चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण स्थगित, कारण नेपालको तयारी कमजोर
काठमाडौं २२, भदौ । आगामी दशैंको समय पारेर हुने भनिएको चिनियाँ राष्ट्रपति सि जिङपिङको नेपाल यात्रा स्थगित भएको छ । भ्रमण स्थितिग भएको आशयको निर्णय हालै चिनियाँ राजदूत ऊ चुन्ताईले तीन दिन पहिले नेपालका उच्च नेतृत्वलाई अवगत गराएको स्रोतले उल्लेख गरेको समाचार बुधबारको अन्नपूर्ण पोष्टमा समाचार छापिएको छ । चीनले नेपालका तर्फबाट भ्रमण सम्बन्धमा आवश्यक तयारी नगरिएको र चीनसँग नजिकिँदै गएको नेपालसम्बन्धप्रति नयाँ सरकारको प्रतिबद्वता नदेखिएको उसको बुझाइ समेत अवगत गराएको छ । अब चिनियाँ राष्ट्रपति पुसभित्र आउने सम्भानवना टरेको छ । ‘चिनियाँ राष्ट्रपतिको भ्रमणन स्थगित भएको अनौपचानरिक जानकारी आएको छ,’ एक उच्च अधिकारीले मंगलबार भने । भ्रमण स्थगितको तीन कारण १. पर्याप्त तयारी अभाव २. वान बेल्ट वान रोडमा नेपालको प्रतिवद्धताकमजोर ३. केपी ओलीसँग भएको सम्झौताको कार्यान्वयनमा गृहकार्य अभाव
सेञ्चुरी बैंकमा पाँच रुपैंयाँमा बचतखाता, बार्षिक तीन प्रतिशत ब्याज
काठमाडौं, २१ भदौ । सेञ्चुरी कमर्सियल बैंकले ५ रुपैंयाँमा बचत खाता खोल्ने गरी नयाँ बचत खाता योजना ल्याएको छ । भदौ १२ गतेबाट सुरु भएको नयाँ खातामा बचत कर्ताले वार्षिक ३ प्रतिशत ब्याज दरले मासिक भुक्तानी समेत पाउनेछन् । नयाँ खाता योजना अनुसार ३५० रुपैंयामा डेबिड कार्ड र २ लाखसम्मको निक्षेप सुरक्षण बिमा समेत रहेको छ । बैंकले आर्थिक वर्ष २०७२/७३ को असार मसान्तसम्ममा ३८ करोड २६ लाख नाफा कमाएको थियो । बैंकले २८ अर्ब ९७ करोड निक्षेप संकलन गर्दै २५ अर्ब ८ करोड कर्जा परिचालन गरेको थियो । बैंकले हालसम्ममा ३१ वटा शाखा, २९ वटा एटीएम्, ८ वटा शाखारहित बैंकिङ्ग र ३ वटा एक्सटेन्सन् काउन्टरबाट सेवा प्रदान गर्दै आएको छ ।
यति डेभलपमेन्ट बैंक र एनसिएमबिच सेयर निष्काशन सम्झौता
काठमाडौं, २१ भदौ । यति डेभलपमेन्ट बैंकको हकप्रद सेयर निष्काशन एनसिएम मर्चेण्ट बैंकिङले निष्काशन गर्ने भएको छ । सेयर निष्काशन सम्बन्धी सम्झौता पत्रमा यति डेभलपमेन्ट बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत सागर शर्मा र एनसिएम मर्चेण्ट बैंकिङ्गका प्रबन्ध संचालक बिजयलाल श्रेष्ठले हस्ताक्षर गरेका हुन् । इति डेभलपमेन्ट बैंकले १४औं वार्षिक साधारणसभाबाट २ बराबर एक कित्ता अर्थात ५० प्रतिशत हकप्रद सेयर जारीी गर्ने निर्णय गरेको थियो । बैंकले ६९ लाख ३१ हजार एक सय ६६ दशमलब ७२ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हकप्रद सेयर निष्काशनपछि बैंकको २ अर्ब ७ करोड ९३ लाख ५० हजार १६ रुपैंयाँ पुग्नेछ ।
नविल बैंकले ४५ प्रतिशत लाभाशं दिने
काठमाडौं, २१ भदौ । नविल बैंकले ४५ प्रतिशत लाभांश दिने भएको छ । बैंक सञ्चालक समितिको भदौ २१ गते बसेको बैंठकले ४५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । सञ्चालक समिति बैठकले ३० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकको स्विकृति तथा बैंकको आगामी साधारण सभाबाट पारित गरेपछि लगानी कर्ताले सो मात्रामा लाभांश पाउने छन् । बैंकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट सो मात्रामा लाभांश वितरण गर्न लागेको हो । सो आवमा बैंकले २ अर्ब ८२ करोड नाफा कमाएको थियो ।
टाटाको कार टेष्ट ड्राइभ गर्नुहोस, गरिबका छोराछोरीले निःशुल्क पढ्न पाउनेछन्
काठमाडौं, २१ भदौ । टाटा मोटर्सले टेष्ट ड्राइभ योजना मार्फत गरिबका छोराछोरीलाई अध्ययनका लागि फण्ड जुटाउने अभियान ल्याएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालीले टाटाका बिभिन्न कारहरुको टेष्ट ड्राइभ गर्दा विपन्न परिवारका बालबालिकाको शिक्षाका लागि फण्ड जुटाउने अभियान थालेको हो । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै कम्पनीले ‘शिक्षाका लागि टेष्ट ड्राइभ’ अभियान भदौ २५ गते शनिबारदेखि सञ्चालन हुने जानकारी दिएको हो । तीन महिनासम्म सञ्चालन हुने अभियानमा न्युनतम १० हजार जनाले टेष्ट ड्राइभ गर्ने अनुमान कम्पनीले गरेको छ । सो अवधीमा टेष्ट ड्राइभ गर्ने प्रत्येक व्यक्ति वापत पाँच सय रुपैयाँ कम्पनीले शिक्षाका लागि टेष्ट ड्राइभ अभियानका लागि उपलब्ध गराउने छ । टेष्ट ड्राइभका लागि टाटाका टिआगो, बोल्ट र जेष्ट कार राखिनेछन् । टाटा मोटर्सको नेपालका लागि कन्ट्रि मेनेजर हेमन्त पुरानिकले विपन्न परिवारका नेपाली बालबालिकालाई शिक्षामा पहुँच विस्तारका लागि योजना ल्याएको बताए । उनले योजनाबाट दशौं हजार विपन्न परिवारका नेपाली बालबालिकाले शिक्षा प्राप्त गर्ने दावी समेत गरे । सिप्रदी ट्रेडिङका उपाध्यक्ष सौरभ राज थपलियाले पनि नेपालमा शिक्षाको महत्वको प्रचारका लागि अभियान थालिएको बताए । उपाध्यक्ष थपलियाले आर्थिक अभावमा कुनै पनि नेपालीले शिक्षाको ज्योतिबाट बञ्चित हुनु नपरोस भन्ने उदेश्यले अभियानको आरम्भ गरिएको जानकारी समेत दिए । युनिसेफका अनुसार नेपालमा प्रत्येक १० जना बालबालिकामध्ये ७ जनाले विद्यालय भर्ना भएर कक्षा पाँच पढ्ने गरेका छन् । आर्थिक अभावका कारण तीमध्ये आधाले मात्रै निम्न माध्यमिक तह उतिर्ण गर्छन् । भदौ २५ गते धापाखेल र सानेपास्थितर जेम्स स्कुलकोबाट अभियानको सुभारम्भ गरिनेछ । अभियानबाट संकलन गरिएको फण्डबाट देशका बिभिन्न भूभागमा आर्थिक अभावका कारण अध्ययन छाड्ने अवस्थामा पुगेका बालबालिकाको शिक्षा दिक्षाका लागि प्रयोग गरिने थपलियाले जानकारी दिए । यो अभियानलाई देशका मुख्यमुख्य शहरमा समेत विस्तार गर्ने योजना रहेको उनले बताए ।
गरिबी न्यूनीकरणमा ५ खर्ब ८८ अर्ब ४९ करोड खर्च गरिने, १५ वर्षमा हालको गरिबीलाई शुन्यमा झार्ने उद्देश्य
काठमाडौं, २१ भदौ । पछिल्लो तथ्याङ्क अनुसार नेपाल २१ दशमलव ६ प्रतिशत गरिबी रहेको छ । १३ औं योजनाको अन्त्यमा नेपालको गरिबी १८ प्रतिशतमा झार्ने लक्ष्य लिएपनि भूकम्पलगायतका कारणले ७ लाख थप गरिबी थपिएको अनुमान गरिएको छ । अपेक्षित लक्ष्य प्राप्त हुन नसकेपछि सरकारले गरिब लक्षित बजेट बढाएको हो । १४औं योजना अवधिमा सरकारले हालको गरिबीलाई १७ प्रतिशतमा सीमित गर्ने कार्यक्रम तर्जुमा गरेको छ । गरिबीको सङ्ख्या थपिएको र १४ औं योजनाको निर्धारित लक्ष्य प्राप्ती गर्नका लागि गरिबी न्यूनीकरणमा बजेटको आकार बढाएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । सरकारले चालू आर्थिक वर्ष २०७३/७४ का लागि विनियोजित बजेटमध्ये ५ खर्ब ८८ अर्ब ४९ करोड गरिबी न्यूनीकरणका लागि उपयोग गर्ने गरी बजेट विनियोजन गरेको छ । सो शीर्षकमा विनियोजित रकम कुल बजेटको ५६ दशमलव १ प्रतिशत हो । चालू आव २०७२/७३ मा सो प्रयोजनका लागि रू. ४ खर्ब ५२ अर्ब विनियोजन गरिएको थियो । अबको १५ वर्षमा हालको गरिबीलाई शुन्यमा झार्ने उद्देश्य सहित सरकारले गरिबी न्यूनीकरणका लागि ठूलो रकम विनियोजन गर्दै आएको छ । सन् २०२२ सम्म नेपाललाई अतिकम विकसित मुलुकको सूचीबाट माथि उकास्न र सन् २०३० सम्म मध्यम आय भएको देशमा स्तरोन्नति गर्न सरकारले कुल बजेटको आधाभन्दा बढी हिस्सा गरिबी न्यूनीकरणक लागि विनियोजन गरेको हो । मध्यम आयस्तरमा पुग्नका लागि नेपालीको आयस्तर, शिक्षा, स्थास्थ्यलगायतका क्षेत्रमा सुधार हुनुपर्ने शर्तहरु रहेका छन् । उत्पादनका साधन तथा अवसरहरूमा पहुँच अर्थात् आय एवम् रोजगारी सृजनामार्फत गरिबी न्यूनीकरण गरी आर्थिक समृद्धि हासिल गर्ने सरकारको कार्यक्रम छ । १४औं योजनाको आधारपत्रमा गरीबी न्यूनीकरणसम्बन्धी नीति तथा कार्यक्रमहरूको पुनःसंरचना एवम् प्राथमिकीकरण गर्ने उल्लेख गरिएको छ । राष्ट्रिय तथा अन्तरराष्ट्रिय लगानी, वैदेशिक सहयोग एवम् गैरसरकारी संस्थाहरूबीच प्रभावकारी समन्वय गर्दै गरिबी न्यूनीकरण र आर्थिक समृद्धिका लागि सरकारले स्रोत परिचालन गर्ने बताएको छ । कृषि, पर्यटन, ऊर्जा, पूर्वाधार विकास तथा साना उद्यमलाई गरीबी निवारण उन्मुख गराउने सरकारको योजना छ । सरकारले ग्रामीण र शहरी क्षेत्रवीचको गरिबीको खाडललाई नजिक ल्याउन अर्थात सन्तुलित विकासको लागि ग्रामीण क्षेत्रमा लगानी गर्ने कार्यक्रम तर्जुमा गरेको हो । यस अन्तर्गत आयआर्जन तथा क्षमता विकास सामाजिक क्षेत्रको लगानी विशेषगरी शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा सो रकम खर्च गरिन्छ । स्थानीय निकायहरुमा जाने अनुदानबाट पनि गसरबी निवारणमा सहयोग गर्ने मन्त्रालयले बताएको छ । नेपालमा शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा बढी गरिब छन् । पछिल्लो नेपाल जीवनस्तर सर्वेक्षण अनुसार ग्रामीण क्षेत्रमा २७ दशमलव ४३ प्रतिशत गरिबी छ भने शहरी क्षेत्रमा १५ दशमलव ४६ प्रतिशत गरिबी रहेको छ । शहरी क्षेत्रको भन्दा ग्रामीण क्षेत्रका मानिसको आयस्तर कम हुनाका कारण उनीहरु बढी गरिब भएका हुन् । सरकारले नेपालको गरिबीलाई शुन्यमा झार्नको लागि ग्रामीण लक्षित गरिबी न्यूनीकरण तथा आयआर्जनको कार्यक्रम ल्याएको हो । सरकारले आगामी आवका लागि रू. १० खर्ब ४८ अर्ब ९६ करोड र चालू आवका लागि रू. ८ खर्ब १९ अर्ब ४६ करोड बजेट विनियोजन गरेको छ । सो रकममध्ये क्रमशः ४३ दशमलव ९ र ४४ दशमलव ८३ प्रतिशत बजेट तटस्थ रहेको छ ।
६ वर्षमा १५ हजार लागुऔषध कारोबारी पक्राउ, सबैभन्दा बढी भारतीय नागरिक
जयबहादुर चन्द काठमाडौं, २१ भदौ । नेपालमा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या बढ्दै जाँदा यसको ओसारपसारमा संलग्न अपराधीहरु पक्राउ पर्ने क्रम पनि उल्लेख्य रुपमा बढ्दै गएको छ । सन् २०११ देखि २०१६ अगस्टसम्मको छ वर्षको नेपाल प्रहरीको तथ्याङ्कअनुसार यस अवधिमा १५ हजार ४९६ जना लागुऔषध ओसारपसारमा संलग्न अपराधी पक्राउ परेका छन् । सन् २०११ मा दुई हजार एकसय ७४ जना, सन् २०१२ मा दुई हजार ६००, सन् २०१३ मा दुई हजार ६७३, सन् २०१४ मा दुई हजार ९१८, सन् २०१५ मा दुई हजार ६५६ र सन् २०१६ को अगस्ट अन्त्यसम्ममा दुई हजार चारसय ७५ जना व्यक्ति लागुऔषधको ओसारपसार र प्रयोगको क्रममा पक्राउ परेका थिए । सन् २०११ मा पक्राउ परेकामध्ये दुई हजार ६० पुरुष र ११४ महिला, सन् २०१२ मा दुई हजार ४६३ पुरुष र १३७ महिला, सन् २०१३ मा दुई हजार ५३८ पुरुष र १३५ महिला, सन् २०१४ मा दुई हजार ७६४ पुरुष र १५४ महिला, सन् २०१५ मा दुई हजार ५३३ पुरुष र १२३ महिला र सन् २०१६ को अगस्ट अन्त्यसम्ममा दुई हजार ३५८ पुरुष र ११७ महिला रहेका छन् । पछिल्लो आठ महिनाको तथ्याङ्कको अनुपात हेर्ने हो यो वर्ष सबैभन्दा बढी व्यक्ति पक्राउ परेका छन् । यही क्रम जारी रहे यो वर्ष तीन हजार ३०० को सङ्ख्यामा पक्राउ पर्ने देखिन्छ । ६ वर्षको यो अवधिमा गाँजा १४ हजार ८८१ किलो, चरेस १४ हजार ८८१, अफिम ७६ र हेरोइन ५२ किलोग्राम र कोकिन २८ किलोग्राम बरामद गरिएको छ । गाँजा र चरेसको स्थानीय बजार मूल्य करिब एक किलोग्रामको रु २५ हजार, अफिम एक किलोको रु दुई लाख, हेरोइन र कोकिन एक किलोको रु दुई करोड पर्ने बताइन्छ । भारतीयको सङ्ख्या पनि अत्यधिक ६ वर्षको यो अवधिमा उल्लेख्य मात्रामा भारतीय नागरिक लागुऔषध ओसारपसारको क्रममा पक्राउ परेका छन् । यो अवधिमा ७२७ पुरुष र ३६ महिला गरी ७६३ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । सन् २०११ मा पुरुष १२६ र महिला ९ गरी १३५ जना, सन् २०१२ मा १७९ पुरुष र ८ महिला गरी १८७ जना, सन् २०१३ मा १२३ पुरुष र ६ महिला गरी १२९, सन् २०१४ मा १२७ पुरुष र ६ महिला गरी १३३, सन् २०१५ मा १०७ पुरुष र चार महिला गरी १११ जना र सन् २०१६ को अगस्ट मसान्तसम्ममा ६५ पुरुष र तीन महिला ६८ भारतीय पक्राउ परेका छन् । भारत बाहेकका तेस्रो मुलुकका ६७ पुरुष र १३ महिला गरी ८० जना विदेशी नागरिक यो अवधिमा नेपालमा पक्राउ परे । ‘ट्रान्जिट’ को रुपमा नेपाल अन्तर्राष्ट्रिय लागुऔषध तस्करले नेपाललाई तस्करीका लागि ‘ट्रान्जिट’को रुपमा प्रयोग गर्ने गरेका छन् । ब्राजिल, पेरु लगायतका अमेरिकी महादेशीय राष्ट्रबाट नेपालमा कोकिन र हेरोइन आउने गरेको छ । तर ती कोकिन र हेरोइन नेपालमा प्रयोग हुने भन्दा पनि छिमेकी मुलुक भारत, चीन, थाइल्यान्ड, हङ्कङ, सिङ्गापुर, मलेसियालगायतका पूर्वी एसियाका मुलुकमा जाने गरेको लागुऔषध नियन्त्रण ब्यूरोका प्रमुख प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दले जानकारी दिए । ‘आइस ड्रग’ को रुपमा रहेको एम्फिटामाइन हङकङ, थाइल्यान्ड हुँदै ट्रान्जिटका रुपमा नेपाल ल्याइने बताइन्छ । धेरैजसो तस्करहरुले साधारण व्यक्तिलाई भरियाको रुपमा प्रयोग गर्दै ती मुलुकमा पठाउने गरेको भेटिएको छ । कोकिन, एम्फिटामाइन, हेरोइन जस्ता लागुऔषध धेरै नै महङ्गो हुने भएकाले नेपालमा सीमित घरानियाँ परिवारले मात्रै प्रयोग गर्ने गरेको बताइन्छ । नेपालको सन्दर्भमा गाँजा, चरेस जस्ता पदार्थ तथा नुरफिन, फेनारगन, डाइजापाम, बुफ्रिनोफाइनजस्ता औषधिजन्य लागुऔषधको प्रयोग बढी हुने गरेको ब्यूरो प्रमुख चन्दले जानकारी दिए । संयुक्त राष्ट्रसङ्घ मातहतको एक संस्थाले गरेको एक अध्ययन अनुसार विश्वमा ३० करोड लागुऔषध दुव्र्यसनी छन् । त्यसैगरी वार्षिक तीन खर्ब ३२ अर्ब डलर बराबरको कारोबार हुने गर्छ । विश्वमा हतियार, लागुऔषध र मानव तस्करी सबैभन्दा बढी कारोबार हुने तीन प्रमुख क्षेत्र हुन् । नेपाल सरकारले विसं २०६९ मा गरेको एक अध्ययन अनुसार ९१ हजार ५३४ दुव्र्यसनी रहेका छन् । यसमा पुरुष ८५ हजार २०४ र महिला ६ हजार ३३० छन् । प्रतिवर्ष ११ दशमलव ३६ प्रतिशतका दरले दुव्र्यसनीको सङ्ख्या बढ्दै गएको तथ्याङ्कबाट देखिन्छ । रासस
प्रधानमन्त्रीसँग अर्थशास्त्रीको प्रश्नः आफै अध्यक्ष भएको संस्थामा आफ्ना कुरा राख्न किन खुट्टा कमाउछन् नेपाली शासक ?
काठमाडौं, २१ भदौ । अर्थशास्त्री प्राडा विश्वम्भर प्याकुरेलले नेपाल सरकारले आफै अध्यक्ष भएको क्षेत्रीय र द्धिपक्षीय संस्थाहरुमा पनि आफ्नो चासोको मुद्दा गम्भीर रुपमा राख्न नसकेको बताएका छन् । नेपाल आर्थिक संघको २५ औं स्थापना दिबसको उपलक्ष्यमा आयोजित कार्यक्रममा नेपालले आफै अध्यक्ष भएको संस्थामा आफ्नो चासोको मुद्दा किन राख्न नसकेको ? भनेर प्रधानमन्त्री पुस्पकमल दाहालसँग प्रश्न गरेका हुन् । ‘दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सचिवालय काठमाडौंमा छ, सार्क अध्यक्ष्य नेपाल नै हो, विमस्टेकको अध्यक्ष पनि नेपाल नै हो, अतिकम विकसित देशहरुको संगठन (एलडिसी) को अध्यक्ष पनि नेपाल हो, यी मन्चहरुमा नेपालले आफ्ना मुद्दा किन राख्न सक्दैन ?’ प्रधानमन्त्री दाहाल उपस्थित कार्यक्रममा संघका अध्यक्षसमेत रहेका अर्थशास्त्री प्राडा प्याकुरेलले प्रश्न गरे । प्रधानमन्त्री दाहालको आसन्न भारत भ्रमणको समयमा नेपालका चासोको विषय गम्भीर रुपमा उठाउनु पर्ने उनले सुझाव दिए । भारतसँग जलस्रोको विषयमा मात्रै कुरा हुने गरेकोले सो वाहेकका अन्य अनगिन्ती विषय भएको हुदाँ त्यतातिर पनि ध्यान दिन उनले प्रधानमन्त्रीलाई सुझाव दिए । ‘प्रधानमन्त्रीको भारत भ्रमण भन्ने वित्तीकै जलस्रोतको मात्रै कुरा आउछ, सार्क क्षेत्रभित्रको स्वतन्त्र ब्यापारका विषय छन्, यस्तै भारतले कडाइ गरेपछि नेपाली अदुवाले निकासीमा भोग्दै आएको समस्याका विषय छन्, यस्ता देखिदा साना जस्तो लाग्ने तर नेपालले गम्भीर समस्या भोग्दै आएका विषय उच्चस्तरको भ्रमणको मुद्दा बन्न सकेका छैनन्, प्रधानमन्त्रीको भ्रमणमा यी विषय पनि उठ्न जरुरी छ,’ प्याकुरेलले भने । नेपालले सार्क र विमस्टेक जस्ता मन्चहरुमा आफ्ना समस्या राख्न नसकेको पनि बताए ।