विकासन्युज

यातायात व्यवस्था विभाग नै विघटन गर्ने मन्त्री रघुवीरको तयारी

काठमाडौं । भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले यातायात व्यवस्था विभाग विघटन गर्ने तयारी गरेका छन् । बुधबार बसेको विकास समितीको बैठकमा महासेठले विभाग विघटन गर्ने तयारी गरेको खुलासा गरेका हुन् । विभाग विघटन गरेर यातायात प्राधिकरण बनाउने तयारी रहेको महासेठले बताएका हुन् । यसका लागि मन्त्रालयले अध्ययन समिती समेत गठन गरिसकेको महासेठले बताए । विकास समितीमा भएको छलफलमा कम्पनीबाटै ६ हजार अग्रिम टिकट बुकिङ भैसकेको विभागले जानकारी दिएको छ । दशैंको बेला सवारी दुर्घटनालाई नियान्त्रण गर्न विभिन्न ३२ स्थानमा चालकलाई रिफ्रेसमेन्ट सेन्टर समेत निर्माण गरेको विभागले जनाएको छ । दशैंमा यात्रुलाई सहज आवत जावतका लागि १३ स्थानमा प्रहरीले सहायता कक्ष स्थापना गरेको छ । प्रत्येक लामो दूरीमा चल्ने बसमा २ चालक अनिवार्य राख्नुपर्ने व्यवस्था समेत विभागले गरेको छ । यसैगरी घाइते वा मृतकको परिवारलाई क्षतिपुर्तिको लागि जिल्ला प्रशासन मार्फत भुक्तानी दिने व्यवस्था गरिएको छ ।

जलविद्युतमा लगानी ल्याउन नेपाल–चीन ऊर्जा संयन्त्रको बैठक बिहीबार बस्दै

काठमाडौ । नेपाल र चीनबीच ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोग र साझेदारीलाई प्रभावकारी रुपमा अगाडि बढाउने लक्ष्यका साथ बिहीबारदेखि दुई दिवसीय ऊर्जा संयन्त्रको बैठक आयोजना गरिएको छ ।गत असार ५ गतेदेखि १० गतेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको चीन भ्रमणको क्रममा भएको सहमतिअनुसार नै बैठकको आयोजना गर्न लागिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएको छ । सोही भ्रमणका क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र उहाँका चिनियाँ समकक्षीबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा समेत हस्ताक्षर भएको थियो । ऊर्जा तथा जलविद्युत्को क्षेत्रमा प्रभावकारी रुपमा काम गर्ने र नेपालमा चिनियाँ लगानी भित्र्याउनका लागि विशेष वातावरण तयार पार्ने लक्ष्यका साथ बैठकको आयोजना गरिएको मन्त्रालयले जनाएको छ । बैठकमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव अनुपकुमार उपाध्यायले नेतृत्व गर्नुहुनेछ भने चिनियाँ सरकारका तर्फबाट पनि ऊर्जा मन्त्रालयका उच्च अधिकारीको सहभागिता रहनेछ । बैठकमा लागि चिनियाँ अधिकारी आज यहाँ आइपुग्नेछन् । नेपाल र चीनबीच ऊर्जा क्षेत्रमा सहकार्यका लागि यसअघि भएका प्रयास तथा नेपालका विभिन्न आयोजनामा चीन सरकारको तर्फबाट भइरहेको लगानी, आगामी दिनमा अपनाइने लगानीका उपाय तथा ढाँचाका बारेमा समेत ऊर्जा संयन्त्रको बैठकमा छलफल हुने कार्यक्रम छ । यही असोज ३ गते ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग र नेपालका लागि चिनियाँ राजदूत यू होङले गर्नुभएको शिष्टाचार भेटावार्तामा समेत ऊर्जाको क्षेत्रमा भई आएका सहकार्य र द्विपक्षीय हितका बारेमा छलफल भएको थियो । सरकारले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव र सहसचिवको नेतृत्वका दुई संयन्त्र बनाएको छ । प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा गल्छी–रसुवागढी–केरुङ ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माणका विषयमा सहमति भएको थियो । यस्तै सङ्खुवासभा हुँदै चीनको तिब्बत जोड्ने अर्को अन्तरदेशीय प्रसारणलाइन निर्माणका विषयमा समेत प्रस्ताव गरिएको छ । नेपाल र चीनबीच बनेको उर्जा संयन्त्रको पहिलो बैठक, ऊर्जा क्षेत्रमा गर्न सकिने सहकार्यका विविध क्षेत्रमा छलफल हुने र एउटा समझदारी गर्ने कार्यक्रम रहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पुनले विगतमा भएका सहमति तथा सहकार्य तथा आगामी दिनमा हुनसक्ने लगानीका विविध पक्षमा द्विपक्षीय संयन्त्रको बैठकमा छलफल हुने जानकारी दिए। उनले सरकारले आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने र आर्थिक समृद्धिको मार्ग प्रशस्त गर्ने लक्ष्य राखेको सन्दर्भमा वैदेशिक लगानी जरुरी भएकाले पनि सबै पक्षसँग मिलेर काम गर्न खोजिएको बताउनुभयो । नेपाल र चीनबीच पहिलोपटक हुन लागेको ऊर्जा संयन्त्रकोे बैठकमा राखिने एजेण्डाका बारेमा मोटामोटी तयारी भएको जानकारी दिँदै मन्त्रालयका सहसचिव एवं प्रवक्ता दिनेशकुमार घिमिरेले बैठकलाई कामकाजी बनाउन आफ्नोतर्फबाट प्रयास हुने बताए। उनले बैठकमा अन्तरदेशीय प्रसारणलाइन निर्माण, नेपालमा लगानीका लागि आग्रह तथा ऊर्जा व्यापारका विविध आयामका बारेमा छलफल हुने जानकारी दिए । सरकारले चीनसँग गरेको सम्झौताअनुसार संयुक्त कार्यान्वयन संयन्त्र निर्माण गरिसकेको छ । मन्त्री पुनले संयन्त्रको बैठकमा अन्तरदेशीय प्रशारणलाइन र जलविद्युत् आयोजना निर्माणलगायतका विषयमा संयन्त्रको बैठकमा छलफल हुँदा त्यसले दुवै देशलाई फाइदा पुग्ने बताउँदै आएका छन् । उनले नेपालको जलविद्युत् क्षेत्रमा लगानीको वातावरण बनेको भन्दै चिनियाँ लगानीकर्तालाई लगानीको वातावरण बनाइदिनसमेत चिनियाँ राजदूतसँग पनि आग्रह गरेका थिए । मन्त्री पुनले ग्रिड कनेक्सनसम्बन्धी बिम्स्टेक सदस्य राष्ट्रबीच भएको सम्झौताले बजार विस्तारमा टेवा पुगेकोे भन्दै चिनियाँ लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न पटकपटक आग्रह गर्दै आएका छन् । सरकारले अगाडि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणा कार्यान्वयन गर्दै विकास र समृद्धिको सपनालाई पूरा गर्न पनि लगानी आवश्यक रहेकोमा जोड दिँदै आएको छ । रासस

ओरियन्टल होटल्सले प्रिमियममा एफपीओ निष्कासन गर्ने

काठमाडौं । ओरियन्टल होटल्स लिमिटेडले चुत्तापुँजी बढाउन प्रिमियम मूल्यमा थप निष्कासन (एफपीओ) ल्याउने भएको छ । आउदो कात्तिक १२ गते वस्ने २१ औं वार्षिक साधारणसभामा पुँजी बढाउन एफपीओ निष्कासन गर्नका लागि विशेष प्रस्ताव लैजाने भएको छ । साधारणसभाबाट पारित भएपछि एफपीओ निष्कासन प्रक्रिया अघि बढ्ने कम्पनीले जनाएको छ । ओरियन्टलले काठमाडौंमा पाँचतारे ¥याडिसन होटल सञ्चालन गरिरहेको छ । कम्पनीमा संस्थापक सेयर हिस्सा ५५ र साधारण सेयरधनीको ४५ प्रतिशत हुने गरी लगानी संरचना तयार भएको छ । हाल कम्पनीको चुक्तापुँजी हाल ९३ करोड ९२ लाख रुपैयाँ छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५४० रुपैयाँ छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गर्ने छ । कम्पनीले ११.३२ प्रतिशत नगद लाभांश र १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव सभामा पेश हुने छ । ओरियन्टल होटल्सको गत आर्थिक वर्ष ०७४÷०७५ मा नाफा २१.२० प्रतिशत बढेको छ । गत वर्ष होटल्सले २९ करोड २ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो आवको सोही अवधिमा २३ करोड ९४ लाख रुपैयाँ नाफा गरेको थियो । नाफामा भएको वृद्धिसंगै प्रतिसेयर आम्दानी पनि बढेर ३१ रुपैयाँ पुुगेको छ । अघिल्लो वर्ष प्रतिसेयर आम्दानी ३० रुपैयाँ २५ पैसा थियो । यस्तै संचित कोषको आकार बढेर १ अर्ब ११ करोड ९० लाख रुपैयाँ पुगेको छ ।

ओरियन्टल होटल्सको साधारणसभा कात्तिक १२ मा, २६ प्रतिशत लाभांश पारित गर्ने

काठमाडौं । ओरियन्टल होटल्स लिमिटेडको २१ औं साधारणसभा कात्तिक १२ गते बस्ने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गर्ने छ । कम्पनीले ११.३२ प्रतिशत नगद लाभांश र १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव सभामा पेश हुने छ ।

मंसिरदेखि देशकै तेश्रो कालिञ्चोक केबलकार सञ्चालनमा, परिक्षण सफल भयो

दोलखा । दोलखाको कुरी बजारदेखि कालीञ्चोक मन्दिरसम्म निर्माण गरेको केबुलकारको परीक्षण सफल भएको छ । मुलुककै तेस्रो केबुलकारका रुपमा कालीञ्चोक दर्शन प्रालिले दुई वर्षअघि देखि निर्माण गरिरहेको केबुलकारको पहिलो चरणको परीक्षण सफल भएको हो । दोलखाली उद्योगीको लगानी रहेको केबुलकारमा चार वटा गोण्डला रहने र प्रत्येकमा १० जना बस्न सक्ने क्षमता रहेको कम्पनीले जनाएको छ । पहिलो चरणमा १५ देखि २० दिनसम्म परीक्षण गर्नुपर्ने भएकाले तीन दिनदेखि गोण्डला राखेर इञ्जिनियरिङ परीक्षण भइरहेको छ । धार्मिक पर्यटकीय क्षेत्र कुरी बजारदेखि कालीञ्चोक मन्दिरसम्म ९०० मिटर लामो दूरीको केबुलकार निर्माण गरिएको हो । दशैँअघि देखि नै व्यावसायिक सञ्चालनमा आउने तयारीका साथ केबुलकार निर्माणको काम गरिरहेको भए तापनि स्विटजरल्याण्डबाट प्राविधिक आइनपुगेका कारण केही ढिला हुन गएको कालीञ्चोक दर्शन प्रालिका कार्यकारी निर्देशक बालकृष्ण शिवाकोटीले जानकारी दिए। दशैँलगत्तै स्विटजरल्याण्डबाट इलेक्ट्रिकल र प्रोग्रामर इञ्जिनियर आइपुग्ने र केही दिनको परीक्षणपश्चात् मङ्सिरबाट मात्र पूर्णरुपमा सञ्चालनमा आउने कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले बताए । २६ करोडमा केबुलकार निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण शुरु गरेको कम्पनीको लागत बढेर ४० करोड पुगेको कम्पनीले जनाएको छ । शुरुमा २६ करोडमा निर्माण गर्ने भनिए तापनि निर्माण अवधि बढेको र सामानमा मूल्य वृद्धि हुनाका साथै नयाँ नियम नबनेको भन्दै सरकारले भन्सार छुट नगर्दा लागत बढेको कम्पनीका निर्देशक बालकृष्ण शिवाकोटीले बताए । कालीञ्चोकको कुरीदेखि मन्दिरसम्म पुग्नका लागि एक किलोमिटरको उकालो हिँड्नुपर्ने भएका कारण कतिपय धार्मिक पर्यटक त्यही उकालो हिँड्न नसकी बीच बाटैबाट फर्कने गरेका छन् । केबुलकार निर्माण भएसँगै पाँच मिनेटको पैदलमा कालीञ्चोक मन्दिरको दर्शन गर्न सकिन्छ । कालीञ्चोकको कुरी बजारसम्म सडकको पहुँच पुगेको र केबुलकार निर्माण भएसँगै करोडौंको लगानीमा होटलसमेत सञ्चालनमा आएको छ । मङ्सिरदेखि फागुनसम्म हिमपात हुने कालीञ्चोक क्षेत्रमा केबुलकार निर्माण भएसँगै पर्यटकको सङ्ख्यामा वृद्धि हुने अपेक्षा गरेको छ । केबुलकारबाट कुरी बजार, गौरीशङ्कर हिमाल, रोल्वालिङ हिमशृङ्खला लगायतका मनोरम दृश्यहरु अवलोकन गर्न सकिन्छ । रासस

मेरो माइक्रो फाइनान्सको साधारणसभा कात्तिक ९ मा, सेयरधनीलाई २६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्ने

काठमाडौं । मेरो माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारणसभा कात्तिक ९ गते हुने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्ने छ । संस्थाले १५ प्रतिशत अर्थात ४ करोड २९ लाख रुपौँ बराबरको बोनशस सेयर वितरण गर्ने छ । यस्तै ११.३२ प्रतिशत अर्थात ३ करोड २३ लाख रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पारित गर्ने छ । बोनस सेयर वितरणपछि चुत्तापुँजी बढाउन संस्थाले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बोनस सेयर वितरणपछि संस्थाको पुँजी ३२ करोड ८९ लाख रुपैयाँ पुग्ने छ ।

ज्योति लाईफ इन्स्योरेन्स दोस्रो वर्षमा, एक वर्षमा के के गर्यो कम्पनीले ?

ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड दोस्रो वर्षमा प्रवेश गरेको छ । २०७४ असोज ८ गतेबाट औपचारिक रुपमा व्यवसाय शुभारम्भ गरेको यस कम्पनीले पहिलो वर्षमा नै उल्लेख्य प्रगति गरेको छ । कम्पनीले १२ महिनामा ७५ वटा शाखा संजाल विस्तार गरेको छ । त्यस्तै, विभिन्न ७ वटा आकर्षक जीबन बीमा योजना जारी गरेको छ । यस अवधिमा कम्पनीले ३७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । १८१ करोड रुपैयाँ लगानी गरेको छ । संचालनको पहिलो वर्षमा नै उल्लेख्य मुनाफा आर्जन गरेको कम्पनीले जनाएको छ । ‘कम्पनीको पहिलो वर्षको यात्रामा साथ दिनु हुने हाम्रा सम्पूर्ण संस्थापक शेयरधनी, कर्तब्यनिष्ठ भई जिम्मेवारी निर्वाह गर्ने कर्मचारीहरु, कम्पनीको मेरुदण्डको रुपमा रहेका अभिकर्ता तथा एजेन्सी म्यानेजर, संस्थागत अभिकर्ता, नियामक निकायप्रति हार्दिक आभार व्यक्त गर्दछौं’ कम्पनीका कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले भनेका छन् । दोस्रो वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीले कुनै पनि संगठनमा कार्यरत कर्मचारीहरुको लागि सम्पूर्ण बीमा सुविधा सहित सामूहिक म्यादी जीबन बीमा योजना जारी गरेको छ । । उक्त बीमा योजना अन्तर्गत कर्मचारीहरुको बीमा गराइ श्रम ऐन २०७४ मा उल्लेख भएको व्यवस्थाको पूर्ण परिपालना गर्न संगठित संस्थालाई अह्वान पनि गरेको छ ।

हिमस्टारको हातखाली नजाने ‘खुक्र्याे कि फुक्रर्याे’ योजना सार्वजनिक

काठमाडौं, असोज ९ । गोल्छा अर्गनाइजेशनको भगिनी संस्था हिम इलेकट्रोनिक्स प्रा. लि. ले दशैं, तिहार र छठको अवसर पारेर ‘खुक्र्याे कि फुक्रर्या’ योजना सार्वजनिक गरेको छ । कम्पनीले नजिकिदै गरेको नेपालीहरुको महानपर्वहरु बडा दशैं, तिहार तथा छठको अवसर पारेर ग्राहकले हिमस्टारका टिभी, रेफ्रिजेरेटर, डिप फ्रिज तथा वासिङ मेसिन लगायतका होम अप्लाएन्सेसको खरिदमा हातखाली नजाने योजना ल्याएको छ । ‘स्क्रयाच गरी, उपहार जीति, दंङ परि’ भन्ने उक्त योजनाको स्लोगन रहेको छ । यो योजनमा समावेश हुने ग्राहकले कुपन स्क्रयाच गरेर हिमस्टारका राइस कुकर, इलेक्ट्रिक थर्मस, इलेक्ट्रिक किट्ली, भ्याकुम क्लिनर, उफर, मिक्स्चर, ड्राइ आइरन तथा स्टिम आइरन जित्न सक्ने जनाइएकाे छ । प्रसिद्ध ब्राण्ड हिमस्टारले नेपाली बजारमा स्तरिय होम अप्लाएन्सेसहरु उपलब्ध गराउँदै आएको छ । ग्राहकहरुले यो चाडपर्वको उपलक्ष्यमा हिमस्टारसँग नयाँ अनुभव प्राप्तगर्ने कम्पनीको बिश्वास रहेको छ । ‘खुर्कियो कि फुर्कियो’ योजना सिमित अवधिका लागि मात्र उपलब्ध हुने जनाएकाे छ ।