विकासन्युज

पशुपति भेन्चरले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

काठमाडौं । पशुपति भेन्चर लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि सिटिजन्स क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बिहीबार भएको सम्झौतामा कम्पनीको तर्फबाट सञ्चालक दिनेशप्रसाद श्रेष्ठ तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे । पशुपति भेन्चर लिमिटेड एक इन्भेष्टमेन्ट कम्पनी जसले विगत १५ वर्षदेखि विभिन्न हाइड्रोपावर कम्पनीहरूमा लगानी गर्दै आइरहेको छ । 

१० अंकले घट्यो नेप्से, ४ अर्ब ५७ करोड रुपैयाँको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार बुधबार (आज) नेप्से १०.६६ अंकले बढेर २६१५.०३ विन्दुमा कायम भएको छ ।  आज ३२९ स्टकको ६४ हजार २९ पटक कारोबारमा १ करोड १२ लाख ९१ हजार ४०१ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ५७ करोड ७८ लाख २७ हजार ९०३ रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार दुई स्टकको कारोबारमा सकारात्मक सर्किट लागेको छ । स्वस्तिक लघुवित्त वित्तीय संस्था र एसवाई प्यानेलको सेयरमा १० प्रतिशतले बढेको छ । त्यस्तै, बाराही हाइड्रोपावरको सेयरमा नकारात्मक सर्किट लागेको छ । आज कारोबार रकमको आधारमा बाराही हाइड्रोपावरको सर्वाधिक २४ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।  आज होटल तथा पर्यटन, निर्जीवन बीमा र व्यापार समूहको उपसूचक घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड र एसवाई प्यानल नेपाल लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

नेपाल बैंकको ‘टप अप गरौं, बोनस पाऔं’ अभियान सुरु

काठमाडौं । नेपाल बैंकले आफ्ना कर्मचारी तथा खातावाल ग्राहकहरूलाई लक्षित गरी ‘टप अप गरौं, बोनस पाऔं’ अभियान सञ्चालनमा ल्याएको छ ।  बैंकको सेवा प्रदायक एफ वान सफ्टको सहकार्यमा सञ्चालन हुने यो अभियान पौष महिनाभरि लागू हुनेछ । अभियानअनुसार एनबीएल मोबाइल बैंकिङ एपमार्फत २०० रुपैयाँ वा सोभन्दा माथिको रकम टपअप गर्ने ८० जना ग्राहकलाई १०० का दरले बोनस प्रदान गरिनेछ ।  बोनसको घोषणा अभियान अवधि सकिएपछि गरिने बैंकले जनाएको छ । हाल बैंकसँग २३१ शाखा, २३७ एटीएम र ६१ एक्स्टेन्सन काउन्टरको नेटवर्क छ, जसमार्फत करिब २७ लाख ग्राहकहरूलाई वित्तीय सेवा प्रदान भइरहेको छ । बैंकले आफ्नो आधुनिक बैंकिङ प्रविधि र डिजिटल सेवा विस्तारमार्फत ग्राहक अनुभव सुधार्दै प्रतिस्पर्धी बैंकको रुपमा अघि बढिरहेको छ । करिब १० लाख ग्राहकहरूले डिजिटल माध्यमबाट बैंकिङ सेवा लिई लाभ उठाइरहेका छन् ।

विश्व लगानीकर्ता सप्ताहको अवसरमा सिद्धार्थ क्यापिटलले गर्यो  लगानीकर्ता सचेतना कार्यक्रम

काठमाडौं । विश्व लगानीकर्ता सप्ताह– २०२५ को अवसरमा सिद्धार्थ क्यापिटल लिमिटेडले देशका विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेको छ । सिद्धार्थले लगानीकर्ता शिक्षा, डिजिटल वित्त तथा कृत्रिम बौद्धिकता (एआई), लगानी सम्बन्धी जोखिम र विद्युतीय माध्यमहरुबाट हुने ठगी न्यूनीकरणलाई केन्द्रमा राख्दै कार्यक्रम गरेको हो । सोही अवसरमा सिद्धार्थ क्यापिटलले काठमाडौंको पद्मोदय माध्यमिक विद्यालय र काठमाडौं क्रिकेट एकेडेमी, विराटनगरको साउथ एसियन स्कुल अफ होटेल म्यानेजमेन्ट, नेपालगञ्जको नेपाल मेडिकल एसोसियसन तथा बुटवलको एक्सिस कलेजमा लगानी सम्बन्धी कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा विवेकपूर्ण लगानी, जोखिम व्यवस्थापन, डिजिटल प्रविधिको सुरक्षित प्रयोग तथा लगानी सम्बन्धी ठगीबाट बच्ने उपायहरूबारे जानकारी दिइएको थियो । विश्व लगानीकर्ता सप्ताह हरेक वर्ष लगानीकर्ताहरूलाई सचेत, सुरक्षित र दीर्घकालीन लगानी संस्कृतिको विकास गर्ने उद्देश्यले विश्वभर मनाइन्छ ।  सिद्धार्थ क्यापिटलले लगानीकर्ता सशक्तिकरणमा निरन्तर योगदान गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।

महाधिवेशनको अन्तिम मतपरिणाम सार्वजनिक

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । अध्यक्ष पदमा केपी शर्मा ओली विजयी भएका छन् । कुल १९ पदाधिकारी पदको प्रतिस्पर्धामा १७ जना ओली पक्षका र २ जना ईश्वर पोखरेल प्यानलका विजयी भएका छन् ।  यसका साथै केन्द्रीय सदस्यहरूको मत परिणाम पनि सार्वजनिक भइसकेको छ । एमालेको केन्द्रीय कमिटीमा ३०१ सदस्य रहने व्यवस्था छ ।  यस्तो छ केन्द्रीय सदस्य र पदाधिकारीहरूले प्राप्त गरेको मत परिणाम :

नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी भोलिबाट सुरु हुँदै

काठमाडौं । शुक्रबारदेखि ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ हुँदैछ । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रालिले संयुक्त रूपमा आयोजना गर्दै आइरहेको एघारौं संस्करण  पुष ४, ५ र ६ गते काठमाडौंको भृकृटीमण्डपमा सुरु हुन लागेको हो । प्रदर्शनीमा स्वदेशी तथा विदेशी ख्यातिप्राप्त ब्राण्डहरूका १०० भन्दा बढी स्टल रहने आयोजकले जनाएको छ ।  फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनीहरु, ल्यामिनेट, विभिन्न कम्पनीका डिलर, सबडिलर र बिक्रेताहरूले काठ व्यवसायसँग सम्बन्धित उत्पादनहरूको बारेमा जानकारी गराउने र यस क्षेत्रका नयाँनयाँ प्रविधिको जानकारी गराउनको लागि यो प्रदर्शनी हुन लागेको हो । यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा इन्टेरियर, फर्निचर, प्लाइउड, ल्यामिनेट, हार्डवेयर, काष्ठ सम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरूको उल्लेखनीय सहभागिता रहने आयोजकले जनाएको छ । यस एघारौंं नेपाल उड प्रदर्शनीमा आयोजकहरुले संसारभरका ख्यातिप्राप्त कम्पनी तथा ब्रान्डलाई नेपाली बजारमा पनि अत्याधुनिक वस्तु तथा टेक्नोलोजीलाई स्वदेशी उद्योगहरुमा प्रयोग गराउन एउटा पहलका रूपमा लिएका छन् ।  यस प्रदर्शनीले साना देखि ठूला उद्योगसम्मलाई आफ्नो प्रयोग भइरहेका मेसिनहरुलाई उन्नयन गर्दै अझ बढी प्रभावकारी बनाउन मद्दत गर्नेछ । यस प्रदर्शनीमा सहयोगी संस्थाको भूमिकामा नेपाल हस्तकला महासंघ, सामुदायिक वन उपभोगता महासंघ, नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ, नेपाल प्लाईउड उत्पादक संघ, तथा इन्टेरियर डिजाईनर एस्सोसियेशन नेपाल रहेका छन् । प्रदर्शनीमा इन्टेरियर डिजाइनर एशोसिएसन नेपालका विज्ञहरूद्वारा नविनतम प्रविधि, इन्टेरियर डिजाइन, फनिर्चरलगायत विभिन्न शीर्षकमा २ दिने सेमिनार तथा गोष्ठी कार्यक्रम आयोजना हुने छ । प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ, फनिर्चर र इन्टेरियर क्षेत्रको विकास तथा आधुनिकीकरणमा टेवा पुर्‍याउने छ । प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति, आम नागरिक बाहेक नेपालका दिग्गज आर्कीटेक्ट, इन्जिनियर तथा इन्टीरीयर डिजाइनरहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।

ट्रान्स फ्याट नियन्त्रणका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । खाद्य पदार्थको स्तर निर्धारण प्रक्रिया सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहलको आयोजना र नेपाल पाउरोटी उद्योग संघ, काठमाडौंको सहकार्यमा बुधबार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाल हार्ट फाउन्डेसनका वरिष्ठ सदस्य तथा स्त्री क्यान्सर रोग विशेषज्ञ डा। सुशीला वैद्यले ट्रान्स फ्याटले मानव स्वास्थ्यमा पार्ने असर सम्बन्धी जानकारीको कार्यपत्र प्रस्तुत गरिन् । विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मोहनकृष्ण महर्जनले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ सम्बन्धी जानकारीको कार्यपत्र र विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा। बालकुमारी शर्माले खाद्य पदार्थको अनिवार्य गुणस्तरको स्तर निर्धारण प्रकृया र खाद्य पदार्थमा ट्रान्स फ्याटको अनिवार्य गुणस्तर सम्बन्धी जानकारीको कार्यपत्र प्रस्तुत गरे । कार्यक्रममा विभागका उपमहानिर्देशक महिपाल राम वैद्यले बेकरीजन्य खाद्य पदार्थमा ट्रान्स फ्याटको जोखिम न्यूनीकरण गर्नका लागि आयात बिन्दुमा नियमन साथै नेपालको परिप्रेष्यमात्र नभई अन्तर्राष्ट्रिय अभ्यासहरू समेत मनन गर्नुपर्नेमा जोड दिए।  साथै ट्रान्स फ्याटसम्बन्धी समस्या हाल नेपालमा सार्वधिक जन चासोको विषय रहेको हुँदा सम्पूर्ण सरोकारवाला निकायहरू साथै विभागले हातेमालो गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ ।  नेपाल उद्योग वाणिज्य महासं का वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले समयानुकूल खाद्य पदार्थको गुणस्तरको सम्बन्धमा अन्तक्र्रियाहरू आवश्यक रहेको र यसमा महासंघ सहयोग गर्न सधैं तयार रहेको बताए । छलफलको क्रममा सहभागीहरूबाट ट्रान्स फ्याट सम्बन्धी समस्यालाई सम्बोधन गर्न उद्योगीले खेल्नुपर्ने मुख्य भूमिका नेपाल सरकारबाट निर्दिष्ट हुनुपर्ने, उपभोक्ता जनचेतना र उद्योगीलाई नियमन गर्ने कार्य समानान्तर हिसाबले अघि बढाउनुपर्ने, खाद्य स्वच्छता तथा गुणस्तर ऐन सम्बन्धी जनचेतना बढाउने किसिमका थप कार्यक्रमहरू हुनुपर्ने आदिजस्ता राय सुझाव प्राप्त भएका थिए । कार्यक्रममा बेकरी उद्योगी व्यवसायी, उद्योग वाणिज्य महासंघका पदाधिकारी, सरोकारवालाहरू र विभागका कर्मचारी गरी ९० जनाको उपस्थिति रहेको थियो ।

यी हुन् एमालेका निर्वाचित १९ पदाधिकारी, कसले कति मत पाए ?

काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनको मतगणना सम्पन्न भएको छ । अध्यक्षदेखि सचिवसम्मको पदाधिकारीमा ओली प्यानल विजयी भएको छ ।  यस्तो छ मत परिणाम : अध्यक्ष : केपी शर्मा ओली १ हजार ६६३ मत  उपाध्यक्ष : पृथ्वीसुब्बा गुरुङ १७३७ मत  विष्णुप्रसाद पौडेल १६७५ मत  रामबहादुर थापा बादल १५१६ मत गोकर्णराज विष्ट १३६८ मत  गुरुप्रसाद बराल ११३७ मत महासचिव : शंकर पोखरेल १२२८ मत  उपमहासचिव : लेखराज भट्ट  १४५२ मत  रघुवीर महासेठ १३६८ मत  योगेश भट्टराई १३४८ मत  सचिव : महेश बस्नेत १५४४ मत पद्मा कुमारी अर्याल १५३० मत  छविलाल विश्वकर्मा १५०६ मत  शेरधन राई  १५०३ मत  खगराज अधिकारी १३३७ मत  हिक्मत कुमार कार्की १३३७ मत  यमलाल कँडेल ११८५ मत  राजन भट्टराई  ११८१ मत  भानुभक्त ढकाल ११०८ मत