कैलाश विकास बैंकले गर्यो १७ प्रतिशत नगद लाभांश प्रस्ताव

<p>काठमाडौं । कैलाश विकास बैंकले सेयरधनीलाई १७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ४२ करोड ८५ लाख रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको हो । न्युनतम चुत्तापुँजी पुगेपछि बैंकले सेयरधनीलाई नगद लाभांश दिने प्रस्ताव भएको छ । बैंकको चुत्तापुँजी २ अर्ब [&hellip;]</p>

काठमाडौं । कैलाश विकास बैंकले सेयरधनीलाई १७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ४२ करोड ८५ लाख रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

न्युनतम चुत्तापुँजी पुगेपछि बैंकले सेयरधनीलाई नगद लाभांश दिने प्रस्ताव भएको छ । बैंकको चुत्तापुँजी २ अर्ब ५२ करोड रुपैयाँ छ । नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृति र वार्षिक साधारणसभाबाट पारित भएपछि नगद लाभांश वितरण गर्ने बैंकले जनाएको छ ।

Share News