एनसेल मेला आज बुटवलमा मनाइँदै
काठमाडौं, ३ असोज । एनसेलले सोमबार बुटवलको सिद्घेश्वरी मैदान, दीपनगरमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमले एनसेल मेलाको आयोजना गरिरहेको छ । नारायणगढ र पोखरामा दर्शकहरुलाई भब्यरुपमा मनोरञ्जन प्रदान गर्दै एनसेल मेला बुटवल आई पुगेको हो । मेला बिहान ११ बजे देखि भएको छ र विविध कार्यक्रम सहित साँझ सम्म चल्ने छ । मेलाको मुख्य आकर्षणमा चर्चित कलाकारहरु तथा संगीतिक समुहको प्रस्तुतीहरु, कमेडी, जादु, गेम स्टलहरु, किडस् जोन, फुड स्टलहरु र एनसेल जोन रहने छन् । सबै उमेरका दर्शकहरुको मनोरञ्जनको लागि विशेष ध्यान राख्दै एनसेल मेलामा विविध कार्यक्रम तथा गतिविधिहरु समावेश गरिएका छन् । गेम स्टलहरुमा सुट द रावण, मिनी बास्केटबल, बाउन्स एण्ड स्कोर र स्कोर द रियल गोल लगायतका गेमहरु हुनेछ भने बालबालिकाका लागि किड्स जोनमा इन्फ्लेटेड क्यासल, फेस पेन्टिङ्, वाटर बल, मेरी गो राउण्ड, बेबी गल्फ र ट्रेन जस्ता विविध आकर्षणहरु रहनेछन् । मयुर नाच, लाखे नाच, दशैं पिंग, चंगा चेट प्रतियोगिता र मगसट फोटो बुथ आदि रोचक कार्यक्रमहरु पनि मेलामा रहनेछन् । मेलाको मुख्य आकर्षण कन्सर्ट हुनेछ । मेलामा कलाकारहरु सुगम पोख्रेल, शिव परियार, मिलन अमात्य, लाउरे, सन्दिप क्षेत्री, रेमोन दास श्रेष्ठ र समृद्घी राईको प्रस्तुती रहने छ । साथ साथै एक्स व्याण्ड, कार्टुन्ज क्रु र युभि एन्जल्स्को प्रस्तुतीले दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदानगर्ने विश्वास लिईएको छ । विभिन्न मनोरञ्जनात्मक गतिविधीहरुका साथ साथै मेलाका दर्शकहरुले एनसेलको सेवा तथा सुविधाहरु आकर्षक अफर अन्तर्गत लिन सक्नेछन् भने डेटा सेवा, थ्रिजीको गति र अन्य डिभासहरु एनसेलको विषेश हाईटेक जोनमा चलाएर टेष्ट गर्न सकिने व्यवस्था पनि मिलाईएको छ । मेलामा फुड स्टलहरु पनि रहने छ जहाँ आगन्तुकहरुले नेपाली, ईण्डियन र चाईनिज परिकारहरुको मज्जा लिन सक्नेछन् । “खुसीयाली साट्न तथा नजिकिदै गरेको चाडपर्वको अवसरमा आदरणीय ग्राहकहरुसँग शुभकामना आदानप्रदान गर्न पाउदा हामी हर्षित छौ,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । “मनोरन्जनात्मक कार्यक्रमहरुले भरिपुर्ण एनसेल मेलाले सबैलाई खुसी बाँड्ने र परिवारजन, आफन्त र साथीभाईसँग नजिक रहन थप उर्जा प्रदान गर्ने कुरामा हामी विश्वस्त छौ । ” नारायणगढबाट शुरु भएको एनसेल मेला असोज ६ गते धरानमा र असोज ८ गते बिर्तामोडमा आयोजना पश्चात समापन हुनेछ ।
कर्मचारीलाई बैंकको सेयर नदिउँ , लघुवित्तको आइपिओ रोकौंः डा. युवराज खतिवडा
डा. युवराज खतिवडा, पूर्वगभर्नर, नेपाल राष्ट्र बैंक ‘घ’ बर्गका वित्तीय संस्थालाई बैंक शब्द प्रयोग गर्न दिनु हुदैन । र, ‘ग’ बर्गकालाई पनि दिनु हुदैन । ‘क’ र ‘ख’ बर्गकालाई बैंक शब्द प्रयोग गर्न दिने र बाँकीलाई अन्य संस्था भन्दा उपयुक्त होला । सरकारले बनाएको वित्तीय क्षेत्र विकास रणनीतिमा पनि यही ब्यवस्था छ । हामी जानुपर्ने बाटो त्यतैतिर हो । अहिले बैंकको नाममा मान्छेहरु झुक्किएका छन् । लघुवित्तलाई बैंक भनेर झुक्किएर लघुवित्तको सेयरमा अस्वभाविक रुपमा जुन लगानी गरिरहेका छन्, त्यो संस्थाको वित्तीय स्वास्थ्य र लगानी प्रतिफल हेरेर लगानी गर्ने कुरासँग तालमेल खाएको छैन । वित्तीय साक्षारता नभएका सर्वसाधारण मान्छेहरु बैंक शब्दसँग झुक्किएका छन् भन्ने मेरो मान्यता छ । ‘ग’ र ‘घ’ बर्गका संस्थालाई एउटै बर्गमा राख्दा हुन्छ होला । यसकारण बैंक भन्ने शब्दलाई ‘क’ र ‘ख’ मा मात्रै सिमित गरौं भन्ने मेरो राय हो । सेयरका सम्बन्धमा दुई तिनओटा कुराहरु म एकै पटक भन्न चाहन्छु । बैंक खोल्नु र अर्काे कुनै कम्पनी खोल्नु एउटै कुरा पटक्कै होइन । कम्पनी खोल्ने भनेको आफ्नो पूजी परिचालन गरेर नाफा कमाउने उद्देश्यले हो । बैंक भनेको अर्काको पूजीको संरक्षकत्व लिएर, निक्षेप लिएर त्यो निक्षेपको ट्रष्टी भएर कारोवार गरिने विषय हो । त्यसैले पूजीको स्वतन्त्रता वा प्रवद्र्धकको स्वतन्त्रता यहाँ कुन्ठित हुन्छ । धैरे निक्षेपकर्ताको सम्पत्तिको संरक्षकको काम गर्नुपर्ने र दायित्व भएकोले बैंकका प्रवद्र्धकको सेयरलाई खुल्ला पूजीको परिचालन गर्न पाउने, किनबेच गर्न पाउने, हस्तान्तरण गर्न पाउने विधिसँग दाजेर हेर्न मिल्दैन । बैंकिङ्गको प्राक्टिस फरक हुन्छ । बैंक खोल्दा पूजीको स्वतन्त्रता वा प्रवद्र्धकको स्वतन्त्रता कुन्ठित हुन्छ । किनभने ऊ आफ्नो मात्रै पूजीको मालिक होइन । धैरे निक्षेपकर्ताको सम्पत्तिको संरक्षकको काम गर्नुपर्ने र दायित्व भएकोले बैंकका प्रवद्र्धकको सेयरलाई खुल्ला पूजीको परिचालन गर्न पाउने, किनबेच गर्न पाउने, हस्तान्तरण गर्न पाउने विधिसँग दाजेर हेर्न मिल्दैन । बैंकिङ्गको प्राक्टिस फरक हुन्छ । र, सामान्यता भन्नुपर्दा बैंकको पूजी जुन हो त्यो बैंकको सम्पूर्ण पूजीको स्रोतको १० देखि १२ प्रतिशत मात्रै हो । बाँकी त अरु सर्वसाधारणले राखेको निक्षेप हो । अरुको पैसाको ट्रष्टीसिप लिनेले आफ्नो स्वामित्व छोड्दै जाने हो भने बैंक वित्तीय संस्था र अहिले सहकारी संस्थाहरुमा जुन किसिमको अलिकति समस्याहरु देखिएर हामी अलिकति लगानी सुरक्षण गर्न थालेका छौं, त्यस्तै त्यस्तै स्थिति बन्न जान सक्छ । त्यो नहोस भन्नको लागि ठूलो पूजी परिचालन गर्ने बैंक वित्तीय संस्थाको ५१ प्रतिशत सेयर कुनै पनि हालतमा प्रबद्र्धकसँग हुनुपर्छ । सेयर बेच्न चाहने प्रबद्र्धकले अर्काे प्रवद्र्धकलाई बेच्ने हो । ५१ प्रतिशत सेयर चाहि प्रवद्र्धककै विचमा रहनु पर्दछ भन्ने मेरो मान्यता छ । बाँकी ७० देखि ५१ प्रतिशत प्रवद्र्धक सेयर त ५ बर्षपछि बजारमा लान पाउने ब्यवस्था अहिले नै छ । त्यो ब्यवस्थाले कुनै नोक्सानी गर्दैन । किन भने निक्षेपकर्ताले आफूले पैसा राख्ने बैंकको ५१ प्रतिशत सेयरधनी चिन्न पाउनु पर्यो । र, विश्वासको वातावरण बनाउन पाउनु पर्यो । कर्मचारीलाई सेयर छुट्टाउने कुरा संस्थाहरुले गर्ने गरेको पनि हो । कर्मचारी र बैंकको प्रवद्र्धकको विचमा एक किसिमको ओनरसिप बढोस् भनेर पनि यसो गर्ने गरिएको हुन सक्छ । ०.५ प्रतिशत सेयर कर्मचारीलाई दिने गरिएको छ । तर यसले कहिलेकाही कर्मचारीलाई आफ्नो कामवाट विमुख हुने र सेयर बजारमा खेल्ने अवस्था पनि आउदो रहेछ । म अहिले बाहिर बसेर देख्छु, सुन्छु । बैंकका धेरै कर्मचारीहरु सेयर बजारका खेलाडी हुनुहुन्छ । बैंकको काम कम गर्नुहुन्छ । सेयरको कारोवार बढी गर्नुहुन्छ । म अहिले बाहिर बसेर देख्छु, सुन्छु । बैंक वित्तीय संस्थाका धेरै कर्मचारीहरु सेयर बजारका खेलाडी हुनुहुन्छ । बैंकको काम कम गर्नुहुन्छ । सेयरको कारोवार बढी गर्नुहुन्छ । यसले गर्दा स्वार्थ बाझिन्छ कि भन्ने मलाई लागेको छ । यद्यपि सेयरको विषयमा अलि चौडा रुपमा सवैले सहभागी हुन पाउनु पर्छ भन्ने पनि छ । यो कुरासँग म सहमत पनि छु । तर ०.५ प्रतिशत सेयरको विषयलाई त्यहाँ भित्र पनि अनुशासनमा राख्नु पर्छ । १० बर्षपछि प्रमोटर सेयरलाई साधारण बनाउन पाइने ब्यवस्था राष्ट्र बैंकवाट आएको मस्यौदामा थियो जस्तो मलाई लाग्दैन । यसविषयमा गभर्नरसाबले प्रष्ट पार्नु होला । मेरो विचार के हो भने ५१ प्रतिशत सेयर प्रवद्र्धककै विचमा हुन्छ । किनबेच हुन्छ भने प्रवद्र्धककै विचमा हुन्छ । त्यसलाई डाइलुट गर्न पाइदैन । त्यो गर्ने हो भने निक्षेपकर्ताले पैसा राख्ने बैंकको प्रवद्र्धकको अनुदान देख्दैन । अनुहार नै हुदैन । त्यसकारण १० वा ७ बर्षको विषयमा नै प्रवेश गर्न मैले आवश्यक ठानिनँ । मेरो विचार के हो भने ५१ प्रतिशत सेयर प्रवद्र्धककै विचमा हुन्छ । किनबेच हुन्छ भने प्रवद्र्धककै विचमा हुन्छ । त्यसलाई डाइलुट गर्न पाइदैन । बैंकका संचालकको योग्यतको कुरा उठेको छ । स्वभाविक रुपमा नेपाल सरकारको संबैधानिक पद ओघटेपछि लाभको कुनै काम गर्नु हुदैन भन्ने आचार संहितामा हामी बाधिन्छौं । यसमा म आफ्नै उदाहरण दिन चाहन्छु । कुनै समयमा म नेपाल राष्ट्र बैंकको स्वीकृति लिएर विहान प्राध्यापनको काम गर्थें । राष्ट्रिय योजना आयोगको सदस्य भएपछि लाभको काम गर्नु हुदैन भनेर मैले त्यो छोडें । यद्यपि त्यो मैले सामाजिक सेवाकै काम गरिरहेको छु भनेर सोच्थें । सरकारको संबैधानिक पदमा बसिसकेपछि लाभको पदमा बस्न हुन्छ कि हुदैन भन्ने नैतिक प्रश्न चाहि हो । यसलाई कम्पनी कानुनले रोक्दैन । अरु कानुनले रोक्दैन । त्यो आफ्नो ठाउमा होला । यो नैतिक प्रश्नलाई कानुनमा कहि न कहि सम्बोधन गर्नुपर्छ कि भनेर यस्तो ब्यवस्था गरिएको हो । संबैधानिक पदमा बसेका ब्यक्तिलाई कारवाही गर्न बढो गाह्रो हुन्छ । केही माननीय सदस्यहरु कुनै संस्थाको संचालक हुनुहुन्थ्यो । उहाँलाई पुलिस लाएर पक्राउनु पर्दा वा वारेन्ट जारी गर्नु पर्दा मलाई दुख लागेको छ । हामी सवै स्वच्छ कारोवार गर्दैनौं । कहिले काही समस्या हुन्छ । अनि हामीले उहाँहरुलाई कारवाही गर्ने, उहाँहरुले त्यो कुरा पार्लियामेन्टमा हामी विरुद्ध उठाउने र हामीलाई समितिमा ल्याएर छ्यास्ने हुन्छ । संबैधानिक पदमा बसेका ब्यक्तिलाई कारवाही गर्न बढो गाह्रो हुन्छ । केही माननीय सदस्यहरु कुनै संस्थाको संचालक हुनुहुन्थ्यो । उहाँलाई पुलिस लाएर पक्राउनु पर्दा वा वारेन्ट जारी गर्नु पर्दा मलाई दुख लागेको छ । हामी सवै स्वच्छ कारोवार गर्दैनौं । कहिले काही समस्या हुन्छ । अनि हामीले उहाँहरुलाई कारवाही गर्ने, उहाँहरुले त्यो कुरा पार्लियामेन्टमा हामी विरुद्ध उठाउने र हामीलाई समितिमा ल्याएर छ्यास्ने हुन्छ । यसो हुदा अप्ठेरो पर्छ । यसैले संबैधानिक पदमा रहुन्जेल त्यस्ता मान्छे संचालक समितिमा नरहदा हुन्छ भनेर हामीले त्यस्तो ब्यवस्था गरेका हौं । संचालकको योग्यताको सन्दर्भमा स्नातकसम्मको शैक्षिक योग्यता भए पुग्छ भन्ने मेरो मान्यता यथाबत नै छ । प्रमुख कार्यकारी अधिकृतको लागि स्नातकोत्तर नै हो । स्नातक नगरेका संचालकहरुले पनि राम्रोसँग बैंक चलाउनु भएको छ । यो पनि मलाई थाहा छ । तर अरुको माध्यमवाट चलाइ रहनुभएको छ । यति कम्प्लिकेटेड भइसकेको छ कि अन्तराष्ट्रिय बैंकिङ्ग, एलसीका कतिपय डकुमेन्ट हामी गभर्नर भइसकेका सवै मान्छले सवै कुराहरु बुझ्दैनौं । हामीलाई नै पनि सपोर्ट चाहिन्छ । बैंकिङ्ग टर्मस्, बैंकिङ्ग कार्यहरु जटिल हुदै गएका छन् । ती कुराहरु नबुझेर हामीहरु फसिरहेका हुन्छौं । बैंकको अध्यक्षले ती कुराहरुमा रुलिङ गर्नुपर्ने हुन्छ । स्नातक पनि छैन भने त्यस्तो मान्छेले कसरी बैंक चलाउछ ? त्यस्तो अवस्थामा प्रमुख कार्यकारीले बैंक चलाइ दिन्छ । जुन बैंकमा संचालक वित्तीय रुपमा साक्षार छैनन् र सचेत छैनन्, त्यहाँ प्रमुख कार्यकारीले बैंक चलाएर डुबाइदिनु भएको छ । अथवा संचालक समिति हाबी भएर बैंक डुबाएका उदाहरण पनि छन् । त्यो अवस्थामा योग्यता चाहिन्छ भन्ने हो । जहाँसम्म पदाबधिको कुरा छ, त्यसमा हामीले लगातार २ कार्यकाल भन्ने शब्द प्रयोग गरेका थियौं । त्यो के भने धेरै लामो कार्यकाल त्यही बसिरहदा सुचनाहरु लुकाउने, हामीले जति खोजेपनि सुचनाहरु पारदर्शी नहुने, कारोवारहरु पारदर्शी नहुने र बैंक वित्तीय संस्थाहरु विग्रिसकेपछि मात्रै कुराहरु थाहा हुने भएकोले हामीले २ कार्यकालको प्रस्ताव गरेका हौं । २ कार्यकाल पछि फ्रेस मान्छेहरु आउछन् । यसले गर्दा चेक एण्ड ब्यालेन्स हुन्छ भन्ने हो । एक कार्यकाल पछि फेरि पुरानै मान्छे आउन सक्ने बाटो छ । प्रमुख कार्यकारीको हकमा पनि यही हो । लगातार २ कार्यकालभन्दा बढी त्यही संस्थामा पो हुनु हुदैन भनेको हो । अर्काे संस्थामा प्रमुख कार्यकारी बन्नको लागि ऐनले रोकेको छैन । आम सहभागिता भइसकेका लघुवित्त संस्थाहरुलाई आइपिओमा पठाउने र लाखौं लाख खर्च गराएर सर्वसाधारणलाई सेयर बेच्ने कुरा मिल्दैन । यद्यपि यो विषयमा कम्पनी कानुनमै केही समस्या हुन सक्छ । त्यसमा थप ब्यवस्था गर्नुपर्ने हुन सक्छ । अर्काे कुरा लघुवित्त संस्थाहरु आइपिओमा जानुपर्ने कुरा त्यति ब्यवहारिक होइन । यस्ता संस्थाहरु सानो पूजीले खोलिएका हुन्छन् । आइपिओमा जादाखेरी खर्च बढी लाग्छ । यो लागत भोलि गएर ब्याजदरमा देखिन्छ । यसकारण आम सहभागिता भइसकेका लघुवित्त संस्थाहरुलाई आइपिओमा पठाउने र लाखौं लाख खर्च गराएर सर्वसाधारणलाई सेयर बेच्ने कुरा मिल्दैन । यद्यपि यो विषयमा कम्पनी कानुनमै केही समस्या हुन सक्छ । त्यसमा थप ब्यवस्था गर्नुपर्ने हुन सक्छ । अर्काे ब्यवहारिक कुरा के हो भने अहिले बैंक वित्तीय संस्थाको सेयरमा धेरैको सहभागिता छ । एक प्रतिशतभन्दा कम सेयर हाल्नेहरुको संख्या निकै धेरै छ । एक प्रतिशतभन्दा कम सेयर हुनेलाई सम्बन्धित बैंक वित्तीय संस्थाबाट ऋण लिन ठूलो अवरोध छ जस्तो मलाई लाग्दैन । यद्यपि ऐनमा हामीले त्यो कुराको प्रस्ताव गर्न सकेनौं । अहिले सोच्नुपर्ने भएको छ । हामीले बैंकर्स र ब्यवसायी फरक फरक हुन भनेर सोचेका हौं । ब्यवसायी र बैंकर्स एउटै ब्यक्ति हुदाको अवस्थालाई मैले अंग्रेजीमा ‘यु स्क्रयाच माइ ब्याक, आइ स्क्रयाच योर ब्याक’ भन्ने गरेको छु । एक अर्काको ढाड कन्याउने गरी तिमी मेरो कम्पनीलाई ऋण देउ, म तिम्रो कम्पनीलाई ऋण दिन्छु भनेर आन्तरिक रुपमा कारोवार गर्ने अवस्था देखियो । ठूल्ठूलो ब्यवसाय गर्नेहरुले त ऋण पो लिने हो त । ऋण लिने र दिने एउटै कम्पनी हुदाँ राम्रो हुदैन । यसकारण ब्यवसायी र बैकर्स छुट्टयाउन खोजिएकै हो । छुट्टयाउन खोज्दाखेरी ५१ प्रतिशतभन्दा बढी स्वामित्व भएको कुनै कम्पनीको मालिक बैंकको संचालक नबनोस भन्ने हाम्रो धारणा हो । यद्यपि त्यसमा कति रमकभन्दा बढीको भनेर सीमा तोक्न सकिन्छ । (पूर्वगभर्नर डा. खतिवडाले ब्यवस्थापिका संसदको अर्थसमिति बैठकमा बाफियावारे राखेको धारणको सम्पादित अंश -सं.)
आर्क इन्टरनेशनलको ग्लासवेयर र ओपलवेयर प्रडक्टहरु नेपालमा
काठमाडौं, ३ असोज । आर्क इन्टरनेशनलको टेबलवेयर उत्पादनहरु नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि एक्सक्ुसिभ डिष्ट्रिब्युटर इन्टरनेशनल डिष्ट्रिब्युटर्स प्रालिले नेपालमा प्रिमियम क्वालिटीको टेबलवेयरको शुरुवात गरेरको हो । नेपाली घर, होटल र रेष्टुरेन्टहमा पुग्ने लक्ष्य कम्पनीले फुड, वेभरेज एण्ड हस्पिटालिटी एक्सपो २०१६ बाट सर्वसाधारणको लागि लन्च गरेको छ । इन्टरनेशनल डिष्ट्रिब्युटर्सले ड्रिंक्स र डाइनिंगको लागि चाहिने ग्लासवेयर र ओपलवेयर प्रडक्टहरुको लागि आर्क इन्टरनेशनलको डिलरसिप लिएको छ । आर्क इन्टरनेशनल अन्र्तगत लुमिनार्क, क्रिष्टल डे आर्क, आर्कोरोक्, चिफ् एण्ड सोमेलिएर जस्ता ब्रान्डहरु नेपालमा बिक्री शुरु भएको छ । लुमिनार्कका प्रडक्टहरु वाइन र क्रियटिभ कुजिनका लागि निकै नै स्टाइलिस र इनोभेटिभ रहेका छन् जसलाई दैनिक प्रयोगको हिसाबले बनाइएको छ र धेरैजसो प्रडक्टहरु स्थानीय उपभोक्ताहरुको बानी, रुचि अनुसार डिजाइन गरिएको छ । क्रिष्टल डे आर्क सबैले किन्न सक्ने ग्लासहरु, भासहरु, डेकोरेटिभ एसेसरिजको कलेक्सन हो जुन राम्रो र स्टाइलिस छ । कम्पनीसंग व्यवसायिक ब्यक्तिहरुलाई लक्षित गरी आर्कोरोक रेन्ज पनि उपलब्ध छ । आर्कोरोकमा प्रभावशाली र फंक्सनल डिजाइनहरुको रेन्ज रहेको छ जसले होटल, रेष्टुरेन्टहरु, हस्पिटालिटी संस्थाहरु र क्याटरिंगहरुमा रहेका व्यवसायिक ब्यक्तिहरुको आवश्यकतालाई पूरा गर्छ । चिफ एण्ड सोम्मेलिएरमा ओपन अप जस्ता आइकनिक सेपहरु रहेका छन् र नेपाली बजारमा उदयमान होटल, रेष्टुरेन्टहरु सेक्टरहरुलाई समेट्छ । आर्क इन्टरनेशनल मा विश्वको अग्रणी कम्पनीको रुपमा रहेको छ । यस कम्पनीले सन् २०१५ मा १०२४ मिलियन यूरो बराबरको कारोबार भएको थियो । यस कम्पनीमा विश्वभरि नै १० हजार कर्मचारी रहेका छन् ।
अशोक लेलैण्डले जित्यो बेष्ट इण्डियन ब्राण्ड्स २०१६ अवार्ड
काठमाडौं, ३ असोज । भारतको प्रसिद्ध मोटर निर्माता कम्पनी अशोक लेलैण्डले बेष्ट इण्डियन ब्राण्ड्स २०१६ को अवार्ड जितेको छ । अशोक लेलैण्डले गत बर्ष भारतीय बजारमा ३९ प्रतिशतले वृद्धि गरेको छ । कमर्सियल भेहिकल अन्तर्गत स्कुल बस सेग्मेंटमा अव्वल रहेको सनसाइन बसको भारतीय बजारमा प्रवेशले उपभोक्तालाई ठुलो राहत दिएको कम्पनीले जनाएको छ । अशोक लेलैंडले दुबईमा र सअलखैमा एक करोड अमेरिकी डलरमा नयाँ प्लान्ट स्थापना गरिसकेको छ । अशोक लेलैण्ड इण्डियामा निर्मित ब्राण्ड हो । अशोक लेलैण्डका कर्मशियल गाडीहरुको युएसपी भनेकै यसका रेन्ज र प्रोडक्ट भेराइटी रहेकोे कम्पनीको ेदावी छ । नेपाली बजारमा अशोक लेलैण्ड ब्राण्डका बस, ट्रक, ट्रिपर र लाइट भेहिकलहरु बिक्रि गरिरहेको छ ।
आन्तरिक उडानको भाडा घट्यो, दशैंमा घर जाने हवाई यात्रुलाई राहत
काठमाडौं, ३ असोज । नेपाल आयल निगमले हवाई इन्धनको मुल्य घटाएपछि आन्तरिक वायुसेवा कम्पनीहरुले पनि हवाई भाडा घटाएका छन् । वायुसेवा सञ्चालक संघले असोज ४ गते मंगलबार(भोली)देखि लागू हुने गरी नयाँ हवाइ भाडादर तोकेका हुन् । सञ्चालक संघकोे बैठकले काठमाडौंबाट सबैभन्दा नजिकको गन्तव्य सिमरामा प्रतियात्रु ५३ रुपैयाँ भाडा घटाएको छ भने सबैभन्दा टाढाको धनगढीका लागि १९३ रुपैयाँ घटाएको छ ।त्यसैगरी, काठमाडौंबाट बिहानमा हुँदै आएको माउन्टेन फ्लाइटको भाडा पनि १८५ पनि घटाएको छ । निगमले हवाइ इन्धन आन्तरिक उडानतर्फ प्रतिलिटर ५ रुपैयाँ घटाएर ९४ रुपैयाँ कायम गरेको थियो । संघले प्रतियात्रु प्रतिमिनेटका दरले गन्तव्यका आधारमा भाडा समायोजन गर्दै आएको छ ।
दशैंका लागि टिकट बुकिङ खुल्ला, डिलक्स र सुपर डिलक्सको भाडा तोकियो
काठमाडौं, ३ असोज । दशैंका लागि असोज ७ गतेदेखि बसको टिकट बुकिङ खुल्ला हुने भएको छ । नयाँ बसपार्क, पुरानो बसपार्क सहित उपत्यकाका बिभिन्न १२ वटा स्थानबाट टिकट बुकिङ गर्न लागिएको हो । यातायात व्यवस्थापन विभाग र यातायात व्यवसायीबिच भएको सहमतिले असोज ७ गतेदेखि अग्रिम बुकिङ खोल्ने निर्णय गरेको हो । अस्थाई रुट परमिट रुट परमिट तथा डिलक्सको भाडा वृद्धि लगायतका बिषयमा बिभाग र व्यवसायीबिच विवाद थियो । सो दिनदेखि तराई र पहाडी भेगका अन्य १० वटा स्थानबाट पनि अग्रिम बुकिङ लिइने यातायात बिभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले बताए । बिभागले असोज १० गतेदेखि ३० गतेसम्म मुग्लिन-नारायणगढ सडक खण्डको निर्माण कार्य रोक्ने निर्णय समेत गरेको छ । त्यस बाहेक कलंकी देखि नागढुंगा खण्डको सडकमा रहेका खाल्डाखुल्डी तत्कालै पुर्ने निर्ण पनि बिभागले गरेको छ । डिलक्स बसले सामान्य भन्दा २० प्रतिशत बढि र सुपर डिलक्सले डिलक्स भन्दा २० प्रतिशत बढी भाडा लिन पाउने व्यवस्था समेत गरिएको छ ।
जीवन बीमा कम्पनीको लगानी ९३ अर्ब ९३ करोड, मुद्दती निक्षेपमा मात्र ७७ अर्ब २६ करोड
काठमाडौं, ३ असोज । जीवन बीमा कम्पनीहरुले गत आव २०७२÷७३ मा विभिन्न क्षेत्रगत तथा संस्थागत रुपमा ९३ अर्ब ९३ करोड रुपैयाँ लगानी गरेको छन् । ८ ओटा जीवन बीमा कम्पनीले गरेको क्षेत्रगत लगानीमध्ये अनिवार्य लगानीमा ८४ अर्ब ६७ करोड रुपैयाँ लगानी भएको भने स्वेच्छिक लगानीमा ९ अर्ब ३९ करोड रुपैयाँ लगानी भएको बीमा समितिले जानकारी दिएको छ । सबैभन्दा बढी लगानी नेपाल लाइफ इन्स्योरेन्स गरेको छ । यो कम्पनीले गत असारमसान्तसम्ममा विभिन्न क्षेत्रमा २८ अर्ब २२ करोड लगानी गरेको छ । राष्ट्रिय बीमा संस्थानले कुनै पनि क्षेत्रमा लगानी गरेको तथ्याङ्क देखिदैन । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)ले २३ अर्ब ६ करोड रुपैयाँ लगानी गरेको तथ्याङ्क छ । नेशलन लाइफ इन्स्योरेन्सको क्षेत्रगत लगानी १४ अर्ब १३ करोड रहेको छ । एशियन लाइफ, सूर्या लाइफ, गुराँस लाइफ र प्राइम लाइफ इन्स्योरेन्सले दुबै क्षेत्रमा लगानी गरेका छन् । मेट लाइफ इन्स्योरेन्सले स्वेच्छिक लगानी देखिदैन । गत आवमा जीवन बीमा कम्पनीहरुले अनिवार्य लगानीतर्फ सबैभन्दा बढी लगानी वाणिज्य बैंकको मुद्दती निक्षेपमा भएको छ । ती कम्पनीहरुले वाणिज्य बैकको मुद्दती निक्षेपमा ७७ अर्ब २६ करोड रुपैयाँ लगानी गरेको समिति सुपरिविक्षेण तथा अनुगमन महाशाखाका निर्देशक राजुरमण पौडेलले बताए । सो अनिवार्य लगानीमा नेशनल लाइफ इन्स्योरेन्सले २५ अर्ब ९० करोड रुपैयाँ लगानी गरेको छ भने लाइफ इन्स्योरेन्स कर्पोरेशनले २० अर्ब १५ करोड लागनी गरेका छन् । बीमा कम्पनीहरुको ३ अर्ब ९१ करोड लगानी नेपाल सरकारको बचतपत्र तथा ऋणपत्रमा गरेका छन् भने ३ अर्ब ६ करोड रुपैयाँ विकास बैंकको निक्षेपमा भएको समितिको तथ्याङ्कमा उल्लेख गरिएको छ । नागरिक लगानीमा जीवन बीमा कम्पनीको लागनी ४३ करोड रुपैयाँ रहेको छ । जीवन बीमा कम्पनीहरुले स्वेच्छिक लगानीमा थोरैमात्र लगानी गरेका छन् । नेशलन लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशन, मेट लाइफ, एशियन लाइफ, सूर्या लाइफ, गुराँस लाइफ र प्राइम लाइफ इन्स्योरेन्स गरी ८ ओटा कम्पनीले ९ अर्ब २५ करोड रुपैयाँको स्वेच्छिक लगानी गरेका छन् । स्वेच्छिक लगानीका विभिन्न शीर्षकहरुमध्ये उत्पादनशील तथा राष्ट्रिय महत्वका क्षेत्रमा प्राइम लाइफले मात्र १२ करोड लगानी गरेको छ भने अन्य कुनै पनि कम्पनीले यसमा लगानी गरेका छैनन् । कम्पनीहरुले ४ अर्ब ४१ करोड अन्य पब्लिक लिमिटेडको साधारण सेयरमा लगानी गरेका छन् । सो अवधिमा ३ अर्ब ७० करोड रुपैयाँ वाणिज्य बैंकको शेयर लगानीमा भएको छ । १ अर्ब रुपैयाँ वित्त कम्पनीहरुको मुद्दती निक्षेप लगानी भएको छ । बीमा कम्पनीहरूसँग दीर्घकालिन प्रकृतिकाे काेष भएपनि लगानी भने अल्पकालिन छ ।
वर्डलिंकको २१ रुपैयाँमा इन्टरनेट जडानको अफर, आइपि टिभि पनि सुरु
काठमाडौं, ३ असोज । वल्र्डलिंक कम्युनिकेसन्सले २१ औं बर्ष प्रवेशको अबसरमा २१ रुपैयाँमै इन्टरनेट जडान गर्ने अफर ल्याएको छ। कम्पनीका कार्यकारी निर्देशक विजय जालानले २१ रुपैयाँमा पाँच एमबिपिएस गतिको इन्टरनेट जडान गरिदिने घोषणा गरे। उनले यो शुल्कमा वल्र्डलिंकले ग्राहकले जडान गर्र्ने स्थानसम्म चाहिने फाइबर केबल, वाइफाइ राउटर र इन्टरनेट प्रोटोकल (आइपी) टिभी सेटअप बक्स दिने जानकारी दिए । त्यस्तै एक बर्षको इन्टरनेट शुल्क तिर्ने ग्राहकले तीन महिनासम्म आइपी टिभी निशुल्क हेर्न पाउने जानकारी समेत दिए। वाइफाइ राउटर लिन चाहने ग्राहकले भने तीन हजार रुपैयाँ धरौटी राख्नुपर्ने छ। इन्टरनेट सेवा छोड्दा उक्त धरौटी कम्पनीले फिर्ता गर्ने जानकारी पनि कम्पनीले दिएको छ। आइपी टिभी नेपालमा पछिल्लो पटक भित्रिएको नयाँ प्रविधि हो। यस प्रविधिबाट ग्राहकले इन्टरनेट फाइबरकै माध्यमबाट टिभी हेर्न पाउने छन्। यस्तो प्रविधिबाट प्रसारण हुने टिभीमा ग्राहकले एक साता पुरानो कार्यक्रमसमेत हेर्न सक्ने जालानले जानकारी दिए। ‘आइपी टिभीको प्रसारण गुणस्तरीय हुन्छ, उनले भने, यसमा टिभी हेर्दा एचडी गुणस्तरको पिक्चर हुने भएकाले स्पष्ट र सफा टिभी हेरेको अनुभूति गर्न सकिने उनले जानकारी दिए।’ वल्डलिंकले नेट टिभी ब्राण्डमा आइपी टिभी प्रसारण सुरु गरेको हो। यसमा आफ्नो फूर्सदको समयमा मन लागेको च्यानलमा, मन लागेको कार्यक्रम हेर्न सकिन्छ। लोडसेडिङ वा जस्तोसुकै मौसममा पनि पिक्चरको गुणस्तर उच्चस्तरीय रहिरहन्छ। बार्षिकोत्सबका अबसरमा कम्पनीले आइतबार जाउलाखेलमा रक्तदान कार्यक्रमको समेत आयोजना गरेको छ। कार्यक्रममा दुई सय जनाले रक्तदान गरेका छन्। कम्पनीले यसै अबसरमा विभिन्न स्थानमा रहेका अपांगता भएका ब्यक्तिलाई खानेकुरा वितरण गर्ने जालानले जानकारी दिए। कम्पनीले ललितपुरस्थित जिल्ला प्रशासन कार्यालयमा वाइफाइ हटस्पट स्थापना गर्ने निर्णयसमेत गरेको छ। कार्यकारी निर्देशक जालानले जिल्ला प्रशासनमा काम लिएर आउने सेवाग्राहीले उक्त हटस्पटबाट निशुल्क वाइफाइ प्रयोग गर्न पाउने बताए। वल्र्डलिंकले २१ बर्षदेखि इन्टरनेट र कर्पोरेट ग्राहकलाई डाटा सेवा प्रदान गर्दै आएको छ । नया सेवाका रुपमा कम्पनीले गत सातादेखि आइपी टिभी सुरु गरेको हो।