काठमाडौं । मुक्तिनाथ विकास बैंकले नयाँ ‘मुक्तिनाथ बरदान मुद्दति’ योजना सार्वजनिक गरेको छ ।
यस योजनाअन्तर्गत ग्राहकहरुले १ वर्ष अवधिमा न्युनतम ५ लाख रुपैयाँदेखि निक्षेप राख्न सक्नेछन् ।
बैंकले यस योजनाअन्तर्गत राख्ने निक्षेपमा वार्षिक ११.५० प्रतिशत व्याजदर प्रदान गर्ने छ । यस योजना बैंकको जुनसुकै शाखाबाट उपलब्ध हुने छ ।