विकासन्युज

उद्यमशिलता विकासमा योगदान गर्ने एक दर्जन व्यक्तिलाई सम्मान

काठमाडौं, २ असोज । एक्सपोज नेपालले उद्यमशिलता विकासमा संलग्न एक दर्जन युवा उद्यमी व्यवसायी तथा बैंकरहरुलाई सम्मान गरेको छ । राजधानीमा आयोजीत एक कार्यक्रममा पुर्व अर्थमन्त्री तथा नेपाली काँग्रेसका नेता डा. रामशरण महतले उनीहरुलाई सम्मान गरेका हुन् । यसरी सम्मानित हुनेहरुमा युवा उद्यमी प्रतापजंग पाण्डे, बैंकर रबिना देशराज श्रेष्ठ र तिलकराज पाण्डे, शिक्षा विद तिर्थ डा. तिर्थ खानियाँ, खगेन्द्र ओझा, उर्जा विद रामप्रसाद धिताल, इञ्जिनियर दिपेन्द्र भट्ट, वातावरण विद केडि यादव, परराष्ट्रविद चिरञ्जीवी थापा, समाज सेवी क्षितिज भण्डारी तथा उपभोक्ता अधिकार कर्मी भिम चन्द, आइटी व्यवसायी नरेन्द्र चन्द लगायतका रहेका छन् । सम्मानले नेपाली अर्थतन्त्रको उन्नति मार्फत देश विकासमा लागिरहने उर्जा प्राप्त गरेको युवा उद्यमी प्रतापजंग पाण्डेले बताए । कार्यक्रममा नेपाली युवाहरुको क्षमता प्रस्फुटनका लागि मिस्टर वल्र्ड २०१६ मा सहभागीताको व्यवस्था गरिएको एक्सपोज नेपालका अध्यक्ष दिनेश शाहीले बताएका थिए ।

अर्थ सचिवद्वारा सिंहदरबार भित्र एभरेष्ट बैंकको एटिएम उद्घाटन

काठमाडौं, २ असोज । सिंहदरबारमा आइतबार नेपाल सरकारका अर्थ सचिव शान्त राज सुबेदी र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ए.के. अहलुवालियाले नँया एटिएम सेवाको संयुक्त रुपमा उद्घाटन गरेका छन् । सुलभ बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्यका साथ एभरेष्ट बैंकले देशभर आफ्नो एटिएम सेवा विस्तार गर्दै गएको छ । उक्त औपचारीक कार्यक्रममा कार्यक्रममा अन्य विशिष्ट निजामती कर्मचारीहरुको पनि उपस्थिति रहेको बैंकले जनाएको छ । हाल बैंकले ६१ वटा शाखाहरु, ५ एक्सटेन्सन काउन्टर, २४ राजश्व संकलन काउन्टर र ८६ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

यती डेभलपमेन्ट बैंकद्वारा स्वास्थ्य शिविर आयोजना

काठमाडौं, २ असोज ।  यती डेभलपमेण्ट बैंक लिमिटेडले पोखरामा स्वास्थ्य शिविर आयोजना गरेको छ । सो योजानमा बैंकले ६२ जना अनाथ बालबालिकाहरुको स्वास्थ्य परिक्षण गराएको छ । बैंकले समाजिक उत्तरदायित्व पुरा गर्दै जाने शिलशिलामा  उक्त कार्यक्रमको आयोजना गरेको हो । उक्त स्वास्थ्य शिविरमा डा भिष्मराज बराल र डा प्रकाश कार्कीले नमस्ते कम्युनिटी फाउण्डेसनमा रहेका बालबालिकाको स्वास्थ्य परिक्षण गरेका थिए । कार्यक्रममा पोखराका अग्रज पर्यटन व्यवसायी रामचन्द्र भट्टराईले सबै व्यवसायिक प्रतिष्ठानले कमाईको केही हिस्सा सामाजिक सेवामा लगाउन सके देश विकासमा महत्वपूर्ण योगदान हुने बताए । नमस्ते कम्युनिटी फाउण्डेशनका संस्थापक अध्यक्ष भिष्मराज पौडेलले बैंकले सामाजिक क्षेत्रमा गरेको योगदान बारे चर्चा गर्दै बैंकलाई धन्यबाद दिएका छन् । बैंकको केन्द्रिय कार्यालयका बजार व्यवस्थापक प्रकाश घिमिरेले यस्ता सामाजीक कार्यहरुलाई प्राथमिकता दिई सहयोग गर्दै जाने बताएका छन् ।

प्रचण्डले सबैलाई उछिन्दै हजार गुणा बढि राष्ट्रहित विपरित सम्झौता गरेः डा. केसी

प्रा. डा. सुरेन्द्र केसी प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा भएका सम्झौताहरु आपक्ति जनक छन् । यसले विदेशी रिझाउने काम मात्रै गरेको छ त्यसमा पनि भारतलाई रिझाउने भरमग्दुर प्रयास गरिएको छ । राष्ट्रिय स्वार्थलाई पुर्णतः वेवास्था गरिएको छ । प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जारी गरेको संयुक्त वक्तव्यले नेपाललाई पुनः एक पटक २००७ सालकै वरिपरिको परिवेशमा पुर्याएको छ । अघिल्ला प्रधानमन्त्रीहरुले सद्भावना भ्रमणका रुपमा भारत जान्थे । केहि विकासे आयोजना, केहि जलविद्युत आयोजना र केहि नदिमा भारतलाई सर्वाधिकार सुम्पिन्थे । तर प्रचण्डले नेपालको सार्वभौम सत्तामाथी नै प्रहार हुने ढंगले संयुक्त वक्तव्य निकाले । एउटा स्वाभिमानी नेपालीका लागि यो स्विकार्य बिषय हुनै सक्दैन । प्रचण्डले भारतीय भूमिमा पुगेर आफ्नै समर्थनमा बनेको निवर्तमान सरकारको बिरोध गरेका छन् । आफैंले अगुवाई गरेर जारी गरेको संबिधान अपुरो छ भनेका छन् । हामी तपाईहरुले भनेझै काम गर्छाै भनेर भारतीयलाई रिझाउने प्रयास गरेका छन् । यो जस्तो गैरराजनीतिक र गैरकुटनीतिक कुरा केहि हुनै सक्दैन । यो नेपाली इतिहासको सबै भन्दा लज्जाजनक भारत भ्रमण सावित भएको छ । प्रचण्डले नेपाललाई पुनः एक पटक भारतीय सुरक्षा छाता भित्र पुर्याउने प्रयास गरेका छन् । नेपालको सुरक्षामा भारतीय चासो स्विकार गरेका छन् । दुई मुलुकले सुरक्षामा समन्वय गर्ने भनिएको छ । नेपालले अन्तराष्ट्रिय मञ्चमा भारतलाई निःसर्त सहयोग गर्ने भनिएको छ । दुबै मुलुकले सल्लाह गरेर अन्तराष्ट्रिय मञ्चमा साझा धारणा राख्ने भनिएको छ । संयुक्त वक्तव्यका यी बुँदाहरु नेपालको आत्मगौरव प्रतिकुल छन् । अन्य प्रधानमन्त्रीहरुले गरेका भारत भ्रमण भन्दा प्रचण्डको यो भ्रमण एक हजार गुणाले नेपालको हित विपरित छ ।(कुराकानीमा आधारित)

आईएमईको दशैं लक्षित “आईएमई हात हुँदैन खाली” योजना शुरु

काठमाडौं, २ असोज । आईएमई लिमिटेडले नेपालीको महान चाड दशैंलाई लक्षित गर्दै सेवाग्राहीमाझ “आईएमई हात हुँदैन खाली” नामक योजना शुरु भएको छ । । कम्पनीका अनुसार उक्त योजना यही असोज १ गतेदेखि असोज ३० गतेसम्म लागु हुने छ । एक महिना गर्न लागिएको सो योजनामा नेपालका १४७ आईएमई सेन्टर सहित ५२ सय भन्दा बढी रेमिटेन्स भुक्तानी काउण्टर तथा साझेदार बैंक तथा वित्तीय संस्थाहरुका देशभरि फैलिएर रहेका विभिन्न शाखाका सेवाग्राही सहभागी हुन सक्नेछन् । यस योजनाबाट श्रम एवं बिभिन्न उद्देश्यले प्रवासमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई आईएमईमार्फत् आफ्नो मिहिनेतको कमाइ सुरक्षित तरिकाले स्वदेशमा पठाइ उपहार पनि प्राप्त गर्ने अवसर प्रदान गरेको कम्पनीले जनाएको छ । यो योजनामा विदेशबाट आईएमई गर्नेको हकमा प्राप्तकर्ताले आईएमई ब्रान्डेड टि (सर्ट, क्याप, टर्च, सपिङ्ग झोला, पेन, स्टेशनरी सेट आदि निश्चित उपहार पाउने व्यवस्था मिलाईएको छ । निश्चित उपहारका अतिरिक्त दैनिक लक्की ड्र मा विजयी हुने १० जनालाई जनही २ वटाका दरले तीन सय चन्द्रागिरि केबलकारको टिकट उपलब्ध गराईनेछ भने साप्ताहिक लक्की ड्र मा विजयी हुनेलाई प्रत्येक हप्ता १ जनाको दरले चार थान यूएम स्कुटर उपहार स्वरूप प्रदान गराईनेछ । यस योजनाबाट लाखौँ सेवाग्राही लाभान्वित हुने विश्वास आईएमईले लिएको छ ।

सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा नुवाकोटमा

काठमाडौं, २ असोज । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नुवाकोट जिल्लाको नजरामण्डप गा.वि.स. मा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । आइतबार यु. के. एडको लगानिमा संचालित सक्षम – एक्सेस टु फाईनान्स कार्यक्रमको सहकार्यमा बैंकले सो स्थानमा उक्त सेवाको सञ्चालन गरेको छ । देशका विभिन्न दुर्गमस्थलमका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका बैंकले भुकम्प अति प्रभावित जिल्लाहरुमा शाखा रहित बैंकिङ्ग प्रणालि मार्फत वित्तिय पहुँच पु¥याउँनको सो सेवा विस्तार गरेको बताएको छ । उक्त कार्यक्रममा स्थानीय व्यवसायी विष्णु प्रसाद भण्डारीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ । बैंकका अनुसार शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवा संचालन सेवाको भुक्तानी, लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा उल्लेखिय विश्वास र बैंकिङ्ग सभ्यता बनेको महशुस भएको बैंकले जनाएको छ ।

एनसेलले दियो ‘च्यानल लोयल्टि’ योजना अन्तर्गत स्कुटर तथा अन्य उपहारहरु

काठमाडौं, २ असोज । देशको अग्रणी मोबाईल सेवा प्रदायक एनसेलले आफ्नो ‘च्यानल लोयल्टि’ योजना अन्तर्गत दुलेगौडा, तनहुँमा (गण्डकी) रहेको सिमरन एण्ड शिन्जा ईन्टरप्राईजेज्का संचालक गणेश कुमार श्रेष्ठलाई स्कुटर उपहार प्रदान गरेको छ । सिमरन एण्ड शिन्जा ईन्टरप्राईजेज एनसेलको सिम कार्ड, रिचार्ज कार्ड र अन्य प्रोडक्टहरु ग्राहक सम्म पुर्याउने १० हजार आधिकारिक रिटेलरहरु मध्य एक हो । उक्त स्कुटर शनिवार एनसेलले पोखरामा आयोजना गरेको एनसेल मेलाको अवसर पारी कम्पनीको गण्डकी रिजनल टिमले प्रदान गरेको थियो । अन्य विभिन्न विधामा आफुलाई उपहारका लागि योग्य सावित गर्ने रिटेलरहरुलाई पनि एनसेलले एलसिडी टिभी, माईक्रोवेभ ओभन, स्मार्टफोन, सिएफएल ईन्भर्टर र फोर ईन वान प्रिन्टर जस्ता उपहारहरु प्रदान गरिएको थियो । एनसेलले सन् २०१४ मा रिटेलरहरुलाई आफ्नो सेवा तथा सुविधाहरुको प्रवद्र्धन गर्न प्रोत्साहन गर्ने हेतुले ‘च्यानल लोयल्टि’ योजना शुरु गरेको हो । रिटेलरहरुले उनीहरुले गरेको बिक्रीका आधारमा उपहार पाउँछन् । यो योजना अन्तर्गत स्कुटर उपहार पाउन योग्य हुने श्रेष्ठ पहिलो रिटेलर हुन् । यस भन्दा अधि मित्रनगर, नयाँ बसपार्कमा (काठमाडौं) रहेको लमजुङ्ग कम्युनिकेशनका संचालक दिनेश दुराले यस योजना अन्र्तगत मोटर साईकल उपहार पाएका थिए ।

सेयर बजारमा करिब साढे २ अर्बको कारोबार, परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौं, २ असोज । आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । परिसूचक १० दशमलब ६९ अंकले घटेर १८०४ दशमलब ६९ अंकमा पुगेको छ । परिसूचक घटेपनि बजारमा २ अर्ब ४६ करोड १२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन १४२ कम्पनीको २४ लाख ९१ हजार कित्ता सेयर किनबेच भएको छ । आइतबार सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट बैंकको सबैभन्दा बढी एक अर्ब २० करोड रुपैयाँको सेयर किनबेच भएको छ । सनराइज बैंकको १५ करोड ८८ लाख रुपैयाँको सेयर करोबार भएको छ । त्यस्तै, मुक्तिनाथ विकास बैंकको ६ करोड रुपैयाँ र नविल बैंकको करिब ६ करोड रुपैयाँको सेयर किनबेच भएको छ । बजारमा तीन कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । किसान माइक्रो फाइनान्स वित्तिय संस्था, सिन्धु विकास बैंक र मुक्तिनाथ विकास बैंकका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका हुन् । सोही दिन नेरुडे लघुवित्त विकास बैंकका लगानीकर्ताले करिब ७ प्रतिशत गुमाएका छन् । आइतबार तीन समूहको परिसूचक ओरालो लागेका छन् भने ४ समूहको परिसूचक उकालो लागेको छ र एक उत्पादनमूलक समूहको परिसूच स्थिर रहेको छ । बीमा, बैंकिङ् र फाइनान्स समूहको क्रमशः ८७, १८ र 0.७२ अंकले ओरालो लागेको छ । होटल, हाइड्रोपावर, अन्य समूह र विकास बैंक समूहको परिसूचक क्रमशः २१, १३, ९ र ३ अंकले उकालो लागेका छन् ।