विकासन्युज

कोरला नाकाः चर्चा धेरै काम थोरै

काठमाडौं २०, भदौ । हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित नेपाल र चीनबीचको कोरला नाका सञ्चालनमा ल्याउने चर्चा चलेको धेरै समय बिते पनि यसका लागि काम भने मन्द गतिमा मात्रै अघि बढेको छ । नाका सञ्चालनसँग नेपाल चीन सम्बन्धमा नयाँ आयाम थपिनुका साथै नेपालमा विकासका धेरै सम्भावना खोलिने अनुमान गरिए पनि भौगोलिक अवस्थितिलगायतका धेरै कारणबाट नाका सञ्चालनमा ल्याउने काम तीव्रताका साथ अघि बढ्न सकेको छैन । पर्यटकीय नगरी पोखरा र आसपासका क्षेत्रबाट अत्यन्त्य नजिक पर्ने यो नाका सञ्चालनसँग अरु सम्भावनाका अतिरिक्त यस क्षेत्रको पर्यटकीय विकासमा लागि मार्ग प्रशस्त हुने अपेक्षा गरिएको छ । ओली नेतृत्वको सरकारका उपप्रधानमन्त्री एवं पूर्व प्रधानमन्त्री सहितको टोलीको अवलोकन भ्रमणले नाका सञ्चालनमा ल्याने विषय राज्यको प्राथमिकतामा परेको प्रष्ट हुन्छ । पछिल्लो समय नाका सञ्चालनमा ल्याउने तयारी स्वरुप अत्यावश्यकीय कार्यालय स्थापना गर्ने काम पनि अघि बढाइएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकबाट ।

सिभिल बैंकले हामा मर्चेन्ट एण्ड फाइनान्स खरिद गर्ने

काठमाडौं, १९ भदौ । सिभिल बैंकले हामा मर्चेन्ट एण्ड फाइनान्स लिमिटेडलाई खरिद गर्ने भएको छ । आइतबार हामा मर्चेण्ट खरिद सम्बन्धी सम्झौता पत्रमा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ्ग र हामा मर्चेन्ट एण्ड फाइनान्स लिमिटेडका अध्यक्ष राजन कृष्ण श्रेष्ठले हस्ताक्षर गरेका हुन् । हामा मर्चेण्ट खरिद गरेपछि बैंकको नाम भने सिभिल बैंक नै रहनेछ । त्यस्तै, बंैकको हालकै संचालक समिति एवं उच्च व्यवस्थापनले समेत निरन्तरता पाउनेछ । यस अघि सिभिल बैंकलेरु २ अर्ब चुक्ता पुँजी रहेको इन्टरनेसनल लिजिङ एन्ड फाइनान्स कम्पनीलाई गाभ्ने र २३ करोड चुक्ता पुँजी रहेको युनिक फाईनान्सलाई प्राप्ती गर्ने सम्झौता गरीसकेको छ । चुक्तापुँजी २२ करोड रहेको हामा मर्चेन्ट एण्ड फाइनान्स लिमिटेडको खरिदपछि सिभिल बैंकको चुक्ता पुँजी ५ अर्ब ५४ करोड पुग्नेछ । हामा मर्चेण्टलाई गाभेपछि बैंकको पूँजी तथा प्रतिष्पर्धी क्षमतामा समेत वृद्धि हुने सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बताए । बैंकले २०७४ असार मसान्तसम्म ८ अर्ब पूँजी पुर्याउन बोनस शेयर र हकप्रद शेयरका साथै अन्य बैंक तथा वित्तीयसँग गाभ्ने र गाभिने प्रक्रियालाई पनि साथ–साथै अगाडि बढाउने उनले जानकारी दिए ।

सानिमा क्यापिटल लिमिटेडले काम थाल्यो

काठमाडौं, १९ भदौ । सानिमा क्यापिटल लिमिटडले कार्यारम्भ गरेको छ । नेपाल धितोपत्र बोर्डले भदौ १६ गते कम्पनीलाई सञ्चालन अनुमति दिएको थियो । सानिमा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा स्थापित सानिमा क्यापिटल लिमिटेडलाई धितोपत्र कारोवार सम्बन्धी कार्यहरु गर्नको लागि नेपाल धितोपत्र वोर्डले धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर)को अनुमतिपत्र दिएको हो । कम्पनीले निष्काशन तथा विक्रि प्रवन्ध, धितोपत्र प्रत्याभूति, सेयर रजिष्टार, लगानी व्यवस्थापन र धितोपत्र निक्षेप सदस्यको काम गर्नेछ । कम्पनीले चाँडै सामुहिक लगानी कोष (म्युचल फण्ड)को योजना व्यवस्थापक तथा कोषको निक्षेप सदस्यको रुपमा समेत कामा गर्ने बताएको छ । कम्पनीको नारायणचौर, नक्सालमा रहेको छ । १५ करोड अधिकृत पुँजी रहेको कम्पनीको चुक्ता पुँजी भने ११ करोड रहेको छ । क्यापिटलको सञ्चालक समितिको अध्यक्षमा सानिमा वैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहाल छन भने सञ्चालकमा तेज बहादुर चन्द, निश्चल राज पाण्डे, सरोज गुरागाई र श्रीप्रसाद पौडेल रहेका छन् । क्यापिटलको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा भने मनिष नारायण जोशी रहेका छन् ।

छुटेका भूकम्पपीडितको नाम सङ्कलन गरिन्छ- प्रधानमन्त्री

काठमाडौँ, १९ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले छुट भएका भूकम्पपीडितको नाम सङ्कलनका लागि प्रक्रिया सुरु गर्न आफूले निर्देशन दिइसकेको बताएका छन । सिन्धुपाल्चोक जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदको सर्वपक्षीय प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले भूकम्पपीडितको सूचीमा छुट भएका वास्तविक पीडितको नाम थप्ने गरी प्रक्रिया अघि बढेको जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सिन्धुपाल्चोक लगायत भूकम्प प्रभावित क्षेत्रका जनताका समस्या समाधानप्रति सरकार गम्भीर रुपमा लागिरहेको बताउँदै उनले भूकम्पपीडितलाई तत्काल एक लाख थपेर तीन लाख अनुदान दिइने र दुई लाख सहुलियत ऋण गरी पाँच लाख उपलब्ध गराउन प्रक्रिया अघि बढाइएको प्रतिनिधिमण्डललाई जानकारी दिएका थिए । प्रधानमन्त्रीले अरनिको राजमार्ग मर्मत र तातोपानी नाका खोल्न आफुले पहल गरिरहेको समेत बताएका थिए । भेटका क्रममा प्रधानमन्त्री दाहालले सिन्धुपाल्चोकको जुरेमा पहिरो गएपछि र भूकम्पपछि पनि पीडितलाई राहत र अनुदानका लागि आफु सिन्धुपाल्चोकमा पटक पटक पुगेको स्मरण गराए । सिन्धुपाल्चोकका सांसदको टोलीमा अमृतकुमार बोहरा, अग्निप्रसाद सापकोटा, मोहनवहादुर बस्नेत, शेरबहादुर तामाङ र रमेश लामालगायत सहभागी थिए । प्रतिनिधिमण्डलले छुट भएका भूकम्पपीडितको नाम समावेश गर्नुपर्ने, भूकम्प र बाढीपहिरो पीडितलाई राहत, अरनिको राजमार्ग र तातोपानी नाका तत्काल पुनःसञ्चालन गर्नुपर्ने लगायत माग राख्दै ज्ञापनपत्र बुझाएको थियो । रासस

पन्ध्र हजार बेरोजगार युवालाई तालिम दिने प्रशिक्षक तयार

काठमाडौँ, १९ भदौ । देशभरका १५ हजार बेरोजगार युवालाई तालिम दिने प्रशिक्षकलाई तालिम दिइएको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले घरेलु तथा साना उद्योग विभाग र घरेलु तथा साना उद्योग विकास समितिका २२ कर्मचारीलाई तालिम दिएको हो । चौधदिने उद्यमशीलता विकास तालिमको समापन गर्दै घरेलु तथा साना उद्योग विकास समितिका कार्यकारी निर्देशक नविनकुमार झाले औद्योगिक विकासका लागि लघु तथा घरेलु उद्योगको ठूलो भूमिका रहेको बताउ । उन्ले भन्े, “सरकारीस्तरबाट सञ्चालन भएका ठूला उद्योगमध्ये करिब ९० प्रतिशत बन्द भइसकेको अवस्थामा साना तथा घरेलु उद्योगका ठूलो भूमिका छ ।” निर्देशक झाले उद्यमशील उद्यमीमार्फत लघु, घरेलु तथा साना उद्योगको विकास हुने बताउ । प्रतिष्ठानका कार्यकारी निर्देशक लक्ष्मणप्रसाद भट्टराईले उद्यमी निर्माणमा प्रशिक्षकको ठूलो भूमिका रहने उल्लेख गर्दै स्वदेशमा रहेको युवा जनशक्तिलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ युवा उद्यमशीलता विकास तालिम गरिएको बताउ । तालिम लिइएका प्रशिक्षार्थीलाई समितिका कार्यकारी निर्देशक झाले प्रमाणपत्र प्रदान गरेक्ँ ीथ्उ । प्रशिक्षार्थी प्रशिक्षकले जिल्ला–जिल्लामा गएर तालिम दिनेछन् । रासस

हकप्रद सेयरमा रिडी हाइड्रोपावरको जालझेल, साढे ७३ हजार कित्ता बोलकबोलमा बेचिँदै

काठमाडौं, १९ भदौ । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले असार १ गतदेखि साउन ४ गतेसम्म १० बराबर ३ दशमलब ५ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्यो । एक महिनाका लागि आवेदन अबधी तोकेको रिडीले जम्मा दुई वटा मात्रै आवेदन संकलन केन्द्र तोकेको थियो । ती दुबै आवेदन केन्द्र काठमाडौंमै थिए । ग्लोबल आईएमइ क्यापिटल नाचघर र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी टे«ड टावर थापाथलीमा मात्रै आवेदन दिन सकिने कम्पनीको आव्हान पत्रमा उल्लेख थियो । लगानी कर्तालाई पर्याप्त सूचना र आवेदन संकलन केन्द्र नदिएर कम्पनीले हाल ७३ हजार ६ सय ६१ कित्ता शेयर बोलकबोलका लागि आव्हान गरेको छ । कम्पनीले संस्थापकतर्फको १४ हजार २ सय ७८ कित्ता र सर्वसाधारणतर्फको ५९ हजार ३८३ कित्ता सेयर बोलकबोलमा बिक्रि गर्न लागेको हो । शेयर खरिद गर्न चाहनेले शिलवन्दी बोलपत्रमा न्युनतम १ सय कित्तादेखि अधिकतम ७३ हजार कित्ता नै आवेदन दिन सक्नेछन् । रिडीको अहिले शेयर मूल्य प्रतिकित्ता ३ सय रुपैयाँ रहेको छ । रिडीको नेपाल स्टक एक्सचेन्जमा ४७ लाख २२ हजार तीन सय कित्ता शेयर सूचिकृत छ । रिडी कम्पनीले गुल्मीमा २४०० वाट क्षमताको रिडीखोला हाइड्रोपावर निर्माण गरेको छ । तर कम्पनीले आयोजना प्रभावितका लागि वितरण गरिएको सेयर वापत प्राप्त हुने हकप्रदका लागि समेत सो क्षेत्रमा संकलन केन्द्र राखेन् । ‘आयोजना प्रभावित गुल्मीका लगानी कर्ताले हकप्रदमा कसरी आवेदन दिने ? हजारौं खर्च गरेर काठमाडौं आउनु पर्ने अवस्था सृजना किन गरियो ? यसबाटै प्रष्ट हुन्छ कम्पनीले लगानी कर्तामाथी अन्याय गरेको छ’, लगानी कर्ता ज्योति दाहालले भने । उनले हकप्रद निष्काशनका लागि १० प्रतिशत लगानी कर्ता रहेको जिल्लामा एउटा संकलन केन्द्र अनिवार्य गर्नुपर्ने समेत बताए ।   सेयर बजारका विश्लेषक रविन्द्र भट्टराईले पनि रिडी हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्काशनका क्रममा लगानी कर्तामाथी अन्याय गरेको आरोप लगाए । उनले कम्पनीको वेभसाइटबाट फारम डाउनलोड गरेर हकप्रद भर्न सकिने व्यवस्था कार्यान्वयन गर्नुपर्नेमा पनि जोड दिए । ‘सरकारले अनलाईनबाट टेण्डरको फारम भर्न सकिने कानुनी व्यवस्था गरिसकेको छ, अब हकप्रदमा पनि अनलाइनबाटै आवेदन दिने व्यवस्था गरिनु पर्छ’, भट्टराईले भने । भट्टराई र दाहाल दुबैले नेपाल धितोपत्र बोर्डको गैरजिम्मेवारीका कारण हकप्रद सेयरमा लगानी कर्तामाथी अन्याय भैरहको आरोप समेत लगाए ।

सुन्धारामा सस्तो तर ब्राण्डेड फेसन बजार खुल्दै

काठमाडौं, १९ भदौ । ब्राण्डेड फेसन सामानहरु बिक्री÷वितरण गर्ने सस्तो बजार खुल्ने भएको छ । सुन्धारास्थित धरहराको पछाडि थाहा टोलमा दुई रोपनी जग्गामा ‘सस्तो फेसन बजार’ खोल्न लागिएको हो । असोज पहिलो सातासम्ममा अर्थात् दशैंअघि फेसन बजार सञ्चालनमा ल्याउने बजारका सञ्चालक सुरेश लामिछानेले जानकारी दिए । लामिछानेका अनुसार ग्राहकलाई एउटै छानामुनी सस्तो मुल्यमा फेसनका सामानहरु उपलब्ध गराउने उद्देश्यले नेपालमै पहिलोपटक फेसन सस्तो बजारको अवधारणा ल्याइएको हो । ‘अहिलेसम्म नेपालमा यस्ता किसिमका बजारहरु खुलेका छैनन्,’ सञ्चालक लामिछानेले भने– ‘सुन्धारातिर एउटा सानो सटरको ३०÷४० हजार रुपैयाँ पर्छ, तर हामीले मिडियम साइजको सटर १२ देखि १६ हजार रुपैयाँमै उपलब्ध गराउँछौं ।’ ‘धेरै बेच्ने, सस्तोमा बेच्ने र ब्राण्डेड सामानमात्रै बेच्ने’ आफूहरुको उद्देश्य रहेको उनले बताए । बाहिरको मुल्यभन्दा आइटम हेरी ३० देखि ४० प्रतिसतसम्ममा ब्राण्डेड सामान बिक्री÷वितरण गर्ने लामिछानेले दाबी गरे । ‘हामीले गुणस्तरीय नेपाली उत्पादनको प्रवद्र्धन गर्न खोजेको हौं,’ उनले भने । लामिछानेको अनुसार बजार निर्माणका लागि ५ करोड रुपैयाँको खर्च भएको छ । बजारको भौतिक निर्माण कार्य सकिएको छ, केहीदिनभित्रै सटरहरु भाडामा लगाइने छ । बजारमा ४० वटा सटर रहने छन्, जहाँ एक सटरमा एउटामात्रै आइटम राख्न पाइने छ । बजारमा स्वदेशी तथा विदेशी ब्राण्डेड सामानहरु पनि उपलब्ध हुनेछन् । बजारभित्र चस्मा, जुत्ता, लेहेंगा, साडी, फेन्सी, अन्डर गार्मेन्टका पसल रहनेछन् भने एउटा स्तरीय शैलुन रहने लामिछानेले बताए । दुई तलाको यो भनव सुरुका तला आरसीसी ढलान र माथिल्लो तला प्रिफाइव भएकाले पूर्णरुपमा भूकम्प प्रतिरोधी छ । सटर पाँच वर्षका लागि भाडामा लगाइने र पाँच वर्षपछि नविकरण गरिने छ ।

आरम्भ माइक्रोफाइनान्सले शतप्रतिशत पूँजी बढाउने

काठमाडौं, १९ भदौ । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको बिशेष साधारणले शतप्रतिशत पूँजी बढाउने निर्णय गरेको छ । बैंकको भदौ १८ गते सम्पन्न बिशेष साधारण सभाले हाल कायम रहेको एक करोड २ लाख चुक्ता पुँजीलाई बढाएर २ करोड ४ लाख पुर्याउने निर्णय गरेको हो । कम्पनीले जारी पूंजी पनि २ करोडलाई वृद्धि गरी ४ करोड पुरयाउने निर्णय पनि गरेको हो । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका ८ स्थित केन्द्रीय कार्यालय रहेको कम्पनीले विभिन्न १० वटा पहाडी जिल्लाहरुमा १३ वटा शाखा कार्यालय मार्फत सेवा प्रवाह गरिरहेको छ । संस्थाले हाल कार्यक्षेत्र रहेकै जिल्लाहरुमा आगामि तिन महिना भित्र कम्तिमा दुई वटा शाखाहरु थप गरि शाखा संख्या १५ पुरयाउने लक्ष्य लिएको छ । यसका अतिरिक्त संस्थाले थप ५ पहाडी जिल्लाहरुमा समेत आफनो कार्यक्षेत्र विस्तार गरि लघुवित्तीय सेवा उपलव्ध गराउन आवश्यक गृहकार्य गरिरहेको जनाएको छ ।