँ ऋण सहयोग दिने भएको छ । एडीबीको बोर्डले नेपाललाई १३ करोड डलर ऋण दिने प्रस्तावलाई स्वीकृत गरेको छ । नेपालमा जलवायु परिवर्तनले खानेपानी र सरसफाइमा समस्या बन्दै गएको भन्दै सफा पानी र सरसफाइमा जोड दिन एडीबीले ऋण सहयोग स्वीकृत गरेको जानकारी दिएको छ । २ वर्षअघिसम्म नेपालमा १६ प्रतिशत जनसंख्यामा मात्र गुणस्तरिय खानेपानी आपूर्ति भएको त्यसमध्ये १५ प्रतिशत राष्ट्रिय गुणस्तर मापदण्ड पुरा गरेको एडीबीले जनाएको छ ।

भारतद्वारा क्षेप्यास्त्रको सफल परीक्षण

नयाँदिल्ली । भारतले अस्त्र नामको आकाशबाट आकाशमै मार हान्नसक्ने भारतमै निर्मित क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको छ । भारतको पूर्वी उडिसा प्रान्तको तटीय क्षेत्रमा बुधबार अपराह्न क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरिएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ । भारतीय वायू सेनाको एसयू–३० लडाकू बिमानबाट उक्त क्षेप्यास्त्र परीक्षण गरिएको थियो । परीक्षण गरिएको क्षेप्यास्त्रले सही निशानामा प्रहार गरेको पनि मन्त्रालयले जनाएको छ । भारत सरकारको स्वामित्वमा रहेको प्रतिरक्षा अनुसन्धान तथा विकास संस्थाले पहिलोपटक आकाशबाट आकाशमै मार हान्न सक्ने उत्कृष्ट र अभेद्य क्षेप्यास्त्र निर्माण गरेको बताइएको छ । नयाँ क्षेप्यास्त्रले फरकफरक दूरी र २० देखि ८० किलोमिटर उचाइका क्षेत्रमा अचूक निशाना लगाउन सक्ने भारतीय रक्षा मन्त्रालयले जनाएको छ । रासस/सिन्हवा

शाश्वतधामलाई बेस्ट टुरिस्ट डेस्टिनेसन अवार्ड, दर्शनको लागि मासिक ढेड लाख पर्यटक पुग्ने

काठमाडौं । शाश्वतधामले ‘बेस्ट टुरिस्ट डेस्टिनेसन अफ नेपाल’ अवार्ड प्राप्त गरेको छ । विश्वपर्यटन दिवस २०७५ को अवसरमा सँस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयद्वारा आयोजित समारोहमा सोही मन्त्रालयका मन्त्री रविन्द्र अधिकारीले शाश्वतधामलाई अवार्ड प्रदान गरेका छन् । समारोहमा पर्यटन राज्यमन्त्री धनबहादूर बुढा, पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपक जोशी लगायतपर्यटन क्षेत्रका अधिकारीहरुको उपस्थिति थियो । नेपालको पर्यटन प्रवर्धनमा उत्कृष्ट योगदान पु¥याए वापत शाश्वतधामले उक्त अवार्ड प्राप्त गरेको हो । शाश्वतधाममा नेपालका अतिरिक्त भारतीय पर्यटकहरूको समेत घुईचो लाग्ने गरेको छ । नेपाल भ्रमणमा आउने विश्वका पर्यटकहरूले समेत पछिल्लो समय शाश्वतधामलाई आफ्नो गन्तब्य बनाउदै आएका छन् । ‘शाश्वतधाम स्थापनाको छोटो समयमै नेपालको पर्यटन उद्योगमा उच्च योगदान पु¥याउन सकेकोमा हामीलाई खुसी लागेको छ । सम्मानका लागि सँस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई हार्दिक धन्यवाद दिन्छु’ शाश्वतधामका फाउण्डिङ ट्रष्टी एवं चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीको भनाई उल्लेख गर्दै चौधरी ग्रुपका महाप्रबन्धक मधुसुधन पौडेलद्धारा जारी गरेको विज्ञप्ती उल्लेख गरिएको छ । चौधरीले भनेका छन्–‘शाश्वतधाममा सम्पदाहरू थपिने क्रम जारी रहेको र भविष्यमा नेपालको प्रमुख पर्यटकीय गन्तव्यमा सूचिकृत हुनेछ भन्ने हाम्रो विश्वास छ ।’ शाश्वतधाम धार्मिक पर्यटकीय केन्द्रका रूपमा स्थापित हुदै गएको छ । हाल यहाँप्रतिमहिना डेढ लाखसम्म पर्यटकहरू आउने गरेको बताइएको छ ।

इन्दिरा, बाग्मती र लुम्बिनी चिनी उद्योगले दिएनन कृषकको ४५ करोड भुक्तानी

काठमाडौं । पश्चिम नवलपरासीका किसान उखुको भुक्तानीबाट वञ्चित भएका छन् । यहाँका चिनी उद्योगले किसानलाई रु ४५ करोड भुक्तानी गर्न बाँकी रहेको छ । रकम नपाएपछि किसान आन्दोलनको तयारीमा जुटेका छन् । किसानले चिनी उद्योगबाट अघिल्लो वर्षको बक्यौता रकम पाउनुपर्ने, यस वर्ष समयमै उखुको मूल्य निर्धारण गरिनुपर्नेलगायत माग राख्दै आएका छन् । उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादवका अनुसार उखु मिलले अघिल्लो वर्ष खरीद गरेको रकम किसानलाई भुक्तानी गर्न आलटाल गर्दै आएका छन् । जिल्लाका इन्दिरा सुगर उद्योग, वाग्मती खाडसारी चिनी मिल र लुम्बिनी चिनी मिलबाट किसानले भुक्तानी पाउन बाँकी छ । वाग्मती चिनी मिलले रु २६ करोड, इन्दिरा सुगर मिलले रु १७ करोड तथा लुम्बिनी चिनी मिलले रु दुई करोड भुक्तानी दिन बाँकी रहेको समितिका सचिव बन्दुप्रसाद बरइले जानकारी दिए । “उखु क्रसिङ गरेको ६ महीना बित्दा पनि किसानसँग उधारोमा किनेको उखुको भुक्तानी रकम उद्योगले दिएका छैनन्,” किसानले प्रतिक्विन्टल रु ५३६ का दरले भुक्तानी पाउन बाँकी छ । जिल्लामा कूल सात हजार ५०० हेक्टर क्षेत्रफलमा उखु खेती गर्ने गरिन्छ । पश्चिम नवलपरासीमा करीब १८ लाखदेखि २० लाख क्विन्टलसम्म उखु उत्पादन हुने गरेको समितिले जनाएको छ । रासस

कक्षा १ देखि नै कृषि विषयमा पढार्इ, बालबालिकालार्इ कफी, अलैँची, कागती,अदुवा खेती सिकार्इदै

काभ्रेपलाञ्चोक ।  इ–भिलेजको नामले परिचित काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिकामा कक्षा १ देखि ८ सम्म नै ऐच्छिक कृषि विषयको अध्यापन भइरहेको छ । साे नगरपालिकामा  स्थानीय पाठ्यक्रम अन्तर्गत यस शैक्षिक सत्रदेखि कृषि शिक्षा लागू गरिएको छ । स्थानीय बालबालिकाले कक्षा ८ सम्म कृषि विषय लिएर पढ्दा आफ्नै गाउँठाउँमा पराम्परागत बाहेक व्यावसायिक रुपमा उत्पादन गर्न सकिने कफी, अलैँची, कागती र अदुवा खेतीमा सघाउन सकून् भनेर स्थानीय पाठ्यक्रम कृषि शिक्षा लागू गरिएको हो । यसका लागि एक्सन एडले रु ५ लाख सहयोग गरेको थियो । एक्सन एडका नेपाल निर्देशक सुजिता शाक्यले भन्छन्-नेपालको सन्दर्भमा कृिष जनशक्ति उत्पादन गर्नु निकै चुनौतीपूर्ण छ तर इ–भिलेजले प्रस्ताव ग¥यो, हामीले सहयोग गर्ये ।” उनका अनुसार स्थानीय विद्यालयमा लागू गरिने १०० पूर्णाङ्कको सीपमूलक कृषि शिक्षाले इ–भिलेजमा ठूलै फड्को मार्नेछ । तत्कालीन सात गाविसलाई इ–भिलेज बनाउन शैक्षिक ग्रामीण विकास केन्द्रले पाठ्यक्रम विकास केन्द्र, जिल्ला शिक्षा कार्यालय, शैक्षिक तालीम केन्द्र, जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशुसेवा कार्यालय तथा शिक्षाविद्को सल्लाहमा आधारभूत तह (१–८) सम्म स्थानीय कृषि शिक्षाको पाठ्यक्रम तयार गरेको हो । यससँगै आउँदो शैक्षिक सत्रमा कक्षा ९ हुँदै कक्षा १० सम्म कृषि पाठ्यक्रम लगिनेछ । केन्द्रले स्थानीय कृषि शिक्षाका लागि कक्षा १ देखि ५ सम्म शिक्षक निर्देशिकासमेत तयार पारिसकेको छ । पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि इ–भिलेजका ४८ वटा उच्च मावि, निमावि र प्राविमा लागू गरिएको हो । यसका लागि तत्कालीन जिल्ला शिक्षा कार्यालयसँग सम्झौता गरिएको थियो । इ–भिलेजमा सरकारीे पुस्तकमा केन्द्रित अध्यापन प्रणालीको बदला ‘इनोभशन’ र ‘क्रिएशन’मा जोड दिन खोजिएको केन्द्रका अध्यक्ष कृष्णप्रसाद सापकोटाले बताए । उनी भन्छन्– “सरकारी पाठ्यक्रम सीपमूलक भएन भन्ने ठानेर हाम्रै पाठ्यक्रम निर्माण गरी कृषि शिक्षा दिन लागेका हौँ ।” उनका अनुसार यस क्षेत्रमा ७० प्रतिशत विद्यार्थी कृषि विषय लिएर पढिरहेका छन् । कृषि विषयका लागि सहयोग नियोकले पहिलो चरण २७ वटा विद्यालयका २/२ जना शिक्षकलाई तालीम दिएको थियो । सरकारले विसं २०४० सालमा अनिवार्य कृषि शिक्षा हटाई ऐच्छिक विषय बनाएको थियो । नगरपालिकाका प्रमुख टोकबहादुर वाइबा सीपमूलक कृषि शिक्षा स्थानीय स्तरमा उपयोगी हुने बताउछन् । उनी भन्छन् “यो शिक्षा निकै चुनौतीपूर्ण छ नै तर, उपयोगी शिक्षा हो ।’ यसअघि इ–भिलेजको प्रत्येक सरकारी विद्यालयमा इन्टरनेट सुविधा, इ–लाइबे्ररीमा अन्तक्र्रियात्मक पढाइ, पशुपालन तथा कृषिको स्थानीय पाठ्यक्रम, स्वास्थ्य चौकीमा इ–मेडिसिन लागू गरिएको थियो । शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा प्रविधियुक्त गाउँ बनाउने अभियानअन्तर्गत मण्डन देउपुर नगर क्षेत्रका जैसिथोक, महादेवस्थान, चण्डेनी र ज्याम्दी, नयाँगाउँ, गैरीबिसौना र वालुवापाटी गाउँलाई ग्रीन भिलेज बनाउने अवधारणा ल्याइएको हो । यी गाविसलाई ‘इ–भिलेज’ नाम दिएर काभे्रपलाञ्चोकको उत्तरपूर्वी क्षेत्रलाई ५ वर्षअघि केन्द्रले इ–एजुकेशनको नामबाट ती गाउँमा एकैसाथ काम थालेको थियो । प्रविधि सञ्जालका रुपमा विकसित भएको यहाँका विद्यालयमा इ–एजुकेशनका लागि नपाका उच्च मावि, मावि, निमावि र प्रावि गरी ४८ वटा विद्यालयमा कम्प्युटर तथा इन्टरनेट उपलब्ध गराइएको छ । यी गाउँमा सूचना–प्रविधिसँगै हरियाली विकास गर्न संस्थाले ७०० रोपनी जमीनमा कफी खेती तथा १५० रोपनी जमिनमा इलाइची खेती गरेको छ । केन्द्राध्यक्ष सापकोटाले भने – “सबै गाविसका खाली जमीनमा यी खेती विस्तार गरी इ–भिलेजसँगै ग्रीन–भिलेज बनाइने योजना छ ।” उहाँका अनुसार यहाँका विद्यार्थी र अभिभावकको सहयोगमा कृषकले सूचना–प्रविधिसँगै व्यावसायिक खेती गरी हरियाली गाउँमा रमाउँदै शिक्षण खर्च पनि जुटाउने उद्देश्यका साथ ग्रीन–भिलेज कार्यक्रम शुरु गरिएको हो । यसअघि, मण्डनको डेडिथुम्का उच्च माविमा केन्द्र बनाई मण्डन देउपुर नपाका सात वटा माविलाई उपकेन्द्र बनाई इन्टरनेट सञ्जाल विस्तार गरिएको थियो । केन्द्रको इ–एजुकेशन, इ–मेडिसिन र इ–एग्रीकल्चर कार्यक्रम सञ्चालनमा वायरलेस प्रविधिज्ञ महावीर पुनले सहयोग गरेका थिए । ‘कनेक्टिभिटी’का लागि नगरकोट र चण्डेनी मण्डनस्थित उमा सहशिक्षालय माविमा टावर राखिएको छ । इ–मेडिसिनका लागि धुलिखेल अस्पतालले स्थानीय स्वास्थ्य चौकीको समन्वयमा टेलिमेडिसिन तथा इ–एग्रीकल्चरका लागि सात वटै गाविसमा कृषि सूचना केन्द्र स्थापना गरिएको छ । जिल्लाको सबै नपा तथा गाउँपालिकामा यस्तै सञ्जाल जोड्ने अभियानमा केन्द्र छ । मण्डन देउपुर नपाका सबै उच्च मावि र माविले कम्प्युटर विज्ञान र सूचना प्रविधिबारे शिक्षा दिइरहेका छन् । इन्टरनेटका लागि अन्य विद्यालयमा कम्प्युटर तथा प्रिन्टर, फोटोकपी र फ्याक्स मेसिन, इ–मेडिसिनका लागि सात वटै स्वास्थ्य केन्द्रमा ल्यापटप व्यवस्था गरिएको छ । उमा सह–शिक्षालय उमाविका प्रधानाध्यापक शालिकराम श्रेष्ठ भन्छन् – “शिक्षकहरु कम्प्युटर ल्याबमा बसी पाठ्यक्रमबारे थप जानकारी लिनुहुन्छ । साथसाथै विद्यार्थीलाई कम्प्युटर शिक्षा पनि दिइँदै आइएको छ ।” यहाँका बासिन्दाले इ–बुलेटिनमार्फत विश्वको सूचना सजिलै पाउनाका साथै स्वास्थ्य र कृषि उत्पादन तथा बजारबारे समेत जानकारी लिनसक्ने गरी सम्पूर्ण विद्यालय तथा सात स्थानमा टेलिसेन्टर स्थापना गर्ने योजना बनाइएको केन्द्रका अध्यक्ष सापकोटा बताए । हाल केन्द्र र उपकेन्द्रबाहेकका विद्यालयले भने लेखा तथा प्रशासनिक काम कम्प्युटरबाट गरिरहेका छन् । तेह्र वटा माविमा विज्ञान प्रयोगशाला व्यवस्थित गरिएको छ । अहिले यी क्षेत्रका सबै विद्यालयमा डिजिटल यन्त्रबाट शिक्षकहरु हाजिर गर्छन् । रासस

चमेली कल्याणकारी बचत सहकारीकाे १५ प्रतिशत लाभांश वितरण

काठमाडौं । चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७४÷७५ मा रु ९५ लाख नौ हजार मुनाफा आर्जन गरेको छ । सूर्यविनायक नगरपालिका– १ र ४ को सिमाना बिरुवामा रहेको सो सहकारीको १६औँ वार्षिक साधारणसभामा संस्थाका अध्यक्ष जनार्दन न्यौपानले शेयरधनी र सदस्यको मन जित्दै अगाडि बढ्न सफल भएकै कारण मुनाफा वृद्धि गर्न सफल भएको बताए । विसं २०७५ असार मसान्तसम्म शेयर पूँजी रु दुई करोड ७१ लाख १४ हजार पु¥याएको सहकारीले एक वर्षमा कूल रु ३६ करोड, २२ लाख ७५ हजार कारोवार गरेको छ । अध्यक्ष न्यौपानले सदस्यको चाहनाअनुसार विविध प्रकृतिका बचत तथा ऋणका कार्यक्रम ल्याएर बजार विस्तार गर्दै ब्याजदर, पुनरावलोकन र समायोजन एवं सदस्यलाई आयमूलक तथा व्यावसायिक ऋणमा सहयोग गर्दै आएको बताए । संस्थाका सचिव प्रमोद घिमिरेले संस्थाका सदस्यमा रु २८ करोड ११ लाख ७९ हजार ऋण लगानी गरेको र ऋणि सदस्यबाट साँवा ब्याज भुक्तानीमा विलम्ब हुनु, आयमूलक र सीपमूलक तालीम प्रदान गरी सदस्यलाई व्यावसायिक बनाउन नसक्नु चुनौती भएको बताए । संस्थाका कोषाध्यक्ष शालिकराम घिमिरेका अनुसार चालू आवमा संस्थाको बचत रु छ करोड २० लाख ९४ हजार वृद्धि गर्दै रु २८ करोड ९३ लाख ४१ हजार ८७६ पुगेको बताए । संस्थाको शेयर लाभांश कोषबाट २०७४ पुस मसान्तसम्म शेयर सदस्यलाई शेयर रकमको १५ प्रतिशत लाभांश वितरण गरिएको छ । कार्यक्रममा नेफ्स्कुनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले सहकारी संस्थाबीच अस्वस्थ प्रतिस्पर्धा बढ्नु तथा कानूनी जटिलताको कारण सेवा केन्द्र र कार्य क्षेत्र विस्तार गर्न नसक्नु सहकारी संस्थाका लागि चुनौती बन्दै आएको बताए । उनले आवश्यकताअनुसार सहकारी संस्था मर्ज गर्दै ठूलो पूँजीको विस्तार गरी सेवामूलक ढङ्गले सहकारी अगाडि बढ्नुपर्नेमा जोड दिए । सो अवसरमा सूर्यविनायक नगरपालिकाका सहकारी अधिकृत लीलादेवी प्रसाई, जिल्ला सहकारी संस्थाका प्रतिनिधि रामचन्द्र प्रजापति, जिल्ला बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधि बालमुकुन्द उपाध्याय, त्रिवेणीश्वर सामुदायिक साकोसका प्रतिनिधि हरिबोल न्यौपानेलगायतले सहकारी नाफामुखीभन्दा सेवामुखी हुनसके सदस्य व्यवसायीकरणमा जान सक्ने बताए। नयाँ कार्यसमिति चयन संस्थाको १६औँ साधारणसभाले आगामी चार वर्षका लागि उद्धवप्रसाद चौलागाईको अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालक समिति निर्विरोध चयन गरेको छ । समितिको उपाध्यक्षमा चन्द्रराज खड्का, सचिवमा मीठाराम न्यौपाने, कोषाध्यक्षमा सालिकराम घिमिरे तथा सञ्चालक सदस्यमा विशेश्वर चौलागाई, सहदेव न्यौपाने, मीना खड्का, नवराज घिमिरे, दीपककुमार न्यौपाने, विनु श्रेष्ठ र श्रीराम न्यौपाने तथा लेखा सुपरिवेक्षण समितिको संयोजकमा प्रमोद घिमिरे, सदस्यमा तीर्थराज चौलागाई र सन्तोष कार्की चयन भएका छन् । रासस

एलजीको चाडपर्वको विषेश छुट योजना

काठमाडौं। शुभ दशैं, तिहार तथा छुट महान पर्वलाई लक्षित गरि एल जि ले विषेश चाडपर्व छुट योजना बजारमा ल्याएको छ। यस योजना अन्तर्गत प्रत्येक सामानको खरिदमा ३६∞ सम्म रकम छुट र आकर्षक उपहार पाईने छ । एल जि को  ६५”/५५” OLED  तथा SUH को खरिदमा साउनड बार साथै ५५”÷४५”UHD को खरिदमा अडियो सिस्टम , त्यसैगरि ४३”/४५” का स्मार्ट टिभीमा म्याजिक रिमोट र ४३” UHD र ४५” स्मार्टमा ब्लुटूथ स्पिकर  तथा ३६∞ सम्म रकम फिर्ता पाईने छ । एल जि को प्रत्येक स्मार्ट तथा LED टिभीको खरिदमा  बचत तथा २ बर्षको वारेन्टी  रहेको छ । एल जि को म्युजिक सिस्टमको खरिदमा २५ प्रतिसत क्यास ब्याक रहेक छ भने रेफ्रिजेनेटरको खरिदमा भ्याकुम क्लिनर तथा पिज्जा मेकर वा मिक्सर ग्राइन्डर रहेको छ। साथै वासिङ मेसिनको खरिदमा एल जि को सुपर कुकर तथा ड्राइ आईरन पाईने छ। माईक्रो वेभ खरिद गर्दा कुकिङ किट र एसीको खरिदमा ईनस्टलेसन रहेको छ। प्रत्येक OLED, SUHD, UHD तथा स्मार्टमा फ्री नेट टिभी/ लाईभ च्यानल रहेको छ। यो योजना नेपाल भरी असोज ११ गते देखि सिमित अवधिको लागी मात्र लागु गरिएको छ ।

२४ अर्बकाे २ वाइडबडी खरिद प्रकरणमा अनियमितताबारे छानबिन गरिने

  काठमाडौं । २४ अर्ब खर्च गरेर नेपाल वायु सेवा निगमले ल्याएको दुई वाइडबडी जहाज खरिद प्रक्रियाको अध्ययन हुने भएको छ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले निगमका वाइडबडी विमान खरीद प्रकरणमा अनियमितता भएको भन्ने विषयमा अध्ययन गर्ने भएको छ । समितिको आजको बैठकमा सांसदले वाइडबडी खरीदमा अनियमितता भएको भन्ने विषयमा सम्बन्धित अधिकारीसँग आवश्यक छलफल गर्नुपर्ने सुझाव दिएका छन् । उनीहरुले महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनको बेरुजु सम्बन्धमा अध्ययन गरी असुलउपर गर्नुपर्ने रकम असुल गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुपर्ने बताएका थिए । सांसदले महालेखा परीक्षकको लेखा परीक्षणको प्रभावकारिताका सम्बन्धमा समेत चासो राखेका थिए । महालेखा परीक्षकको कार्यालयले समेत वाइडबडी खरीद अनियमितता सम्बन्धमा प्रतिवेदन तयार गरेको छ । समितिको शुक्रबार बस्ने बैठकले वाइडबडी खरीद प्रकरण र अन्य बेरुजुका बारेमा महालेखा परीक्षकसँग छलफल गर्ने समिति सभापति भरतकुमार शाहले जानकारी दिए । बैठकमा हृदयेश त्रिपाठी, विरोध खतिवडा, राजेन्द्रकुमार केसी, प्रेमबहादुर आले, पुष्पाकुमारी कर्ण कायस्त, धर्माशिला चापागाईलगायतले वाइडबडी विमान खरीद अनियमितता, बेरुजु फछ्र्योट, द्रुतमार्ग निर्माणलगायत विषयमा चासो व्यक्त गरेका थिए ।