बाढीपीडितको राहतमा भ्यालुयर्स एशोसिएशनले दियो १० लाख

काठमाडौं । नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि नेपाल भ्यालुयर्स एशोसिएशनले १० लाख रुपैयाँ सहयोग गरेको छ ।

एशोसिएशनका अध्यक्ष इन्जिनियर संजयकुमार महतोको नेतृत्वमा रहेको टोलीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि उक्त रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो ।

बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुग्ने उद्देश्यले एशोसिएशनले आर्थिक सहयोग गरेको जनाएको छ ।

एशोसिएशनले विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु सामाजिक दायित्व भएको भन्दै राहत तथा पुनःस्थापनाका प्रयासमा आफ्नो तर्फबाट योगदान गरेको जनाएको छ ।

Share News