विकासन्युज

लडाकु शिबिर भ्रष्टाचार काण्ड, अख्तियारले बार्गेनिङ गरेको माओवादी आरोप

काठमाडौं, २ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन माओवादी लडाकु शिबिरमा भएको अनियमितता छानबिन गर्न थालेपछि माओवादीले त्यसलाई बार्गेनिङको आरोप लगाएको छ । पुर्वअर्थमन्त्री तथा माओवादी केन्द्रका नेता बर्षमान पुनले अख्तियारले आत्तिएर राजनीतिक बार्गेनिङ गरेको आरोप लगाएका हुन् । आयोगले लडाकु शिबिर भ्रष्टाचार काण्डमा मुछिएका माओवादी नेताहरुलाई ३० दिन भित्र बयानका लागि डाकिसकेको छ । पुर्व अर्थमन्त्री समेत रहेका पुन समेत सो अनियमितता काण्डमा मुछिएका नेता हुन् । उनका अलवा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल, राम बहादुर थापा, अर्थमन्त्री कृष्ण बहादुर महरा, उर्जा मन्त्री जनार्दन शर्मा, नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई लगायतका नेताको नाम मुछिएको छ ।  अन्नपुर्णपोष्टमा समाचार छ ।

एनसेल मेलामा रमाए पोखरेली र पर्यटकहरु, चर्चित गायकका उत्कृष्ट प्रस्तुति

काठमाडौं, २ असोज । देशको अग्राणी मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले नजिकिदै गरेको चाडपर्वकोे अवसरमा आफ्ना ग्राहक तथा शुभचिन्तकसँग खुशीयाली साट्न र शुभकामना आदान प्रदानग र्न शनिबार पोखराको प्रदर्शनी केन्द्र, नयाँबजारमा एनसेल मेला भव्य रुपमा आयोजना गरेको छ । एनसेल मेलामा, पोखरेलीहरुका साथै पर्यटकहरुको उत्साहजनक सहभागिता रहेको थियो । मेलाको मुख्य आकर्षणमा चर्चित कलाकारहरु तथा सांगीतिक समुहको प्रस्तुतीहरु, कमेडी, जादु, गेम स्टलहरु, किडस् जोन र फुड स्टलहरु रहेका थिए । चर्चित कलाकार तथा गायक सुगम पोखरेल, मिलन अमात्य, शिव परियार, एक्स ब्याण्ड तथा लाहुरेले मेलाम ाआफ्नो उत्कृष्ट गीतहरु गाएका थिए । हाँस्य कलाकार सन्दिप क्षेत्रीले सबैलाई आफ्नो प्रस्तुती मार्फत हँसाए भने कार्टुन्जक्रु र युभिएन्जल्स्को प्रस्तुती मादर्शकहरु मत्रमुग्ध भएका थिए । गायक सुगमपोखरेलको ‘झिल्के’ र‘प्रेम गीत’, मिलनअमात्यको ‘गाला रातै’ र ‘स्लोली स्लोली’, शिव परियारको ‘क्यादामीभो’ र ‘रुपौली रानी’जस्ता गीतहरुमा दर्शकहरु आफु पनि गाउँदै नाचेका थिए । एक्स ब्याण्डले आफ्नो लोकप्रियगीतहरु ‘लुक्न देउ’, ‘एउटा चिठ्ठी’, र ‘चियाबारीमा’अनि लाउरेले ‘नेपहपको बाटो’, ‘हाउ्डे’ र ‘तितो सत्य’गाएर दर्शकहरुलाई उत्साहित बनाएका थिए । सबै उमेरका मानिसहरुलाई मनोरन्जन प्रदान गर्नका लागि एनसेल मेलामा विभिन्न गतिविधि तथा कार्यक्रमहरु समावेश गरिएका थिए । गेम स्टलहरुमा विषेशत युवाहरुको भीड देखिन्थ्यो । मेलामासुट द रावण, मिनी बास्केटबल, बाउन्स एण्ड स्कोर र स्कोर द रियल गोल लगायतका गेमहरु राखिएका थिए । थुप्रै गेम स्टलहरुमा आगन्तुकहरुले उपहारहरु पाएका थिए भने किड्स जोनमा रहेको इन्फ्लेटेड क्यासल, फेस पेन्टिङ्, वाटर बल, मेरी गो राउण्ड, बेबीगल्फ र ट्रेन लगायतमा बालबालिकाहरु रमाई रमाई खेलेका थिए । मेलामाआगन्तुकहरुले एनसेलको सेवातथा सुविधाहरु आकर्षक अफरका साथ लिन पाएका थिए । त्यसैगरी डेटा सेवा, थ्रिजीको गति र अन्य डिभासहरु एनसेलको विशेष हाईटेक जोनमा दर्शकहरुले चलाएर हेर्न सकिने व्यवस्था मिलाईएको थियो । आगन्तुकहरुको लागि नेपाली, ईण्डियन र चाईनिज परिकारहरुको फुड स्टलहरुका साथै दशैं पिंग, चंगा चेट प्रतियोगिता र मगसट फोटो बुथ जस्ता आकर्षणहरु रहेका थिए । “पर्यटकीय नगरी पोखरामाएनसेल मेला आयोजना गरेर नजिकिदै गरेको चाडपर्वको शुभकामना आदान प्रदान तथा खुशी साटासाट गर्न पाउँदा हामी निकै हर्षित छौ,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलनशर्माले भने । नारायणघाट र पोखरा पश्चात, एनसेल मेलाअसोज ३ गते बुटवलमा, असोज ६ गते धरानमा र असोज ८ गते बिर्तामोडमा पुगी आयोजना पश्चात समापन उनले बताए ।

शिक्षक सहकारीको सधारणसभा सम्पन्न, दर्जन शिक्षक तथा विद्यार्थीलाई सम्मान

ललितपुर, २ असोज । राजधानीको लगनखेलमा रहेको शिक्षक विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडका छैटौं बार्षिक सधारणसभा सम्पन्न भएको छ । सधारणसभामा आधा दर्जन उत्कृष्ट विद्यार्थी तथा शिक्षकहरुलाई समेत सम्मानित गरिएको छ । ललितपुरमा अध्यापन गराइरहेका ३३६ शिक्षकहरु शेयर सदस्य रहेको शिक्षक विकास सहकारी संस्थाले साधारणसभाको अवसर पारेर ४० वर्षभन्दा लामो समय अध्यापनमा बिताएका शिक्षकहरुलाई सम्मानित गरिएको थियो । बार्षिक सधारणसभामा प्रमुख अतिथि रहेका सहकारी अभियान्त तथा राष्ट्रिय सहकारी संघका पूर्व अध्यक्ष दीपक प्रकाश बास्कोटाले शिक्षा क्षेत्रमा योगदान पु¥याउने उद्देश्य लिएर शिक्षकहरु नै सहकारीको माध्यमबाट सक्रिय हुँनु सकारात्म्क भएको बताए । उनले भने, ‘शिक्षकहरु मिलेर सहकारी स्थापना गरी शिक्षक तथा विद्यार्थीलाई सम्मान गर्ने काम राज्यकै यस सहकारीले सह्रानीय कार्य गरेको छ ।’ उनले आगामी दिनमा शिक्षा क्षेत्रमा निरन्तर अभियान सञ्चालन गर्न आग्रह समेत गरे । विश्वमा सहकारीको माध्यमबाट धेरै ठूलो प्रगति भएको, विकास र आर्थिक उन्नती भएको उल्लेख गर्दै उनले शिक्षक विकास सहकारीले शिक्षकहरुको लागि उदाहरणीय काम गरेर सहकारी अभियानमा योगदानमा निरन्तर लाग्नुपर्ने बताए । कार्यक्रममा ललितपुर जिल्ला सहकारी संघका अध्यक्ष तथा केन्द्रीय सहकारी संघका सञ्चालक माधव दुलालले सहकारीहरुको लागि खतराको घण्टी बजेको भन्दै सचेत रहन आग्रह गरे । उनले प्रस्तावित सहकारी ऐनको मस्यौदामा सहकारी संस्थाका सेयर सदस्य संख्या समेत रजिष्ट्रारले निर्धारण गर्न सक्ने अवस्था रहेको भन्दै सहकारीको क्षेत्रमा कालो धब्बा लाग्न खोजेकाले संसदमा पेश भएको सहकारी विधेयक बारे सबैले गम्भिरतापूर्वक लिनुपर्ने बताए । ललितपुर जिविसको सभाहलमा सम्पन्न बार्षिक सधारणसभाको अवसरमा जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीले एसएलसी र उच्च शिक्षामा परिक्षामा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका ६ छोराछोरीहरुलाई सम्मानित गरेका छन् । त्यसैगरी शिक्षक विकास साकोसले यसै बर्षदेखि दीर्घ सेवा शिक्षक सम्मान तथा गुरु सम्मानको लागि अक्षक कोष खडा गरेको छ । यसवर्षको दीर्घ सेवा सम्मानबाट जगदिश्वर श्रेष्ठ, तेज बहादुर सत्याल (बिदुर) र कुल बहादुर थापा क्षेत्री तथा गुरु सम्मान २०७३ बाट नीर केशरी श्रेष्ठ, शोभाकर दवाडीलाई सम्मानित गरेको छ । सधारणसभाले संस्थाका अध्यक्ष रामकाजी बस्न्यातले प्रस्तुत गरेको गतिवधि तथा भावी कार्ययोजना स्वीकृत गरेको छ भने कोषाध्यक्ष टिकाराम गिरीले प्रस्तुत गरेको आयव्यय विवरण समेत पारित गरेको छ ।

९ अर्ब १८ करोडको कृषि बीमा

काठमाडौं, २ असोज । दुई बर्षभित्रै ९ अर्ब १८ करोड रुपैंयाँ बराबरको कृषि बीमा भएको छ । अघिल्ला बर्षहरुको तुलनामा पछिल्लो दुई बर्षमा कृषि बीमाको संख्या ८८ प्रतिशतले वृद्धि भएको हो । कृषि क्षेत्रलाई व्यवसायीकरण गर्न, बिभिन्न कारणबाट बाली तथा पशुपंक्षिमा हुने क्षतिबाट किसानलाई राहत दिन तथा बीमा व्यवसायको प्रवद्र्धनका लागि कृषि विकास मन्त्रालयले २०६९ सालदेखि कृषि बीमा सुरु गरेको थियो । गत आर्थिक बर्षमा मात्रै ४ अर्ब ९९ करोड ७७ लाख रुपैंयाँ बराबरको कृषि बिमा भएको छ । कृषि बीमामा किसान तथा बिमक कम्पनीहरुको आकर्षण नदेखिएपछि बीमा समितिले २०७१ सालदेखि बीमा कम्पनीहरुलाई जिल्ला तोकेर बीमा गर्न निर्देशन दिएको थियो । अन्नपुर्णपोष्टमा समाचार छ ।

मर्चेण्ट बैंकले पनि आइपिओ जारी गर्नुपर्ने

काठमाडौं, २ असोज । अबदेखि मर्चेण्ट बैंकहरुले पनि आइपिओ जारी गर्नुपर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले मर्चेण्ट बैंकहरुले पनि आइपिओ जारी गर्नुपर्ने व्यवस्था गर्न लागेको हो । हाल १७ वटा मर्चेट बैंकहरुले पब्लिक कम्पनीहरुको सेयर निष्काशनको काम गरिरहेका छन् । बोर्डले मर्चेण्ट बैंकलाई १० देखि १५ प्रतिशतसम्म आइपिओ निष्काशन गराउनेबारे तयारी गरिहेको छ । कारोबार दैनिकमा समाचार प्रकाशित छ ।

सम्बन्ध सुधारमा केन्द्रित प्रमको भ्रमण, भारतीय लगानीकर्ता उत्साहित

नयाँदिल्ली (भारत), २ असोज । वर्षौं पहिले सम्झौता भई कार्यान्वयनमा नआएका दर्जनौँ विषयमा भन्दा पनि यसपटकको प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण सम्बन्ध सुधार तथा आपसी विश्वासको वातावरण बनाउनमै बढी केन्द्रित भएको छ । भारत भ्रमणमा निस्कनुभन्दा पहिले राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री एवम् नेपाल–भारत सम्बन्धका जानकारसँग परामर्श लिएका प्रधानमन्त्री दाहालले यस भ्रमणमा सम्बन्ध सुधारलाई जोड दिएका हुन । सामान्य अवस्थादेखि राजनीतिक परिवर्तनका कारण उतारचढाव हुने नेपाल–भारत सम्बन्धमा संविधानसभाबाट संविधान घोषणापछि अविश्वासको दूरी बढेको थियो । यसरी सम्बन्धमा उतारचढाव आए पनि भारत नेपालको अनन्य मित्र नै हो । ऐतिहासिक, राजनीतिक, सांस्कृतिक एवम् धार्मिक रुपमा दुई देश धेरै नजिक छन् । त्यसैगरी जनस्तरमा पनि गहिरो सम्बन्ध गाँसिएको छ । यस्ता सम्बन्धलाई सुमधुर बनाइराख्न पनि आपसमा भएका तीता मीठा कुरा आदानप्रदान गर्न अत्यन्त जरुरी हुन्छ । तिनै धरातलमा रहेर प्रधानमन्त्री दाहालले यसपटकको भ्रमण सक्काए । उनले विगतमा भएका सन्धि सम्झौताको कार्यान्वयनमा जोड दिए । उनले कुनै नयाँ सम्झौतामा हस्ताक्षर गरेनन । यसले पनि यस भ्रमणलाई आपसी सद्भावमा सीमित राखेको प्रतिनिधिमण्डलमा रहेका सदस्यको भनाइ छ । भ्रमणको समीक्षा गर्दैै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारका भन्छन– “यसपटक प्रधानमन्त्रीले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउनुभएको छ । यसले आगामी दिनमा विश्वासको वातावरण सिर्जना गर्छ भन्ने मैले विश्वास लिएको छु ।” भ्रमणकैबारे जानकारी दिँदै प्रधानमन्त्री दाहालले भने–“भारतीय प्रधानमन्त्री मोदी र मेरो खुलेर दिलदेखि कुरा भएको छ, यसले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको छ, यसले विश्वासको वातावरण सिर्जना गरेको छ ।” भदौ ३० गते नेपाल आउनुभएका प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, विहारका मुख्यमन्त्री नितेश कुमार, गृहमन्त्री राजनाथ सिंह, अर्थमन्त्री अरुण जेट्ली, ऊर्जा राज्यमन्त्री पियुस गोयल, पूर्व प्रधानमन्त्री मनमोहन सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलगायतसँग भेटवार्ता गरेका थिए । उक्त भेटवार्ताका क्रममा प्रधानमन्त्रीले आफ्ना धारणा स्पष्ट राखेका परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले जानकारी दिए । उनले भने–“विभिन्न तहमा भएका वार्ता र छलफलले दुई देशबीच विश्वासको वातावरण बनेको छ, यसले आपसी सहकार्यलाई नयाँ उचाइमा पु¥याएको छ । मन्त्री महतका अनुसार सद्भावना र सहयोग बढाउने भ्रमणको मूल लक्ष्य थियो त्यो पूरा भयो । राजनीतिक सम्बन्ध मजबुत प्रधानमन्त्री दाहाल भारत भ्रमणमा आएलगत्तै लामो समयदेखि यहाँ बस्दै आएका प्रवासी नेपाली, यहाँका राजनीतिक दल एवम् नेतासँग भेटघाट गरे । अधिकांश राजनीतिक भेटघाट यहाँस्थित नेपाली दूतावासमा नै भएको थियो । मुख्यमन्त्री नितेस कुमार प्रधानमन्त्री दाहाललाई भेट्न नेपाली दूतावास पुगेका थिए । राजदूतावासमा प्रधानमन्त्री दाहालसँग नेसनललिस्ट कँग्रेसका महासचिव डिपी त्रिपाठी, भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादीका महासचिव सीताराम यचुरी, जनता युनाइटेडका नेता शरद यादवलगायतका नेताले भेटवार्ता गरी दुई देशबीचको सम्बन्धलाई थप माथि उठाउने प्रतिबद्धता जनाए । उनीहरुले राजनीतिक एवम् जनस्तरबाटै दुई देशबीचको सम्बन्धलाई माथि उठाउने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले जानकारी दिए । उनले भने– “प्रधानमन्त्रीको यसपटकको भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पु¥याउन सफल भएको छ । सम्बन्ध मजबुत भएको छ ।” लगानीका लागि भारतीय उद्योगी उत्साहित त्यसैगरी प्रधानमन्त्री दाहालले भ्रमणका सिलसिलामा नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योगीको संस्था कन्फिडेरेसन अफ इन्डियन इन्डस्ट्रीले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उद्योगी व्यवसायीलाई विश्वास दिलाएको अध्यक्ष मुरारकाको भनाइ छ । भ्रमणका क्रममा रहेका नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले छलफलका क्रममा सकारात्मक हुन सक्ने अवस्था देखिएको बताउँदै त्यसले आगामी दिनमा नेपालमा लगानीको अवस्थामा सुधार आउने विश्वास व्यक्त गरे । उनले भनाइ र गराईमा फरक नआए साँच्चै नेपाललाई परिवर्तन गर्न सकिने बताए । अन्तक्र्रियाका क्रममा भारतीय उद्योगीका संस्था एफआइसिसिआइका अध्यक्ष सञ्जीव पुरीले लगानीका लागि अवसर भए पनि वातावरणले असर पार्ने भएकाले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिएका थिए । उनले प्रधानमन्त्रीको भारत भ्रमणले भारतीय लगानीकर्तालाई उत्साहित बनाएको धारणा राखे । रासस

अप्रिलीआको दशै तिहार अनविलिभेवल अफर

काठमाडौं, १ असोज । युरोपको चर्चित तथा विश्वकै उत्कृष्ट रेसिङ्ग बाईक अप्रिलीआले दशैं तिहारलाई लक्षित गरि ‘दशै तिहार अनविलिभेवल डिस्काउण्ट अफर’ ल्याएको छ । उपहार योजना अन्तर्गत ग्राहकहरुले अप्रिलिआको एसटिएक्स बाईक किन्दा १४ हजार तथा अप्रिलिआको ईटिएक्स बाइक खरिद गर्दा १८ हजार रुपैंयाँ छुट प्राप्त गर्नेछन् । योजना अन्तर्गत नै प्रत्येक अप्रिलिआ बाईकको खरिदमा ग्राहकलाई ३ हजार पर्ने एउटा हेल्मेट समेत उपहार प्रदान गरिने छ । हाल अप्रिलिआ एसटिएक्सको बजार मुल्य २ लाख ७९ हजार रुपैंयाँ छ भने अप्रिलिआ ईटिएक्सको ३ लाख ५० हजार रहेको छ । चाडबाडलाई मध्यनजर गर्दै कम्पनीले मोटरसाईकलमा फाईनान्स तथा एक्सचेन्जको सुविधा समेत उपलब्ध गराउने भएको छ । हाल बजारमा अप्रिलिआको एसटिएक्स रोड र इटीएक्स इन्ड्युरो नामक मोडल चल्तीमा रहेको छ । यी मोटरसाईकलहरु १५० सिसि क्षमताको रहेको छ । एसटिएक्स रोड बाईक पिच रोडको लागि आकर्षक मानिन्छ भने इटिएक्स इन्ड्युरो जस्तोसुकै अफरोडका लागि उपयुक्त रहेको कम्पनीले दावी गरेको छ । अप्रिलिआको नेपालको लागि आधिकारिक विक्रेता जे एण्ड जे ईन्टरनेशनकोे उपत्यकामा सानो गौचरण तथा उपत्यका बाहिर विर्तामोड र इटहरीमा एक–एक बिक्रि कक्ष रहेको छ । अप्रिलिआको सबै पार्टस्, पुर्जा सहजै उपलब्ध छ । सन् १९०५ देखि ईटालिको विश्वप्रसिद्ध पिआजीओ गु्रपले उत्पादन गर्दै आएको अप्रिलिआ बाईकलाई रेसिंगका हस्ती भ्यालिन्टीनो रोसी, जर्ज लोरेन्जो, केसी स्टोनरले समेतले बिभिन्न व्यवसायिक रेसिङ्ग प्रतियोगिताहरुमा प्रयोग गरिसकेका छन् । अप्रिलीआ बाइकले हालसम्म मोटरसाइकल रेसिङ्ग विश्व च्याम्पिसयनसिपमा ५४ वटा उपाधि जितिसकेको छ । जे एण्ड जेले निकट भविष्यमानै अप्रिलिआ आरएस ४–१२५ नामक मोटरसाईकल तथा स्कुटर बजारमा ल्याउने भएको छ । यस अघि कम्पनीले ७५० सिसि क्षमताको अप्रिलिआको डोरसोडुरो ७५० एबिएस मोटरसाइकल नेपाली बजारमा भित्र्याईसकेको छ । जे एण्ड जे इन्टरनेशनल छोटो समयमा नै नेपाली बजारमा १२५ सिसि देखि १२०० सिसि क्षमताको मोटरसाईकल तथा स्कुटर विक्रि वितरण गरी टु ह्वीलर सेग्मेन्टमा एक अग्रणी कम्पनीको रुपमा देखा परेको छ । अप्रिलिआका अन्य मोडलहरु ग्राहकको माग अनुसार उपलब्ध गराउन सकिने कुरा आधिकारिक विक्रेता जे एण्ड जे ईन्टरनेशनलले जनाएको छ ।

सिटिसी मलमा सामसुङ मोबाइल एक्स्पो हुँदै, प्रवद्र्धनका लागि साइकल र्याली सम्पन्न

काठमाडौं, १ असोज । राजधानीको सुन्धारास्थित सिटिसी मलमा नेपालकै सर्वाधिक ठूलो मोबाइल एक्स्पो आयोजना हुने भएको छ । एक्स्पोको प्रवद्र्धनका लागि आयोजक सिटिसी मोबाइल बजारले शनिबार बिशाल साइकल र्याली सम्पन्न गरेको छ । दशैँको पुर्व सन्ध्यामा असोज ५ गतेबाट आयोजना गर्न लागिएको मेलाको प्रवद्र्धनका लागि आयोजीत साईकल र्यालीमा २५० भन्दा बढि व्यवसायी तथा सर्वसाधारणले सहभागीता जनाएका थिए । बिहान ७ बजे सुन्धारास्थित सिटिसी मलबाट सुरु भएको साइकल र्याली त्रिपुरेश्वर, टेकु, कालीमाटी, बल्खु, किर्तिपुर, चोभार, भैँसेपाटी, नख्खु, जावलाखेल, कुमारीपाटी, लगनखेल, मंगलबजार, शंखमुल, तीनकुने, एयरपोर्ट, गौशाला, चावहिल, महाराजगंज, नयाँ बसपार्क, ठमेल, दरबारमार्ग हुँदै पूनः सिटिसी मलमा आईपुगेर सम्पन्न भएको थियो । र्यालीमा सहभागीहरुले मोबाइल एक्स्पोको प्रचार सामग्री सजिएका टिसर्ट लगाएका थिए । सामसुङले मुख्य प्रायोजन(टाइटल स्पोन्सर) गरेको मोबाइल एक्स्पो असोजको पहिलो साताबाट सुरु हुनेछ । सिटिसी मोबाइल बजारले गर्न लागेको एक्स्पो सिटिसी मलको ग्राउण्ड फ्लोर(भूइँतल्ला), तेस्रो, चौथो र पाँचौ तल्लामा हुने छ । मोबाइल एक्स्पोको पावर्ड बाइमा कलर्स र जियोनी मोबाइल रहेका छन् । यसैगरि मुख्य प्रायोजनमा माइक्रोम्याक्स मोबाइल, लाभा र एमआई मोबाइल रहेका छन् । यसैगरि सहप्रायोजकमा वन प्लस वन, इन्टेक्स,एपेक्स डिजिटल, सिजी, रेज, केन्ट, स्पाइस मोबाइल र ओबिआई मोबाइल रहेका छन् । धेरै भन्दा धेरै मोबाइल कम्पनीहरुको साथ पाएको मोबाइल एक्सपोको प्रायोजकमासेल्कन मोबाइल, सिटिभी मोबाइल र सिटिसी मल रहेका छन् । एक्सपोलाई हुवावे मोबाइलले सपोर्टरका रुपमा सघाएको छ । एकै छाना मुनी डेढ दर्जन मोबाइल कम्पनीहरुले सर्भिस सेन्टर संचालनमा ल्याएको मोबाइल बजारमा जियोनी, लाभा, कार्बन, पानासोनिक, स्पाइस, हुवावे, माइक्रोम्याक्स, वन प्लस वन, एमआई, सामसङ, सेल्कन, टचकन, किवी, वीनकम, फ्लाई र ओबिआई मोबाइलले आफ्नो सर्भिस दिइरहेका छन् । ८ सय देखि १ लाख ५० हजार रुपैयाँ सम्मका मोबाइल कारोबार गरिने एक्स्पोमा ब्राण्डेड मोबाइल र एशेसरिजको खरिदमा आकर्षक छुट सुबिधा उपलब्ध हुनेछ । त्यसका अलवा केहि कम्पनीमार्फत मोबाइलको खरिदमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । एक हप्तासम्म चल्ने एक्स्पोमा निःशुल्क प्रवेश तथा पार्किङको व्यवस्था गरिएको छ । साथैफ्रि वाइफाईको मज्जा पनि उठाउन सकिनेछ । एक्स्पोमा आउने अवलोकन कर्ताहरुलाई हरेक दिन लक्की ड्र मार्फत मोबाइल जित्ने अवसर पनि प्रदान गरिने छ । त्यसका लागि अवलोकन कर्ताले एक्स्पोमा एउटा फारम भर्नुपर्नेछ । मोबाइल एक्स्पोमा आधुनिक प्रबिधिका मोबाइल, ट्याबलेट, फ्याबलेट र एसेसरिजको बिक्री बितरण गरिने छ । धेरै भन्दा धेरै उपहार अफर, लक्की ड्र, तथा सुपथ मुल्यमा मोबाइलको कारोबार गर्ने लक्ष्य लिएको सामसुङ मोबाइल एक्सपोमा ३ लाख भन्दा बढी अवलोकनकर्ता आउने बिश्वास आयोजकले लिएको छ । एक्स्पोका अवलोकन कर्ताहरुमध्ये एक जनालाई लक्की ड्र मार्फत मोटरसाइकल समेत प्रदान गरिने सिटिसी मोबाइल बजारका अध्यक्ष सन्दिपमान श्रेष्ठले बताए । साइकल र्यालीमा सहभागिले डोनेट गरेको रकम हर्टबिट नामक संस्थालाई हस्तान्तरण गरिएको थियो ।