नगरकोट-काठमाडौं बस सेवा सञ्चालन हुने
नगरकोट, ४ असोज । नगरकोटबाट काठमाडौँसम्म बस सेवा सञ्चालन हुने भएको छ । उत्तरपूर्वी बस व्यवसायी सङ्घको तेस्रो साधारण सभाको उद्घाटन गर्दै सङ्घका अध्यक्ष जीवन खत्रीले दसैँलगतै नगरकोट तथा कलमसीबाट काठमाडौं रत्नपार्कसम्म बस सञ्चालन गरिने बताए । उत्तरपूर्वी बस व्यवसायी सङ्घले हाल भक्तपुर कमलविनायकबाट खरिपाटी, तेलकोट हुँदै नगरकोटसम्म र कमलविनायकबाट जितपुर, सरस्वती स्थान हुँदै कलमसीसम्म बससेवा सञ्चालन गर्दै आएको छ । सो सेवाबाट भक्तपुरको उत्तरपूर्वी क्षेत्रका तथा काभ्रेका बासिन्दा लाभान्वित भएका छन् । यसैबीच उत्तरपूर्वी बस व्यवसायी सङ्घको तेस्रो साधारण सभाले सङ्घको अध्यक्षमा पुनः जीवन खत्रीलाई चयन गरेको छ । उपाध्यक्षमा राजेन्द्र तिमिल्सिना, महासचिवमा पुरुषोत्तम राजभण्डारी, कोषाध्यक्षमा सागर तिमिल्सिना तथा सदस्यहरुमा सुनिता तामाङ, सन्तबहादुर वाइवा र कुमाले बानियाँ चयन भएका छन् । रासस
एस डेभलपमेन्ट बैंकले २० प्रतिशत बोनस सेयर दिने
काठमाडौं, ४ असोज । एस डेभलपमेन्ट बैंकले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । उक्त निर्णय आइतबार बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले सो मात्रामा लाभांश पाउने छन् । हाल बैंकको चुक्ता पूँजी एक अर्ब रुपैयाँ रहेको छ भने बोनस सेयर पश्चात बैंकको पूँजी एक अर्ब २० करोड रुपैयाँ पुग्ने छ । मंगलबार बैंकको प्रति कित्ता सेयर ४४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
आइसिएफसी फाइनान्सको १७ प्रतिशत बोनस दिने निर्णय राष्ट्र बैंकबाट स्वीकृत
काठमाडौं, ४ असोज । आइसिएफसी फाइनान्स लिमिटेडको १७ प्रतिशत बोनस सेयर दिने निर्णयलाई राष्ट्र बैंकले स्वीकृती दिएको छ । त्यसका साथै फाइनान्सले कर प्रयोजनको लागि राखेको ०.८९ प्रतिशत नगद लाभांश दिने निर्णयलाई पनि बैंकले स्वीकृत गरेको छ । बैंकले स्वीकृत गरेको निर्णयलाई कम्पनीको आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र सेयरधनीले सो मात्रामा लाभांश पाउने छन् ।
सेन्ट्रल फाइनान्स लिमिटेडले २३ प्रतिशत लाभांश दिने
काठमाडौं, ४ असोज । सेन्ट्रल फाइनान्स लिमिटेडले सेयरधनीलाई २३ दशमलब ६८ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले २२ दशमलब ५ प्रतिशत बोनस सेयर र १.१८ प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश दिने निर्णय गरेको हो । भदौ ३१ गते बसेको २१५औँ सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । बैठकको निर्णय नेपाल राष्ट्र बैंकद्धारा स्वीकृत भइ कम्पनीको आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र सेयरधनीले सो माात्रामा लाभांश पाउने छन् । हाल फाइनान्सको चुक्ता पूँजी २४ करोड ६५ लाख रुपैयाँ रहेको छ । मंगलबार फाइनान्सको प्रतिकित्ता सेयर २१४ रुपैयाँमा कारोबार भइरहेको छ ।
किसान माइक्रोफाइनान्सले ६१ प्रतिशत बोनस र ३९ प्रतिशत हकप्रद जारी गर्ने
काठमाडौं, ४ असोज । किसान माइक्रोफाइनान्स वित्तिय संस्थाले सेयरधनीलाई ६१ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कर प्रयोजनको लागि फाइनान्सले ३ दशमलब २१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । त्यसका साथै कम्पनीले ३९ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय लिएको छ । उक्त निर्णय सोमबार बसेको ७४औँ सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले सो मात्रामा लाभांश पाउने छन् । हाल कम्पनीको चुक्ता पूँजी २ करोड रुपैयाँ रहेको छ भने बोनस सेयर पश्चात बैंकको पूँजी ३ करोड २२ लाख रुपैयाँ पुग्ने छ । मंगलबार फाइनान्सको प्रतिकित्ता सेयर ४ हजार ५३ रुपैयाँमा कारोबार भइरहेको छ ।
अरनिको डेभलपमेन्ट बैंकले १७ प्रतिशत बोनस सेयर दिने
काठमाडौं, ४ असोज । अरनिको डेभलपमेन्ट बैंकले सेयरधनीलाई १७ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, बैंकले कर प्रयोजनको लागि ०.८९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको छ । बैठकको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले सो मात्रामा लाभांश पाउने छन् । हाल बैंकको चुक्ता पूँजी २४ करोड २५ लाख रुपैयाँ रहेको छ भने बोनस सेयर पश्चात बैंकको पूँजी २८ करोड ३७ लाख रुपैयाँ पुग्ने छ । मंगलबार बैंकको प्रति कित्ता सेयर ४५३ रुपैयाँमा कारोबार भइरहेको छ ।
गहुेश्वरी, मुक्तिनाथ र मितेरीको ५०/५० प्रतिशत हकप्रद
काठमाडौं, ४ असोज । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले निस्कासन गर्न लागेको ५० प्रतिशत हकप्रद सेयर आगामी २१ असोजदेखि विक्री खुल्ला हुने भएको छ । विक्री खुल्ला हुने भनिएको दिन शुक्रवार परेको छ भने दशै विदाको अन्तिम दिन पनि सोही दिन परेको छ । कम्पनीले १४ लाख ६८ हजार ६ सय ९७ कित्ता हकप्रद निस्कासन गर्न लागेको हो । हकप्रद विक्री बन्द अगामी २५ कात्तिकमा हुनेछ । हकप्रद सेयर निस्कासनको लागि कम्पनीले एनआइबिएल क्यापिटललाई विक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ भने कम्पनीका शाखा कार्यालय, एनआइविलको कार्यालय तथा उसले तोकेका संकलन केन्द्रहरुवाट पनि हकप्रद भर्न पाइने भएको छ । यस्तै मुक्तिनाथ विकास बैंकले दिन लागेको ५० प्रतिशत हकप्रद सेयर निस्कासन पनि २१ असोजदेखि नै हुदैछ । सो बैंकको हकप्रद भर्ने अन्तिम म्याद पनि आगामी २५ कात्तिक तोकिएको छ । बैंकको विक्री प्रबन्धक एनआइविएल क्यापिटल छ । हकप्रद भर्नको लागि एनआइविएल क्यापिटलको केन्द्रीय कार्यालय लाजिम्पाट वा मुक्तिनाथ विकास बैंकका शाखा कार्यालयहरुवाट सकिने जानकारी दिइएको छ । मुक्तिनाथले ४१ लाख ९२ हजार १ सय ६३ कित्ता हकप्रद सेयर निस्कासन गर्न लागेको हो । मितेरी डेभलपमेन्ट बैंकले पनि ५० प्रतिशत हकप्रद सेयर निस्कासन गर्न लागेको छ । सो बैंकको हकप्रद विक्री आगामी १ कात्तिकदेखि खुल्ला हुनेछ भने विक्री बन्द आगामी ५ मंसिरमा हुदैछ । मितेरीको हकप्रद सेयर विक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । बैंकले १० लाख ५६ हजार ३ सय ६९ कित्ता हकप्रद सेयर निस्कासन गर्न लागेको हो । हकप्रद भर्नको लागि प्रभु क्यापिटलको कार्यालय कमलादी तथा बैंकका शाखा कार्यालयहरु तोकिएका छन् ।
मोबाइल मेला २०७३ भव्य रुपमा सम्पन्न, दशैंसम्म मोबाइल खरिद गर्दा भारी छुट
काठमाडौं ४ असोज । ललितपुरको लगनखेलस्थित ललितपुर मल तथा ललितपुर मोबाइल कम्प्लेक्सले आफ्नो प्रथम वार्षिकोत्सवको अवसर पारेर भदौ २४ गतेदेखि असोज ३ गतेसम्म आयोजना गरेको मोबाइल एक्स्पो २०७३ सोमबारदेखि सम्पन्न भएको छ । यस एक्स्पोमा ग्राहकहरुले उल्लेखरुपमा विभिन्न ब्राण्डका मोबाइल फोनहरु खरिद गरेका थिए भने उपहारहरु पनि प्राप्त गर्न सफल भएका थिए । मोबाइल कम्प्लेक्सले मोबाइल एक्स्पोको अवसर पारेर सार्वजनिक गरेका विभिन अफरहरु ग्राहकहरुको मागलाई ध्यानमा राखेर असोज महिनाभरी लागू गर्ने भएको छ । उत्कृष्ट मोबाइल हबको रुपमा संचालनमा रहेको कम्प्लेक्सले नेपालीहरुको महान चाडको अवसरमा सबै किसिमका अफरहरु निरन्तरता दिने जनाएको छ । कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले ग्राहकहरुको अत्यधिक मागका कारण मोबाइल एक्स्पोमा दिईएको विभिन्न अफरहरु असोज महिनाभरी लागू गरिएको बताए । उनले भने–नेपालीहरुले दशैंको अवसर पारेर नयाँ मोबाइल फोन किन्ने गरेको हुँदा उनीहरुलाई अधिक सुविधा दिन असोज ३० गतेसम्म न्यूनतम ७ प्रतिशतदेखि ४० प्रतिशतसम्म छुट दिनेछौं । कम्प्लेक्सले एउटा स्मार्टफोन किन्दा अर्को मोबाइल सित्तैमा अफर पनि निरन्तर जारी राख्ने भएको छ । एउटा स्मार्टफोन किन्दा अर्को फोन सित्तैमा अफरअन्तर्गत ह्वावेको पी ८ लाइट, ह्वावे अनर फोर एक्स, ह्वावे जी सेभेन प्लस, लाभा एक्स एट, सामसंग ग्यालेक्सी एस सिक्स, ग्यालेक्सी एस सेभेन तथा ग्यालेक्सी नोट फाइभ स्मार्टफोन खरिद गरेमा रु. ५,००० मूल्य बराबरको डिटिसी टच फोन निशुल्क दिईने छ । त्यसैगरी विभिन्न मोबाइल फोन कम्पनीहरुले सार्वजनिक गरेका अफरहरु पनि मोबाइलको खरिदमा लागू हुनेछ । मोबाइल कम्पनीलहरुले मोबाइल खरिदमा दिने नगद छुटदेखि बम्पर अफरसम्मका योजना पनि साथै लागू हुनेछ ।