विकासन्युज

गृहमन्त्रालयमा भीआईपी मिटिङ, आयोगको प्रतिवेदन आजैदेखि कार्यान्वयन गर्ने

काठमाडौं । नवनिर्वाचित गृहमन्त्री सुधन गुरुङले गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगको प्रतिवदेन कार्यान्वयन गर्न भीआईपी मिटिङ बोलाएका छन् ।  उनले गृहसचिव राजकुमार श्रेष्ठ र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसहितको भीआईपी सम्मिलत बैठक बोलाएका हुन् । अहिले गृहमन्त्रालयमा बैठक बसिरहेको छ ।  आज बसेको मन्त्रिपरिषद् बैठकले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । उक्त निर्णयपछि उनले सुरक्षाकर्मीको उच्चस्तरीय बैठक बोलाएका हुन् ।   

मृतक बुवाको पार्थिव शरिरलाई देख्न नपाएपछि सामाजिक सञ्जालमै भक्कानिइन् कोमल वली

काठमाडौं । पूर्वसांसद कोमल वलीका पिता ललितबहादुर वलीको निधन भएको छ । शुक्रबार दाङको तुलसीपुरस्थित आफ्नै निवासको छतमा घाम ताप्न जाने क्रममा खसेर ८५ वर्षीय वलीको निधन भएको हो । बुवाको निधनपछि तुलसीपुर जाँदै गरेकी कोमल ढिलो भएपछि सामाजिक सञ्जाल फेसबुकमै भक्कानिएकी छन् ।  रुँदै उनले भनेकी छन्, ‘हामी अमलिया आइपुग्यौं, नेपालगञ्जबाट आउँदाआउँदै ढिलो भयो, तुलसीपुरमा विमानस्थल बनाउन सकिएन, बनाउन सकेनौं । हजुरको पार्थिव शरिरलाई विदाई गर्न पाएनौं, एकैछिन कुर्नुस् न है ।’ स्वर्गीय ललितबहादुर वली साहित्यिक र सामाजिक क्षेत्रका एक सक्रिय व्यक्तित्व थिए । वि.सं. १९९८ मंसिर १५ गते जन्मिएका  ललितका ‘दर्पण’ (राष्ट्रिय गीत सङ्ग्रह) र ‘मातृभूमि’ (कविता सङ्ग्रह) गरी दुईवटा कृति प्रकाशित छन् । 

यी हुन् बालेन सरकार ४ निर्णय

काठमाडौं । नयाँ गठित मन्त्रिपरिषद बैठकले विभिन्न चारवटा निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले भदौ २३ र २४ गतेको आन्दोलन र अन्य घटनाका सहिदहरूप्रति श्रद्धाञ्जली दिएको छ । यस्तै, बैठकले सरकारको प्रवक्तामा शिक्षामन्त्री सस्मित पोखरेललाई नियुक्त गरेको छ । बैठकले गत भदौको २३ र २४ गते भएको जेनजी आन्दोलनको दमनबारे गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ सरकारका प्रवक्ता तथा शिक्षा सस्मित पोखरेलले बताए । यस्तै, सरकारले शासकीय सुधारका लागि १०० वटा कार्यसूची स्वीकृत गर्ने निर्णय गरेको छ । यी हुन् ४ निर्णय  १.शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्ने निर्णय ।  २.सरकारको प्रवक्तामा शिक्षा मन्त्रीलाई तोक्ने ।  ३.शासकीय सुधारका लागि १०० वटा कार्य स्वीकृत ।  ४.जनेजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने ।   

समयअनुकूल नीति निर्माण गरी स्वच्छ ऊर्जाको विकासमा तीव्र गतिमा अघि बढ्छौं : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा पहुँच सबैको अधिकार भएको स्पष्ट पार्दै देशलाई स्वच्छ ऊर्जामा आत्मनिर्भर बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्रवार मन्त्रालयमा पदबहाली गर्दै मन्त्री श्रेष्ठले कर्मचारीलाई स्पष्ट निर्देशन दिँदै भने, ‘२१औँ शताब्दीमा स्वच्छ ऊर्जाको माग तीव्र रूपमा बढेको छ। समयअनुकूल नीति निर्माण गरेर हामी स्वच्छ ऊर्जाको विकासमा तीव्र गतिमा अघि बढ्छौं र यसबाट कोही पनि वञ्चित हुन नपरोस् ।’ ऊर्जा क्षेत्रमा लगानीमैत्री वातावरण बनाउन अर्थ मन्त्रालयसँग घनिष्ठ समन्वय गरिने उनले बताए । साथै, अन्तरमन्त्रालय सहकार्यमार्फत ऊर्जा र सिँचाइ क्षेत्रलाई समग्र रूपमा सुदृढ बनाइने उनको योजना छ । कृषि क्षेत्रमा देखिएको पानी अभावको समस्यालाई समाधान गर्नुपर्नेमा जोड दिँदै उनले खेतीयोग्य जमिन बाँझो रहने अवस्थाको अन्त्य गरिने बताएका छन् । सहरी तथा ग्रामीण क्षेत्रमा पानीको दिगो व्यवस्थापनका लागि ‘रिचार्ज सिस्टम’ विकास गर्न विशेष टोली गठन गरिने पनि उनले घोषणा गरे ।  वैकल्पिक ऊर्जाको विस्तारलाई प्राथमिकता दिँदै मन्त्री श्रेष्ठले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रलाई थप सशक्त बनाइने उल्लेख गरे । ‘यो अनुसन्धानको युग हो, त्यसैले ऊर्जा र सिँचाइ क्षेत्रमा नयाँ अनुसन्धान र नवप्रवर्तन अपरिहार्य छ,’ उनले भने ।  सुशासनलाई प्राथमिकतामा राख्दै मन्त्रालयभित्र सुशासन समिति गठन गरिने र वित्तीय अनुशासनलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने उनले स्पष्ट पारे । मन्त्रालयमा आएका गुनासा तथा चुनौतीहरूको गहिरो अध्ययन गरेर समाधानतर्फ अघि बढ्ने प्रतिबद्धता पनि उनले जनाए । पारदर्शितालाई प्रवर्द्धन गर्न प्रत्येक हप्ता मन्त्रालयका कामकारबाहीबारे सञ्चारमाध्यममार्फत जानकारी सार्वजनिक गरिने व्यवस्था गर्न उनले कर्मचारीलाई निर्देशन दिए । मन्त्री श्रेष्ठलाई मन्त्रालयमा ऊर्जा सचिव चिरञ्जीवी चटौत, जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडी र जल तथा ऊर्जा आयोगका सचिव दिनानाथ मिश्रले स्वागत गर्दै मन्त्रालयका गतिविधिबारे जानकारी गराएका थिए । 

सम्पर्कविहीन मुस्ताङ एयरको हेलिकप्टर दोलखाको लाप्चामा सुरक्षित अवतरण

काठमाडौ । दोलखाको लाप्चा क्षेत्रबाट सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टर सोही ठाउँमा अवतरण भएको पाइएको छ । मुस्ताङ एयरका सेप्टी म्यानेजर प्रकाश मानन्धरका अनुसार खराब मौसमका कारण हेलिकप्टर सो क्षेत्रमा अवतरण गरेको हो । यसबारे पूर्ण जानकारी आउन बाँकी रहेको उनले जानकारी दिए ।  कलसाइन एन–एएनओ हेलिकप्टरमा पाँच जना सवार उक्त हेलिकप्टर आज मध्यान्हदेखि सम्पर्कविहीन भएको थियो । क्याप्टेन सुरज थापाको कमान्डमा रहेको उक्त हेलिकप्टरमा हाइड्रोपावरका टिम सवार थिए ।  दोलखाको लाप्चा क्षेत्र लाङटाङको दक्षिण–पूर्वमा पर्छ । उक्त हेलिकप्टरमा चालक दलका सदस्यसहित पाँच जना सवार रहेका थिए । सम्पर्कविहीन हेलिकप्टर पाइलट सुरज थापाले उडाएका थिए  

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

काठमाडौं । बालेन्द्र शाह (बालेन) नेतृत्वकाे सरकारले गत भदौको २३ र २४ गते भएको जेनजी आन्दोलनको दमनबारे गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । सरकारका नवनियुक्त प्रवक्ता तथा शिक्षा सस्मित पोखरेलले उक्त प्रतिवेदनलाई तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको जानकारी दिए । गौरीबहादुर कार्की नेतृत्वको आयोगले सरकारलाई छानबिन प्रतिवेदन बुझाइसकेको छ । अन्तरिम सरकारले सो प्रतिवेदन सार्वजनिक पनि गरिसकेको छ । 

प्रधानमन्त्री बालेन्द्र शाहलाई अमेरिकी दूतावासको बधाई

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएको गरेको छ । शुक्रबार दूतावासले सामाजिक सञ्जालमा शुभकामना दिँदै नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र नयाँ सरकारलाई हार्दिक बधाई दिएको हो । ‘अमेरिका आपसी समृद्धि तथा क्षेत्रीय स्थिरतालाई अघि बढाउन नेपालसँग सहकार्य गर्न उत्सुक रहेको छ,’ दूतावासले उल्लेख गरेको छ ।

१९७ औं दिनमा घर फर्किन् सुशीला कार्की, कुकुरले ग‍र्यो स्वागत

काठमाडौं । निर्वतमान प्रधानमन्त्री सुशीला कार्की १९७ दिनमा आफ्नो निवास पुगेकी छन् । उनले गत भदौ २७ गते अन्तरिम प्रधानमन्त्रीको रूपमा शपथ खाएकी थिइन् । जेनजी आन्दोलनपछि उनी प्रधानमन्त्री बनेकी हुन् । मुलुकले नयाँ प्रधानमन्त्री पाएपछि उनी आफ्नो निवासमा पुगेकी हुन् । कार्कीले सामाजिक सञ्जालमा राखेको फोटोमा कुकुरले उनलाई स्वागत गरेको जस्तो देखिन्छ । कार्कीसहितको टिमले कुकुरलाई नै हेरिरहेका छन् । निवर्तमान प्रधानमन्त्री कार्कीले लोकतन्त्रप्रति जनताको अटुट विश्वास र सहभागिताले देशलाई सही दिशातर्फ अघि बढाएको बताएकी छन् । ‘आज मेरो सार्वजनिक जिम्मेवारीको एक महत्त्वपूर्ण अध्याय औपचारिक रूपमा समाप्त भएको छ। कठिन र चुनौतीपूर्ण परिस्थितिमा राष्ट्रको नेतृत्व गर्नुपरेको थियो। हामी सबैको सहकार्य, समन्वय र संयमले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न सफल भयौं,’ उनले भनिन्, ‘लोकतन्त्रप्रति जनताको अटुट विश्वास र सहभागिताले देशलाई सही दिशातर्फ अघि बढाएको छ। अब जननिर्वाचित नयाँ नेतृत्वलाई सत्ता हस्तान्तरण गर्न पाउँदा म निश्चिन्त भएकी छु ।’ नयाँ पुस्ताको ऊर्जावान नेतृत्वले देशलाई अझ समृद्ध र स्थिर भविष्यतर्फ डोर्याउने विश्वास पनि व्यक्त गरेकी छन्।