खानेपानी र सरसफाइमा एडीबीको १३ अर्ब ऋण, २० नगरपालिकामा योजना सुरु हुने

<p>काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले २० नगरपालिकामा खानेपानी आपूर्ति र सरसफाइका लागि १३ अर्ब रुपैयाँ ऋण सहयोग दिने भएको छ । एडीबीको बोर्डले नेपाललाई १३ करोड डलर ऋण दिने प्रस्तावलाई स्वीकृत गरेको छ । नेपालमा जलवायु परिवर्तनले खानेपानी र सरसफाइमा समस्या बन्दै गएको भन्दै सफा पानी र सरसफाइमा जोड दिन एडीबीले ऋण सहयोग [&hellip;]</p>

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले २० नगरपालिकामा खानेपानी आपूर्ति र सरसफाइका लागि १३ अर्ब रुपैयाँ ऋण सहयोग दिने भएको छ । एडीबीको बोर्डले नेपाललाई १३ करोड डलर ऋण दिने प्रस्तावलाई स्वीकृत गरेको छ ।

नेपालमा जलवायु परिवर्तनले खानेपानी र सरसफाइमा समस्या बन्दै गएको भन्दै सफा पानी र सरसफाइमा जोड दिन एडीबीले ऋण सहयोग स्वीकृत गरेको जानकारी दिएको छ । २ वर्षअघिसम्म नेपालमा १६ प्रतिशत जनसंख्यामा मात्र गुणस्तरिय खानेपानी आपूर्ति भएको त्यसमध्ये १५ प्रतिशत राष्ट्रिय गुणस्तर मापदण्ड पुरा गरेको एडीबीले जनाएको छ ।

Share News