विकासन्युज

नेपाल इन्भेष्टमेन्ट बैंक. लि र सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सम्झौता

काठमाडौ। नेपाल इन्भेष्टमेन्ट बैंक लि र सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी बीच d+unबार ​बैंकासुरेन्स​ सेवा उपलव्ध गराउने सम्झौता सम्बन्धी हस्ताक्षर भएको छ। उक्त सम्झौता पत्रमा​​ नेपाल इन्भेष्टमेन्ट बैंक लि का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पान्डे तथा सिटिजन लाइफइन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले हस्ताक्षर गरेका हुन्। जीवनवीमा प्रति आमसर्वसाधारणको धारणामा सकारात्मक परिवर्तन ल्याई वीमाको सेवा तथा योजनामा सहज पहुँच उपलव्ध गराउन सफल सिटिजन लाइफइन्स्योरेन्स कम्पनी र हरेक नेपालीहरुमा झ बैकि Ë साक्षरता अभिवृद्धि गर्दै सहजताका साथ भरपर्दौ बैंकि Ë सेवा दिँदै आएको नेपाल इन्भेष्टमेन्ट बैंक लि बीच भएको यो सम्झौताले ग्राहकका लागि थप सुविधा प्राप्त हुने विश्वास दुवै कम्पनीले लिएका छन्। सम्झौता अनुसार ग्राहकहरुले नेपाल इन्भेष्टमेन्टबैंक लि का सम्पूर्ण शाखाहरु बाट सो कम्पनीको जीवनबीमा लेख प्राप्त गर्न​, प्रिमियम भुक्तानी गर्न, दाबी गर्न लगायत सम्पूर्ण जीवनबीमा सेवा प्राप्त गर्न सक्नेछन्। ग्राहक वर्गको सुरक्षा र निश्चिन्तताको लागि सिटिजन लाईफइन्स्योरेन्स कम्पनीले ल्याएको सिटिजन जिवन सारथी जस्ता नवीन तथा नौलो योजनाहरुले नेपाल इन्भेष्टमेन्ट बैंक लि का ग्राहकहरु लाई पनि थप सुविधा प्रदान गर्नेछ।

भारतको विशाखापत्तनममा ३० हजार टन युरिया मल रोकियो, नेपालमा हाहाकार

काठमाडौं । रेल नपाएपछि ३० हजार टन युरिया मल भारतको विशाखापत्तनममा रोकिएको छ । हाल धान खेतीको टप ड्रेसिङको समयका कारण युरिया मलको माग अत्याधिक भएको बेला रेल्वे र्याक नपाउदा आपूर्तिमा ढिलाइ भएको कृषि सामाग्री कम्पनी लिमिटेडले जनाएको छ । कम्पनीले ग्लोबल टेण्डरबाट इण्डियन पोटास लिमिटेडसंग ३० हजार टन युरिया मल खरिद गरेको हो । निर्धारित समयमा युरिया मल विशाखापत्तनममा आएपनि रेलको र्याक नपाउदा आपूर्ति हुन नसकेको कम्पनीले स्पष्टपारेको छ । मल बोकेको रेल्वे र्याक भदौ ९ र १० गते मा २ हजार ५०० टन नौतनवा, भैरहवा र २ हजार ५०० टन आईसीडी वीरगञ्जमा आईपुग्ने कम्पनीले जानकारी गराएको छ । बाँकी मल निरन्तर आउने कम्पनीले जानकारी गराएको छ । धानखेतीमा मल हाल्ने बेलामा नपाएपछि भारतीय बजारबाट मल तस्करी हुन थालेको छ । यता बाँकेमा रासयनिक मल अभाव भएको छ । कृषि सामाग्री कम्पनीले समयमा मल झिकाउन नसक्दा किसान समस्यामा परेका हुन् । धानखेतीमा मल हाल्ने बेलामा नपाएपछि भारतीय बजारबाट मल तस्करी हुन थालेको छ । कृषकहरू भारतबाट अवैधरूपमा आयात गरिएको गुणस्तरहीन मल प्रयोग गर्न बाध्य छन् । सीमानाकाबाट लुकिछिपी ल्याइएका मल सीमावर्ती बजारभन्दा दोब्बर मूल्यमा बिक्री भइरहेको छ । खासगरी सीमा क्षेत्रमा गुणस्तरहीन मलको प्रयोग बढी हुने गरेको छ । जिल्लामा मल आपूर्तिको जिम्मा पाएको कृषि सामग्री र साल्ट ट्रेडिङमा हाल एक बोरा युरियासमेत मौज्दात छैन । केही मात्रामा डिएपी र पोटास मात्रै छ । कृषि र साल्ट ट्रेडिङमा आउने कृषक निराश भएर घर फर्किने गर्छन् । पन्ध्र दिनअघि नै सकिएको युरिया मल आउन अझै एक हप्ता लाग्ने निमित्त कार्यालय प्रमुख रमेशकुमार पौडलले बताए। “ किसान दैनिक युरिया मलका लागि आउँछन्, हामीसँग एक बोरा पनि छैन,” उनले भने। जिल्लाका कोहलपुर, खजुरा, राप्तीपारिका किसान अनुदानको मल नपाएर महँगो मूल्यमा निजी पसल तथा भारतबाट मल किन्न बाध्य छन् । युरिया मल गत महिना ९०६ टन बिक्री भएको देखिएको छ । धान खेतीका लागि थप ३०० टन मल आवश्यक पर्ने निमित्त कार्यालय प्रमुख पौडेलले बताए ।

सिरियामा भिषण युद्धको तयारी गर्दै रुस/अमेरिका, ६३ हजार रुसी सेना मैदानमा

मस्को । रासस/एएफपी । रुसले सिरियामा भइरहेको द्धन्द्धका लागि ६३ हजारभन्दा बढी सेना पठाएको जनाएको छ । रुसको रक्षा मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार ६३ हजार १२ जना रुसी सुरक्षाकर्मी सिरिया पठाइएको हो । ‘लडाइँसम्बन्धी अनुभव भएका’ व्यक्तिहरू युद्ध प्रभावित मुलुक सिरिया पठाइएको मन्त्रालयका अधिकारीहरूले बताएका छन् । “उनीहरूमध्ये २५ हजार ७३८ जना अधिकृतस्तरका र ४३४ जना सामान्य र अरू ४ हजार ३४९ जना हतियार र रकेटसम्बन्धी विज्ञ रहेका छन्,” मन्त्रालयका अधिकारीले भनेका छन् । रुसका रक्षा मन्त्री सेर्गेइ सोइगुले गत सन् २०१७ को डिसेम्बर महिनामा पनि ४८ हजार भन्दा बढी यस्तै सैन्य व्यक्ति सिरियाली अभियानका लागि पठाइएको जानकारी दिए । सन् २०११ देखि शुरु भएको सिरिया युद्धमा परी अहिलेसम्म तीन लाख ५० हजारभन्दा बढीको मृत्यु भएको छ भने अरू लाखौँ विस्थापित भएका छन् । सिरिया युद्धमा रुसले बसर अल असदको सरकारलाई सघाउँदै आएको छ भने अमेरिकाले बिद्रोहीलाई सघाउँदै आएको छ । सिरियामा असद सरकार र उसका बिरोधीहरुका बिचमा युद्ध भैरहेको देखिएपनि त्यसको पर्दा पछाडी भने रुस र अमेरिका एक अर्का विरुद्ध लडिरहेका छन् । रुसले असदको सत्ता जोगाउनुलाई आफ्नो अस्थित्व रक्षा ठानेको छ भने अमेरिकाका लागि असदको सत्ता पल्टाउनु प्रतिष्ठाको बिषय बनेको छ ।

हिमालय कलेज अफ इञ्जिनियरिङमा पढ्ने विद्यार्थीलाई ८० प्रतिशत ऋण सुबिधा

काठमाडौं । इन्जिनियरिङ अध्ययनको तयारी गर्दै हुनुहुन्छ ? इन्जिनियर बन्ने चाहानामा कतै पैसाको कमिले अवरोध त उत्पन्न भएको छैन ? अध्ययन गर्नका लागि पैसा छैन ? अब चिन्ता नलिनुस हिमालय कलेज अफ इन्जिनियरिङले समस्याको समधान गरिदिने भएको छ । उसले पैसा नहुने विद्यार्थीलाई शैक्षिक कर्जा उपलब्ध गराउने भएको छ । कलेजले एनएमबी बैंकको सहकार्यमा न्युनतम ४० देखि ८० प्रतिशतसम्म शैक्षिक कर्जा उपलब्ध गराउने भएको छ । प्रवेश परीक्षा उर्तिर्ण गरेका विद्यार्थीले भर्ना भएपछि नै एनएमबी बैंकबाट ऋण लिन प्रक्रिया सुरु गरिदिने कलेजका निर्देशक पुर्णभद्र अर्यालले बताए । यस्तो व्यवस्था नेपालमा पहिलो पटक भएको उनले जानकारी दिए । सकेसम्म विद्यार्थीको अभिभावकको घरजग्गा धितो वा नभए एसएलसी र प्लस टु प्रमाणपत्र धितोमा बैंकबाट कर्जा उपलब्ध हुने उनले जानकारी दिए । “अब पैसा नभएर विद्यार्थीले इन्जिनियर बन्न नपाउने अवस्थाको अन्त्य हुने छ” अर्यालले भने । ऋण लिने विद्यार्थी लगातार पास हुनु पर्नेछ । शैक्षिक कर्जाको ब्याजदर भने सस्तो हुने उनले बताए । उनले अहिले नै यति भन्न नसकिने स्पष्टपारे । कलेजले पहिलो चरणमा एनएमबी बैंकसंग बीई इलेक्ट्रोनिक्स कम्युनिकेसन एन्ड इन्फरमेशन विषय अध्ययन गर्ने विद्यार्थीका लागि कर्जाको व्यवस्थापन गर्न लागेको हो । यो विषय अध्ययन गर्न ९ लाख रुपैयाँ लाग्ने उनले बताए । कलेज ललितपुरको च्यासलमा रहेको छ । यसका अतिरित्त कलेजमा बीई सिभिल, कम्प्युटर र आर्किटेक्चर विषयमा स्नातक अध्ययन हुने छ । सामाजिक उतरदायित्व वहन गर्दै कलेजले सुलभ र सस्तो कर्जामा इन्जिनियर बनाउने योजना ल्याएको उनको भनाई छ । यता सरकारले शैक्षिक प्रमाणपत्र धितोमा राखेर व्यवसायिक कर्जा योजना लागु गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिकसम्बन्धी विधेयक टेबुल,६० हजार ९७०

धनगढी । प्रदेश नं ७ प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ टेबुल भएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले उक्त विधेयक टेबुल गरेका हुन् । विधेयकमा प्रदेश सरकारका मुख्यमन्त्रीको मासिक पारिश्रमिक ६० हजार ९७०, मन्त्रीको ५४ हजार, राज्यमन्त्रीको ५१ हजार र सहायकमन्त्रीको ४९ हजार रुपैयाँ प्रस्ताव गरिएको छ । यसैगरी विधेयकमा मुख्यमन्त्री तथा मन्त्रीको आवास सुविधा र फर्निचर जस्ता सुविधाबापत पाउने रकम पनि उल्लेख गरिएको छ । रासस

करबारे अध्ययन गर्न समिति गठन

काठमाडौ । स्थानीय तहले लिइरहेको विभिन्न शीर्षकका करबारे अध्ययन गर्न एक समिति गठन गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलियाको संयोजकत्वमा अर्थमन्त्रालयका राजश्व सचिव शिशिर ढुङ्गाना र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्ति आयोगका सचिव डा वैकुण्ठ अर्याल सदस्य रहेको अध्ययन समिति गठन गरिएको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका निमित्त सचिव सुरेश अधिकारीका अनुसार समितिले १५ दिनभित्र स्थानीय तहको करका सम्बन्धमा प्रतिवेदन बुझाउनेछ । समितिले स्थानीय तहमा देखिएको करका समस्याको समाधान उपायसहित प्रतिवेदन सरकारलाई बुझाउने उनले जानकारी दिए। रासस

नेउवा महासंघका अध्यक्ष राणा साना मझौला उद्यम व्यवसायी महासंघद्धारा सम्मानित

काठमाडौं । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको सदस्यमा मनोनित नेपाल उद्योग वाणिज्य(नेउवा) महासंघका अध्यक्ष भवानी राणा साना मझौला उद्यम व्यवसायी महासंघद्धारा सम्मानित भएकी छिन् । बुधबार(आज) नेउवा महासंघ सचिवालयमा एक कार्यक्रमबीच राणालाई बधाईसहित सम्मानपत्र प्रदान गरिएको छ । महासंघका अध्यक्ष बाबुकाजी महर्जनले साना तथा मझौला व्यवसायी महासंघका पदाधिकारी सहित सदस्यहरु र साना मझौला उद्यमी व्यवसायीहरुको सहभागितामा आयोजित कार्यक्रममा बधाई पत्र प्रदान गरेका हुन् । उनले निजी क्षेत्रको संघिय प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको मुलुकको आर्थिक तथा व्यवसायिक विकासमा महत्वपूर्ण भूमिका रहेको र आफ्नो संस्थाले महासंघसँग नजिकमा रहेर सहकार्य गर्न इच्छुक रहेको धारणा राखेका छन् । सो कार्यक्रमलाई संबोधन गर्दै अध्यक्ष राणाले मुलुकको अर्थतन्त्रमा साना मझौला उद्यम व्यवसायको निकै ठूलो हिस्सा रहेकाले यस क्षेत्रको विकासका लागि नीतिगत सुधार सहित आवश्यक कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका छन् ।

रुपन्देहीमा एनआईसी एशिया बैंककोे १८अाैँ शाखारहित बैंकिङ्ग सेवा

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले रुपन्देही जिल्ला, शुद्धोधन गाउँपालिकाको भुजौलीमा आफ्नो १८अाैँ शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन शुद्धोधन गाउँपालिका अध्यक्ष किसुनचन्द्र चौधरीले गरेका हुन् । साथै, उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा बैंकले गंगा ढकाललाई नियुक्त गरेको छ । शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । साथै सो सेवाबाट ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोवारको विकास हुने विश्वास बैंकले लिएको छ । यस्तो सेवाबाट स्थानीय बासिन्दाहरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सिमाभित्र रहि कर्जा कारोवार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्नेछन् । हाल बैंकले २३८ शाखा कार्यालयहरु, २३२ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।