काठमाडौ। नेपाल इन्भेष्टमेन्ट बैंक लि र सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी बीच d+unबार बैंकासुरेन्स सेवा उपलव्ध गराउने सम्झौता सम्बन्धी हस्ताक्षर भएको छ। उक्त सम्झौता पत्रमा नेपाल इन्भेष्टमेन्ट बैंक लि का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पान्डे तथा सिटिजन लाइफइन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले हस्ताक्षर गरेका हुन्।
जीवनवीमा प्रति आमसर्वसाधारणको धारणामा सकारात्मक परिवर्तन ल्याई वीमाको सेवा तथा योजनामा सहज पहुँच उपलव्ध गराउन सफल सिटिजन लाइफइन्स्योरेन्स कम्पनी र हरेक नेपालीहरुमा झ बैकि Ë साक्षरता अभिवृद्धि गर्दै सहजताका साथ भरपर्दौ बैंकि Ë सेवा दिँदै आएको नेपाल इन्भेष्टमेन्ट बैंक लि बीच भएको यो सम्झौताले ग्राहकका लागि थप सुविधा प्राप्त हुने विश्वास दुवै कम्पनीले लिएका छन्।
सम्झौता अनुसार ग्राहकहरुले नेपाल इन्भेष्टमेन्टबैंक लि का सम्पूर्ण शाखाहरु बाट सो कम्पनीको जीवनबीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी गर्न लगायत सम्पूर्ण जीवनबीमा सेवा प्राप्त गर्न सक्नेछन्। ग्राहक वर्गको सुरक्षा र निश्चिन्तताको लागि सिटिजन लाईफइन्स्योरेन्स कम्पनीले ल्याएको सिटिजन जिवन सारथी जस्ता नवीन तथा नौलो योजनाहरुले नेपाल इन्भेष्टमेन्ट बैंक लि का ग्राहकहरु लाई पनि थप सुविधा प्रदान गर्नेछ।