
काठमाडौं। पोखरा फाइनान्स लिमिटेड नेपालको उत्कृष्ठ फाईनान्स घोषित
भएको छ ।
प्रतिष्ठत बिजनेश अवार्ड कार्यक्रम न्यू विज बिजनेश कन्क्लेभ तथा अवार्ड २०१८ को वेष्ट म्यानेज फाइनान्स कम्पनीबाट सम्मानित भएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले बताए।
देशभर रहेका व्यवसाहिक संस्था मध्येबाट विभिन्न विधामा उनीहरुको कार्य मुल्याड्ढनका आधारमा विज्ञ समुह छनोट गरेको उत्कृष्ट कम्पनीहरुलाई कार्यक्रममा अवार्ड प्रदना गरिएको थियो । पोखरा फाइनान्स २१ बर्ष पुरानो संस्था हो ।
जसकोे अधिकृत पूँजी ९४ करोड तथा चुक्ता पूँजी ८१ करोड ६४ लाख ५० हजार रुपैयाँ छ । संस्था हालसम्म ४ अर्ब ६० करोड निक्षेप परिचालन गरी ४ अर्ब २५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
संस्थाले हाल सम्म १४ शाखाबाट सेवा दिईरहेको छ भने निकट भविष्यमा बाँझापाटन पोखरा, पालुङटार गोरखा, शारदानगर चितवन, र वुटवल रुपन्देहीमा थप चार शाखा सञ्चालनमा आउने गुरुङले जानकारी गराए ।
।