काठमाडौं । पाईप तथा फिटिङ्ग उत्पादन क्षेत्रमा नेपालकै अग्रणी कम्पनी मंगलम प्रा.लि. ले पहिलो पटक सिपिभिसि प्लस पाईपलाई नेपाली बजारमा ल्याएको छ । हयात रिजेन्सी होटेल, बौद्धमा यही असोज १० गतेका दिन आयोजित एक भव्य समारोह मार्फत यस पाईपको लन्च गरिएको थियो ।
अन्तर्राष्ट्रिय गुणस्तरको पाईप तथा फिटिङ्ग उत्पादन गर्दै आएको मंगलमका उत्पादनहरुले विगतका कयौं वर्षहरुदेखि नेपाली उपभोक्ताहरुको मन जित्दै आएको छ । समय सापेक्ष रुपमा उपभोक्ताहरुलाई नवीन उत्पादन पस्किदैं आएको मंगलमले नेपाली परिवेशमा सिपिभिसिको उपयोगितालाई मध्यनजर गर्दै प्रमाणित सिपिभिसि प्लसपाईपलाई नेपाली बजारमा भित्राएको हो ।
आईयासो ९००१ २००० द्वारा प्रमाणित यस सिपिभिसिप्लस पाईप तातो तथा चिसो पानी दुवैको लागि उपयुक्त रहेको छ । दरिलो तथा नबाङ्गिने कच्चा पदार्थ प्रयोग गरी उत्पादित यस सिपिभिसि प्लसपाईपलाई क्लोरिन पानीले कुनै पनि असर पु¥याउने छैन । आगो र खिया प्रतिरोधक यस पाईप किफायती समेत रहेको छ ।