
काठमाडौं । ‘सयौँ सम्बन्धको कयौँ भावना’ भन्ने नयाँ शीर्षक दिएर कोकाकोलाले नयाँ योजना ‘मन खोलौ कोकसँग’ सार्वजनिक गरेको छ । योजनाले मुख्यत १६ विभिन्न मानवीय भावनाहरुलाई समेटेको छ । जसमा माया, साथ, खुसी, रमाइलो, मित्रता, हौसला, श्रद्धा, मिलन, सहयोग, जमघट र हाँसो रहेको कोकले जनाएको छ ।
यो अभियानकोे मुख्य उदेश्य हरेक व्यक्तिको जीवन र भावनालाई प्रभाव पार्ने अनन्य सम्बन्धहरुको याद राख्ने हो । कोकको बोतलमा हुने लेबललाई यो दसैँको समयमा मानवीय भावनाहरुलाई पारिवारिक सम्बन्धको नियमितताको रुपमा अंकित गरिएको छ । यी सुनौला लेबलहरुले पर्वको झल्को दिने बिषयबस्तुलाई समेटेका छन् ।
गतवर्ष कोकाकोलाले ‘शेयर अ कोक’ क्याम्पेनको नेपाली भर्सन मन खोल्लौ कोकसँग जुन सम्बन्धमा केन्द्रित रहेको थियो, जसको भाव परिवारका सदस्यहरुलाई नजिक र सँगै लिएर आउने रहेको थियो । यो वर्ष अझ एक कदम अगाडि बढेर कोकाकोलाले आफ्ना ग्राहकहरुलाई आफ्नो मनपरेको व्यक्तिसँग भावना बाड्न प्रोत्साहन गर्नेछ । मानवीय भावनासँग केन्द्रित रहेर यसको ट्यागलाईनलाई सयौं सम्बन्धका कयौं भावना बनाइएको छ ।
यस क्याम्पेनको बारेमा बोल्दै कोकाकोलाका कन्ट्रि डाइरेक्टर अम्बुज सिंहले भने, ‘नेपालभरिका कोकाकोलाका ग्राहकहरुलाई चाडपर्वको समयमा अझ बढी स्पेशल बनाउनको लागि कोकाकोलाले विनम्र तरिकाले गतवर्ष मन खोलौ कोकसँग ल्याएको छौं ।”
कोकाकोलाको बोतलमा ग्राहकहरुले विषेश भावनाहरु जस्तो माया, साथ, मित्रता, मिलन, सहयोग, श्रद्धा आदि पाउनेछन् जुन आफ्नो परिवार र साथीहरुसँग भावनाहरु साटासाट गर्न सघाउने उनको भनाई छ ।’
बोट्लर्स नेपालका प्रबन्ध निर्देशक प्रदिप पाण्डेले भने ‘म यो विषेश दसैं क्याम्पियन घोषणा गर्न पाउदा ज्यादै खुसि भएको छु । म यस्तो संस्थाको हिस्सा हुन पाउँदा सम्मानित र गौरवान्वित भएको छु, जसले आफ्ना कर्मचारी र ग्राहकहरुको विषेश हेरचाह गर्छ ।”
क्याम्पेनमा प्रियन्का कार्कीले आफ्नो डाइभरलाई ‘सधैँ सहयोगी हात बढाएकोमा’ लेबल भएको कोकको बोतल दिन्छिन् त्यसैगरी स्वास्तिमा खड्काले आफ्नो श्रीमान निश्चललाई कोकको ‘निश्चल मायाकालागि’ भन्ने कोक दिन्छिन भने निश्चल बस्नेतले स्वस्तिमालाई ‘सुख दुखको साथको लागि’ लेवल भएको कोक दिन्छन् ।