ग्लोबल आईएमई बैंकले १६ प्रतिशत बोनस सेयर दिने
काठमाडौं, २९ भदौ । ग्लोबल आईएमई बैंकले सेयरधनीहरुलाई १६ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । उक्त निर्णय बुधबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई राष्ट्र बैंकद्धारा स्वीकृत तथा बैंकको आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र सेयरधनीले सो मात्रामा लाभांश पाउने छन् । हाल बैंकको चुक्ता पूँजी ६ अर्ब १६ करोड रुपैयाँ रहेको छ । बोनस पश्चात बैंकको पूँजी ७ अर्ब १५ करोड रुपैयाँ हुनेछ । बुधबार बैंकको प्रतिकित्ता सेयर करिब ५४० रुपैयाँमा बिक्री भइरहेको छ ।
एलजीको दशैं तिहार योजनामा हात खाली नजाने उपहार
काठमाडौं, २९ भदौ । चौधरी ग्रुप अन्तर्गत एलजी ब्राण्डको नेपालको लागि एकमात्र आधिकारीक बिक्रेता सिजी इलेक्ट्रोनिक्स् प्रालिले ‘‘लेटस् सेलिब्रेट टुगेदर’’ का साथ एलजीका हरेक ब्राण्डका टेलिभिजन खरिदमा हात खाली नजाने उपहारहरु ल्याएको छ । उक्त उपहारका साथै ब्याक अफर तथा होम अप्लाइन्सेसहरुमा पनि हात खाली नजाने उपहार प्रदान गरी ग्राहकहरुको मुहारमा खुसी ल्याउन कम्पनीले सो योजना ल्याएको हो । सो अवसरमा एलजीले विभिन्न उपहार तथा क्यास ब्याक अफर ल्याएको छ । जस अनुसार ५५’’ एण्ड एभोभ अल्ट्रा एचडी टिभीकोे खरिदमा, एलजी साउन्ड बार एसएच‘फोर’ उपहार,४३’’–४९’’ अल्ट्रा एचडी टिभी र र,४३’’–५५’’ नर्मल एलइडी टिभीको खरिदमा उपभोक्ताले क्रमशः एलजी एनपी ७५५० बिल्युटुथ स्पीकर र एलजी बिल्युटुथ स्पीकर प्राप्त गर्ने कम्पनीले जनाएको छ । त्यसै गरी ४९’’–६० स्मार्ट टिभीको खरिदमा, एलजी एलएच ७०बि मल्टीमिडिया स्पिकर्स र ४०’’ एण्ड एभोभ स्मार्ट टिभीको खरिदमा एमएमआरसीरवाइरलेस किबोर्ड र ३२’’ स्मार्ट टिभी खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । साथै, ग्राहकले ३२’’ नर्मल एलइडी टिभीहरुको खरिदमा विभिन्न साइजका इमर्जेन्सी लाइटस् प्राप्त गर्न सक्नेछन् । एलजी होम अप्लाइन्सेस् अन्तर्गत विभिन्न आकर्षक तथा अतिपयोगी घरायशी सामाग्री तथा उपकरणहरु प्राप्त गर्न सकिनेछ । जस अनुसार एलजी ७०बि मल्टीमिडिया स्पिकरर्स उपहारस्वरुप साइड बाइ साइड रेफ्रिजिरेटरको खरिदमा, फ्री मिक्सर ग्रिन्डर डबल डोर रेफ्रिजिरेटरको खरिदमा, डिटरजेन्ट वीथ लिक्विड डिसवासरको खरिदमा, पिजन गिफ्ट सेट, फ्रन्ट लोड वासिङ मेसिनको खरिदमा, पिजन कडाइ, टप लोड वासिङ मेसिनको खरिदमा र एलजी कुकिङ किट, माइक्रोवेभ ओभको खरिदमा उपभोक्ताले पाउन सक्ने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । यसका साथै एयर कन्डिसनरको खरिदमा फ्री इन्स्टलेसन जस्ता आकर्षक उपहारहरु सित्तैमा प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ ।
बिहीबार नारायणघाटमा एनसेल मेला हुँदै
काठमाडौं, २९ भदौ । एनसेलले बिहीबार नारायणघाटमा एनसेल मेला आयोजना गर्ने भएको छ । कम्पनीले रि—ब्राण्डिङ्ग पश्चात नजिकिदै गरेको चाडपर्वको अवसर पारेर आफ्ना ग्राहक तथा शुभचिन्तकसँग खुशीयाली साट्न, शुभकामना आदान प्रदान गर्न र आफ्नो नयाँ ब्राण्ड चिनाउन नारायणी किनारमा एनसेल मेला गर्न लागेको हो । मनोरञ्जनात्मक कार्यक्रमले भरिपूर्ण एनसेल मेला बिहान ११ बजे शुरु हुनेछ र विविध कार्यक्रम, गतिविधि र कन्सर्ट सहित साँझ सम्म चल्ने छ । चर्चित कलाकारहरु तथा संगीतिक समुहको प्रस्तुतीहरु, गेम स्टलहरु, किडस् जोन र फुड स्टलहरु मेलाका केही विषेश आर्कषणहरु हुन् । यसदेखि बाहेक मेलामा आउने आगन्तुकहरुले एनसेलको सेवा तथा सुविधामा आकर्षक अफर पाउने छन् भने डेटा सेवा, थ्रिजीको गति र अन्य डिभासहरु एनसेलको विषेश हाईटेक जोनमा चलाएर टेष्ट गर्न सक्नेछन् । मेलामा कलाकार सुगम पोख्रेल, शिव परियार, सन्दिप क्षेत्री, मिलन अमात्य, लाउरे, रेमोन दास श्रेष्ठ, समृद्घी राई र एक्स व्याण्डको प्रस्तुतीहरु रहनेछन् । त्यसैगरी, कार्टुन्ज क्रु, युभि एन्जल्स् र डिजे रुपेशले आफ्नो प्रस्तुतीबाट दर्शकलाई मनोरन्जन प्रदान गर्नेछन् । प्रवेश निःशुल्क गरिएको यस मेलामा सबै उमेरका दर्शकहरुका लागि विविध कार्यक्रमहरु समाबेश गरिएका छन् । मेलामा मनोरञ्जनका लागि मयुर नाच, लाखे नाच, दशैं पिंग, चंगा चेट प्रतियोगिता र मगसट फोटो बुथ आदी रहनेछन् । त्यसैगरी गेम स्टलहरुमा सुट द रावण, मिनी बास्केटबल, बाउन्स एण्ड स्कोर र स्कोर द रियल गोल लगायतका गेमहरु हुनेछन् । थुप्रै गेम स्टलहरुमा दर्शकले मनोरन्जन लिनुका साथै विभिन्न गिफ्टहरु पाउन सक्नेछन् । बालबालिका लागि इन्फ्लेटेड क्यासल, फेस पेन्टिङ्, वाटर बल, मेरी गो राउण्ड, बेबी गल्फ र ट्रेन जस्ता विविध आकार्षणहरु रहेका छन् । गीत संगीत, गेमहरु र अन्य आर्कषण बाहेक, मेलामा नेपाली, ईण्डियन र चाईनिज परिकारका स्टलहरु पनि रहनेछन् । “नजिकिदै गरेको चाडपर्वको अबसरमा आफ्ना ग्राहकसँग खुसियाली साट्न र शुभकामना आदानप्रदान गर्न एनसेल मेला आयोजना गर्न लागेका हौ,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले बताए । “विभिन्न रोचक कार्यक्रम तथा गतिविधीहरु समावेश गरिएको यो मेलाले दर्शकहरुलाई पूर्णरुपमा मनोरन्जन प्रदान गर्ने कुरामा हामी विश्वस्त छौ । ” नारायणघाट पश्चात एनसेल मेला असोज १ गते पोखरामा आयोजना हुनेछ । यो मेला असोज ३ गते बुटवल, असोज ६ गते धरानमा र असोज ८ गते बिर्तामोडमा आयोजना पश्चात समापन हुनेछ ।
डिसहोमको दशैं तिहार योजनामा ग्राहकलाई तीन हजारको छुट
काठमाडौं, २९ भदौ । डिसहोमले नेपालीहरु माझ ‘‘ यो उत्सब डिस होमले बन्छ महाउत्सव’’ नामक उपहार योजना ल्याएको छ । कम्पनीले महान चाड बडादशैं तथा तिहार हर्षोल्लासका साथ मनाउने उद्देश्यले सो योजना ल्याएको हो । उक्त योजना अन्तर्ग ग्राहकहरुले ५ हजार ९ सय ९९ रुपैयाँ पर्ने डिसहोमको हाइब्रिड एसडि कनेक्सन खरिद गर्दा ३ हजार रुपैयाँ प्राप्त गरी २ हजार ९ सय ९९ रुपैयाँमै जोड्न सक्ने छन् । डिसहोमले हाल बजारमा बिक्री गरिरहेको हाइब्रिड एसडि सेट टप बक्समा भरी छुट प्रदान गरेको हो । डिस होमले हरेक वर्ष दशैँ र तिहारमा ग्राहकलाई आकर्षक ग्राहक योजना प्रदान गर्दै आएकोमा यो वर्ष भने अघिल्ला बर्षहरुको तुलनामा यति ठूला छुट प्रदान गरेको पहिलो पटक हो भनि यस कम्पनीका नायव महाप्रवन्धक कल्याण अधिकारीले बताएका छन् । ‘‘हामी ग्राहकहरुलाई सर्वसुलभ मूल्यमा यति गुणस्थरीय सेवा नेपालभर पुर्याउन सफल भएका कम्पनी हौं । बजारमा हाल बिक्री भइरहेका ठूला साइजका एलइडी टेलिभिजनहरुमा टिभी हेर्नका लागि डिसहोमको विकल्प छैन ।’’ उनले बताए । स्याटलाइट प्रविधिमा आधारित नेपालको एक मात्र डिटिएच सेवा प्रदायक डिस होमले नेपाल रहेका ग्राहकहरुमाझ गुणस्तरीउ सेवा प्रदान गर्दै आएको छ । सहर बजारदेखि ग्रामीण भेगमा बस्ने नेपालीलाई आफ्नो रोजाई अनुसारको एचडी तथा एस डी प्याकेज प्रदान गर्ने यो कम्पनी नेपालको भौगोलिक बनावठमा उपयुक्त रहेको हुनाले जुनसुकै ठाउँमा पनि सहजै जडान गर्न सकिन्छ । ध्वनी र दृश्य दुबै गुणस्तरीय भएको डिसहोमले सम्पूर्ण नेपाली च्यानलका साथमा अति लोकप्रिय विदेशी च्यानलहरु प्रसारण गर्दै आएको छ । डिसहोमले दिने सेवामा हरेक दिन नयाँ नयाँ नेपाली सिनेमा प्रदान गर्ने प्लस मूभि च्यानल, विद्धार्थीहरुका लागि एजुकेसन च्यानल तथा इन्टरटेन्टमेन्ट च्यानल समेत रहेका छन् ।
विदेशी नागरिकले नेपालमा पाएको तलब भत्ता डलरमै लान पाउने, स्वीकृतिको लागि राष्ट्र बैंक धाइरहनु नपर्ने
काठमाडौं, २९ भदौ । नेपालमा कार्यरत विदेशी कर्मचारी र कामदारले अमेरिकी डलरमै आफ्नो तलब तथा ज्याला लान पाउने भएका छन् । यसअघि औद्योगिक ब्यवसाय ऐनको दफामा टेकेर राष्ट्र बैंकको स्वीकृति पछि त्यस्ता ब्यक्तिले परिवत्र्य विदेशी मुद्रा लाने गरेकोमा अवभने निश्चित कागजात देखाएर बैंक तथा वित्तीय संस्थावाट सहजै लान पाउने भएका हुन् । नेपाल राष्ट्र बैंकले विदेशी नागरिकले नेपालमा काम गरेवापत पाउने पारिश्रमिक, ज्वाला तथा तलबभत्ताको ७५ प्रतिशत रकम परिवत्र्य विदेशी मुद्रामा लान पाउने ब्यवस्था गरेको छ । ‘कुनै फर्म, कम्पनी तथा संस्थामा कार्यरत तेस्रो मुलुककका विदेशी नागरिकले रोजगारदातासँग गरेको करारमा उल्लेखित तलब भत्ता तथा अन्य सुविधा वापतको रकममा प्रचलित कानुन बमोजिम कर कट्टी पछि हुन आउने रकमको बढीमा ७५ प्रतिशतसम्म परिवत्र्य विदेशी मुद्रामा सम्बन्धित मुलुकमा पठाउन सकिने छ,’ राष्ट्र बैंकले जारी गरेको परिपत्रमा उल्लेख गरिएको छ । यसरी रकम पठाउनको लागि सम्बन्धित ब्यक्तिको निवेदन, रोजगारदाता फर्म कम्पनी तथा संस्थाको सिफारिसपत्र, श्रम विभागको श्रम स्वीकृति पत्र, कर्मचारी परिचयपत्र र नियुक्तिपत्र/सम्झौतापत्र, पारिश्रमिक कर तिरेको प्रमाणपत्र वा भौचरको प्रतिलिपी र भिसा बहाल सम्बन्धि प्रमाण पेश गर्नुपर्ने छ । यति कागजात प्राप्त गरिसकेपछि सम्बन्धित बैंक वित्तीय संस्थाले नै परिवत्र्य विदेशी मुद्रा सटही गरिदिन सक्ने ब्यवस्था राष्ट्र बैंकले मिलाएको छ ।
अबदेखि प्रत्येक दिन सिआरआर ७० प्रतिशत हुनै पर्ने
काठमाडौं, २९ भदौ । बैंक तथा वित्तीय संस्थाहरुले अवदेखि दैनिक रुपमा अनिवार्य नगद मौज्दातको ७० प्रतिशत रकम राख्नै पर्ने भएको छ । यसअघि साप्ताहिक रुपमा त्यस्तो रकम पुर्याउदा पनि हुने ब्यवस्था थियो । चालु आर्थिक बर्षको मौद्रिक नीति मार्फत गरिएको परिवर्तनलाई राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएको हो । चालु आर्थिक बर्षको मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाले राख्नु पर्ने अनिवार्य नगद मौज्दात (सिआरआर) को ७० प्रतिशत रकम दैनिक रुपमै पुग्नु पर्ने ब्यवस्था गरेको थियो । यसअघि ७ दिनमा गणना गर्ने गरिएकोमा अव भने १४ दिनमा सिआरआर गणना हुनेछ ।
अर्थसमितिले सरकारलाई भन्योः सबै नेपालीको स्वास्थ्य बीमा गराउनु
काठमाडौं, २९ भदौ । ब्यवस्थापिका संसदको अर्थसमितिले सवै नेपालीको स्वास्थ्य बीमा अनिवार्य गर्न सरकारलाई निर्देशन दिएको छ । बुधवार बसेको समितिको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो । समितिले न्यूनतम रकम बराबरको सरकारले बजेट ब्यवस्था गरेर बीमा शुल्क तिरिदिने र सो भन्दा बढी रकमको योगदानमा आधारित बीमा गराउन निर्देशन दिएको हो । ‘राज्यसत्तको माथिल्लो तहमा पुगेका ब्यक्तिले राज्यकोषवाट रकम समेत लिएर उपचार गराउने र गरिब नेपाली उपचार नपाएर मर्ने अवस्था आउन दिनु भएन, सरकारले बजेट ब्यवस्था गरेर सवै नेपालीको निश्चित रकमसम्मको स्वास्थ बीमा अनिवार्य गर्ने ब्यवस्था मिलाउनु,’ सभापति ज्वालाले बैठकको निर्णय सुनाउदै भने । सरकारले केही बर्ष अगाडिदेखि नै पाइलट प्रोजेक्टको रुपमा स्वास्थ्य बीमा गराउदै आएको छ । गत आर्थिक बर्षसम्ममा ३ जिल्लामा नमुनाको रुपमा यो कार्यक्रम संचालन गरिएको थियो । चालु आर्थिक बर्षमा थप २० जिल्लामा यो कार्यक्रम संचालन गर्ने भनिएको छ । समितिले भने सो कार्यक्रम विस्तार गरेर ७५ जिल्लामा नै संचालन गर्न निर्देशन दिएको हो ।
मलेसिया जाने कामदारसँग एक अर्ब ३९ करोड ठगी, मजदुरबाट दैनिक ३८ लाख लूट
काठमाडौं २९, भदौ । वैदेशिक रोजगारीका नाममा विभिन्न व्यवसायीक संस्थाले दिएको मजदुर सेवाका नाममा वार्षिक एक अर्ब ३९ करोड ठगी भइहरेको छ । मलेसिया जाने कामदारका नामा हुने बायोमेट्रिक मेडिकल, माईग्राम्स्, भिएलएन नेपाल ओएससीका नाममा विभिन्न व्यवसायीक सेवा प्रदायकले ठग्दै आएको यस्तो रकम दैनिक ३८ लाख रुपैयाँ रहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघले बताएका छ । संघका अध्यक्ष बिमल ढकालका अनुसार नेपाली यूवाको आकर्षक गन्तव्य मानिएको मलेसिया जाने कामदारको नाममा मात्रै सरकारले झण्डै डेढ अर्ब रुपैयाँ ठगी गर्न दिइरहेको छ । यो ठगी गर्ने काम र मजदुरबाट पैसा उठाउने काम तत्काल बन्द गर्न नेपाल सरकारलाई ध्यानाकर्षणसहितको मागपत्र पेश गरेको ढकालले जानकारी दिएका छन । संघका अध्यक्ष ढकालले मलेसियाको बैदेशिक रोजगारीमा जाँदा हुने यो ठगी तत्काल बन्द गर्न मागसहितको चारसूत्रीय मागपत्रलाई सार्वजनिकसमेत गरेको छ । संघका अनुसार मजदुरलाई अनावश्यक खर्च गर्न लगाउँने कार्य बन्द गर्नुपर्छ । संघले दिएको जानकारी अनुसार बायोमेट्रिकका नाममा वार्षिक ४५ करोड, माईग्राम्स्मा ३२ करोड, भिएलएनका नाममा अर्को ३२ करोड, ओएससीका नाममा ३० करोड गरी वार्षिक एक अर्ब ३९ करोड रुपैयाँ मजदुरबाट ठगी भइरहेको उल्लेख छ । केकेमा भइरहेको छ ठगी वायोमेट्रिक मेडिकलमा ४५ करोड संघका अनुसार वायोमेट्रिक मेडिकल प्रणाली परीक्षणका रुपमा सफ्टवेर अनलाईन प्रणाली निःशुल्क हुनुपर्ने नेपाल सरकारको २०७२ असार २५ को निर्णय रहेको छ । यो निर्णय अनुसार प्रति कामदार २६ सय ५० रुपैयाँ शुल्क लिएर बढीमा ६ महिनासम्मलाई वायोमेट्रिक मेडिकल प्रणाली लागू गर्न दिइएको थियो । यो समय सकिएको ८ महिना भैसकको भएपनि यो सेवा दिने विभिन्न ३९ वटा संस्थाले प्रतिकामदार ४५ सय रुपैयाँ अशुल गरिरहेका छन् । यो सेवामा ३९ वटा मेडिकल संस्थाले सिन्डिकेट लागू गरेर अबैधानिक तरिकाले स्वस्थ्य परिक्षण गरी वार्षिक ४५ करोड रुपैयाँ ठगी गरिरहेका छन् । माईग्राम्स्मा ३२ करोड बायोमेट्रिक मेडिकल अन्तरगतकै माईग्राम्स् नामक संस्थाले २०७३ को बैशाख १९ देखि कामदारसँग शुल्क अशुलीरहेको छ । मलेसियाकै मे बैंकबाट प्रति कामदार ३० अमेरिकी डलर अर्थात ३२ सय रुपैयाँ माईग्राम्स शुल्क लिइरहेको छ । यस्तो शुल्क वर्षिक ३२ करोड हुने र यो अनावश्क रुपमा मजदुरबाट अशुल भइ ठगी भइरहेकोले पनि उल्लेख छ । यो माईग्राम्स् प्रणाली नै बन्द गराएर यो शुल्क ठगी हुनबाट बचाँउन सरकारसँग संघले अनुरोध गरेको छ । भिएलएन नेपालका नाममा ३२ करोड मलेसिया जाने कामदारका नाममा पेपर भिसा प्राप्त भएपश्चात पुल्चोकमा रहेको मलेसियन दूतावासबाट सात सय रुपैयाँमा नै भिसा स्टीकर टास्ने गरेको छ । तर, यो स्टीकर टाँस्ने प्रोसेसका नाममा भिएलएन नामक संस्थाले प्रति कामदार ३२ सय रुपैयाँ लिने गरेको छ । अनावश्यक रुपमा भिसा प्रोसेसिङका नाममा उठाइने यस्तो शुल्क वार्षिक ३२ करोड रुपैयाँ हुने गरेको छ । यो रकम ठगी गर्ने भिएलएन नामक संस्था नै खारेज गर्नुपर्ने माग संघको छ । ओएससीका नाममा ३२ करोड मलेसियन कामदारलाई पेपर भिसा प्राप्त भएपछि इजाजत प्राप्त व्यवसायीले राहदानी भिसा टाँस गर्न मलेसियन दूतावास लैजाने गरेका छन् । तर, पछिल्लो समय (अन स्टेप सेन्टर)ओएससी नामक संस्थाले लाजिम्पाटमा कार्यालय खोलेर पेपर भिसा संकलनको काम गर्ने र दूतावासमा डेलिभरी गर्ने नाममा प्रति कामदार अर्को ३२ सय रुपैयाँ ठगी गरिरहेको छ । कामदारसँग सरोकार नै नराख्ने यो कम्पनी पनि बन्द गरेर ठगी भएको रकम अशुल उपर गर्नुपर्ने माग संघको छ । संघले तत्काल कामदारका नाममा तथा वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी निन्त्रण गर्न तथा त्यस्ता गतिविधि गर्ने संस्थालाई कारवाही गर्न माग गरेको छ ।