
काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि. ले नयाँ होण्डा एक्स् ब्लेडलाई नेपाली बजारमा सार्वजनिक गरेको छ ।
भारतीय बजारमा केहि समय अगाडि लन्च भएको यस मोटरसाइलको नेपाली बजारमा पनि माग भएको कारण होण्डाले यस बाइकलाई नेपाली बजारमा लन्च गरेको हो ।
१६० सिसि अन्तर्गतको मोटरसाइलहरुमा रोबो फेस एईडी हेड ल्याम्प प्रयोग गर्ने होण्डा एक्स् ब्लेड पहिलो मोटरसाइल हो । नेपालको सडकहरुका लागि अति उपयुक्त यस बाइकलाई होण्डाले स्पोर्टी र मस्कुलर लुक दिएको कम्पनीले बताएको छ ।
कम्पनीका अनुसार यस बाइकमा स्ट्रिट टिच डिजिटल मिटर, लामो र आरमदायी सिट, मोनोसक सस्पेन्सन, डुअल आउटलेट मूफलर, राजोर इजड एलईडी टेल ल्याम्प, फराकिलो टायर, बढी समय टिक्ने सिल चेन जस्ता धेरै विशेषताहरु रहेका छन् ।
१६० सिसि इञ्जिन रहेको यस होण्डा एक्स् ब्लेडको मूल्य २ लाख ८५ हजार ९०० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । जुन, नेपाली बजारमा विभिन्न ५ रङमा उपलब्ध रहेको छ ।