एनसेल दशैं मेलासँगै रमायो बुटवल
काठमाडौ, ३ असोज । एनसेलले सोमबार बुटवलको सिद्घेश्वरी मैदान, दीपनगरमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमले भरिपूर्ण एनसेल मेलाको आयोजना गरेको छ । कम्पनीले रि—ब्राण्डिङ्ग पश्चातन जिकिंदै गरेको चाडपर्वको अवसर पारेर आफ्ना ग्राहक तथा शुभचिन्तकसँग खुशीयाली साट्न र शुभकामना आदानप्रदान गर्न उक्त मेलाको आयोजना गरेको हो । मेलाबिहान ११ बजे शुरु भएको थियो र दिउसो २ बजेबाट नै रमझम र रौनक बढेको थियो । मौसम गरम भएता पनि विभिन्न स्टहरुमा दर्शकहरुको उत्साहजनक सहभागिता जनाएको एनसेलले जनाएको छ । मेलामा चर्चित कलाकार तथा सांगीतिक समुहको प्रस्तुतीहरु, गेम स्टलहरु, किडस् जोन र फुड स्टलहरु मेलाकाविषेश आर्कषणहरु थिए । चर्चित कलाकार सुगमपोख्रेल, शिव परियार, मिलनअमात्य,लाउरे, डिजे रुपेश र सांगीतिक समुहएक्स व्याण्डको प्रस्तुतीहरुले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिदै नाच्न र झुम्नप्ररित गरेकाथिएभने हाँस्यकलाकार सन्दिप क्षेत्रीको प्रस्तुतीले दर्शकहरुलाई आफ्नो हाँस्यव्यङ्ग्यबाट भरपुर मनोरञ्जन प्रदान गरेका थिए । त्यसैगरी कार्टुन्जक्रु र युभिएन्जल्स्को प्रस्तुतीेदर्शकहरुले मन पराएका थिए । मेलाको प्रत्येक स्टलमा आगन्तुकहरुको बाक्लै भीड लागेको थियो । चंगा चेट प्रतियोगितामादर्शकहरुले रमाईलो गरे भने एनसेल हाईटेक जोनमादर्शकहरुले ‘भर्चुअल रियालिटी’ को अनुभव गरेका थिए र मगसट फोटो बुथमा सबै उमेरका आगन्तुकहरुको फोटो खिचाउन भीड लागेको थियो । सिद्घेश्वरी मैदानमामयुर नाच,लाखे नाच रदशैं पिंङले मेला अझ रोचक बनाएको थियो । मेलामा दर्शकहरुले एनसेलको सेवा तथा सुविधामा आकर्षक अफरका साथै डेटा सेवा, थ्रिजीको गति र अन्य डिभाइसहरु एनसेल एक्पिरियन्स् जोनमा चलाएर टेष्ट गर्न सकिने व्यवस्था पनि मिलाईएको थियो । सुट द रावण, मिनी बास्केटबल, बाउन्स एण्ड स्कोर र स्कोर द रियल गोल लगायतका गेम स्टलहरुमा युवाहरुकोे भिड देखिन्थ्यो । मनोरञ्जनका साथसाथै गेम स्टलहरुमा दर्शकले विभिन्न गिफ्टहरु पनि पाएका थिए । मेलाकै अवसर पारेर एनसेलले आफ्नो ‘च्यानललोयल्टि’ योजनाअन्तर्गत सिम कार्ड, रिचार्ज कार्ड र अन्यप्रोडक्टहरु ग्राहक सम्म पुर्याउने लुम्बिनीअन्चलकाआफ्ना १० वटा आधिकारिक रिटेलरहरुलाई उपहारप्रदान गरेको छ । रिटेलरहरुले गरेको बिक्रीकाआधारमाउनीहरुलाई एससिडी टिभी, ल्यापटप र प्रिन्टर लगायतकाविभिन्नउपहारहरु प्रदानगरिएको थियो ।
राजधानीका विद्यालयमा श्रृंखलावद्ध बम बिस्फोट
काठमाडौं, ४ असोज । राजधानीका विभिन्न विद्यालयहरुमा बम बिस्फोटन भएको छ । बौद्धको आकाशद्धिप बोर्डिङ स्कुल र मनकामना उच्च माबिमा बम बिस्फोट भएको छ भने बौद्धकै राई स्कुल र इस्टपोल स्कुलमा बम फेला परेको छ । त्यस्तै, ललितपुरको रेडियन्ट स्कुलमा पनि बम फेला परेको छ । ती बमहरुलाई नेपाली सेनाको बम डिस्फोजल टोलीले निष्क्रिय बनाएको छ । त्यस्तै डल्लुको कञ्चनजंगा इन्टिग्रेटेड स्कूलमा पनि बम फेला परेको छ । विहान ६ः१५ बजे बम भएको सूचना स्थानीय प्रहरीले पाएको स्वयम्भु बृत्तका प्रहरी सहायक निरिक्षक केके श्रेष्ठले बताए । घटनस्थलमा दुई लिटरको नयाँ प्रेसर कुकरमा ब्याट्री बाहिरबाट जोडेर सेफ्टी भल्भमार्फत तार भित्र छिराएको अवस्थामा भेटिएका थिए ।
निजगढ बिमानस्थलको निर्माण यसै बर्षदेखि, मुआब्जा वितरण सुरु हुँदै
काठमाडौं, ४ असोज । सरकारले निजगढ अन्तराष्ट्रिय बिमानस्थलको निर्माण यसै आर्थिक बर्षबाट सुरु गर्ने भएको छ । सो बिमानस्थलका लागि चालु आर्थिक बर्षमा सरकारले एक अर्ब ५० करोेड रुपैंयाँ बजेट बिनियोजन गरेको छ । अघिल्लो बर्ष बिनियोजीत ५० करोड बजेटबाट पनि खर्च नभएको रकम जोडेर तत्कालै मुआब्जा वितरणको तयारीमा नेपाल नागरिक उड्डयन प्राधिरण लागेको हो । जग्गा अधिग्रहणका लागि ३५ दिने सूचना निकालिसकिएको छ । सो सूचनाको म्याद समाप्ता भएर स्थानिय सहमतिका आधारमा १५ दिन म्याद थप गरिएको बारा क्षेत्र नम्बर ६ का सांसद पुरुषोत्तम पौडेलले जानकारी दिए । ‘३५ दिने म्याद सकिएर १५ दिन थप गरिएको छ, अबको केहि दिन भित्रै मुआब्जा वितरणको काम सुरु हुन्छ’, सांसद पौडेलले विकासन्युजसँग भने । बिमानस्थल निर्माण क्षेत्रमा ११० बिगाह नम्बर जमिनमा १२० परिवारको बसोबास रहेको छ । सोमध्ये ८० परिवारले मात्रै मुआब्जाका लागि विवरण बुझाएका छन् । बाँकी ४० परिवारले जमिन सट्टा भर्नाको माग गरेको पनि पौडेलले जानकारी दिए । नम्बरी जमिन बाहेक करिब ६ सय बिगाह ऐलानी जमिनमा १४२१ परिवार बसेका छन् । उनीहरुलाई मुआब्जा वितरणका लागि कानुनी व्यवस्था नरहे पनि सरकारले बिशेष निर्णय गरेर मुआब्जा वा सट्टा भर्नामा जमिन दिनेछ । नागरिक उड्डयन प्राधिरणले यसै बर्षभित्र मुआब्जा र डिपिआर तयार पार्ने जिम्मेवारी पाएको छ । त्यसका लागि समयमै काम सम्पन्न गर्ने योजना बनेको प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले बताए । प्राधिकरणले एक खर्ब २१ अर्ब रुपैंयाँ खर्चेर निजगढ अन्तराष्ट्रिय बिमानस्थलको पहिलो चरणको निर्माण सम्पन्न गर्ने योजना अघि सारेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अध्यक्षतामा बस्ने प्राधिकरण सञ्चालक समितिको बैठकले ६ बर्षभित्रै निर्माण सम्पन्न हुनेगरि पहिलो चरणको योजना पास गरेको हो । यसरी निर्माण गरिएको बिमानस्थलले बर्षेनी एक करोड ५० लाख यात्रुलाई सेवा दिन सक्ने नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले बताए ।
एनसीसी बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल नियुक्त, मर्जपछिकाे व्यवस्थापन मुख्य चुनाैति
काठमाडौं, ४ असोज । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल नियुक्त भएको छन् । भदौ ३० गते बसेको बैंक सञ्चालक समितिको बैठकले असोज १ गतेदेखि लागू हुने गरी अर्याललाई ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको स्राेतले बतायाे । गत पुस १४ गतेदेखि अर्याल उक्त बैंकको कामु प्रमुख कार्यकारी अधिकृतका पदमा कार्यरत थिए । उनी सोही बैंकमा विगत २० वर्षदेखि कार्यरत छन् । औपचारिक अध्ययनतर्फ एमबीए गरेका अर्यालले एनसीसी बैंकमा फाइनान्स, आन्तरिक लेखापरिक्षण, मानव संशाधन विभागका साथै लामो अवधि कम्पनी सचिवको जिम्मेवारी समेत समालेका थिए । उनले करिव साढे ६ वर्ष तत्कालिन ग्रिनलेज बैंक (हाल स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल)मा काम गरेको थिए । मर्जपछिको एनसीसी बैंककाे समाल्नु नै मुख्य चुनौति हुनेछ । एनसीसी बैंकमा अन्य चार विकास बैंक मर्ज हुँदैछन् । मर्जको सबै प्रक्रिया पुरा भएको छ भने असोज २८ गतेबाट एकिकृत कारोबार गर्ने भएको छन् । असोज २८ गते एनसीसी बैंकको स्थापना दिन हो । मर्जपछि यस बैंकको चुक्ता पुँजी ४ अर्ब ६८ करोड रुपैयाँ हुने भएको छ । मर्ज हुनुपूर्व सबै संस्थाको कुल चुक्ता पुँजी ५ अर्ब ६६ करोड रुपैयाँ भएपनि मर्ज स्वाप रेसियोका कारण ४ अर्ब ६७ करोड ९० लाख रुपैयाँ मात्र हुने भएको छ । मर्जपछि लगत्तै बैंकले करिब ३५ प्रतिशत बोनस सेयर दिएर दिने र अपुग रकमको लागि हकप्रद सेयर जारी गरी पुँजी ८ अर्ब पुर्याउने बैंकको तयारी छ । मर्जपछि बैंकको निक्षेप ५८ अर्ब, कर्जा ४७ अर्ब रुपैयाँ, शाखा ९७ वटा र कर्मचारी १०२८ जना हुने भएको छ ।
हिमालय एयरलाइन्सको दोश्रो उडान कोलम्बोमा, हप्तामा तीन उडान भर्ने
काठमाडौं, ३ असोज । हिमालय एयरलाइन्सले दोश्रो नियमित गन्तव्यका रुपमा श्रीलंकाको राजधानी कोलम्बोमा उडान भर्ने भएको छ । अगष्ट २०१४ मा स्थापित हिमालय एअरलाइन्सले २०७२ साल चैत ३१ कोलम्बोबाटै पहिलो अन्तराष्ट्रिय व्यावसायिक उडान शुरु गरेको थियो । जेठ १८ गतेदेखि कतारको राजधानी दोहामा पहिलो नियमित उडान भरिरहेको हिमालयले दोश्रो गन्तव्यका रुपमा कोलम्बोलाई छानेको हो । हिमालय एयरलाइन्सका महाप्रबन्धक राजुबहादुर केसीले हप्ता तीन उडान भर्ने जानकारी दिए । हिमालयले मंगलबार, बिहिबार र शनिबार कोलम्बो उडान भर्नेछ । बर्षेनी ३० हजार श्रीलंकाली नेपाल आउने गरेको र १५ हजार नेपाली श्रीलंका जाने गरेको महाप्रबन्धक केसीले जानकारी दिए । त्यस बाहेक ट्रान्जिट पोइन्टका रुपमा पनि धेरैले श्रीलंका र नेपाललाई प्रयोग गरिहरको उनले बताए । हिमालयले नियमित उडान सुरु गरेपछि ठुलो मात्रामा श्रीलंकाली पर्यटक नेपाल आउने दावी समेत उनले गरे । ८ बिजनेस क्लास र १५० इकोनोमी क्लास गरी १५८ सीट क्षमताको विमान एअरबस ३२०–२०० बाट हिमालयले श्रीलंका उडान गर्नेछ । एक तर्फी भाडा ३० हजार तोकिएको छ भने दुई तर्फको शुल्क ५० हजार रुपैंयाँ लाग्नेछ । हिमालय एयरलाइन्सले तेश्रो उडान गन्तव्यका रुपमा भारतको नयाँ दिल्ली उडान भर्ने योजना बनाएको पनि महाप्रबन्धक केसीले विकासन्युजलाई जानकारी दिए । केही महिना पछि हिमालयले भारतको नयाँ दिल्ली, चीनको ल्हासा, चेंगदु र बेइजिङ उडान भर्ने तालिका बनाएको उनले बताए । संयुक्त लगानीमा सञ्चालित एअरलाइन्समा ५१.०१ प्रतिशत लगानी नेपालीको छ भने ४८.९९ प्रतिशत लगानी तिब्बत एअरलाइन्सको छ ।
भूकम्प प्रभावितलाई वितरण हुने ट्याक्सीको नम्बर टिभीबाट प्रत्यक्ष प्रसारण
ललितपुर, ३ असोज । भूकम्प प्रभावितका लागि यातायात व्यवस्था विभागले गर्न लागेको ट्याक्सीको नम्बर वितरण टेलिभिजनको प्रत्यक्ष प्रसारणबाट गरिने भएको छ । निष्पक्षता कायम गर्नका लागि विभागले टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरेर गोला प्रथाबाट छनोट गर्न लागेको हो । धेरै प्रभावितले निष्पक्षताका विषयमा शङ्का गर्दै आएका छन् । एक महिनाको अवधिमा झन्डै डेढ लाख प्रभावितले ट्याक्सीको फारम भरेका थिए । तीमध्ये एक हजार ५०० ले मात्रै गोला प्रथाबाट नयाँ ट्याक्सीको नम्बर पाउनेछन् । अभिलेख राख्ने काम सकिएको विभागअन्तर्गतको साना–ठूला सवारी शाखाका प्रमुख हरि लामिछानेले बताए । उनले भने – “हामीले यसअघि फाइल व्यवस्थित गरिरहेका थियौँ र अहिले कम्प्युटरमा अभिलेख राख्न थालेका छौँ ।” नयाँ ट्याक्सीका लागि निवेदन दिएका प्रभावितलाई दर्ता नम्बर दिइने भएको छ । नयाँ ट्याक्सीको नम्बरका विषयमा मात्रै निर्णय भएको छ । ट्याक्सी किन्दा सहुलियत दिने विषयमा कुनै निर्णय भएको छैन । लामिछानेले भने – “बजारमा ट्याक्सी किन्दा पनि छुट पाउने हल्ला गरे पनि वास्तवमा त्यो निर्णय भएको छैन । भूकम्प प्रभावितलाई राहत दिने उद्देश्यले मन्त्रालयस्तरीय निर्णयका आधारमा यातायात व्यवस्था विभागको वाग्मती अञ्चल कार्यालयले नयाँ ट्याक्सी नम्बर वितरण गर्न लागेको हो । रासस
लोकसेवा आयोगमा पाँच हजार ८१२ माग गरिएकोमा चार लाख बढीकाे आवेदन
काठमाडौं, ३ असोज । लोकसेवा आयोगमा सरकारी सेवातर्फको आवेदन दिनेको सङ्ख्या माग गरेको भन्दा कैयौँ गुणा दरखास्त दिनेको सङ्ख्या बढ्ने गरेको पाइएको छ । आयोगले माग गरेको भन्दा सङ्ख्याको अनुपातमा धेरै नै आवेदन दिने गरेको आयोगकी सूचना अधिकारी गीता हुमागाईंले जानकारी गराए । उनका अनुसार गतवर्ष माग गरिएका पाँच हजार ८१२ माग गरिएकामा चार लाख ४३ हजार ७४१ जनाले आवेदन फाराम भरेका थिए । उनका अनुसार शाखा अधिकृतमा ५५० मा ३९ हजार ४०५, नायब सुब्बामा ५१२ मा एक लाख १० हजार २९२, खरिदारमा एक हजार दुईमा एक लाख ३९ हजार १६२, स्टाफ नर्स १९४ मा १७ हजार ५६८, अनमी दुई हजार ६० मा ४३ हजार ५८२, अहेब एक हजार ३६० मा पाँच हजार २२३ र सहायक महिला विकास निरीक्षक १३४ मा ४१ हजार ५०२ जनाले दरखास्त फाराम भरेका थिए । “सरकारी सेवातर्फ आकर्षण बढेकाले आयोगबाट खुलाइने पदमा आकर्षण बढेको छ”, उनले भने – “जसले गर्दा माग गरिएका सङ्ख्याभन्दा कैयौँ गुणा आवेदन दिने गरेका छन् ।” उनका अनुसार २०७१ सालमा आयोगले विभिन्न पदमा तीन हजार ७०३ को सङ्ख्यामा दरखास्त माग गरेकामा चार लाख ७७ हजार ४३५ जनाले आवेदन दिएका थिए । सरकारले यसरी आयोगमार्फत गरिने दरखास्तबाट वार्षिक करिब रु १८ करोड राजस्व सङ्कलन गर्ने गरेको छ । गतवर्षको आवेदनको सङ्ख्याबाट करिब रु १८ करोड नौ लाख ९७ हजार ७२५ राजस्व सङ्कलन हुने गरेको आयोगका लेखापाल सूर्यप्रसाद शर्माले जानकारी गराए । उनका अनुसार सरकारले आयोगबाट सहसचिव, उपसचिव, शाखाअधिकृत, खरिदार सरह र बढुवा फारामबाट उक्त राजस्व सङ्कलन गर्ने गरेको छ । उनका अनुसार गतवर्ष आयोगले शाखा अधिकृतदेखि खरिदारसम्म सात पदमा दरखास्त माग गर्दा सरकारले रु १७ करोड ३४ लाख ९१ हजार ८०० र सहसचिव, उपसचिव तथा बढुवा फारामबाट रु ७५ लाख पाँच हजार ९२५ राजस्व सङ्कलन गरेको छ । आयोगको तथ्याङ्कअनुसार २०७१ सालमा आयोगबाट माग गरिएका दरखास्तबाट सरकारले करिब रु १८ करोड ७५ लाख ११ हजार राजस्व सङ्कलन गरेको थियो । आयोगले सहसचिव एक हजार ५००, उपसचिव एक हजार २००, शाखा अधिकृत एक हजार, नायब सुब्बा ४००, खरिदार, स्टाफ नर्स ४००, अनमी, अहेब र सहायक महिला विकास निरीक्षक ३०० रुपैयाँ दरखास्त फाराम शुल्क तोकेको छ । यसैगरी आयोगले दरखास्त गर्दा सङ्कलन गरिएको राजस्वभन्दा करिब दुईगुणा बढी खर्च परीक्षामा लाग्ने गरेको छ । उनका अनुसार परीक्षा सञ्चालनमा करिब रु ३० करोड ५९ लाख २४ हजार ३९० खर्च हुने गरेको छ । जबकि दरखास्त आवेदनबाट रु १८ करोड नौ लाख ९७ हजार ७२५ मात्र सङ्कलन हुने गरेको छ । विज्ञापन, प्रश्नपत्र निर्माण, प्रश्नपत्र परिमार्जन, उत्तरपुस्तिका, शैक्षिक सामग्री, परीक्षा सञ्चालन, कोडिङ, उत्तरपुस्तिका परीक्षणलगायतमा खर्च हुने गरेको छ । शर्माले विभिन्न पदको विज्ञापन गर्दा मात्र रु तीन करोड खर्च लाग्ने गरेको बताए । आयोगले उत्तरपुस्तिका परीक्षण गर्नेलाई १०० पूर्णाङ्कको सय रुपैयाँ दिने गरेको छ । रासस
१८ अर्बको मोबाइल किन्छन् नेपाली, ३ बर्षमा बजार १८३ प्रतिशतले वृद्धि
काठमाडौं, ३ असोज । झट्ट सुन्दा पत्याउन मुस्किल पर्छ तर गत बर्ष नेपालीले १८ अर्ब १९ करोड रुपैयाँको मोबाइल खरिद गरेका छन् । आर्थिक वर्ष २०७२/७३ मा नेपालले १८ अर्ब १९ करोड ७६ लाख ८५ हजार ९ सय ७२ रुपैयाँ मुल्य बराबरका ४९ लाख ९० हजार ९ सय ४२ वटा मोबाइल सेट आयात गरेको हो । यो संख्या तीन बर्ष अघि अर्थात आर्थिक वर्ष २०७०/७१ को भन्दा १८३ दशमलब ७३ प्रतिशतले बढि हो । सो आर्थिक वर्षमा जम्मा ९ अर्ब ९० करोड ५४ लाख ४ सय ५६ रुपैंयाँ मुल्यका ३१ लाख २२ हजार ४ सेट मोबाइल नेपाल भित्रिएका थिए । त्यस्तै, आर्थिक वर्ष २०७१/७२ मा १३ अर्ब ४ करोड ४० हजार २ रुपैंयाँ मुल्यका ३८ लाख ९१ हजार ६ सय २० वटा मोबाइल आयात गरिएका थिए । नेपाल दुर सञ्चार प्राधिकरणले दुई करोड ९४ लाख ८९ हजार ७ वटा मोबाइलका सिम सञ्चालनमा रहेको तथ्यांक सार्वजनिक गरेको छ । जबकी नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ रहेको छ । सो तथ्यांकलाई हेर्ने हो भने नेपालको कुल जनसंख्या भन्दा पनि बढि सिम कार्ड बिक्रि भएको छ । ४४ लाख चिनियाँ मोबाइल यसरी नेपाल भित्रिएका मध्ये ४४ लाख ६२ हजार ३ सय ६२ वटा मोबाइल सेट चिनबाट आयात गरिएका छन् । यी मोबाइलको मुल्य १३ अर्ब ९२ करोड ४५ लाख रुपैंयाँ पर्छ । ४ लाख ३४ हजार ६ सय ४५ वटा मोबाइल सेट भियतनामबाट ल्याइएका छन् । ती मोबाइलको कुल मुल्य ३ अर्ब ९६ करोड रुपैंयाँ पर्छ । त्यस्तै, भारतबाट ८९ हजार ४ सय ३५ वटा मोबाइल सेट २६ करोड ६० लाख रुपैंयाँमा आयात गरिएका छन् । अमेरिकाबाट ३२० वटा मोबाइल ३७ लाख ४१ हजार रुपैंयाँमा आयात गरिएको छ । बेलायतबाट २१६ वटा मोबाइल ४१ लाख ४९ हजार रुपैंयाँमा नेपाल भित्रिएका छन् । नेपालले ४५ वटा मुलुकबाट मोबाइल आयात गरिरहेको छ ।