काठमाडौं । सिभिल बैंक लिमिटेडले अनलाईन फी पेमेन्ट सिस्टम सञ्चालनमा ल्याएको छ । बैंकले विदेशमा अध्ययनरत विद्यार्थीहरुलाई विदेशमा बुझाउनुपर्ने शुल्कहरु भुक्तानी गर्न सजिलो होस् भन्ने उद्देश्यले उक्त सेवा सञ्चालनमा ल्याएको हो ।
नेपालका विभिन्न स्थानहरूबाट विदेशमा अध्ययन गर्न गएका हजारौं विद्यार्थीहरुले अब बैंकको कुनै पनि शाखाबाट अनलाईन फि पेमेन्ट गर्न सक्नेछन् । साथै, विदेशको उच्च शिक्षा हासिल गर्न दिनुपर्ने अनिवार्य परिक्षाहरु स्याट, जीआरई, जीम्याट, एसीटी, यूएसएमएलईको रेजिस्ट्रेसन शुल्क पनि बैंकको जुनसुकै शाखाबाट लिन सकिने छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले नेपालमै बसी अध्ययन गर्न सकिने अन्तराष्ट्रिय कोर्स एसीसीए लगायत अन्य अनलाईन कोर्सहरुकोे रेजिष्ट्रेसन तथा फि पनि अब विद्यार्थीहरुले सजिलै भुक्तानी गर्न सक्ने बताएका छन् ।
बैंकले हाल ६८ वटा शाखाबाट बैंकिङ सेवा दिँदै आईरहेको छ । सिभिल बैंकले हालसम्म ४० अर्ब भन्दा बढी निक्षेप परिचालन गरी ३९ अर्ब भन्दा बढी कर्जा परिचालन गरेको छ ।