विकासन्युज

स्याउ नबिकेपछि भैसीलाई, किसानको आम्दानी शून्य

काठमाडौं २९, भदौ । तपाईँ अचेल बाजुराको जुकोट पुग्नु भएको छ भने अनौठो नमाने हुन्छ। त्यहाँका बस्तुभाउ धमाधम स्याउ खाइरहेका भेटिन्छन् । पोहोरभन्दा दोब्बर उत्पादन भएपछि गाउँभरि स्याउकै छेलोखेलो छ । बिक्रीका लागि बजार भने छैन । बेच्न नपाएर स्याउका दाना बारीमै कुहिन थालेपछि किसानहरू चौपायालाई खुवाउँन थालेको छन् । जुकोटमा अधिकांश परिवारका दुई ४ सय वटासम्म स्याउका बोट छन् । लटरम्म फलेका दानाले स्याउबारी राताम्मे देखिन्छन् । बजार पुर्‍याउन सके स्याउबाटै लाखौं रुपैयाँ आम्दानी गर्न सक्ने यहाँका किसानहरूको आम्दानी भने शून्य बराबर छ । भूपेन्द्र शाहीको बारीमा ४ सय बोटमा लटरम्मै छन् । तर उनले अहिलेसम्म स्याउ बेचेर मुस्किलले सय रुपैयाँ कमाएका छन्। ‘गाउँतिर स्याउ किन्ने कोही छैन,’ उनले भने, ‘कुहिने अवस्था आएपछि गाईभैंसीलाई खुवाउनुपरेको छ ।’ यति बेला जुकोट पुग्ने छरछिमेक र इष्टमित्रले बोक्न सकेजति सित्तैमा पाउँछन् । अपरिचित र किन्न चाहनेले डेलिसस, पञ्चमुखे, गोल्डेनलगायत जातका स्याउ रोजीरोजी रुपैयाँका ५ दाना पाउँछन् । सदरमुकाम पुर्‍याउन सके त्यही स्याउ दानाको २० रुपैयाँसम्म पर्छ । यहाँका किसानले स्याउ बिक्री गर्नुपरे लगभग एक दिन टाढा पर्ने कोल्टी वा दुई दिन लाग्ने सदरमुकाम मार्तडी पुर्‍याउनुपर्छ त्यती परसम्म किसानले डोकोमा पुर्‍याउन सक्दैनन् । भरिया खोजेर डोकोमा स्याउ पठाउँदा ज्याला बढी लाग्नेने उनीहरू बताउँछन् । जुकोटमाथि देबाले र सैदेवो लेकमा मात्रै स्थानीयका स्याउबारी छन् । स्याउ खेती गर्ने परिवार संख्या ७० भन्दा बढी छ । त्यहाँबाट गाउँमा ओसार्न पनि केही घण्टा लाग्छ। गाउँमा कोल्डस्टोरसमेत नभएकाले स्याउ भण्डारण गर्न सकिँदैन । समाचार तथा तस्बिर स्रोतःकान्तिपुर दैनिकबाट ।

प्रमको भारत भ्रमण टोलीमा १ सय १६ जना

काठमाडौं २९, भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारी, व्यापारी र मिडिया समेत गरी १ सय १६ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार भारतको ४ दिने राजकिय भ्रमणमा निस्कने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी त्यसतर्फ जान लागेका हुन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मंगलबारसम्म प्रधानमन्त्रीको भारत भ्रमणमा जाने टोलीमा ५० जना सरकारी प्रतिनिधिहरु, ३३ जना उद्योगीरव्यापारी र ३३ जना संचारकर्मीको नाम स्विकृत भएको छ । सरकारी प्रतिनिधिमण्डलमा रहेका ५० जनामध्ये ८ जना नयाँदिल्ली स्थित नेपाली दूतावासका कर्मचारी रहेका छन् भने बाँकी ४२ जना काठमाडौंबाट प्रधानमन्त्रीसँगै जानेछन् । ‘प्रधानमन्त्रीज्यूको आसन्न भारत भ्रमणमा जाने नेपाली प्रतिनिधिमण्डलमा सरकारी, नीजि क्षेत्र ९उद्योगीरव्यापारी० र संचारकर्मी समेत गरी १ सय १६ जनाको नाम स्विकृत भएको छ,’ स्रोतले भन्यो, ‘भारत प्रस्थान गर्ने बेलासम्म एकरदुई जना नाम थपघट हुनसक्छ ।’ प्रधानमन्त्रीसँगै भारत प्रस्थान गर्ने नेपाली प्रतिनिधिमण्डलको नाम मन्त्रिपरिषद बैठकले अन्तिम स्वीकृत गर्न भने बाँकी छ । स्रोतका अनुसार सरकारी प्रतिनिधिमण्डलमा परेका ५० जनाको मात्र सम्पूर्ण खर्च सरकारले व्यहोर्ने छ । यसमध्ये नयाँदिल्लीस्थित नेपाली दूतावासबाट सहभागी हुने कर्मचारीको स्थानिय खर्च मात्र सरकारले व्यहोर्ने छ । प्रतिनिधिमण्डलमा सहभागी गराईएका ३३ उद्योगीरव्यापारी र ३३ संचारकर्मीको खर्च भने उनीहरु स्वयमले व्यहोर्नेछन् । प्रधानमन्त्री दाहालको भदौ ३० देखि असोज २ गतेसम्म हुने भारत भ्रमणमा उनीसँगै दुई जना मन्त्री र ५ जना सचिव पनि जानेछन् । प्रधानमन्त्रीसँगै भारत भ्रमणमा जाने मन्त्रीहरुमा परराष्ट्र मन्त्री प्रकाशशरण महत र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक छन् । यस्तै, परराष्ट्र सचिव शंकर दास वैरागी, उर्जा सचिव अनुपकुमार उपाध्याय, बाणिज्य सविच ङइन्द्रप्रसाद उपाध्याय, भौतिक पूर्वाधार तथा यातायात सचिव धनबहादुर तामाङ र प्रधानमन्त्री कार्यालय सचिव पनि प्रधानमन्त्रीको भारत भ्रमणमा रहनेछन् । वैद्य माओवादी अब चुनावमा तीन वर्षअघि संविधानसभा चुनाव बहिष्कार गरेको मोहन वैद्य नेतृत्वको नेकपा ९क्रान्तिकारी माओवादी० ले चुनावमा भाग लिने भएको छ। आफ्नो दल निर्वाचन आयोगमा भने दर्ता नगर्ने उसको जिकिर कायमै छ। देशभक्त जनगणतान्त्रिक मोर्चाका नाममा चुनावमा भाग लिने तयारीमा पार्टी लागेको  छ। वैद्य माओवादीका वरिष्ठ नेता सीपी गजुरेल अध्यक्ष र परी थापा सचिव रहेको देशभक्त जनगणतान्त्रिक मोर्चाका पदाधिकारीमा कमल चौधरी, केबी गुरुङ, पवनमान श्रेष्ठ, श्रीनाथ अधिकारी, नगेन्द्र राई, केसबहादुर परियार सदस्य छन्। यी सबै वैद्य माओवादीका केन्द्रीय समितिमा रहेका नेता भएको मोर्चा अध्यक्ष गजुरेलले बताए । गजुरेलले निर्वाचन घोषणा भएमा त्यसलाई उपयोग गर्दै अघि बढ्ने बताए । ‘हाम्रो पार्टी निर्वाचन आयोगमा दर्ता हुँदैन, पार्टीको नाममा निर्वाचनमा जाने निर्णय पनि छैन,’ उनले भने, ‘तर चुनाव घोषणा भएको परिस्थितिमा भने मोर्चाका नाममा निर्वाचनमा भाग लिने निर्णय हाम्रो हो ।’ गजुरेलले महँगी, कालोबजारी, भ्रष्टाचार, बेरोजगारी मुद्दा उठाउने बताए । उनले राष्ट्रवादी उभार ल्याउन काम गर्ने घोषणा गर्दै जनजीविकाको मुद्दा उठाइरहने मोर्चाको लक्ष्य रहेको बताए। मोर्चालाई पार्टी संगठनकै संरचनामा उभ्याउने वैद्य माओवादीको तयारी छ । केन्द्रदेखि गाउँसम्मै चुनावी संरचना बनाए पनि आगामी चुनावमा भाग लिने कि नलिने भन्ने निर्णय त्यही बेला लिने गजुरेलले बताए । ‘यो विषय विल्कुलै कार्यनीतिक प्रश्न हो, चुनावमा प्रभावकारी उपस्थिति जनाउन मोर्चालाई निर्वाचन आयोगमा दर्ता गर्न लागेका हौं,’ उनले भने, ‘हामीले भनेजस्तो भएन भने बहिष्कार गर्नलाई पनि यो संरचना काम लाग्नेछ।’ माओवादी केन्द्रका आठ सांसदलाई सीआईबीको ‘क्लिन चिट’ प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अवैध मानव ओसारपसार र सरकारी कागजपत्र किर्तेमा जोडिएका माओवादी केन्द्रका ८ सांसदलाई ‘क्लिन चिट’ दिएको छ । ‘पक्राउ परेका दिनेश खड्काको बयानमा सांसदको संलग्नताबारे नखुलेको र मुख्य आरोपित शेरबहादुर साउद फरार रहेको’ भन्दै ब्युरोले आठै जनालाई उन्मुक्ति दिएको हो । खडका र साउद सांसदहरूलाई स्पेन लैजान सघाउने व्यक्ति हुन् । खड्का पक्राउ परेपछि ब्युरोले उक्त प्रकरणमा जोडिएका माओवादी केन्द्रका आठै सांसदको बयान लिएको थियो । प्रहरीले साउद र खडकालाई आरोपित बनाउँदै बुझाएको प्रस्तावित रायसुझावका आधारमा काठमाडौं जिल्ला अदालतमा पाँच दिनअघि अवैध मानव ओसारपसारको साटो सरकारी दस्तखत किर्तेको मुद्दा दायर भएको थियो । उक्त मुद्दामा खडकाको नाममा धरौटीमा निस्किए पनि ठगीको मुद्दामा २ वर्ष जेल सजाय पाएका ‘फरार’ भएकाले उनी जेल चलान भइसकेका छन् । ‘सांसदको बयान र पक्राउ परेका खडकाबाट घटनामा सांसदको संलग्नता खुलेन, अर्का मुख्य आरोपित फरारै छन्,’ ब्युरोका डीआईजी नवराज सिलवालले भने, ‘फरार रहेका साउदको पक्राउ पछि खुल्यो भने फेरि अनुसन्धान हुन सक्छ ।’ जुन र जुलाईमा स्पेनमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन जाने भन्दै माओवादी केन्द्रका सांसदले भिसाका लागि बुझाएको सिफारिस पत्र किर्ते गरी असम्बन्धित व्यक्तिलाई पिए बनाएर लैजान खोजेको खुलेपछि सांसद गोमा कुँवर, डोरप्रसाद उपाध्याय, सिर्जना तमारु खत्री, सन्तकुमार थारू, रूपा महर्जन श्रेष्ठ, राममाया बोगटी, दिलमाया धामी र धना पहरी अनुसन्धानमा तानिएका थिए ।

कम गुणस्तरका कारण जहाजको टायर पन्चर, मिचेलियनका टायर प्रतिबन्धित

काठमाडौं २९, भदौ । कमजोर गुणस्तरका कारण टायर पन्चर आशंकामा अबदेखि वायुसेवा निगमले रिप्रिट (मर्मत) गरेको टायर जहाजमा प्रयोग नगर्ने निर्णय मंगलबार नै गरेको छ । निगमको ए३२०–२२ सिरिजको ९एन एकेएक्स कलसाइनको लुम्बिनी नामक जहाज अवतरण क्रममा धावनमार्गमा टायर पन्चर हुँदा ठूलो दुर्घटनाबाट बचेको थियो । एक सय ५० यात्रु सवार यो जहाजको पांग्रा धावनमार्गमा ठोक्किनेबित्तिकै देब्रेतर्फको दुई नम्बरको टायर पन्चर भएको हो । जहाजमा परराष्ट्रमन्त्री डा.प्रकाशशरण महत पनि सवार थिए । पटकपटक टायरमा आएको समस्याले उडान जोखिम बढाएको निष्कर्ष निकल्दै निगमले मर्मतपछि प्रयोग गर्ने गरेको टायर प्रयोग नगर्ने निर्णय गरेको छ । निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारका अनुसार अमेरिकी कम्पनी मिसेलिनले बनाएको यो टायर थाइल्यान्डको बैंककमा रिप्रिट(मर्मत)हुने गरेको छ । पटकपटकको समस्याका कारण निगमले रिप्रिट भएको टायर प्रयोग नगर्ने निर्णय गरेको हो ।कंसाकारका अनुसार मंगलबार बसेको निगमको इन्जिनियरिङ, क्वालिटी, मेन्टेनेन्सहितका विभागको निर्णयले कम्पनीबाट आएको नयाँ टायरमात्रै प्रयोग गर्ने निर्णय गरेको छ । मिचेलियनका टायर प्रतिबन्धित नेपालको हवाई उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयान प्रधिकरणले नेपालमा दर्ता भइ अन्तर्राष्ट्रिय उडान गरिरहेका वायु सेवा कम्पनीका जहाजमा ‘मिचेलियन’कम्पनीका टायर प्रयोगमा रोक लगाएको छ। हाल राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम र निजी क्षेत्रको हिमालयन एयरलाइन्सले काठमाडौंबाट अन्तर्राष्ट्रिय उडान गरिरहेका छन्। ती मध्ये वायु सेवा निगमले डेढ वर्षअघि युरोपेली जहाज निर्माता कम्पनी एयरबससँग खरिद गरी ल्याएका दुई थान ‘ए ३२०,२००’ सिरिजका जहाजमा मिचेलियनका टायर प्रयोग गरिरहेको छ। निगमको ए ३२० जहाजमा रहेका टायर लगातार तेस्रोपटक पंक्चर भएपछि प्राधिकरणको हवाइ उड्डयान सुरक्षा विभागले अर्को निर्णय नभएसम्म प्रयोगमा रोक लगाएको हो ।  निगमले मर्मतपछि प्रयोग भएको यो टायरका कारण भएको यो घटनाको क्षतिपूर्ति मााग दाबी गर्ने पनि उल्लेख छ ।

अब बेरोजगारलाई भत्ता, सरकारले तोकेको न्युनतम तलवको २५ प्रतिशत दिने

काठमाडौं २९, भदौ । सरकारले बेरोजगार परिचयपत्र प्राप्त नागरिकलाई सामाजिक सुरक्षा कोषमार्फत बेरोजगार भत्ता प्रदान गर्ने कानुनी व्यवस्था प्रस्ताव गरेको छ। सामाजिक सुरक्षा प्रदान गर्नेसम्बन्धी विधेयक व्यवस्थापिका संसद्मा पेस भई संशोधनका क्रममा छ। सरकारले तोकेको तलबमानको २५ प्रतिशतसम्म भत्ता दिने व्यवस्था विधेयकमा प्रस्ताव भएको समाचार बुधबारबो गोरखापत्रमा छापिएको छ। लामो समयदेखि सामाजिक सुरक्षा कोष स्थापनाका लागि रोजगारदाता र मजदुरको समेत तलबमानको एक प्रतिशतका दरले रकम कट्टा हुँदै आएको छ। तर, कोषको कानुनी संरचना नबनेका कारण रकम परिचालन हुन सकेको छैन। प्रस्तावित विधेयक पारित भई कोष परिचालन समिति गठनपछि उक्त रकम परिचालन गर्ने कानुनी बाटो खुल्नेछ। सरकारले प्रस्ताव गरेको कानुनी व्यवस्था पारित भएमा बेरोजगार परिचयपत्रवाहक नागरिकले नेपाल सरकारले मजदुरलाई तोकेको न्यूनतम पारिश्रमिकको २५ प्रतिशत रकम पाउनेछन्। यसरी भत्ता उपलब्ध गराउँदा एक आर्थिक वर्षमा बढीमा चार महिनासम्मको रकम उपलब्ध गराइनेछ। प्रस्तावित विधेयकको दफा ८ (६) ले बेरोजगार भत्ताको व्यवस्था गरेको छ। विधेयकमा भनिएको छ, बेरोजगार परिचयपत्र प्राप्त गरेको नेपाली नागरिकले निजले माग गरेमा उक्त परिचयपत्र प्राप्त गरेको मितिदेखि नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिकको २५ प्रतिशतको दरले हुन आउने रकम बेरोजगारी भत्ताबापत रकम नेपाल सरकारबाट प्राप्त गर्नेछ। उपदफा (६) बमोजिमको बेरोजगारी भत्ता एक आर्थिक वर्षमा बढीमा चार महिनासम्मको लागि प्रदान गर्नेछ। बेरोजगार भत्ता पाइरहेको व्यक्ति कुनै प्रकारको रोजगारी वा स्वरोजगारमा संलग्न भएमा भत्ता दिइनेछैन। बेरोजगार भत्ता पाउने नागरिकलाई राज्यले परिचयपत्रका आधारमा सीपमूलक तालिम, लघु व्यवसाय विकास, पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको श्रममूलक काम, राष्ट्रिय अभियानका रूपमा घोषणा गरिएको कुनै रोजगारी विकास कार्यक्रममा सहभागी गराउन सक्नेछ। सीपमूलक तालिम दिई स्वरोजगार बनाउन पनि कोषले पहल गर्नेछ। अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्ति पनि सामाजिक सुरक्षा योजनामा सहभागी हुन सक्नेछन्। कसले पाउँछन् कोषको रकम प्रस्तावित विधेयकले कोषको रकम पाउने मापदण्डसमेत तय गरेको छ। बेरोजगारलाई उपलब्ध गराउने भत्ताबाहेक सामाजिक सुरक्षा कोषबाट सामाजिक सुरक्षाको रकम पाउने मापदण्ड पनि तय गरेको छ। विधेयक अनुसार तोकिएको अस्पताल वा स्वास्थ्यचौकीमा बढीमा दुई सन्तान जन्माउने महिलाले सुत्केरी पोषण खर्च सामाजिक सुरक्षा कोषबाट पाउनेछिन्। यस्तै पतिको मृत्यु भएको वा चालीस वर्ष उमेर पूरा हुँदासम्म विवाह नगरी बसेकी वा सम्बन्धविच्छेद गरेकी एकल महिलाले पनि कोषको सहयोग पाउनेछिन्। ७० वर्ष उमेर पूरा भएको ज्येष्ठ नागरिकले पनि कोषको रकम पाउनेछन्। अपाङ्ग, अशक्त नागरिकले जीविकोपार्जन सहयोग, पूर्वकमैया, कम्लरी, हलियाले पनि कोषको रकम पाउनेछन्। तर, नेपाल सरकार वा नेपाल सरकारको स्वामित्व प्राप्त संस्थाबाट निवृत्तिभरण पाउने व्यक्तिले भने कोषको रकम पाउनेछैनन्। विदेशी निकायबाट निवृत्तिभरण पाउने नागरिकले पनि सामाजिक सहयोग पाउनेछैन।

पाँच वर्षमा भित्रियो खर्बको सुन, अनुत्पादक क्षेत्रमा पैसा खर्च

काठमाडौं २९, भदौ । पाँच वर्षमा नेपालमा ९९ अर्ब १४ करोड रुपैयाँको सुन भित्रिएको छ। यस अवधिका नेपाली उपभोक्ताको आयस्तरमा आएको परिवर्तनसँगै सुन आयतमा पनि वृद्धि भएको बुधबारको अन्नपूर्ण पोष्टमा समाचार छापिएको छ। Gold bars उपभोक्ताको आयस्तरमा बृद्धि भए पनि आय उनुपात्दक क्षेत्रमा थुप्रिएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। वार्षिक ८० हजार ९ सय २१ रूपैया आय भएका नेपाली नगद सम्पत्ति भए पनि अनुत्पादनक सम्पतिका रुपमा गणना हुँदै आएको सुनमा ठूलो लगानी गरेको तथ्यांकले देखाएको छ। आर्थिक वर्ष २०६८/  ६९ मा ५७ हजार ३ सय ३७ रुपैयाँ प्रतिव्यक्ति आय भएका नेपालीले २५ अर्ब ७७ करोड रुपैयाँ सुन किन्नमा खर्चिएका छन्। ८० हजार नौ सय २१ रुपैया आय भएका नेपालीले अनुत्पादक सम्पतिका रुपमा गणना हुँदै आएको सुनमा ठूलो लगानी रहेको देखिनुले अनुत्पादक क्षेत्रमा खर्च बढेको पनि तथ्यांकले देखाएको छ । केही वर्षयता ठूलो परिणाममा चीनलगायतका देशबाट सुन भित्रिएपनि भने मौन रहेको छ ।

भारतले खुकुलो गर्दा औषधी तस्करी, अनुमतिबिना भारतबाट फर्मास्यूटिकल ड्रग्स बिक्री

काठमाडौं २९, भदौ । चिकित्सा विधिबाट प्रयोग गरिने औषधि तस्करी नियन्त्रणमा भारतले सहयोग नगरेको भन्दै नेपालले असन्तुष्टि जनाएको छ। दुवै देशको गृहसचिव स्तरीय बैठकमा नेपालले यसबारे कुरा राखेपछि भारतीय पक्ष जथाभावी औषधि बिक्रीतितरण रोक्न भने सकारात्मक देखिएको बुधबारको आजको कारोबार दैनकमा समाचार छापिएको छ। भारतको नयाँ दिल्लीमा भएको बैठकमा नेपालका सुरक्षा अधिकारीले चिकित्सक वा अस्पतालको अनुमतिबिना भारतबाट खुलमखुल्ला फर्मास्यूटिकल ड्रग्स बिक्री रोक्नुपर्ने प्रस्ताव गरेका थिए। चिकित्सकको प्रेस्किप्सन बिना आफ्ना नागरिकलाई खुद्रा वा होलसेल मूल्यमा औषधि बिक्री गर्न रोक लगाएको छ । नेपालबाट गएका दुर्ब्यसनी तस्कर औषधि व्यवसायीबाट भने कमिसन लिएर बिना प्रेस्किप्सन नै औषधि दिने गरेको भन्दै नेपाली पक्षले असन्तुष्टि जनाएको हो।

बुद्ध एयरमा स्याल ठोक्कियो, अप्रिय घटना हुनबाट जोगियो

भदौ २९, भदौ । विराटनगरबाट आउँदै गरेको बुद्ध एयरको एटीआर ७२ विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा मंगलबार साँझ स्याल ठोक्एिको छ । जहाज अवतरण गर्न कोटेश्वरतर्फको अन्तिम ट्याक्सी–वे ( पार्किङ) मा छिर्दै गर्दा स्याल ठोक्किएको हो । स्याल ठाउँको ठाउँ मरेको छ । गुडिरहेको विमानका चालक शैलेश महतले एयर ट्राफिक कन्ट्रोलरलाई आफ्नो जहाजले ट्याक्सी–वेमा पस्दै गर्दा स्यालसँग ठोकिएको जानकारी गराए । चालकको जानकारीपछि विमानस्थलको रात्री सिफ्टका कर्मचारी र शुरक्षाकर्मी घटनास्थल पुगे । बुद्ध एयरको उक्त विमान र यात्रुलाई केही भएन । बुद्ध एयरका प्रबन्धक रुपेश जोशीका अनुसार, चालकले धावनमार्गमा दुइटा स्याल ककपिटबाट चालकदलले देखेका थिए । तीमध्ये एउटा स्याल जहाजमा ठोक्किएर घटनास्थलमै मृत्यु भयो । यो घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मंगलबार दोस्रोपटक पुनस् बन्द हुन गयो । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार, बुद्ध एयरको विमानमा स्याल ठोकिएपछि विमानस्थल २२ मिनेट बन्द गर्नुपर्‍यो । ‘धावनमार्गमा रगतैरगत थियो, ७ बजेर ३१ मिनेटदेछि ७ बजेर ५३ मिनेटसम्म धावनमार्ग बन्द गर्नुपर्‍यो,’ उनले भने । यो घटनाका कारण ओमनको राजधानी मस्कटबाट काठमाडौं अवतरण गर्नै लागेको ओमन एयरको विमान भारतको लखनउ डाइभर्ट भयो । ‘जहाज होल्ड गर्न प्रयाप्त तेल थिएन, पाइलटले होल्डमा बस्नु भन्दा लखनउतर्फ जहाज फर्काए,’ ओमन एयरका काठमाण्डु एयरपोर्ट सर्भिस म्यानेजर भरत श्रेष्ठले भने । ‘होल्डमा बस्नका लागि आठ मिनेटभन्दा बढीका लागि इन्धन थिएन,’ श्रेष्ठले भने । यहीबेला कतारको राजधानीबाट आएको कतार र इतिहाद एयरलाइन्सका दुइटा विमान होल्डमा रहेको समाचार बुधबारको कान्तिपुर दैनिकमा छापिएको छ ।

काठमाडौं–निजगढ ‘फास्टट्र्याक’ नेपालले नै बनाउनुपर्छ

काठमाडौं, २८ भदौ । नयाँ शक्ति पार्टी नेपालले काठमाडौं–निजगढ ‘फास्टट्र्याक’ भारतीय वा अन्यत्रबाट सस्तो ऋण लिएर नेपाल आफैँले निर्माण गर्नुपर्ने बताएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणका सन्दर्भमा सो पार्टीले भारतसँग तत्काल थप परियोजना निम्ति सम्झौता गर्नुभन्दा भारतीय लगानी, अनुदान र ऋण सहयोगमा निर्माणाधीन आयोजना निर्दिस्ट समयमा पूरा गर्न जोड दिनुपर्ने सुझाव दिएको हो । पार्टी संयोजक डा बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारत भ्रमणको पूर्ण सफलताको शुभकामना दिँदै भिन्न परिवेशमा गरिएको सन् १९५० को सन्धि तथा अन्य सन्धि–सम्झौताको पुनरावलोकन, नेपाल–भारत सम्बन्धमा विगतदेखि रहँदै आएका कतिपय समस्या र असमझदारी छिटो हल गर्न विशेष पहल गर्नुपर्ने सुझाव दिएका पार्टीले जनाएको छ । नेपाल–भारत सम्बन्धको एक महत्वपूर्ण आयाम रहँदै आएको परम्परागत सुरक्षा अवधारणालाई समयानुकूल विकसित र परिमार्जित गर्दै लैजानुपर्नेमा उनले जोड दिएका छन् । राजनीतिक रुपले स्थिर र आर्थिकरुपले समृद्ध नेपाल मात्रै दुवै छिमेकी भारत र चीनको सुरक्षाको भरपर्दो साझेदार बन्न सक्ने नवीन अवधारणा प्रस्तुत र स्थापित गर्न प्रयत्न हुने विश्वास लिइएको संयोजक भट्टराईद्वारा आज यहाँ जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । नेपाल–भारत सम्बन्धको एउटा ठूलो समस्याको रुपमा भारतसँग बर्सेनि डरलाग्दो ढङ्गले बढ्दै गएको व्यापार घाटा रहेको विज्ञप्तिमा उल्लेख छ । अहिले भारतसँग वार्षिक आयात/निर्यात अनुपात दश गुणाभन्दा बढी रहेको छ । रासस