विकासन्युज

अख्तियारको अर्को स्टन्ट ! सर्वोच्च र माअोवादीसँग जुहारी, माअोवादीको शिविरको रकम अनियमिततामाथि छानविन सुरु

काठमाडौं, ३१भदौ। अख्तियार दुरुपयोग अनुसन्धान अायोगले  तत्कालिन माअोवादी लडाकु शिविरमा खर्च गरिएको रकमवारे अनुसन्धान थालेको छ।  त्यसको वारेमा माअोवादीका तत्कालिन जिम्मेवार नेताहरुलाई ३० दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ। संयोग त के छ भने अाजमात्रै सर्वोच्च अदालतले अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीसहरु विश्वम्भरप्रसाद श्रेष्ठ र सपना प्रधान मल्लको संयुक्त इजलासले आज उत्प्रेषणयुक्त आदेश जारी गर्दै आदेशले तीन आधारमा यसअघि सर्वोच्चले नै गरेको फैसला पुनरावलोकन गर्ने निस्सा प्रदान गरेको थियो। -अन्तरिम संविधानको धारा ११९ खको व्याख्या तत्कालीन आदेशमा गलत भयो। -रायमाझी आयोगले कारबाही गरिसकेको हकमा आयोगको उक्त प्रतिवेदन लोकमानको हकमा अर्थपूर्ण छ जसलाई अदालतले यसअघि स्वीकार गरेको छ। -यसअघिको पूर्ण फैसला सर्वोच्चको आफ्नै नजिर विपरीत छ। सर्वोच्चको यो फैसलाको विरुद्दमा अख्तियारले इगोसेन्ट्रिक रुपमा माअोवादीहरुलाई अप्ठेरोमा पारेको छ। यो सँगै अब संवैधानिक अप्ठेरो पर्ने देखिएको छ। एकातिर माअोवादीको शिविर काण्ड अर्कातिर सर्वोच्चको ताकेता।   भूकम्पमा हराएको जवाफप्रति प्रहार भूकम्पमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीका प्रमाणपत्र हराएको सचिवको जवाफप्रति सर्वोच्च अदालतले असन्तुष्टि जनाएको छ। सर्वोच्चले आज परमादेश जारी गर्दै भनेको छ – यस अदालतको आदेशानुसार माग गरेको कागजात फाइल सम्बन्धित निकायहरुबाट समयमा अदालत पठाउने कार्य नगरी फेला परेपछि पाठाउने भनी गैर जिम्मेवारीपूर्ण जवाफ पठाएको देखियो।’ सात दिनभित्र नआए कारबाही सर्वोच्चको आदेशमा पूर्व आदेश अनुसारको फाइल कागजात सात दिनभित्र नपठाएमा न्याय प्रशासन ऐन २०७३ को दफा ३४ (२) अनुसार कारबाही हुने भनिएको छ। उक्त दफामा अदालतले माग गरेको मिसिल, लिखत वा जवाफ कुनै कार्यालयले प्रचलित कानून बमोजिमको वा अदालतले तोकेको अवधिभित्र नपठाएमा अदालतले सम्बन्धित कार्यालयको प्रमुख वा कर्मचारीलाई पटकै पिच्छे एक हजार देखि दश हजार रूपैयाँसम्म जरिवाना गर्न सक्ने उल्लेख छ। को को तानिन्छन् यदि अख्तियारले साँच्चिकै छानविन गर्यो भने माअोवादी जोडिएको सवै दलहरु तानिनेछन् र भर्खरैमात्र माअोवादी छोडेर नयाँ शक्ति दल खोलेका बाबुराम भट्टराई पनि तानिनेछन्। एकिकृत माअोवादीका शीर्षस्थ नेताहरु प्रधानमन्त्री प्रचण्ड, वादल लगायत, मोहन बैद्य, नेत्रविक्रम चन्द लगायत नेपाल सरकारका मन्त्रीहरु जनार्दन शर्मा, कृष्णवहादुर महरा लगायतका मन्त्रीहरु पर्नेछन्।

बाजेको ७ प्रकारका मसला बजारमा

काठमाडौं, ३१ भदौ । बाजेको सेकुवाले बाजेको मसला बजारमा ल्याएको छ । बाजेको सेकुवाले ७ प्रकारका मसला उत्पादन तथा बिक्रि थालेको हो । सेकुवाले मिट, चिकेन, करी, मम, सेकुवालगायत २३ प्रकारका परिकारका लागि मसला उत्पादन गरि बजारमा ल्याएको कम्पनीकी प्रबन्ध निर्देशक नितिमा कार्कीले बताइन् । मसलाको मूल्य न्युनतम ८५ देखि १२० रुपैयाँसम्म पर्छ । बाजेको सेकुवाले राजधानीमा पत्रकार सम्मेलन गरि नयाँ उत्पादन सार्वजनिक गरेको हो । चाडपर्वहरु नजिकिँदै गर्दा ल्याइएका मसलाले खानापारखीको मन जित्ने विश्वास कार्कीले बताइन् । तराईका विभिन्न जिल्ला पुगेर किसानको खेतबारीबाट प्रत्यक्ष रुपमा कच्चा पदार्थ संकलन गर्ने उत्पादक कम्पनीको योजना छ । यी मसालाहरु विराटनगरको उद्योगमा पिसेर काठमाडौं अनामनगरमा प्याकिङ गरिएका हुन् । सुरुवातमा मासिक ३० हजार प्याकेट उत्पादन लक्ष्य कम्पनीले लिएको छ । बाजेको सेकुवाले उपत्यकाका १० स्थानसहित पोखरा र भरतपुरमा शाखा खोलिसकेको छ ।

एनसेल मेला पोखरामा, असोज ३ गते बुटवलमा

काठमाडौं, ३१ भदौ । देशको प्रमुख मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले नजिकिदै गरेको चाडपर्वकोे अवसरमा आफ्ना ग्राहक तथा शुभचिन्तकसँग खुशीयाली साट्न र शुभकामना आदान प्रदान गर्न शनिबार पोखराको प्रदर्शनी केन्द्र, नयाँ बजारमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमले भरिपूर्ण एनसेल मेलाको आयोजना गर्ने भएको छ । देशको विभिन्न पाँच शहरमा आयोजना हुने एनसेल मेला बिहीबार नारायणगढको नारायणी किनारबाट शुरु भएको हो । विविध रोचक कार्यक्रहरु र कक्सर्ट सहित मेला ११ बजे देखि शुरु भई साझ सम्म चल्ने छ । चर्चित कलाकारहरु तथा संगीतिक समुहको प्रस्तुतीहरु, कमेडी, जादु, गेम स्टलहरु, किडस् जोन र फुड स्टलहरु मेलाका केही विषेश आकर्षणहरु हुन् । मेलामा कलाकारहरु सुगम पोख्रेल, शिव परियार, सन्दिप क्षेत्री, मिलन अमात्य, लाउरे, रेमोन दास श्रेष्ठ र समृद्घी राईको प्रस्तुती रहने छ । साथ साथै एक्स व्याण्ड, कार्टुन्ज क्रु र युभि एन्जल्स्को प्रस्तुतीले दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदानगर्ने विश्वास लिईएको छ । मेलाको मुख्य आकर्षणका रुपमा कन्सर्ट रहेको छ । गायक सुगम पोख्रल, शिव परियार र मिलन अमात्यले आफ्नो उत्कृष्ट गीतहरु गाएर दर्शकहरुलाई मनोरन्जन प्रदान गर्नेछन् । साथै अन्य कलाकार लाउरे र एक्स व्याण्डको विषेश प्रस्तुती पनि रहनेछ । मनोरञ्जनका कार्यक्रमका साथ साथै आगन्तुकहरुले एनसेलको सेवा तथा सुविधामा आकर्षक अफर पाउने छन् भने डेटा सेवा, थ्रिजीको गति र अन्य डिभासहरु एनसेलको विषेश हाईटेक जोनमा चलाएर टेष्ट गर्न सक्नेछन् । सबै उमेर समुहका दर्शकहरुलाई लक्षित गरी एनसेल मेलामा विभिन्न कार्यक्रमहरु समावेश गरिएका छन् । गेम स्टहरुमा सुट द रावण, मिनी बास्केटबल, बाउन्स एण्ड स्कोर र स्कोर द रियल गोल लगायतका गेमहरु हुनेछन् भने बालबालिकाका लागि विषेश किड्स जोनमा इन्फ्लेटेड क्यासल, फेस पेन्टिङ्, वाटर बल, मेरी गो राउण्ड, बेबी गल्फ र ट्रेन जस्ता विविध आकार्षणहरु रहनेछन् । आगन्तुकहरुको लागि नेपाली, ईण्डियन र चाईनिज परिकारहरुको फुड स्टल पनि रहनेछन् । त्यस्तै अन्य आकर्षणमा मयुर नाच, लाखे नाच, दशैं पिंग, चंगा चेट प्रतियोगिता र मगसट फोटो बुथ आदि रहनेछन् । “पर्यटकीय नगरी पोखरामा एनसेल मेला मार्फत नजिकिदै गरेको चाडपर्वको अवसरमा खुसीयाली साट्न तथा आफेना ग्राहकहरुसँग शुभकामना आदानप्रदान गर्न हामी उत्साहित छौ,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । “यो मेलाले सबैलाई खुसी बाँड्ने र परिवारजन, आफन्त र साथीभाईसँग नजिक रहन थप उर्जा प्रदान गर्ने कुरामा विश्वस्त छौ । ” नारायणघाट बाट शुरु भएको एनसेल मेला असोज ३ गते बुटवल, असोज ६ गते धरानमा र असोज ८ गते बिर्तामोडमा आयोजना पश्चात समापन हुनेछ ।

नेपालको पानी जनताको लगानी, अगाडि बढ्यो मोबाइल हाइड्रो

काठमाडौं, ३१ भदौ । सरकारले ‘नेपालको पानी जनताको लगानी’ नाराका साथ मुलुकभित्रकै वित्तीय स्रोत परिचालन गरेर विभिन्न जलविद्युत् आयोजना अगाडि बढाउने भएको छ । माथिल्लो अरुण, दूधकोसी, तमोर, सुनकोसी तेस्रो र लाङटाङ नलसिंहगाड, उत्तरगङ्गा, नौमुरे र तिला एक जस्ता आयोजना जनताको लगानीमा अगाडि बढाउने सरकारको योजना रहेको छ । नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, बिमा संस्थान, नेपाली सेनाको सैनिक कल्याणकारी कोष जस्ता संस्थामा रहेको रकम लगानीका लागि छुट्टै कम्पनी खडा गरिने र त्यसमा नागरिकले पनि सहज रुपमा लगानी गर्नसक्ने वातावरण बनाइने योजना अगाडि सारिएको छ । नीतिगत रुपमा तय गरिएको योजनालाई मूर्तता दिन तयारी गरिएको ऊर्जा मन्त्रालयले जनाएको छ । मुलुकभित्रै ठूलो मात्रामा आर्थिक स्रोत रहेपनि त्यसलाई परिचालन गर्न नसकिएको अवस्थामा सहज रुपमा लगानी गर्नसक्ने वातावरण तयार पार्न लागिएको ऊर्जा मन्त्री जनार्दन शर्माले बताए । जलविद्युत् आयोजनामा तत्कालै एक खर्ब २५ अर्ब रुपैयाँ लगानी जुट्नसक्ने अवस्थालाई मध्यनजर गर्दै ‘नेपालको पानी जनताको लगानी’ अवधारणा अगाडि सारिएको उनको भनाइ छ । नेपाल भित्रिने विप्रेषणलाई समेत जलविद्युत्मा लगानी गर्ने योजनाका साथ काम सुरु गरिएको छ । अगाडि बढ्यो मोबाइल हाइड्रो यस्तै सरकारले मोबाइल कलको आधारमा जलविद्युत्मा लगानी जुटाउने अवधारणा अगाडि सारेको छ । सूचना तथा सञ्चार मन्त्रालयसँगको समन्वयमा उक्त अवधारणालाई मूर्तरुप दिने तयारी गरिएको छ । नागरिकले टेलिफोन गर्दा प्रत्येक कलमा निश्चित रकम काटी जलविद्युत्मा लगानी गर्ने अवधारणा अगाडि सारिएको मन्त्री शर्माले बताए । प्रत्येक कलको १५ प्रतिशत शुल्क जलविद्युत्मा लगानी गर्ने व्यवस्था गरिन लागेको छ । नेपाल टेलिकम र अन्य दुरसञ्चार सेवा प्रदायकलाई पनि सो योजनामा सहभागी गराइने सरकारको योजना छ । सुरक्षा निकाय पनि जलविद्युत्मा ऊर्जा मन्त्रालयले नेपाली सेनालाई एउटा नमुना परियोजना अगाडि बढाउन आग्रह गरिसकेको छ । सेनालाई रोल्पामा रहेको १२ मेगावाट क्षमताको मादी खोला आयोजना अगाडि बढाउने अख्तियारी यसअघि नै दिइसकेको छ । सो परियोजना तत्काल अगाडि बढाउन र अर्को आयोजना पनि जिम्मा लिन तथा नमुना परियोजनाको रुपमा विकास गर्न आग्रह गरिएको मन्त्री शर्माको भनाइ छ । सो आयोजनामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको पनि सहभागिता रहने र लगानीका लागि अभिप्रेरित गरिने योजना छ । सुरक्षा निकायका उच्च अधिकृतदेखि सिपाहीसम्म सबैले लगानी गर्न पाउने अवस्थाको सुनिश्चित गर्दै प्राविधिक जनशक्ति निर्माण गर्ने योजनामा मन्त्रालय रहेको छ । गरिबसँग सरकार र ऊर्जा कार्यक्रम सरकारले सीमान्तकृत वर्ग, सहिद तथा बेपत्ता परिवार, घाइते, अपाङ्गता भएका तथा अति विपन्न जनताको आर्थिक अवस्था सुधार्न सरकार वा सरकारी स्वामित्वका संस्थाको बहुमत सेयर रहेको जलविद्युत् आयोजनामा उनीहरुको लागि सहुलियत दरमा निश्चित प्रतिशत सेयर कायम हुने व्यवस्था गरिने भएको छ । त्यस्तो सेयर उपलब्ध गराउँदा सहुलियत दिएको रकम सरकारले गरिबी निवारण कोष, युवा स्वरोजगार कोष, महिला तथा बालबालिका कोष, कृषि विकास तथा स्थानीय विकासमा पिछडिएका समुदायको विकासका लागि भनेर छुट्ट्याइने गरिएको नियमति वार्षिक बजेट रकमबाट सम्बन्धित कम्पनीलाई स्वचालित ढङ्गले पूर्ति हुने व्यवस्था मिलाउन आवश्यक संस्थागत परिपार्टी बसाल्ने, आयोजना निर्माणमा श्रम सहभागिता मार्फत पनि सेयर सुनिश्चित गर्ने व्यवस्था मापदण्ड बनाई लागू गर्ने सरकारको योजना रहेको छ । चुहावट नियन्त्रण गर्न अभियान यस्तै सरकारले विद्युत् चुहावट नियन्त्रणका लागि निरन्तर रुपमा विशेष अभियान सञ्चालन गर्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणकाअनुसार कुल २५ प्रतिशत विद्युत् चुहावट भइरहेको सन्दर्भमा त्यसलाई नियन्त्रण गर्न विशेष अभियान अगाडि बढाइने भएको हो । प्राधिकरणको कुल बक्यौता रु दश अर्ब रहेको अवस्थामा त्यसलाई चाँडै उठाइसक्ने योजना छ । मिटर र ट्रान्सफर्मर नपाउने अवस्थाको अन्त्य गर्ने, सहज रुपमा ग्रामीण विद्युतीकरण गर्ने योजना समेत सरकारले अगाडि बढाएको छ । चिसापानी कर्णाली सार्कस्तरीय आयोजना ऊर्जामन्त्री शर्माले कुल १० हजार ८०० मेगावाट क्षमताको कर्णाली चिसापानी जलविद्युत् आयोजनालाई दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन९सार्क० स्तरीय आयोजनाको रुपमा अगाडि बढाउने योजना अगाडि सारिएको बताएको छ । चालु आवको बजेट वक्तव्यमा सो आयोजनालाई नेपाल, चीन र भारतको त्रिदेशीय आयोजनाको रुपमा अगाडि बढाउने उल्लेख छ । सो आयोजनाको प्रारिम्भक अध्ययन भए पनि पूर्ण अध्ययन भएको छैन । विस्तृत आयोजना अध्ययन प्रतिवेदन (डिपिआर) तयार पार्न सार्क क्षेत्रका मुलुकलाई लगानीका लागि आह्वान गर्न लागिएको छ । रासस

भूकम्पीय जोखिम न्यूनीकरण गर्न भवनसंहिता कार्यान्वयनको माग

काठमाडौं, ३१ भदौ । विगतमा गएका भूकम्पको अनुभवका आधारमा उपत्यकामा भूकम्पीय जोखिम न्यूनीकरणका लागि भवनसंहिता कार्यान्वयन गरिनुपर्नेमा जोड दिइएको छ । सहरी विकास मन्त्रालय, गृह मन्त्रालय, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, खानी तथा भूगर्भ विभाग र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका०को संयुक्त आयोजनामा आज यहाँ आयोजित ‘उपत्यकामा भूकम्पीय जोखिम न्यूनीकरण’ विषयक गोष्ठीमा यस विषयमा जोड दिइएको हो । सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले प्रकोपलाई विकाससँग जोडेर नीति निर्धारण गरिनुपर्ने बताए । “प्रकोपसँग सम्बन्धित नीति नहुँदा विकास निर्माणमा प्रभाव परेको छ, प्रकोपले विकासमा बाधा पु¥याउँछ, अब यससम्बन्धी नीति निर्माण गरी कार्यान्वयनमा ल्याइनुपर्छ” – उनले भने। प्रकोपको क्षति न्यूनीकरणका लागि इन्जिनियरिङमा ध्यान दिई यससम्बन्धी शिक्षा स्थानीय तहसम्म पु¥यानुपर्ने सचिव शर्माको भनाइ थियो । जाइकाको सहयोगमा सञ्चालित काठमाडौँ उपत्यका प्रकोप न्यूनीकरण आयोजना प्रमुख एवम् मन्त्रालयका सहसचिव शिवहरि शर्माले गोरखा भूकम्पलगत्तै जोखिम न्यूनीकरणको काम सुरु गरिएको जानकारी गराए । “विगतमा गएका भूकम्पको मूल्याङ्कन गरी आगामी जोखिम न्यूनीकरणका लागि तयारी गर्नुपर्छ, विसं २०५८ देखि जाइकाको सहयोगमा विगतका भूकम्पको अध्ययन सुरु भएको हो, ललितपुर उपमहानगरपालिका, काठमाडौँको बूढानीलकण्ठ नगरपालिका र भक्तपुर नगरपालिकामा नमुनाका रुपमा काम सुरु भएको छ” – उनले भने । जनसङ्ख्या धेरै भएका २२ नगरपालिका र चार गाउँ विकास समितिमा यो कार्यक्रम विस्तार गर्ने योजना रहेको सो अवसरमा जानकारी गराइयो । पृथ्वी विज्ञान र प्रकोप न्यूनीकरणका लागि राष्ट्रिय अनुसन्धान प्रतिष्ठान जापानका डा सुनेओ ओशुमीले जापानमा भवनसंहिता लागू हुँदा मानवीय क्षति न्यून भएको र लागू नहुँदा क्षति बढी भएको तथ्याङ्क प्रस्तुत गरे । कार्यक्रममा खानी तथा भूगर्भ विभागका कार्यबाहक महानिर्देशक राजेन्द्रप्रसाद खनाल, शोधकर्ता डा सतोरु निशिकावा, खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक डा सोमनाथ सापकोटा, सहरी विकास मन्त्रालयका उपसचिव सुमन सालिके, स्थानीय विकास मन्त्रालयका उपसचिव ऋषिराज आचार्य, नेपालका लागि जाइकाका प्रमुख प्रतिनिधि जुन साकुमा आयोजना प्रमुख योजी ताकाहाशीलगायतका वक्ताले भूकम्पीय जोखिम न्यूनीकरणका लागि पूर्वतयारी महत्वपूर्ण हुनेमा जोड दिए । अध्ययन प्रतिवेदन नेपाली र अन्य मातृभाषामा पनि प्रकाशित गरी जागरणका लागि प्रकाशित गरिने जानकारी पनि सो अवसरमा दिइयो । रासस

भारतसँग तीनबुँदे समझदारी, ७५ करोड अमेरिकी डलरको ऋण दिने

नयाँदिल्ली, ३१ भदौ । भारत सरकारले नेपालको तराई क्षेत्रको सडक स्तरोन्नति तथा सुधारका लागि परियोजना व्यवस्थापन परामर्श सेवा उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको चार दिने राजकीय भ्रमणको क्रममा भएको तीन बुँदे समझदारीपत्रमा उक्त परामर्श सेवा उपलब्ध गराउने सहमति भएको हो । यस्तै, भूकम्पपछिको पुनःनिर्माणका लागि पहिलो संशोधनीय डलर ऋण सुविधा उपलब्ध गराउने विषयमा अर्को समझदारी भएको छ । भूकम्पपछिको पुनःनिर्माणका लागि ७५ करोड अमेरिकी डलरको ऋण सुविधा उपलब्ध गराउने नयाँ सम्झौता पनि भएको छ । रासस

तीन बैंकको पाँच अर्बको हकप्रद सेयर आउँदै, जनता, कृषि विकास र माछापुछ्रेले मागे अनुमति

काठमाडौं, ३१ भदौ । दशैं लगत्तै करिब पाँच अर्ब रुपैंयाँ बढिको हकप्रद सेयर निष्काशन हुने भएको छ । तीन वटा बाणिज्य बैंकले दशैं लगत्तै हकप्रद सेयर निष्काशनको तयारी थालेका हुन् । जनता बैंक, कृषि विकास बैंक र माछापुछ्रे बैंकले हकप्रद सेयर निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । यी तीन बैंकले ४ करोड ९३ लाख १० हजार ७ सय कित्ता बराबरको हकप्रद सेयर निष्काशनका लागि अनुमति मागेका हुन् । यस वापत लगानी कर्ताले ४ अर्ब ९३ करोड १० लाख ७० हजार रुपैंयाँको लगानीको अवसर प्राप्त गर्नेछन् । जनता बैंकले दुई बराबर एक कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशनको अनुमति माग्दै भदौ ८ गते धितोपत्र बोर्डमा निवेदन दिएको छ । त्यस्तै, कृषि विकास बैंकले पनि दुई बराबर एक कित्ताको अनुपातमै हकप्रद सेयर निष्काशनको अनुमति पाऊँ भन्दै भदौ २१ गते बोर्डमा निवेदन दिएको छ । माछापुछ्रे बैंकले सोही जनता र कृषि विकास बैंकले झै दुई बराबर एक कित्ताकै अनुपातमा हकप्रद सेयर निष्काशन गर्न अनुमति मागेको छ । जनता बैंकले एक करोड तीन लाख कित्ता हकप्रद सेयर निष्काशन गर्नैछ भने कृषि विकास बैंकले एक करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्दैछ । त्यस बाहेक माछापुछ्रे बैंकले पनि एक करोड ९३ लाख २२ हजार ७ सय कित्ता हकप्रद सेयर निष्काशन गर्दैछ । जनता बैंकले एनसिएम मर्चेण्ट, कृषि विकास बैंकले एस क्यापिटल र माछापुछ्रे बैंकले सिभिल क्यापिटललाई बिक्री प्रबन्धकका रुपमा प्रस्ताव गरेका छन् । कम्पनीको बुक क्लोज हुनुभन्दा अघि सेयर खरिद गर्नेहरुले हकप्रद सेयर भर्न पाउने व्यवस्था रहेको छ ।

सिन्धु विकास बैंकले १० बराबर ८ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौं, ३१ भदौ । सिन्धु विकास बैंकले १० बराबर ८ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ । उक्त निर्णय भदौ २९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैंकले गत साउनमा एक बराबर एकको अनुपातमा हकप्रद जारी गरेको थियो । राष्ट्र बैंकको पूँजीवृद्धि योजनालाई तोकिएको सीमाभित्रै निश्कर्षमा पुर्याउन बैंकले सो मात्रामा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । उक्त बैठकको निर्णयलाई राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र सो मात्रामा हकप्रद निष्कासन हुने छ । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरेको १६ दशमलब ८ प्रतिशत बोनस शेयर पूँजीकरण भए पछि मात्र १० बराबर ८ को अनुपातमा हकप्रद जारी गर्ने बताएको छ । हाल बैंकको चुक्ता पूँजी २४ करोड १८ लाख रुपैयाँ रहेको छ । बजारमा बैंकको सेयर ४६४ रुपैयाँमा किनबेच भइरहेको छ ।