मेगा बैंकको थप ३ वटा ठाउँमा एटीम सेवा विस्तार

<p>काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले थप ३ वटा ठाउँमा एटीम सेवा विस्तार गरेको छ । काठमाडौँको कमलपोखरीस्थित सिटी सेन्टर र टेकु अस्पताल तथा सुर्खेतको वीरेन्द्रनगरस्थित आर्मी ब्यारेक अगाडि एटीम सेवा विस्तार गरिएको हो । योसँगै ७९ स्थानमा मेगा बैंकको एटीम सेवा विस्तार भएको छ । स्थापनाको नवौँ बर्षमा आइपुग्दा मेगा बैंकले १०१ वटा शाखा [&hellip;]</p>

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले थप ३ वटा ठाउँमा एटीम सेवा विस्तार गरेको छ ।

काठमाडौँको कमलपोखरीस्थित सिटी सेन्टर र टेकु अस्पताल तथा सुर्खेतको वीरेन्द्रनगरस्थित आर्मी ब्यारेक अगाडि एटीम सेवा विस्तार गरिएको हो । योसँगै ७९ स्थानमा मेगा बैंकको एटीम सेवा विस्तार भएको छ ।

स्थापनाको नवौँ बर्षमा आइपुग्दा मेगा बैंकले १०१ वटा शाखा विस्तार गरेको छ । यसैगरी, देशभर १४ वटा एक्टेनशन काउन्टर, ११९ वटा शाखारहित बैंकिङ सेवा, २ हजार भन्दा बढी मेगा रेमीट सञ्जाल छन् ।

Share News